⚽ फुटबल

राजीव गुरुङ(दिपक मनाङे) प्रदेश युवा तथा खेलकुद मन्त्रीमा नियुक्त

पोखरा-मनाङबाट निर्वाचित भएका प्रदेश सदस्य राजीव गुरुङ(दिपक मनाङे) युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको खेलकुद मन्त्रालय फुटाएर गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो । उनको बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ खुवाएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । गुरुङ आफैंमा फुटबलर समेत हुन् । केही महिना अघि मात्रै पुरानो टुडिखेलमा आयोजित एट ए साईड भेट्रान्स फुटबल प्रतियोगितामा समेत जर्सी लगाएर मैदानमा उत्रिएका थिए । मनाङबाट स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएका गुरुङ पछिल्लो समय… पुरा पढौ

पुनरागमनमा सिटीलाई सफलता

एजेन्सी, बैशाख १६ । प्रिमियर लिग क्लबल म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मन (पिएसजी)लाई हराउँदै च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाईनलको पहिलो लेगमा सफलता हात पारेको छ । बुधबार राति भएको खेलमा सिटीले सुरुआती अग्रतालाई उल्टाउँदै पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा फ्रान्सेली क्लब पीएसजीले मार्कुन्होसको गोलमा अग्रता लिएको थियो । एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै मार्कुन्होसले हेड गोलमार्फत पीएसजीले अग्रता लिएको थियो । दोस्रो हाफमा डी ब्रुएनाको गोलबाट सिटीले खेल बराबरीको अवस्थामा ल्याएको थियो । खेलको ६४… पुरा पढौ

विराटनगर सिटीमाथि पोखरा थन्डर्सको संघर्षपूर्ण जित

काठमाडौं-नवयुग श्रेष्ठको निर्णायक गोलको मद्दतमा पोखरा थन्डर्सले नेपाल सुपर लिगमा विराटनर सिटी फुटबल क्लबलाई हराएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा पोखराले खेल सकिन ८ मिनेट बाँकी रहेको अवस्थामा गोल गर्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । यस अघि भएको पहिलो खेलमा बुटवल लुम्बिनीलाई पोखरा थन्डर्सले २–० को नतिजा सुम्पिएको थियो । पहिलो खेलमा जित निकालेको विराटनगर सिटीले दोस्रो खेलमा पोखरामाथि दबाब दिएर खेले पनि पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अंक सुम्पिन्न बाध्य भएको हो… पुरा पढौ

पुनरागमनमा बुटवलले चितवनसँग अंक खोस्यो

काठमाडौं- उत्कृष्ट पुनरागमन गदै बुटवल लुम्बिनी फुटबल क्लबले राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)मा एफसि चितवनसँग अंक खोसेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा लुम्बिनीले चितवनसँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । सुरुआतमा दुई गोल गरेको चितवनले कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । यससँगै चितवनले लगातार दोस्रो खेलमा पनि बराबरी खेलेको छ । यस अघि भएको पहिलो खेलमा चितवनले ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेल्दै अंक जोडेको थियो । निकै… पुरा पढौ

काठमाडौं रेजर्समाथि धनगढीको शानदार जित

काठमाडौं-धनगढी फुटबल क्लबले काठमाडौं रेजर्सलाई पराजित गर्दै राजधानीमा जारी नेपाल सुपर लिगमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले कामठमाडौं रेजर्सलाई ३–० ले पराजित गर्दै दोस्रो खेलबाट पहिलो जित निकालेको हो । यस अघि पहिलो खेलमा धनगढीले विराटनगर फुटबल क्लबसँग ३–० ले नै पराजित भएको थियो । अधिकांस युवा खेलाडीका साथ मैदान उत्रिएको धनगढीले पहिलो हाफमा निकालेको तीन गोल जितका लागि पर्याप्त भएको थियो । सुरुआतमा केही दबाबमा देखिएको धनगढीले काउन्टर गर्दै काठमाडौंलाई दबाब दिएको… पुरा पढौ

चितवन र ललितपुर बीचको खेल बराबरी

काठमाडौं-पहिलो खेलमा काठमाडौं रेजर्सलाई नतिजा सुम्पिएको ललितपुर सिटी एफसीले नेपाल सुपर लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा चितवनसँग बराबरी खेलेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरले ४९औं मिनेटमा लिएको अग्रतालाई अन्तिम मिनेटमा गुमाउँदा १–१ को बराबरीमा रोकिएको हो । ललितपुरका लागि कमल श्रेष्ठले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । अन्तिम मिनेटमा चितवनका विनोद गुरुङले पेनाल्टी क्षेत्रभित्र हातले रोकेपछि प्राप्त पेनाल्टी अवसरलाई अमित तामाङले सदुपयोग गद चितवनलाई हारबाट जोगाए । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुबैले आक्रामक खेल… पुरा पढौ

