मुख्य समाचार

ईग्ल्याण्डको जितमा स्ट्रलिङको निर्णयक गोल

पोखरा-म्यानचेष्टर सिटीका फरवार्ड रहिम स्ट्रलिङको निर्णायक गोलमा युरो कप अन्तर्गत ईग्ल्याण्डले क्रोएसियामाथि १-० गोलको नजिता निकाल्दै सुखद शुरुवात गरेको छ ।पहिलो हाफमै इग्ल्याण्डको क्रसबारमा लागेर रिवाउण्ड हुदाँ स्पष्ट अग्रता लिनबाट बन्चित भएपछि पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । खेलको ५७ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै अग्रता दिलाए । जुन गोल अन्तत इग्ल्याण्डको लागि निर्णायक गोल बन्न पुग्यो । काल्भिन फिलिप्सले डिबक्सभित्र दिएको छोटो पासलाई स्ट्रलिङले गोल गर्दै घरेलु मैदानमा अग्रता दिलाएका हुन् । ६१ औं मिनेटमा पनि इग्ल्याण्डले महत्वपूर्ण… पुरा पढौ

रसियामाथि बेल्जियमको सहज जित

पोखरा-रोमेलु लुकाकुको प्रेरणादायी खेलमा गएराती बेल्जियमले युरोकपको पहिलो खेलमा रसियालाई ३-० गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा छ । पहिलो हाफमै दुई गोल गरेको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चित बनाएको थियो । दशौं मिनेटमा लुकाकुले बेल्जियमका लागि अग्रता दिलाए । बायाँ खुट्टाको प्रहार सिधै पोष्टभित्र बल छिरेपछि बेल्जियमको लागि युरोकपको पहिलो गोलको खुशी मनायो । त्यसभन्दा अघि बेल्जियमले फ्रिकको अवसरलाई गुमाएको थियो । पहिलो गोलसँगै रसियाले पनि गोलको अवसर सृजना गर्यो । तर बलले पोष्टको दिशा लिन… पुरा पढौ

बेल्स र स्वीटजरल्याण्ड बराबरी

पोखरा-युरोकप अन्तगर्त शनिबार साँझ वेल्सले स्वीट्जरल्याण्डसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । गारेथ बेलको नेतृत्वमा रहेको वेल्सले कमब्याक गोल गर्दै बराबरी खेल्न पुग्यो । पहिलो हाफ दुवै गोलरहित खेले । तर दोस्रो हाफ शुरु भए लगत्तै स्वीट्जरल्याण्डले गोलको खडेरी तोड्दै अग्रता लियो । हेरिस सेफेरोभिचको पासमा ब्रिल एम्बोलोले ४९ औं मिनेटमा गोल गर्दै स्वीट्जरल्याण्डलाई अग्रता दिलाए । खेलको ७४ औं मिनेटमा बेल्सले गोल फर्काउँदै बराबरीमा ल्यायो । बराबरीले खेल निकै प्रतिस्पर्धात्मक बन्न पुग्यो । जोय मोरेलको कर्नर पासमाा… पुरा पढौ

मनाङे तेस्रो पटक मन्त्री

पोखरा- मनाङबाट गण्डकी प्रदेश सदस्यमा निर्वाचित राजीव गुरुङ(दिपक मनाङ्गे) तेस्रो पटक मन्त्री बन्दै इतिहास लेखेका छन् । उनी डेढमहिनाको अवधिमा तेस्रो पटक मन्त्री बनेका हुन् । यद्यपी उनले कुन मन्त्रालय सम्हाल्ने भन्ने जिम्मेवारी तय भईसकेको छैन् । उनै गुरुङले नेकपा एमालेको नेतृत्वमा रहेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत नदिएपछि प्रतिपक्षमा रहेको काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । बैशाख १६ गते पहिलो पटक उनलाई मन्त्री बनाउन पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए… पुरा पढौ

टर्कीमाथि इटालीको सानदार जित

पोखरा-गएरातीदेखि शुरु भएको युरोकपको उदघाटन खेलमा पूर्व विश्वकप विजेता इटालीले टर्कीलाई ३-० ले पराजित गर्दै सुखद शुरुवात गरेको छ । आफनै घरेलु मैदानमा टर्कीमाथि सहज जित दर्ता गर्ने क्रममा उपहार गोलबाट इटाली अघि बढेको थियो । युरोकप युरोपका विभिन्न ११ देशमा आयोजना गरिएको छ । पहिलो हाफ गोलरहित टुंगिएको थियो । तर दोस्रो हाफको दशमिनेट वित्न नपाउँदै आत्मघाती गोलको उपहार इटालीले पाउँदै भाग्यमानी बन्न पुग्यो । पहिलो आत्मघाती गोलले सम्हालिन कठिनाई भएको टर्कीले लगातार थप दुई गोल खाँदै हारसँगै युरोकप… पुरा पढौ

