मुख्य समाचार

युवा तथा खेलकुद मन्त्रालयमा मनाङ्गेको ह्याट्रिक

पोखरा-तीन महिनाको बीचमा तेस्रो पटक गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री बन्दै राजीव गुरुङ(दिपक मनाङ्गे)ले ह्याट्रिक गरेका छन् । सम्भव नेपाली राजनीतिक इतिहासमा तीन महिनामा तीन पटक युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । लामो समय भौतिक योजना मन्त्रालयको दावी गर्दै आएको मनाङ्गेले अन्तत युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । मनाङबाट गण्डकी प्रदेश सदस्यमा निर्वाचित राजीव गुरुङ(दिपक मनाङ्गे) तेस्रो पटक मन्त्री बन्दै इतिहास लेखेका छन् । उनले विना विभागिय मन्त्रीको रुपमा सपथ खाएको एकमहिनापछि युवा तथा खेलकुद… पुरा पढौ

अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि

एजेन्सी-अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेसँगै मेस्सीको अन्तराष्ट्रिय उपाधि जित्ने सपना पुरा भएको छ । २८ वर्षपछि ब्राजिलमा आयोजित कोपा अमेरिकाको फाईनलमा एन्जेलो डि मारियाले निर्णयक गोलमा अर्जेन्टिनाले उपाधि खडेरी तोड्यो । उपाधिले मेस्सीलाई अन्तराष्ट्रिय उपाधि बन्चितबाट हुनबाट समेत जोगाए । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाईनल तय गरेको अर्जेन्टिनाले ब्राजिललाई पराजित गर्न पहिलो हाफको २१ औं मिनेटमा सम्भव रह्यो । २१ औं मिनेटमा मारियाले उचाईदिदैं फ्लिक गरेको बल गोलमा परिणत भएपछि उपाधि जित्ने पर्याप्त हुन पुग्यो । रोड्रिगो डि… पुरा पढौ

केनको गोलमा इङ्ल्यान्ड फाइनलमा

एजेन्सी । डेनमार्ककलाई अतिरिक्त समयमा पराजित गर्दै इङ्ल्यान्ड पहिलो पटक युरोपेलि च्याम्पियसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको प्रतिस्पर्धामा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले इटालीसँगको भेट पक्का गरेको हो । वेम्बलीमा भएको खेलमा इङ्ल्यान्डले डेनमार्कले लिएको अग्रतालाई उल्टाएको हो । इङ्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे भने एक गोल उपहार पाएको थियो । यस अघि ३०औं मिनेटमा डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गर्दै डेनमार्कलाई सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुबै… पुरा पढौ

पेनाल्टीमा स्पेनलाई हराउँदै इटाली फाइनलमा

एजेन्सी । स्पेनको चुनौतिलाई पेनाल्टी सुटआउटबाट पन्छ्याउँदै इटाली युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । रोमाञ्चक जित निकालेको इटालीले उपाधिका लागि इङ्ल्यान्ड र डेनमार्कबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समय तिर धकेलिएको खेलमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउट तिर धकेलिएको थियो । पेनाल्टी सुटआउटमा इटालीले बाजी… पुरा पढौ

युरोकपको पहिलो सेमिफाइनल आज

काठमाडौं । जारी युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज (मंगलबार) राति हुँदै छ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्दै छन । सेमिफाइनल खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ । ) इटाली फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको… पुरा पढौ

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले हराउदै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको ओलम्पिया स्टेडियममा भएको खेलमा ब्राजिललाई जिताउन खेलको ३६ औं मिनेटमा लुकासले गोल गरे । साविक विजेता ब्राजिल लगातार दोस्रो पटक फाइनल पुगेको हो । फाइनलमा अब भोलि हुने अर्जेन्टिना र कोलम्बियाको विजेतासँग खेल्ने छ । फाइनल खेल जुलाई १० मा हुने छ । ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३-१ ले हराएर उपाधि जितेको थियो… पुरा पढौ

युरो कपको सेमिफाइनल समीकरण पूरा, इङ्ग्ल्यान्ड, इटली, स्पेन र डेनमार्क अन्तिम चारमा

एजेन्सी । युरो कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ सहरमा भइरहेको १६ औं संस्करणको युरो कप फुटबलमा गएराति इङ्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । गएराति भएको खेलमा युक्रेनलाई ४–० गोलले पराजित गर्दै इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ ।  चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै इङ्ग्ल्यान्डले युक्रेनलाई ४–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको… पुरा पढौ

भलिबल राष्ट्रिय टोलीको घोषणा

काठमाडौं । फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि शनिबार नेपाल भलिबलसंघले १८ सदस्सीय राष्ट्रिय टोली घोषणा गरेको छ । पहिलो चरणको बन्द प्रशिक्षणपछि २७ खेलाडीबाट ९ खेलाडी बाहिरिएका छन् । मनवीर छन्त्यालको संयोजकत्वमा बनेको बनेको छनोट समितिले १८ खेलाडीको अन्तिम नामावली सार्वजनिक गरेको हो । छनोट समितिको सिफारिसमा संघले १८ खेलाडी छनोट गरेको हो । च्याम्पियनसिपका लागि भनेर नेपाली राष्ट्रिय महिला भलिबल टिमले असार १ बाट प्रशिक्षण सुरु गरेको थियो । संघले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएपनि… पुरा पढौ

स्पेन सेमिफाईनलमा, पेनाल्टी सुटआउटमा स्वीट्जरल्याण्डको भाग्य खोसियो

एजेन्सी-आत्मघाती गोलबाट अग्रता लिएको स्पेनले स्वीट्जरल्याण्डमाथि जित निकाल्न पेनाल्टीसम्म कुर्नुपर्यो । निर्धारित समय र अतिरिक्त समयमा समेत १–१ गोल भएपछि निर्णायार्थ पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन युरोकप २०२० को सेमिफाईनल प्रवेश गरेको छ । खेलको आठौं मिनेटमा स्पेनले अग्रता लियो । आत्मघात गोल खाँदै स्वीट्जरल्याण्ड पछि पर्यो । जोर्डी अल्वाको प्रहारलाई रोक्ने क्रममा स्वीट्जरल्याण्डका डेनिस जाकारियाको खुट्टामा डिफेक्ल हुदैं बल जाली भित्र छिरेपछि स्पेनले अग्रता लिएको थियो । पहिलो हाफ नै त्यो… पुरा पढौ

नवीन र पार्वती वर्ष खेलाडी

पोखरा-नवीन रसाइली (सितेरियो कराते) र पार्वती गुरुङ (तेक्वान्दो्) पाँचौ पोखरा स्पोर्टस् अवार्ड २०७६–७७ मा वर्ष खेलाडी घोषित भएका छन् । उनीहरुले जनही २ लाख प्राप्त गरेका छन् । विश्व खेलकुद पत्रकार दिवस अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार आयोजना गरेको अवार्ड वितरण समारोहमा वर्ष उत्कृष्ट खेलाडी पुरुष विधामा अन्यलाई पछि पार्दै उनीहरुले उपाधि जितेका हुन् । यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट केशव रञ्जितलाई सम्मान गरियो । पोखरा नदीपुर निवासी आनन्दले पोखराको फुटबल विकासमा ठूलो योगदान दिएका छन् । कोरोना महामारीबीच… पुरा पढौ