उत्कृष्ट खेलाडी थापालाई स्कुटर हस्तान्तरण

पोखरा-गत चैतमा सम्पन्न १९ औं सस्करणको आहा रारा गोल्डकपका सर्वोत्कृष्ठ खेलाडी राजाबावु थापालाई अप्रिला स्कुटर हस्तान्तरण गरिएको छ । गोल्डकपमा संकटाका गोलकिपर थापा उत्कृष्ट घोषित हुदैं स्कुटर प्राप्त गरेका थिए । स्कुटर सोमबार मात्रै हस्तान्तरण गरिएको हो । सिताज लाईफस्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले सर्वोत्कृष्ट खेलाडी घोषित थापालाई स्कुटर हस्तान्तरण गरेका हुन् । अप्रिलाले गोल्डकपको लागि सर्वोत्कृष्ट खेलाडीको प्रायोजन गर्दै स्कुटर प्रदान घोषणा गरेको थियो । अफ्रिकन रुट्स एशोसियसनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै संकटाले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि… पुरा पढौ

पोखरा थण्डर्स बुटवल लुम्बिनीसँग पराजित

पोखरा-पोखरा थण्डर्स खुकुरी नेपाल सुपर लिग अन्तर्गत पहिलो खेलमा बुटवल लुम्विनी एफसीसँग पराजित भएको छ । आईतबार पोखरा थन्डर्सलाई २-०ले पराजित गर्दै लुम्बिनीले जित निकाल्यो । जित निकाल्दै विजयी सुरुवात गरेको हो । बुटवल लुम्विनीको जितमा विदेशी खेलाडी अर्मान्ड वियडुअमले गोल गरे । पहिलो गोल फ्रिकिक मार्फत सम्भव हुन पुग्यो । दोस्रो गोल भने उपहार पाएको थियो । ४२औं मिनेटमा मानबहादुर परियारको फ्रिकिकलाई अर्मान्डको फ्रि हेडर गोलमा परिणत भएको थियो । पोखरा थन्डर्सले पोष्ट आक्रमण गरेपनि गोलमा परिणत हुन सकेन्… पुरा पढौ

एनएसलमा निभियाको बल खेलाइने

काठमाडौ- आगामी शनिबारबाट आयोजना हुन लागेको नेपाल सुपर लिगले बल पार्टनरको रुपमा निभियालाई जोडेको छ । राजधानीमा भएको एक कार्यक्रममा एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरी र निभियाका नेपाल प्रतिनिधि किशोर थपारबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौतसँगै अब एनएसलमा निभियाको बल खेल्न प्रयोग हुने भएको छ । निभियाले सहभागि टोलीले अभ्यासका लागि यस अघि नै बल उपलब्ध गराईसकेको छ । सम्झौता कार्यक्रमपछि बोल्दै एनएसएलका प्रमुख कार्यत्रकारी अधिकृत ९सिईओ० सुदिप शर्माले प्रतियोगितामा जोडिएसँगै निभिया नेपाली फुटबलमा फर्किएको प्रतिक्रिया दिए । ‘निभियासँग… पुरा पढौ

पोखरा थण्डर्स पोखरा रंगशालामा प्रशिक्षणमा व्यस्त

पोखरा-नेपाली फुटबलमा गर्जन ल्याउने योजना छ । नाम जस्तै फुटबलमा आफनो गर्जने तयारीमा छ पोखरा थण्डर्स । ५ पोखरेली खेलाडीलाई अनुबन्धन गर्दै फ्रेन्चाईज फुटबलको तयारीमा जुटेको छ । पोखरा रंगशालामा प्रशिक्षण शुरु गरेको छ । नेपालमै पहिलो पटक फुटबलको फ्रेन्चाईज लिगमा उपाधि उचाल्ने योजनासहित पोखरा थण्डर्ससहित डेढसाता पोखरा रंगशालामै प्रशिक्षण गर्ने छ । तीन अफ्रिकन खेलाडी छन् । स्वदेशी र विदेशी खेलाडीको कम्बिनेशनले उपाधि उचाल्ने लक्ष्य पोखरा थण्डर्सको छ । ‘हिजोदेखि ट्रेनिङ शुरु गर्यौं । अझै पोखरा रंगशालामा एकसाता अर्थात… पुरा पढौ