मुख्य समाचार

१७ औं माछापुच्छ्रे क्योकुशिन बुदोकाई कराँते शुरु

पोखरा, ३० पुस- पोखरा रंगशालामा आईतबारदेखि क्योकुशिन बुदोकाई कराँते प्रतियोगिता शुरु भएको छ । ढुंगे साँघुको मेलामा हुने फाईनल खेलको पुर्व सन्ध्यमा आयोजित प्रतियोगितामा एकसय ७० खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका छन् । १७ औं माछापुच्छ्रे फुल कन्ट्याक्ट कराँते क्योकुशिन बुदोकाई कराँते अन्तर्गत पुरुष तर्फ ४० केजी तौल समूहमा रोचक सेट्टीले अभिषेक बानियालाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेका छन् । उनले बानियालाई नकाउट गरेका हुन् । त्यसैगरी मोहमद अफताप खाँले असिम गोर्खालाई पराजित गरे । फाईनल प्रवेशको लागि सेट्टीले खाँसित… पुरा पढौ

दक्षिण एशियाली सेभेन ए साईडबाट माल्दिभ्स बाहिरियो

पोखरा, ३० पुस- नेपाल सेभेन ए साइड फेडेरेशनको आयोजनामा आईतबार फेवाताल किनार बाराही घाटमा भएको दोस्रो दिनको खेलमा पाकिस्तानले माल्दिभ्सलाई पराजित गरेको छ । पराजितसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो हाफमै पाकिस्तानले माल्दिभ्स विरुद्ध गोल गर्यो । खेलको २२ औं मिनेटमा समीले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै पाकिस्तानलाई २—० गोलको अग्रता कायम दिलाए । वालिदले सेकेण्ड बार च्याप्दै गोल गरेका थिए । पहिलो हाफमा पछि परेको माल्दिभ्सले दोस्रो हाफमा सुधारिएको खेल पस्कदैं… पुरा पढौ

यु—१९ विश्वकप क्रिकेट, श्रीलंका र दक्षिण अफ्रिकाको सहज जित

पोखरा(खेलाडी न्युज)-यु १९ विश्वकप क्रिकेट अन्तर्गत श्रींलकाले आयरल्याण्डलाई ७ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डको वाङगेरेइ स्टेडियममा भएको खेलमा टस जितेर व्याटिङ रोजेको आयरल्याण्डले आठ विकेटको क्षतिमा २०७ रनको योगफल तयार पारेको थियो । जे ग्रासीले ११७ बल खेल्दै सात चौका र एक छक्कासँगै ७५ रन बनाई ठोस इनिङ खेले । त्यसैगरी एम डोनेगनले ५३ बल खेलेर ३६ रन बनाई आउट भए । जे लिटलले २५, एस मर्फीले १५,जी केन्नेडीले १३ रन हिर्काए । अन्य व्याट्सम्यानको दोहोरो अंकको रन बनेन्… पुरा पढौ

माघ २ गते फुटबल संघको अधिवेशन, पाँच क्लबले पाएनन् मताधिकार

धन बस्नेत,पोखरा, ३० पुस- चारवर्षे कार्यकालको लागि कास्की जिल्ला फुटबल संघको नेतृत्वको लिन आन्तरिक चलखेल शुरु भएको छ । बर्तमान कार्यसमितिका पदाधिकारी तथा पुर्व अध्यक्षहरु नेतृत्वको लागि छलफलमा जुटेका छन् । माघ २ गते संघको अघिवेशन गर्ने निर्णय संघको बैठकले गरिसकेको छ । माइन्युट समेत गरेर अखिल नेपाल फुटबल संघमा पठाईसकेका छन् । यसले पनि दुईदिनपछि फुटबलसंघको अधिवेशन हुने पक्का छ । नयाँ नेतृृत्वको लागि सर्वसम्मतको प्रयोस केहीहदसम्म गरिएपछि पछिल्लो घटनाक्रमले त्यो सम्भावना देखिदैन् । पोखराको फुटबल विकासको लागि भन्दै आयोजना गरिएको… पुरा पढौ

आर्मी सिजनको तेस्रो उपाधि नजिक

पोखरा(खेलाडी न्युज) - नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सिजनको तेस्रो उपाधि जित्ने होडमा रहँदा खप्तड गोल्डकपमा मनाङ मस्र्याङ्दीलाई पराजित गरेको छ । नेपाल आईस सुदुर पश्चिमाञ्चल खप्तड गोल्डकपमा आर्मीले मनाङलाई ३—१ गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गर्दै सिजनको तेस्रो उपाधि निकट पुगेको हो । गत मंसिरमा मात्रै यी दुईको भेट भएको थियो । सताक्षी गोल्ड कप र मेची नेत्रालय काकरभिट्टा गोल्ड कपमा आर्मीले मनाङलाई पराजित गर्दै उपाधि जितेको थियो । तर दुहवी गोल्ड कपमा भने आर्मी पराजित हुदैं उपाधि… पुरा पढौ

