खेल संस्था

नेपालको विजयी शुरुवात

काठमाडौं- नेपाल भलिबल संघको आयोजनामा सेन्ट्रल एशियन भलिबल एसोशियसन ९काभा० महिला भलिबल च्यालेन्ज कप २०२३ आज सोमबारबाट सुरु भएको छ ।च्याम्पियनसिपको सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहालले च्याम्पियनसिप सुरु भएको घोषणा गर्दै उद्घाटन गरे । च्याम्पियनसिपको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आजैका दिन २०७४ साल जेष्ठ ८ ९२२ मे २०१७० मा आफ्नै पालामा राष्ट्रिय खेलको रुपमा भलिबल चयन गरिएकोमा सोहि दिन पारेर आज सेन्ट्रल एशियन प्रतियोगिता नेपालमा आयोजना हुनुले आफुलाई निकैनै खुशी दिलाएको बताए । उनले भलिबलको विकासमा आफु सदा सहयोग गर्न… पुरा पढौ

गोर्खा कप सहभागिता जनाउने पोखरा ११ भेट्रान्स टोलीलाई एन्फाको विदाई

पोखरा-तमुधि युकेको आयोजनामा हुने गोर्खा कपको लागि पोखराका टोली युकेको लागि प्रस्थान गरेको छ । पोखराको टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने छ । युकेको निमन्त्रणामा पोखरा ११ ले सहभागिता जनाउने छ । ४० वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धाको लागि पोखरा ११ को भेट्रान्स टोली आईतबार काठमाडौं प्रस्थान गरेको थियो । काठमाडौंमा अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष पंकज नेम्वाङ तथा महासचिव किरण राई लगायतका पदाधिकारीले सोमबार पोखरा ११ भेट्रान्स टोलीलाई विदाई गरेका हन् । पोखरा ११ को नेतृत्व कास्की जिल्ला फुटबल संघका… पुरा पढौ

पोखरामा वडास्तरीय फुटबल प्रतियोगिता सुरू

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरू भएको छ । महानगरपालिकाका ३३ मध्ये ३० वटा वडा सहभागी प्रतियोगिताको शनिबार महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गरे । जेठ ११ गतेसम्म चल्ने प्रतियोगिताका खेल पोखरा रंगशाला र पोखरा–१९ लामाचौरस्थित गोस्ते खेल मैदानमा हुने छ । प्रतियोगिताको पहिलो दिन ७ खेल भए । आयोजकका अनुसार वडा नम्बर २६ ले वडा नम्बर ३ लाई १०–१ ले, वडा नम्बर २५ ले वडा नम्बर ४ लाई ९–० ले, वडा नम्बर ५ ले… पुरा पढौ

कास्कीमा फुटबलको ग्रासरुट कार्यक्रम

पोखरा-एशियन फुटबल कन्फेडेरेसन(एएफसी)ले वर्षेनी मे १५ मा ग्रासरुट फुटबल दिवस(डे)को रुपमा मनाउदै आएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले १२ वर्षमुनिलाई राखेर ग्रास रुट कार्यक्रम गर्दै आएको छ । ग्रासरुट कार्यक्रम गर्न आफना सदस्य देशहरुलाई एएफसीले निर्देशन गर्ने गरेको छ । निर्देशन अनुसार अखिल नेपाल फुटबल संघले आफनो जिल्ला फुटबल संघमा ग्रासरुट कार्यक्रम गरेको छ । एन्फाले आफना सदस्य जिल्ला मध्ये चार जिल्लामा ग्रासरुट कार्यक्रम गर्दै ग्रासरुट दिवस मनाएको छ । कास्की जिल्ला फुटबल संघले शनिबार पोखरा रंगशालामा ग्रासरुट कार्यक्रममा… पुरा पढौ

जेठ २० अन्नपूर्ण दिवसमा ‘तेस्रो अन्नपूर्ण म्याराथन’

पोखरा-यही जेठ २० गते अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथनको तयारी गरिएको छ । दुई संस्करण आयोजनासँगै कोभिडले रोकिएको अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण जून ३ तारिख(जेठ २० गते) आयोजना गरिने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समिति तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जेठ १७ देखि २० गतेसम्म तेस्रो अन्नपूर्ण म्याराथन÷अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८० गर्ने तयारीमा जुटेको छ । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने नारासहित अन्नपूर्ण पदयात्रा क्षेत्रको विकास र विस्तारमा टेवा पु¥याउने उद्देश्यसहित समितिले अन्नपूर्ण… पुरा पढौ

