⚽ फुटबल

लिभरपुल ब्रिङटनसँग बराबरी

एजेन्सी-पहिलो हाफमै पेनाल्टीको अवसरलाई गुमाएको ब्रिङटन लिभरपुलसँग अंक बाडेको छ । अन्तिम समयमा पाएको पेनाल्टीलाई सदुपयो गरेपछि लिभरपुलसँग ब्रिङटनले १-१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । अंक बाडेपछि लिभरपुल २१ अंकसहित लिगको शीर्षस्थानमा उक्लिएको छ । पहिलो हाफको २० औंं मिनेटमा ब्रिङटनले अग्रता लिने अवसरलाई गुमाउन पुग्यो । पाएको पेनाल्टीलाई निल माउपेले चुकाएपछि पहिलो हाफ स्पष्ट अग्रता लिनबाट बन्चित हुन पुग्यो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिदा दोस्रो हाफमा लिभरपुलले गोल गर्दै जित पक्का गर्ने अग्रसर रह्यो । तर दुर्भाग्य… पुरा पढौ

चेल्सी र टोटनह्यामको रोमाञ्चक प्रतिस्पर्धाको प्रतिक्षा

एजेन्सी-परिवेश निकै फरक छ । चेल्सी र टोटनह्याम हट्सपर बीच आईतबार ईंग्लिस प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै छन् । प्रतिस्पर्धाकै सम्मुखमा आईपुग्दा चेल्सी र टोटनह्याम दुवैले जित निकाल्ने उद्देश्यसहित मैदानमा उत्रिने छन् । चेल्सीका व्यवस्थापक फ्रयांक लाम्पार्ड छन् । टोटनह्यामका व्यवस्थापक जोसे मोरिन्हो छन् । हिजो चेल्सीमा मोरिन्हो व्यवस्थापक हुदाँ लाम्पार्ड खेलाडी थिए । खेलाडी र व्यवस्थापक बीचको प्रतिस्पर्धा हुने छ । एकापसमा प्रतिस्पर्धा हुने छ । रोमन अब्रामोभिचले चेल्सीको स्वामित्व लिएपछि १००० हजार खेल्दै छ । त्यसको जिम्मेवारी लाम्पार्डको काँधमा… पुरा पढौ

मोल्डेविरुद्ध आर्सनलको सहज जित

एजेन्सी-मोल्डेलाई ३-० गोलले पराजित गर्दै ईग्लिस क्लब आर्सनल युईएफए युरोपा लिगाको अन्तिम ३२ मा छिरेको छ । गएराती भएको प्रतिस्पर्धामा आर्सनलले दुवै गोल दोस्रो हाफमा सम्भब बनाएको थियो । नर्वेजियन क्लबलाई पराजित गर्ने क्रममा आर्सनलले ५० औं मिनेटमा पहिलो गोल गरेको थियो । निकोलस पेपेले अग्रता दिलाउँदा ५५ औं मिनेटमा रेईस नेल्सनले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम तिर आईपुग्दा आर्सनलले अर्को गोल थप्यो । फोलारिन बालोगनले ८३ औं मिनेटमा गोल गर्दै फराकिलो जित दर्ता गर्यो । बालोगन… पुरा पढौ

सम्झनामा म्याराडोना

एजेन्सी-होचो कद । तर फुटबलको उचाई भने निकै अग्लो । होचो तर फुर्तिलो डिएगो म्याराडोनाले आधुनिक फुटबल जगतलाई ह्याण्ड अफ गड छोडेर विदा भए । ६० वर्षको उमेरमा गएराती निधन हुन पुग्यो । फुटबल जगत उनको निधनले शोकमा डुब्यो । गरीब परिवारबाट फुटबल उदाएका म्याराडोनाको जीवन लागु औषध र मदिरा सेवनका घटनाले बढि चर्चित भए । फुटबलको करियर छोडेपछि लागुऔषधको लतमा डुबुल्कीका मार्दै मृत्युसँग संघर्ष गरिरहेका थिए । केही समय अघि मात्रै मष्तिस्कको शल्यक्रिया गरेका थिए । आफना सुरक्षाकर्मीलाई कोरोना… पुरा पढौ

फोडेनको गोलमा सिटी च्याम्पियन्स लिगको नकाउटचरणमा

एजेन्सी-फिल फोडेनको निर्णायाक गोलमा म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको नकाउट चरणमा प्रवेश गरेको छ । गएरातीको प्रतिस्पर्धामा सिटीले ओलम्पिकासलाई १-० गोलले पराजित गर्दै नकाउट चरणमा प्रवेश गरेको हो । सिटी १२ अंकसहित समूहको शीर्षस्थानमा रहँदै नकाउट चरणमा प्रवेश गरेको हो । फोडेनले ३६ औं मिनेटमा निर्णायक गोल गरेका थिए । प्रिमियर लिगमा टोटनह्याम हट्सपरसँग २-०ले पराजित भएपछि तनाबमा रहेको सिटीले च्याम्पियन्स लिगमा गएराती जितसँगै नकाउट चरणमा प्रवेश गरेपछि राहत महशुस गर्यो । पेप ग्वार्डिओलाको नविकरण गर्दै दुई वर्षे सम्झौता गरेको च्याम्पियन्स… पुरा पढौ

