मुख्य समाचार

क्वाटरफाइनल समीकरण पूरा, शुक्रबारदेखि खेल हुने

काठमाडौं । जारी १६ औं संस्करणको युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति राउन्ड अफ १६ चरणको सबै खेल समाप्त भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताको अन्तिम आठमा बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले स्थान बनाएका छन् । अब दुई दिन विश्रामपछि क्वाटरफाइनल चरणको खेल सुरु हुनेछ । क्वाटरफाइनलको पहिलो दिन स्विट्जरल्यान्ड विरुद्ध स्पेन मैदान उत्रनेछ । विश्वकप विजेता फ्रान्सलाई स्तब्ध पार्दै स्विट्जरल्यान्डले अन्तिम आठमा स्थान बनाएको हो भने स्पेनले विश्वकपको उपविजेता… पुरा पढौ

जर्मनीलाई हराउँदै इङ्ल्यान्ड क्वार्टरफाईनलमा

एजेन्सी- युरो कप २०२० को ग्रुप अफ डेथमा रहेको अन्तिम टोली जर्मनी पनि इंग्ल्याण्डको हातबाट पराजित भएपछि समूहका सबै घर फर्किएका छन् । ग्रुप एफ मा रहेका हंगेरी, पोर्चुगल र फ्रान्सले अन्तिम १६ मा आईपुग्दा पराजित हुदैं बाहिरिएपछि बाहिरिने अन्तिम टोली जर्मनी बन्न पुग्यो । उपाधिका दावेदारी मानिएको टोली एक पछि अर्को गर्दै पराजित भए । इग्ल्याण्डले क्वाटरफाइनल समीकरण पुरा गर्ने क्रममा जर्मनी माथि २० को गोलले पराजित गर्यो । इग्ल्याण्डको वेम्बली स्टेडियममा भएको प्रतिस्पर्धा सन १९६६ को विश्वकपको फाईनलको… पुरा पढौ

फ्रान्सलाई हराउँदै स्वीट्जरल्यान्ड क्वाटरफाइनल प्रवेश

एजेन्सी । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै स्वीट्जरल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान सम्पन्न प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै स्वीट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा फ्रान्सका केलियन एम्बाप्पेले गोल गर्न नस्कदा स्वीट्जरल्यान्डले जित हात पार्‍यो । पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम, प्रेसनल किम्पेम्बेले गोल गरे । स्वीट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन… पुरा पढौ

अर्जेन्टिना र उरुग्वे क्वाटरफाईनलमा

एजेन्सी । कोपा अमरिका फुटबलमा अर्जेन्टिानले बोलिभियालाई ४–१ ले हराएको छ । ब्राजिलमा आज बिहान भएको समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा अलेहान्द्रो गोमेज र लौतारो मार्टीनेजले एक एक गोल थपे । बोलिभियाका इर्वीन साभेद्राले एक गोल फर्काए । आजै भएको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० ले हरायो । २१ औं मिनेटमा पाएको पेनाल्टीमा एडिन्सन काभानीले गोल गरेपछि उरुग्वे १–० ले विजयी भयो । आजका खेलहरुपछि कोपा अमेरिका फुटबलको क्वाटरफाईनल खेल तालिका तय भएको… पुरा पढौ

खेलाडीलाई कोरोना विरुद्धको खोप

पोखरा-कोभिड-१९ को दोस्रो लहरले सबैतिर आक्रान्त पारिरहेकै बेला राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । नेपाल खेलकुद महासंघको पहलमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष सुवास श्रेष्ठको संयोजकत्वमा खेलाडीलाई भेरोसेल खोप लगाईएको हो । झण्डै वर्षदिनदेखि खेलकुद क्षेत्र ठप्पै छ । खेलकुदलाई चलायमान बनाई खेल र खेलाडीलाई शारीरिक अभ्यासको लागि खोप दिइएको परिषदका सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए । सदस्य श्रेष्ठका अनुसार बन्द प्रशिक्षणमा रहेको नेपाली महिला भलिबल टोलीका सदस्यहरु, आगामी महिना जापानको टोकियोमा हुने ओलम्पिकमा सहभागि… पुरा पढौ

