गण्डकी

विद्यालयमा हक्की प्रवद्र्धन गर्न स्टिक र बल हस्तान्तरण

पोखरा-नियमित प्रतियोगिता हुदैन् । मैदानको उपलब्धता पनि छैन् । तर पनि कास्कीमा हक्कीप्रतिको अभिरुची भने विस्तारै बढ्दै गएको छ । नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला तर्फ गण्डकी प्रदेशले रजत पदक जितेपछि हक्कीप्रतिको चासो केही बढेको हो । पछिल्लो समय कास्की हक्की संघ पुनर्गठन भएपछि हक्कीलाई विद्यालयसम्म पु¥याउने अभियान शुरु भएको छ । कास्की जिल्ला हक्की संघले पोखराका तीन र स्याङजामा एक विद्यालयमा हक्की स्टिक र बल वितरण गर्दै हक्की खेलको प्रवद्र्धनमा जुटेको छ । ‘नियमित प्रतियोगिता नहुदाँ हक्की… पुरा पढौ

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ । यहीं असार १८ गते शनिबार दिउँसो ३ बजे पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई उक्त अवार्ड प्रदान गरिने भएको हो । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली… पुरा पढौ

टीबक्स, बंकर तयार, ग्रीन बनाउन बाँकी

पोखरा-हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा गल्फ कोर्ष बनाउन शुरु गरिएको छ । लोमान्थाङबाट निर्वाचित गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टको अगुवाईमा लोमान्थाङमा ९ होलको कोर्ष बनाउन शुरु गरिएको हो । कोर्षको अब ग्रीन मात्रै बनाउन बाँकी छ । अरु सबैजसो बनाईसकिएको सदस्य विष्टले बताए । ‘९ होलको कोर्ष बनाएका छौं । बंकर र टी बक्स तयार भईसकेको छ ।’ विष्टले भने–‘अब ग्रीन तयार गर्ने छौं । ग्रीनको लागि नेपाल गल्फ संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला गल्फ संघका सल्लाहकार भूबहादुर(भुवन)… पुरा पढौ

प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टनको उपाधि दिलाशा र क्षितिजलाई

पोखरा-प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि महिला तर्फ कास्कीकी दिलाशा राना र पुरुष तर्फ नवलपुरका क्षितिज खनालले जितेका छन् । कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजित प्रतियोगितामा महिला तर्फ दिलाशाले कास्कीकै अनु रानालाई सोझो सेटमा पराजित गर्दै उपाधि चुमिन् । उनले २१–१५,२१–११ को सेटमा पराजित गर्दै उपाधि उचालिन् । पुरुष तर्फको प्रतिस्पर्धामा भने नवलपुरका क्षितिज खनालले उपाधि उचाले । उनलाई कास्कीका विधान अधिकारीले तेस्रो सेटको प्रतिस्पर्धामा खेल त्यागिदिए । पहिलो सेट अधिकारीले आफनो पक्षमा… पुरा पढौ

छैटौं पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक

पोखरा-खेलकुद पत्रकार मञ्च गण्डकीले यही असार १८ गते आयोजना गर्ने छैटौं पोखरा स्पोर्टस अवार्डको लागि मनोनयन सार्वजनिक गरेको छ । मञ्च गण्डकीले सर्वोत्कृष्ट खेलाडी महिला तथा पुरुष, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षणक गरी चार विधाको मनोनयन सार्वजनिक गरेको हो । शनिबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको मनोनयनमा महिला तर्फ सर्वोत्कृष्ठ खेलाडीको सूचीमा अरुण शाही(भलिबल), मनिष उपाध्याय(क्रिकेट) र सरगम कुमाल(क्योकुशिन कराँते) परेका छन् । त्यसैगरी पुरुष सर्वोत्कृष्ठ वर्ष खेलाडीमा प्रदीप खड्का(टेनिस), विधान अधिकारी(व्याडमिन्टन) र बुद्ध लामा(कराँते) रहेका छन् । त्यस्तै उदीयमान… पुरा पढौ