दक्षिण एशियाली सेभेन ए साईडमा नेपालको विजयी शुरुवात

पोखरा, पुस २९- फेवातालको किनार बाराही घाट पोखरामा शनिबारदेखि दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उदघाटन खेल नेपालले विजयी शुरुवात गरेको छ । नेपालले उदघाटन खेलमा भुटानलाई ४—० गोल अन्तरले पराजित गरेको छ । नेपालको लागि सुनिल विकले दुई र शुशिल लामाले दुई गोल गरेका थिए । भुटानमाथि हावी देखिएको नेपालले पहिलो हाफमा सुनिल विकले ९ र २४ औं मिनेटमा गोल गरेका थिए । निर्धारित ५० मिनेटको खेलमा दोस्रो हाफमा शुशिल लामाले ४२ र… पुरा पढौ

फागुन ७ मा १२ औं संस्करणको सफल पोखरा म्याराथन

पोखरा,२९ पुस खेलकुद शहरको उपनामले चिनिएिको पोखरामा अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्यसहित १२ औं सस्करणको सफल पोखरा म्याराथन गरिदैं छ । नेपाल भुतपुर्व खेलाडी मन्चले आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पोखरा रंगशाालामा म्याराथन गर्ने तयारी शुरु गरिसकेको छ । म्याराथनसँगै छोटो दुरीको लागि १० किलोमिटर, विद्यार्थीको लागि ५ किलोमिटर दौड समावेश गरिएको छ । सफल दूधको प्रायोजनामा आयोजित म्याराथन भने दोस्रो संस्करण हो । गतवर्षदेखि सम्झौता गरेर खेलकुद क्षेत्रमा समेत आफनो सहभागिता देखाएको सफल दूधले दोस्रो सस्करणमा केही नयाँ… पुरा पढौ

यु—१९ क्रिकेट विश्वकपमा पपुवान्युगिनी दशविकेटले पराजित

एजेन्सी(खेलाडीन्युज)- यु- १९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत जिम्बावेले पपुवा न्युगिनीलाई १० विकेटले पराजित गरेको छ । पपुवा न्युगिनीले दिएको ९५ रनको लक्ष्यलाई जिम्बावेले विना विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । माड्हार्भरेले ४४ बलको सामना गर्दै सर्वाधिक ५३ रनको योगदान दिएपछि जिम्बावेले १४ ओभरमै पुरा गरेको थियो । उनलाई जी डोलाररले पनि ४० बलमा ४१ रन बनाउँदैसाथ दिएका थिए । टस जितेर व्याटिङ गरेको पपुवा न्युगिनीले आईजे महुरुले सर्वाधिक २६ रनको इनिङ खेलेका थिए । अल सामले २४ रन, एसएच… पुरा पढौ

पाकिस्तान १८३ रनेल पराजित

एजेन्सी(खेलाडीन्युज)-न्युजिल्याण्डले पाकिस्तानलाई तेस्रो एकदिवसिय खेलमा १८३ रनले पराजित गरेको छ । न्युजिल्याण्डले तयार पारेको २५७ रनको लक्ष्य पछ्याएको पाकिस्तान भने सस्तैमा समेटियो । केवल ७४ रनमा समेटिदैं अलआउट भएपछि पाकिस्तान फराकिलो रनअन्तरले पराजित हुन पुग्यो । पाकिस्तानले तयार पारेको यो स्कोर वान डे इन्टरनेशनल(ओडिआई) मा सबैभन्दा कम स्कोर हो । टस जितेर व्याटिङ गरेको न्युजिल्याण्डका लागि चार व्याट्सम्यानले अर्धशतक पुरा गरेका छन् । विलियम्सले सर्वाधिक ७३ रनको योगदान दिदाँ टायलोरले ५२, मार्टिम गुप्टिलले ४५ रन, लाथमले ३५ रनको महत्वपूर्ण इनिङ… पुरा पढौ

जुनियरको प्रतिस्पर्धा आईतबार, रेफ्रीको रिफ्रेस टे«निङ

पोखरा, २९ पुस - १७ औं माछापुच्छ«े फुल कन्ट्याक्ट कराँते क्योकुशिन बुदोकाई कराँतेको लागि जनकपुरबाट जुनियर टोली पोखरा आईपुगेको छ । माघे संक्रान्तिको अवसरमा आयोजित प्रतियोगिता आईतबार पोखरा रंगशालामा जुनियर तर्फको प्रतिस्पर्धा शुरु हुदैं छ । सिनियर तर्फको प्रतिस्पर्धा भने ढुंगे साँघुको मेलामा आयोजना हुने बुदोकाई कराँतेका पश्चिमाञ्चल प्रमुख दिपकबहादुर गोदारले बताए । प्रतियोगितामा पोखरासँगै, जनकपुर, बझाङ, ललितपुर, सर्लाही, काठमाडौं, रुकुम लगायतका जिल्लाबाट खेलाडीहरु पोखरा आउने छन् । प्रशिक्षक निर्मल पहारीका अनुसार सिनियर तर्फको प्रतिस्पर्धाको लागि खेलाडीहरु आईतबारसम्म पोखरा आईपुग्ने… पुरा पढौ