खेल संस्था

सिमराको विजयी सुरुवात

हेटौंडा-नवजागृति क्लबको विजयी शुरुवातसँगै हेटौडामा बिहीबारदेखि चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता शुरु भएको छ । हेटौंडा ५ स्थित पिप्ले रंगशालामा भएको उद्घाटन खेलमा सर्लाहीको वागमती युवा क्लबलाई २–० गोलअन्तरले पन्छाउँदै सिमराले विजयी शुरुवात गर्यो । नवजनजागृतिका लागि खेलको ८ औं मिनेट विवेक चौधरीले गोल गर्दै अग्रता दिलाए । खेलको दोस्रो हाफको ३४ औं मिनेटमा सिमराका कृपाकान्त चौधरीले गरेको गोल विजयी गोल बन्यो । सर्लाहीले खेलमा केही राम्रा अवसर पाए पनि गोल निकाल्न नसक्दा निराश हुँदै… पुरा पढौ

काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुल उत्कृष्ट

पोखरा,-पोखरामा आयोजित विद्यालयस्तरीय ‘प्रथम मोहन स्मृति’ राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा ग्यालेक्सी पब्लिक स्कुल च्याम्पियन बनेको छ । विभिन्न आठ इभेण्टमा प्रतिस्पर्धा गराईको थियो । प्रावितह(लोअर सेकेण्डरी) १३ वर्षमुनिको छात्र तर्फको प्रतिस्पर्धामा रुपन्देहीका सुदेश राजकोटी च्याम्पियन बनेका छन् । उनले खैरेनी सेकेण्डरी स्कुल तनहुँका सफल भुजेललाई २१–१३, १६–२१ र २१–१५ का सेटमा पराजित गर्दै उपाधि जिते । तेस्रो स्थानमा अनिस सिम्खडा(ईम्पेरियल वल्र्ड स्कुल र सुवन कार्की(एपेक्स) मा रहे । मोहन व्याडमिन्टन फाउण्डेशनको आयोजनामा पोखरा रंगशाला व्याडमिन्टन हलमा भएको प्रतिस्पर्धा अन्तर्गत छात्रा तर्फको… पुरा पढौ

जनएकता प्रथम सेभेन ए साईड फुटबलको उपाधि एम–१२ लाई

पोखरा-केआईइसी एम १२ ले जनएकता क्लबद्वारा आयोजित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता उपाधि जितेको छ । रामेश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको शनिबार भएको फाईनलमा एम–१२ ले रत्नचोकलाई ४–१ गोलले पराजित गर्दै उपाधि उचाल्यो ।पहिलो हाफमै ३–१ ले अग्रता लिएको एम–१२ ले दोस्रो हाफमा थप एक गोल थप्दै फराकिलो जित दर्ता गर्यो । विजेता एम–१२ ले नगद १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको रत्नचोकले भने ६१ हजार १ सय ११ रुपैयाँ चित्त बुझायो ।… पुरा पढौ

पोखरामा ३४ वर्षपछि जिमन्याष्टिक प्रतियोगिता

पोखरा-पोखरामा ३४ वर्षपछि जिमन्याष्टिक प्रतियोगिता आयोजना गरियो । कास्की जिल्ला जिमन्याष्टिक संघको आयोजनामा प्रथम गण्डकी प्रदेशस्तरीय जिमन्याष्टिक महिला तथा पुरुष प्रतियोगितामा महिला तथा तर्फ सीताकुमारी खड्का र पुरुष तर्फ रोशन पुन च्याम्पियन बनेका छन् । फ्लोर इभेण्टमा गरिएको प्रतिस्पर्धामा महिला तर्फ सुवी भासिमाले रजत र कृति खत्रीले कास्य पदक जितिन् । पुरुष तर्फ कास्कीका विशाल पुनले रजत र बाग्लुङका कृष्ण कँडेलले कास्य पदक जिते । प्रतियोगतामा कास्कीसहित बाग्लुङ, म्याग्दी, तनहुँ, गोरखा, लमजुङका गरी ५० जना खेलाडीले फ्लोर इभेण्टमा प्रतिस्पर्धा गरेका… पुरा पढौ