शनिबारदेखि पोखरामा वडास्तरीय फुटबल प्रतियोगिता

पोखरा-आगामी शनिबारदेखि पोखरा रंगशालामा पोखरा महानगरपालिका वडास्तरीय नकाउट फुटबल प्रतियोगिता शुरु हुने छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको व्यवस्थापनमा शनिबारदेखि पोखरा रंगशाला फुटबल मैदानमा प्रतियोगिता शुरु हुने महानगर खेलकुद विकास समितिले जनाएको छ । महानगर वडास्तरीय फुटबल प्रतियोगितामा पोखरामा झण्डै ६ वर्षपछि आयोजना गरिएको हो । शनिबारदेखि शुरु हुने प्रतियोगिताको बिहीबार खेल तालिका सार्वजनिक गरिएको छ । खेल तालिका अनुसार पोखरा महनगर वडा नं २६ र वडा नं ३ बीच पहिलो खेल हुने… पुरा पढौ

भलिबलको विकास गर्न ३० लाखले ट्यालेन्ट हन्ट गरिदैं

पोखरा-गतवर्ष गण्डकी प्रदेश खेलकुद परिषदले एथलेटिक्सको ट्यालेन्ट हन्ट गर्यो । १५ लाख रुपैयाँ खर्च गर्यो । १५ लाख रुपैयाँले ४० जना खेलाडीलाई एथलेटिक्सका खेलाडीलाई आवासिय सुविधा प्रदान गर्ने निर्णयसहित प्रदेशका ११ वटै जिल्लाबाट खेलाडी छनोट गरेको थियो ।गतवर्ष एथलेटिक्समा गरेको ट्यालेन्ट हन्ट अहिले नयाँ सदस्य सचिवको आगमनसँगै नयाँ खेलमा ट्यालेन्ट हन्ट गर्ने योजना सार्वजनिक गरेको छ । गतवर्ष तेजबहादुर गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिव हुदाँ एथलेटिक्समा ट्यालेन्ट गरेका थिए । उनी आफैं पनि भुतपूर्व खेलाडी मञ्चमा समेत आवद्ध… पुरा पढौ

अरण्यज्योति कपः आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनलमा

पोखरा-अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० मा आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा ३ दिनदेखि जारी प्रतियोगितामा आयोजकले तीनवटै खेल जितेर समूह विजेता हुँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । ३ खेलमा २ खेल जितेर समूह उपविजेता हुँदै बागलुङ क्रिकेट क्लबले आफूलाई सेमिफाइनलमा सुरक्षित पारेको छ । बुधबार किङ्सलाई ४६ रनले पराजित गरेको उसले दोस्रो दिन माछापुच्छे«को चुनौती पन्छाएको थियो । योसँगै समूह ए बाट… पुरा पढौ

१६ औं राष्ट्रब्यापी कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्ट जेष्ठ २१ देखि

काठमाडौं-नेपाल सशस्त्र प्रहरी बलको आयोजनामा प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको स्मृतीमा आयोजना हुने राष्ट्रब्यापी खुल्ला ब्याडमिन्ट प्रतियोगिताको १६ औं संस्करण जेष्ठ २१ देखि २४ गते सम्म हुने भएको छ । नेपाल एपिएफ क्लब ९कृष्णमोहन स्मृती भवन हलचोकमा आयोजना हुने प्रतियोगिताका बारेमा आज पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता बरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले उक्त जानकारी गराएका हुन् । राष्ट्रिय बरियता प्रतियोगिता समेत रहेको प्रतियोगितामा पुरुष÷महिला एकल र युगल, मिक्स युगल, पुरुष यु–१२ र यु–१९, भेट्रान्स युगल ४५ र ५५ बर्ष माथि… पुरा पढौ

लुम्बिनी विकास बैंक अरण्यज्योति कप सुरु

पोखरा- अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा सोमबारदेखि लुम्बिनी विकास बैंक अरण्यज्योति कप टि–२० सुरु भएको छ । किङ्स क्रिकेट क्लबलाई ५७ रनले पराजित गर्दै माछापुच्छे« क्रिकेट क्लबले विजयी शुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको माछापुच्छे«ले पूरै १६ ओभरमा ४ विकेट गुमाउँदै १३० रनको लक्ष्य पस्केको थियो । काठमाडौंको किङ्स ७२ रनमा अलआउट हुन पुग्यो । प्लेयर अफ दि म्याच माछापुच्छे«का राजु गुरुङ बने । अर्को खेलमा आयोजक विजयी भयो । बागलुङ क्रिकेट क्लबलाई १२ रनले पराजित गर्दै आयोजकले… पुरा पढौ