मुख्य समाचार

नेपालद्वारा चाइनिज ताइपेई २–० ले पराजित

काठमाडौं । विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत बिहीबार भएको खेलमा नेपालले चाइनिज ताइपेईविरुद्धको खेलमा सुखद नतिजा निकालेको छ । दशरथ रंगशालामा हुनु पर्ने खेल कोरोना भाइरसकाका कारण तटस्थ स्थल कुवेतको जाबेर अहमद इन्टरनेशनल स्टेडियममा सञ्चाल भएको दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको हो । यस अघि पहिलो लेगमा पनि नेपालले चाइनिज ताइपेईलाई उसैको मैदानमा २–० को जित निकालेको थियो । बिहीबार पनि नेपालले सोही नतिजा निकाल्न सफल भएको हो । पहिलो… पुरा पढौ

खेलकुद परिषद उपाध्यक्ष नियुक्तिले निम्त्यायो विवाद

पोखरा-गण्डकी प्रदेश खेलकुद परिषदलाई पहिलो गाँसमै ढुंगा लागेको छ । खेलकुद परिषदमा उपाध्यक्ष नियुक्तसँगै विवाद सृजना भएको हो । सामाजिक विकास मन्त्री नरदेवी पुनले आफनो पूर्व स्वकीय सचिवलाई उपाध्यक्षमा नियुक्त गरेकी थिईन् । नियुक्त भएका उपाध्यक्ष नारायण पुन भने यतिबेला बेलायतमा छन् । उनको सपथ समेत भएको छैन् । परिषद गठनको झण्डै तीन महिना पुग्यो । ‘प्रदेश खेलकुद परिषदको उपाध्यक्ष अहिलेसम्म मैले देखेको छैन् । कस्तो हुनुहुन्छ । कहाँ हुनुहुन्छ त्यो पनि थाहा छैन् ।’ पोखरा रंगशालाभित्र प्रदेश खेलकुद परिषदको… पुरा पढौ

भोलि नेपालले चाईनिज ताईपेइसँगै खेल्ने

पोखरा – भोलि नेपालले चाइनिज ताइपेइको सामना प्रतिस्पर्धा गर्दै छ । नेपालले चाइनिज ताइपेइविरुद्ध खेल्दै कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत शुक्रबार खेल्ने छ । पहिलो लगेमा चाईनिज ताईपेइलाई पराजित गदैए ३अंक जोडेको नेपालले भोलिको खेलमा पनि जित निकाल्ने आत्मविश्वाससहित मैदानमा उत्रिने छ । विश्वकप छनोट अन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरेर नेपालले हालसम्म एक खेलमा मात्र जित निकालेको छ । चाईनिज ताईपेई फिफा वरियताको १ सय ४१ औ स्थानमा… पुरा पढौ

खेलकुद क्षेत्रलाई एक अर्ब माग, ५० करोडको आश्वासन

पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ को लागि खेलकुद पूर्वाधार विकास तथा प्रतियोगिता सञ्चालनको लागि एक अर्बको बजेट माग गरेको छ । खेलकुद मन्त्रालयकै प्रस्ताव अनुसार अर्थमन्त्री किरण गुरुङले सोमबार बजेटको सिद्धान्त तथा प्राथमिकतामा खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिईने उल्लेख गरे । सार्वजनिक गरिएको सिद्धान्त र प्राथमिकतामा अन्तराष्ट्रियस्तरका खेलकुद पूर्वाधार निर्माणमा जोड दिईने स्पष्ट पारे । युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गरेको योजनासहित १ अर्ब बजेट मागलाई प्रदेश सरकारले… पुरा पढौ

एक महिनाभित्र काम सक्नुपर्ने

पोखरा- आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न र क्रिकेट मैदानको वरिपरी तारजाली लगाउन बजेट उपभोक्ता समितिको खातामा पठाएको छ । पठाएको रकमबाट उपभोक्ता समितिले असारको दोस्रो साताभित्रमा पहिलो किस्ताको रकम अनुसार कामको विवरणसहित विल पेश गर्नुपर्ने छ । ‘दुवै उपभोक्ता समितिको खातामा पैसा आईसकेको छ । दुवै समितिलाई पहिलो किस्ता वापतको पैसा आएको हो । त्यही अनुसार काम गरेर विल भरपाई पेश गर्नुपर्ने हुन्छ ’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद… पुरा पढौ