खेलाडीलाई कोरोना विरुद्ध खोपको पहल

पोखरा-यतिबेला कोरोनाको दोस्रो लहरले गाँजेको छ । दोस्रो लहरमा एक दर्जन खेलाडी प्रति प्रशिक्षकले ज्यान गुमाईसकेका छन् । पोखराकै दुईजना पूर्व खेलाडी एवं प्रशिक्षकले ज्यान गुमाईसकेका छन् । सहारा क्लब हङकङका उपाध्यक्ष एवं फुटबल प्रशिक्षक विल तामाङ तथा पूर्व राष्ट्रिय हक्की खेलाडी रमेश कर्माचार्यको कोरोनाकै कारण निधन भएको छ । अन्य प्रदेशमा पनि कोरोनाबाट खेलाडी तथा प्रशिक्षकको निधनले खेलकुद क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । कोरोनाबाट बच्ने र बचाउने माध्यम नै खोप भएको चिकित्सकले उल्लेख गर्दै आएका छन् । गण्डकी… पुरा पढौ

राष्ट्रिय पारा तेक्वान्दो खेलाडीहरुलाई नगद सहित खाद्यान्न सहयोग

काठमाडौं- नेपाल तेक्वान्दो संघ, अन्तर्गत पारा कमिटिले आफ्नो मतहातमा रहेका राष्ट्रिय खेलाडीहरुलाई नगद सहित खाद्यान्न सहयोग गरिएको छ । कोेभिड-१९ दोश्रो लहर नयाँ भरियन्सले गर्दा नेपाल सरकारले जारी गरिएको निषेधाज्ञको कारण पाराका खेलाडीहरु मर्कामा परेको हुदा पारा कमिटिले खेलाडीहरु क्रमश दिपेश महत, राम बहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, रञ्जना धामी र श्रृजना घिसिङ्गलाई २ बोरा चामल, १ बक्सा खाने तेल, नुन, ५ के।जी दाल र नगद रु ५,०००र( घर घरमै पुराएर सहयोग स्वरुप प्रदान गरिएको छ ।… पुरा पढौ

कभर्ड हल बनाउन गाँउपालिकाले दियो ४० लाख

पोखरा-हिमालपारीको जिल्ला मुस्ताङमा खेलकुद पूर्वाधार बन्ने क्रममा छन् । तयारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै कभर्ड हल निर्माण गर्ने लक्ष्य र योजना छ । काम निरन्तर छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी गण्डकी प्रदेशको काँधमा छ । प्रदेशका नौ जिल्लामा आयोजना गर्ने योजनासहित विभिन्न जिल्लामा खेलकुद पूर्वाधार निर्माण शुरु गरिएको हो । मुस्ताङमा पुरानो संरचना भत्काई नयाँ बनाउन शुरु गरिएको दुई वर्ष पुग्यो । झण्ड डेढ वर्ष कोरोनाको अस्तव्यस्तमै वित्यो ।… पुरा पढौ

नेपालकै उचाईको टेनिस कोर्ट निर्माण बजेटले रोकियो

पोखरा-दुई वर्ष अघि टेनिस कोर्ट बनाउन कस्सिएका स्थानीय युवाहरु अहिले बजेट अभावमा रोकिएका छन् । पोखराभन्दा पर पर्यटकीय गाँउ छोमरोङमा टेनिस क्ले कोर्ट निर्माण शुरु गरिएको थियो । दुई वर्ष अघि राष्ट्रिय खेलकुद परिषदले १५ लाख रुपैयाँ कोर्टको बनाउन छुट्टाईदिएको थियो । तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आफनो निर्वाचन क्षेत्रलाई लक्षित गरी बजेट छुट्टाईदिएका थिए । छुट्टाइएको बजेटबाट उत्साहित खेलकुदप्रेमीले कोर्ट निर्माण शुरु गरे । काम धमाधम गरियो । तर अहिले बजेटकै अभावमा निर्माणको गति सुस्तो हुन पुग्यो… पुरा पढौ

१८ महिनापछि सागको पैसा निकासा

पोखरा-पोखरामा आयोजना गरिएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको रकम राष्ट्रिय खेलकुद परिषदले १८ महिनापछि निकासा गरेको छ । २०७६ साल मंसिर १५ गतेदेखि २४ गतेसम्म पोखरामा विभिन्न ८ वटा खेलहरु आयोजना गरिएको थियो । महिला क्रिकेट, ह्याण्डबल(महिला तथा पुरुष) , बीच भलिबल(महिला तथा पुरुष), भारोत्तोलन, महिला फुटबल, व्याडमिन्टन(महिला तथा पुरुष), ट्रायथोलन लगायतका खेलहरु सञ्चालन गरिएको थियो । परिषदले पोखराको विभिन्न ६ वटा शीर्षकमा गरी ८२ लाख रुपैयाा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराको खातामा पठाइएको छ । परिषदले पत्रचार… पुरा पढौ