गण्डकी प्रदेश भलिबल संघ गठन, अध्यक्षमा गुरुङ सर्वसम्मत

पोखरा-संघीय संरचनासँगै गण्डकी प्रदेश भलिबल संघ गठन गरिएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा जिल्ला भलिबल संघ गठनपछि शुक्रबार प्रदेश भलिबल संघ गठन गरिएको हो । प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधि सहभागिता भएपनि प्रदेश भलिबलको पदाधिकारमा स्याङजा जिल्लाको बर्चस्व रह्यो । नवगठित संघको नेतृत्व नविन गुरुङले जिम्मेवारी लिएका छन् । सर्वसम्मत अध्यक्ष बनेका गुरुङ स्याङजाका हुन् । उपाध्यक्षमा पर्वतका हरिबहादुर श्रेष्ठ, महासचिवमा स्याङजाका टहलसिंह थापामगर, कोषाध्यक्षमा स्याङजाकै जीवन भण्डारी र सचिवमास बाग्लुङका सोमबहादुर पोबी(यामु) रहेका छन् । कार्यकाल चारवर्षको… पुरा पढौ

पोखरा स्पोट्र्स अवार्डको लागि होटल पौवाको साथ

पोखरा -यही असार १८ गते पोखरामा हुने छैटौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७८ लाई सफल पार्न होटल पोवाले साथ दिने भएको छ । उक्त अवार्डको होटल पाट्नरको रुपमा पोखराको लेकसाईडमा रहेको होटल पौवाले साथ दिने भएको नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले जनाएको छ । विहिबार एक समारोहका बिच होटलका प्रमुख परिचालन अधिकारी (सिओओ) कृष्ण गौतम र मञ्चका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको महासचिव राजाराम पौडेलले बताए । मंचले आयोजना गर्ने उक्त अवार्डले गण्डकी प्रदेशको खेल सहित पर्यटन… पुरा पढौ

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता भोलिदेखि

पोखरा- कास्की जिल्ला ब्याडमिन्टन संघले भोलि शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो । चार विधामा प्रतियोगिता संचालन गर्न लागिएको छ । प्रदेशमा रहेका नयाँ खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र पोखरालाई खेल पर्यटन सहरको रुपमा विकास गर्ने तथ लक्ष्य रहेको प्रतियोगिता संयोजक अमृत पोख्रेलले जानकारी दिए । प्रतियोगितामा पुरुष एकल, पुरुष डबल, महिला एकल र डबल गरी ४ विधामा स्पर्धा हुनेछ ।… पुरा पढौ

साहसिक दौड ‘ट्रेल रेस’ सहयोगको पर्खाइमा

पोखरा-कोभिड–१९ ले थलिएको ट्रेल रेस(गोरेटो दौड) उठ्ने प्रयासमा छ । उठ्ने जमर्को गरेको ट्रेल रेसको सिरिजलाई वर्षाले रोक्यो । पानी पर्ने सिजनले आयोजकले पनि सिरिजलाई पछि धकेले । आगमी भदौमा वर्षको पहिलो रेसको सिरिज गर्ने योजनामा संस्था छ । पोखरा ट्रेल रेस सिरिज नामक संस्थाले वर्षमा तीनवटा रेसको सिरिज गर्दै आएको थियो । दुई वर्ष कोभिड–१९ ले स्थगित भयो । हराउँदै गएका पोखरा र सेरोफेरोका गाँउहरुका गोरेटो बाटोलाई प्रवद्र्धन गर्ने संस्थाको मुल उद्देश्य हो । उद्देश्य अनुसार नै संस्थाले सिरिजलाई… पुरा पढौ

प्रदेशभित्र खेलकुद पूर्वाधार बनाउन १५ करोड बजेट

पोखरा-गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोडको बजेट सार्वजनिक गर्दा खेलकुद तर्फ भने नगण्य बजेट छुट्टाएको छ । खेलकुदको पूर्वाधार विकासको लागि १५ करोड रुपैयाँ छ । तर पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्री रामजीप्रसाद बरालले उदघोष गरेपनि कति बजेट भन्ने ठोस रुपमा खुलाइएको छैन् । प्रदेशभित्रको खेलमैदान निर्माण, मर्मत सम्भार तथा स्तरोन्नति गर्न आवश्यक बजेट व्यवस्था गरेको उल्लेख गर्दै प्रदेश भित्रको खेलकुद पूर्वाधार विकास गर्न १५ करोड रुपैयाँ विनियोजन गरिएको सार्वजनिक गरे… पुरा पढौ