एटलान्टासँगै लिभरपुल घरमै पराजित

एजेन्सी-एटलान्टाले लिभरपुललाई घरमै पराजित गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत लिभरपुल आफनै घरेलु मैदान एनफिल्डमा एटलान्टसँग नतमष्तक बन्न पुग्यो । शीर्षस्थानमा रहेको लिभरपुल पराजित भएपछि शीर्षस्थानमै छ । गएरातीको प्रतिस्पर्धामा लिभरपुल एटलान्टासँग २-० ले पराजित भयो । यद्यपी समूहको शीर्षस्थानमा रहँदै नकाउट चरणमा प्रवेश गर्ने सम्भावना भने बलियो नै छ । पहिलो हाफ गोलरहित टुंगिएको थियो । तर दोस्रो हाफमै एटलान्टाले दुवै गोलको सम्भावना बनायो । जोसिप क्लिसिचले ६० औं मिनेटमा पहिलो गोल गरे । दोस्रो गोल रोविन गोसेन्सले ६४… पुरा पढौ

रियल मड्रिडसँग इन्टरमिलान फेरी पराजित

एजेन्सी-रियल मड्रिडले आफनो भरपर्दा खेलाडीको अनुपस्थितिमै च्याम्पियन्स लिगमा गएराती इन्टर मिलानलाई २-० ले पराजित गरेको छ । पहिलो लेगमा भने मिलानलाई उस्तै नजिताले पराजित गरेको थियो । चयाम्पियन्स लिगको दुवै खेलमा मिलान रियल मड्रिडसँग २-० गोलले पराजित हुदैं च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्न असफल भएको छ । मिलान चार खेलबाट २ अंकसहित समूहको पुछारमा रहेको छ । गएरातीको प्रतिस्पर्धा मिलानलाई निकै सकस पर्यो । सातौं मिनेटमा ईडेन हाजार्डको गोलसँगै अग्रता लिएको रियलले अर्को गोल उपहार प्राप्त गर्यो । हाजार्डको… पुरा पढौ

म्यारोडोनाको निधनले विश्व फुटबल जगत स्तब्ध

एजेन्सी-विश्व फुटबल जगतले फुटलबका महान हस्तीलाई गुमाएको छ । अजेन्टियन लेजेन्ड डियागो म्यारोडोनाको ६० वर्षको उमेरमा गएराती निधन भएको हो । उनको निधनले विश्वफुटबल स्तब्ध बन्न पुगेको छ । मानसपटलमा म्यारोडोनाको फुटबल खेल्दाको क्षणको याद आउँन थालेको छ । केहीदिन अघिमात्रै मस्तिष्कको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफलातापूवर्क गरिएपछि अस्पतालको बसाईबाट म्यारोडोना घरमै आराम गरेका थिए । तर उनको बुधबार राती निधन भयो । त्यसपछि उनको अल्कोहल डिपेनडेन्सी सम्बन्धी उपचार हुँदै थियो । उनको निधनले विश्व फुटबलरले सर्वकालिन महान खेलाडी… पुरा पढौ

पेनाल्टी गोलमा पिएसजीलाई राहत

एजेन्सी-पेरिस सेन्ट जर्मेनले आरबी लेईपजिगलाई पराजित गर्न पेनाल्टीको सहयोग लियो । पेनाल्टीमा गोल गर्दै पिएसजीले लेईपजिगमाथि कठिन जित दर्ता गर्यो । च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको प्रतिस्पर्धामा पिएसजीको जितमा नेयमारले पेनाल्टीमा निर्णायक गोल गरे । ११ औं मिनेटमा पेनाल्टी गोल गर्दै जित दिलाए । उनको पेनाल्टी नै खेलको निर्णायक बन्न पुग्यो । उता बोरुसिया डर्टमण्डले क्लब बर्गलाई ३-० ले पराजित गर्यो । युवा खेलाडी अर्लिङ हालाण्डले दुई तथा जाडोन सान्चोले एक गोल गरे । हालाण्डले १६ औं मिनेटमा अग्रता दिलाए… पुरा पढौ

च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित

एजेन्सी-नियमित कप्तान लियोनेल मेस्सीलाई आराम दिईएको खेलमा बार्सिलोनाले गएराती च्याम्पियन्स लिगमा डाइनामो किभलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।डोनाल्ड कोयम्यानले मेस्सीलाई कमजोर मानिएको डाइनामोसँगको खेलमा मेस्सीलाई आराम दिएका थिए । गएरातीको प्रतिस्पर्धामा बार्सिलोनाले फराकिलो जित निकाल्ने क्रममा मेस्सीसँग तिक्तता रहेको फ्रेन्चम्यान एन्टोनोई गिज्रमनले इन्जुरी समयमा गोल गर्दै आफनो अस्थित्व जोगाई राखे । बार्सिलोनाले चारै गोल दोस्रो हाफमा सम्भब बनायो । पहिलो हाफ गोल रहित टुंगिएको थियो । बार्सिलोनाले गोलको लागि ५२ औं मिनेटसम्म कुर्नुपर्यो । ५२ औं मिनेटमा सर्जिनो… पुरा पढौ