सिटीलाई हराउँदै चेल्सीले उचाल्यो उपाधि

एजेन्सी । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई स्तब्ध बनाउँदै चेल्सीले युरोपको सबै भन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि उचालेको छ । पोर्तोमा गए राति भएको प्रतिस्पर्धामा चेल्सीले सिटीलाई १–० ले स्तब्ध बनाउँदै उपाधि उचालेको हो । यो सँगै सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचाल्ने मौका गुमाएको छ भने चेल्सीले दोस्रो पटका च्याम्पियन्स लिगको उपाधि उचालेर इतिहास रेचेको छ । पोर्चुगलस्थित पोर्टोमा चेल्सीलाई उपाधि जिताउन काइ हार्भट्जले निर्णायक गोल गरे । उनले खेलको ४२औँ मिनेटमा मासोन माउन्टको पासमा गोल गर्दै… पुरा पढौ

इराकसँग नेपाल पराजित, डेब्यु खेलमा मनिष डाँगीकाे गाेल

काठमाडाैं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालमाथि इराकले फराकिलो जित दर्ता गरेको छ । शनिबार राति इराकको मैदानमा भएको खेलमा घरेलु टोलीले नेपालमाथि ६–२ गोलको जित दर्ता गरेको हो । इराकस्थित अल बस्रामा खेलको सातौँ मिनेटमा आला अब्दुलले गोल गर्दै इराकलाई सुरुआती अग्रता दिलाएका थिए । आठौँ मिनेटमा साफा हादीले आत्मघाती गोल गरेपछि नेपाल बराबरीमा फर्किएको थियो । २९औँ मिनेटमा आजै सिनियर टिममा डेब्यु गरेका मनीष डाँगीले गोल गर्दै नेपाललाई २–१ गोलको अग्रता दिलाए । खेलको ३९औँ मिनेटमा इराकका मोहम्मद ओबाइदले… पुरा पढौ

एकवर्षभित्रमा पोखरा रंगशाला निर्माण गरिने

पोखरा-आर्थिक वर्ष २०७८/७९ को लागि खेलकुद क्षेत्रको विकास र विस्तार गर्न सरकारले २ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । सरकारले खेलकुद क्षेत्रको विकास र विस्तारको लागि आगामी वर्ष पोखरा रंगशाला निर्माण कार्यलाई पुरा गर्ने योजना बनाएको छ । तीन वर्ष अघि पोखरा रंगशाला(फुटबल मैदानसहित प्यारापिट निर्माण) शुरु गरिएको थियो । एक अर्ब २८ करोडको बजेटसहित शुरु गरिएको योजना एक बर्ष कोरोना कहरसँगै काम रोकिन पुगेको थियो । सरकारले यसै वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने उल्लेख समेत… पुरा पढौ

शनिबार इराकसँगै मैत्रीपूर्ण खेल खेल्दै नेपाल

पोखरा-तीन दिन अघि इराक पुगेको नेपाली फुटबलको राष्ट्रिय टोली शनिबार मैत्रीपूर्ण खेल खेल्दै छ । त्यसको लागि टोलीले प्रशिक्षण गर्दै आन्तरिक तयारीको रणनीति बुन्न व्यस्त छ । विश्वकप र एएफसी एशियन कपको छनोटको लक्ष्यसहित नेपाली टोली इराक प्रस्थान गरेको हो । नेपालले शनिबार १०३ स्थान माथि रहेको इराकसँग खेल्दै अनुभव सँगाल्ने छ । आशा र विश्वास एकैसाथ छ । इराकसँगको खेलमा उत्कृष्ट नतिजा आत्मसात गर्ने छ । त्यसपछि विश्वकप र एशियन कपको छनोटको लागि कुवेत जाने छ । टोलीमा अधिकांश… पुरा पढौ

पूर्व राष्ट्रिय हक्की खेलाडी कर्माचार्यको निधन

पोखरा-पोखराको खेलकुद क्षेत्रले फेरी एउटा राष्ट्रिय खेलाडीलाई गुमाएको छ । केही दिनअघि मात्रै फुटबलका प्रशिक्षक विल तामाङलाई गुमाएको पोखराको खेलकुद क्षेत्रले बिहीबार अर्को खेलाडीलाई गुमाएको छ । बिहीबार विहान हक्कीका राष्ट्रिय खेलाडी रमेश कर्माचार्यको निधन भएको हो । उनको निधनले कास्की जिल्ला हक्की संघ स्तब्ध बनेको छ । २०४४ सालमा हेटौडामा आयोजित दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा गण्डकी अञ्चल उपविजेता बनेको थियो । उपविजेता बनेको गण्डकी अञ्चलको हक्की टोलीमा कर्माचार्य महत्वपूर्ण खेलाडी थिए । उनले हक्कीखेललाई लामो समय दिन सकेनन् ।… पुरा पढौ