पेनाल्टीसुटआउटमा भीमकाली विजयपुरसँग पराजित

पोखरा-बी–१३ लाई पराजित गर्दै मसिना फुटबल क्लब जनएकता क्लब पोखरा–१४ ले आयोजना गरेको प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । शुक्रबार रामेश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको पहिलो क्र्वाटरफाईनल खेलमा मसिनाले बी–१३ लाई १–० को कठिन जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्यो । जितका लागि विश्व थापाले निर्णायक गोल गरे । खेलमा मसिनाका गोलकिपर सुनिल घोताने म्यान अफ दि म्याच घोषित भए । भीमकाली एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै विजयपुर युनाईटेड अन्तिम चारमा प्रवेश… पुरा पढौ

एम १२ को फराकिलो जित

पोखरा-जनएकता युवा क्लब पोखरा–१४ को आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार मसिना एफसी एसले एलजी एकतालाई ३–० ले पराजित गर्दै क्र्वाटर फाईनल प्रवेश गरेको छ । मसिनाका लागि विजय श्रेष्ठले दुई तथा सुनिल श्रेष्ठले एक गोल गरे । विजय खेलमा म्यान अफ दि म्याच घोषित भए । रामेश्वरी माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको दोस्रो खेलमा एम १२ ले मसिना एफसीको बी टोलीलाई फराकिलो जित दर्ता गर्ने क्रममा ६–२ गोल अन्तरको नजिता निकाल्यो । एम १२ का… पुरा पढौ

भीमाद र बी–१३ अन्तिम आठमा

पोखरा-भीमाद युवा क्लब र पोखराको बी–१३ जनएकता युवा क्लब पोखरा–१४ को आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गरेका छन् । भीमादले कमलपोखरी बीलाई ३–२ गोलले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गरेको हो । भीमादका लागि विनोद घिमिरे, लोकेश गुरुङले गोल गर्दा एक गोल उपहार पाएर भाग्यमानी बन्दै अन्तिम आठमा प्रवेश गर्यो । अजय गुरुङले आत्मघाती गोल गरेका थिए । कमलपोखरीका लागि सन्देश गुरुङ र उपेन गुरुङले गोल गर्दै प्रतिस्पर्धात्मक बनाएपनि आत्मघाती गोलले क्र्वाटरफाईनलको ढोका बन्द गरिदियो ।… पुरा पढौ

कप्तान सन्दिप सहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन

पोखरा-नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनि ज्याप क्रिकेटले प्रायोजन गरेको छ। राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने सहित विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी लगायत युवा क्रिकेटरहरु सुनिल धमला, भिम शार्की, देव खनाल र आदील अन्सारीलाई ज्यापले एक वर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो। यस अघिनै ज्यापले महिला राष्ट्रिय क्रिकेटर सबनम राईलाई पनि प्रायोजन गरेको थियो। सम्झौता पछि खेलाडीहरुले खेल्ने सबैखाले प्रतियोगितामा ज्यापको ब्याट लगायत अन्य सामग्री प्रयोग गर्नेछन्। बुधबार काठमाडौँमा आयोजित कार्यक्रम माझ… पुरा पढौ

निरज तामाङ दोस्रो दिन शीर्षस्थानमा उक्लन सफल

काठमाडौं-करियरकै उत्कृष्ट आठ-अन्डर ६४ को सानदार स्कोरमा निरज तामाङ सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन शीर्षस्थानमा उक्लन सफल भएका छन्। समग्रमा १२-अन्डर १ सय ३२ सहित १३औं दक्षिण एसियाली खेलकुदका टिम इभेन्ट स्वर्ण विजेता निरजले पहिलो दिनका एमेच्योर लिडर वाङ्गचेन ढोन्डुप र शुक्र बहादुर राईलाई दुई स्ट्रोकले पछि पारे। समग्रमा १०-अन्डर १ सय ३४ को स्कोर बनाएका शुक्र र वाङ्गचेन संयुक्त रूपमा दोस्रो स्थानमा छन्। नम्बर एक प्रो बन्ने दाउमा… पुरा पढौ

केआईईसी एम १२ भक्कुको फराकिलो जित

पोखरा-जनएकता युवा क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार ७ खेल सम्पन्न भएका छन् । रामेश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको मंगलबारको खेलमा भीमाद युथ क्लबले रन्जन स्मृति युथ क्लब भीमादलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । भीमादका लागि लोकेश थापाले दुई र अभिषेक राईले एक गोल गर्दै जित दिलाउँदा रन्जन स्मृतिका लागि राजन सोसान गुरुङ र आगमन खड्काले गोल फर्काएका थिए । शहीद स्मृति विद्यालयले मेरो नेपाल युवा क्लब एलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले… पुरा पढौ