इटाली र डेनमार्क क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । इटाली र डेनमार्क युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले हराउँदै इटाली क्वाटरफाईनलमा पुगेको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा इटालीका फेडेरिको चिएसा र माटियो पेस्नीनाले एक एक गोल गरे । अष्ट्रियाका सासा कालादिचले एक गोल फर्काए । जितसँगै इटालीले लगातार ३१ खेलको अपराजित यात्राको किर्तिमान बनाएको छ । इटालीले अब क्वाटरफाईनलमा बेल्जीयम र पोर्चुगलमध्ये आज हुने… पुरा पढौ

जुडोकी सोनिया ओलम्पिकमा

काठमाडौं-नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाईल्ड कार्ड प्राप्त गरेकी छिन् । यसका साथै अहिले सम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल ५ पुगेको छ । पौडी, एथलेटिक्स, सुटिङ्ग, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्स अनिवार्य सहभागि हुने भएता पनि सुटिङ्ग, तेक्वान्दो ९पारा० र जुडोले वाईल्ड कार्ड मार्फत सहभागिता जनाउने भएको हो । सोनियाले ४८ केजी मुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष… पुरा पढौ

खेलकुद प्रतियोगितालाई १ करोड ५५ लाख

पोखरा-महानगरपालिका उपमेयर मन्जुदेवी गुरुङले आर्थिक वर्ष २०७८÷०७९ को लागि ६ अर्ब २७ करोड ७५ लाखको आय व्ययको विवरण पेश गरिन् । पेश गरिएको आय व्यय विवरण अनुसार पोखरा महानगरपालिकाले पोखरामा आयोजना हुने खेलकुद प्रतियोगिताको लागि १ करोड ५५ लाख रुपैया बजेट छुट्टाएको छ । गतवर्ष समेत खेलकुद प्रतियोगितालाई छुट्टाइएको कतिपय बजेट भने कोभिड–१९ कै कारण रोकिएको थियो । महानगरपालिकाले पोखरामै आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्बोधन गरेर बजेट छुट्टाइएको छैन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ फागुन २० देखि… पुरा पढौ

पोर्चुगल र फ्रान्ससहित जर्मनी दोस्रो चरणमा

एजेन्सी । साविक विजेता पोर्चुगल र साविक विश्वकप विजेता फ्रान्ससहित जर्मनी युरोकप फुटबल २०२० को दोस्रो चरण पुगेका छन्। बुधबार राती सम्पन्न भएको खेलमा आपसमा २-२ गोलको बराबरी खेल्दै फ्रान्स र पोर्चुगलले नकआउट चरणमा स्थान बनाएका हुन्। अर्को खेलमा हंगेरीसँग बराबरी खेलेको जर्मनी पनि अगाडि बढ्यो। समूह ‘एफ’मा ३ खेलपछि ५ अंक भएको फ्रान्स विजेता बन्यो। ४ अंक भएको जर्मनी उपविजेता बन्यो। ४ अंक नै भएको पोर्चुगल तेस्रो भएर अगाडि बढ्यो। फ्रान्सविरुद्ध पोर्चुगलका लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे। उनले… पुरा पढौ

‘महानगर वर्ष खेलाडी’ सम्मान गरिने

पोखरा-पोखरा महानगरपालिकाले आगामी वर्षदेखि उत्कृष्ट खेलाडीलाई ‘महानगर वर्ष खेलाडी’बाट सम्मान गर्ने छ । पोखरा महानगरपालिकाको नवौं नगरसभालाई सम्बोधन गर्दै महानगरपाकिलाका मेयर मानबहादुर जिसीले महानग वर्ष खेलाडी सम्मान गर्ने घोषणा गरेका हुन् । बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर जिसीले खेलकुद र खेलाडीको प्रवद्र्धन र प्रोत्साहित गर्न वर्ष खेलाडी सम्मान गर्ने उल्लेख गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशको काँधमा छ । गण्डकी प्रदेशको राजधानी पोखरामा ३५ मध्ये अधिकांश खेल आयोजना गरिने छ । विभिन्न ११ जिल्लामा… पुरा पढौ