मुख्य समाचार

अपराजित हुँदै स्टार सिटी च्याम्पियन

नेपालगन्ज-सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले अपराजित यात्रालाई कायमै राख्दैे एन्फा प्रेसिडेन्ट लिग– २०७७ को च्याम्पियन बन्दा गण्डकी प्रदेशको त्रिवेणी क्लबले राष्ट्रिय लिग खेल्ने निश्चित गरेको छ । आइतबार नेपालगन्ज रंगशालामा स्टारले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले पराजित गरेको छ । त्रिवेणी युवा क्लब चौथो स्थानमा रहँदै राष्ट्रिय लिगका लागि छनोट भएको हो ।। अर्को खेलमा प्रदेश नम्बर–२ को मनकामना युवा क्लब रौतहटले प्रदेश नम्बर–१ को सैनिक युथ क्लब झापालाई २–१ ले पराजित गरेको छ । आइतबारको नतिजासँगै… पुरा पढौ

शुक्लागण्डकी मेयर कपको उपाधि गलकोट नगरपालिकालाई

पोखरा-घरेलु टोलीलाई निराश बनाउँदै शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप भलिबलको उपाधि बाग्लुङको गलकोट नगरपालिकाले जितेको छ । चौथो सेटमा उत्कृष्ट कमब्याक गरेको गलकोटले २५–१६ले आफनो पक्षमा पार्दैै प्रथम मेयर कपको उपाधि आफनो नाममा लेखाउन सफल रह्यो । २–१ सेटले अग्रता लिएको गलकोटले चौथो सेटमा भने उत्कृष्ट पुनरागमन गर्यो । १३–१४ को स्कोरमा पछि परेको गलकोटले लगातार १० अंक जोड्दै २३–१४ को स्थिति पुर्याउँदै उपाधि निकट पुग्यो । गलकोटका खेलाडीको उत्कृष्ट स्पाईकमा लगातार अंक जोड्दा घरेलु दर्शक भने निराश… पुरा पढौ

बंगलादेशसँग रोकिए पनि नेपाल फाइनलमा

काठमाडौं-आयोजक नेपाल उपविजेता बन्दै त्रिदेशीय नेसन्सकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशसँग गोल रहित बराबरी खेल्दै उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो । पहिलो खेलमा किर्गिस्तानको यु–२३ टोलीसँग पनि गोलरहित बराबरीमा रोकिएको नेपालले २ अंक बनाएर अन्तिम दुईमा स्थान बनाएको हो । घरेलु दर्शकको साथ पाएको नेपालले बंगलादेशको राष्ट्रिय टोलीविरुद्ध पनि गोल गर्न सकेन । दबाब दिएर खेले पनि बंगलादेशको पोस्टमा गोल गर्न नेपाल असफल रहेको थियो । पहिलो खेलमा जस्तो बंगलादेशसँगको… पुरा पढौ

मौजामा फुटबल मैदानको शिलान्यास

पोखरा-पोखरा महानगरपालिकाको महत्वपूर्ण योजनाको रुपमा रहेको मौजा फुटबल मैदान निर्माणको प्रक्रिया अघि बढाउन शनिबार शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले १६ सय ५० मिटरको उचाईमा फुटबल मैदान निर्माणको शुभारम्भ गरेका हुन् । शिलान्यास मेयर मानबहादुर जिसीसँगै गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले संयुक्त रुपमा मैदानको शिलान्यास गरे । खेलकूदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्धेस्यका साथ खेल मैदान निर्माण गर्न थालिएको महानगरका मेयर मानबहादुर जिसीले बताए । मैदानका लागि आवस्यक सहयोग गर्न प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने गण्डकी… पुरा पढौ

बजाज खडक वारियर्सलाई उपाधि

सप्तरी- विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। राज रंगशालामा सम्पन्न फाइनलमा वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई १ रनले पराजित गर्यो। बजाज खडक वारियर्सले दिएको १४७ रनको लक्ष्य प छ्याउने क्रममा रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १४५ रन बनाउन सक्यो।रुपनी राईडर्सको लागि निरज मुखियाले अविजित ५२ रन बनाए जुन क्रममा ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सुनिल धमलाले २३ रन, अमित यादवले १९… पुरा पढौ

शुक्लागण्डकीसंगै, मादी, हरिनास र बौदीकालीको विजयी सुरुवात

तनहुँ-शुक्लागण्डकी नगरपालिकाको आयोजनामा प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार सुरु गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल भयो । गाउँफर्कोदय मावीको खेलमैदान ढोरफिर्दीमा भएको खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ सहित कास्कीको मादी गाउँपालिका, स्याङजाको हरिनास गाउँपालिका र नवलपुरको बौदिकाली गाउँपालिकाले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा कास्कीको मादी गाउँपालिकाले आयोजक शुक्लागण्डकी ‘बि’ लाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । मादीले शुक्लागण्डकी ‘बि’ लाई २–० को सोझो सेटमा पाखा लगाउदै… पुरा पढौ

छात्र/छात्रा दुबैमा शान्ता मावि च्याम्पियन

पोखरा-तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगितामा शान्ता माविले दोहोरो उपाधि जितेको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरामा सम्पन्न तेश्रो सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगिताको छात्र तथा छात्रा दुबैतर्फको उपाधि शान्ता मावि भकुण्डेले जितेको हो । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार भएको फाइनल खेलमा छात्रतर्फ कालिका मावि र छात्रातर्फ अमरसिंह माविलाई हराउँदै शान्ता माविले दोहोरो उपाधिसहित नगद ७०÷७० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । शुक्रबार… पुरा पढौ

बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा

सप्तरी- विवेक यादव कप्तानीको बजाज खडक वारियर्स र कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्स सप्तरीमा जारि तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई २७ रनले पराजित गर्दै बजाज खडक वारियर्स अंकतालिकाको शिर्षस्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो। अंकतालिकामा दोश्रो स्थानमा रहँदै रुपनी राईडर्स फाइनल प्रवेश गर्यो। वारियर्स र राईडर्स दुवैले लिग चरणमा ४ खेल खेल्दा समान ३… पुरा पढौ

पारा ब्याडमिन्टनमा नेपालले प्रतिस्पर्धा गर्ने

काठमाडौं-दुवई पारा ब्याडमिन्टन संघको आयोजनमा मिति २०७७/१२/१४ गते देखि २३ गते सम्म दुवईको सहवाव अल अलि दुवई क्लबमा हुने तेश्रो फज्जा दुवई पारा ब्याडमिन्टन ईन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ । च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली खेलाडी प्रकाश अधिकारीलाई नेपाल ब्याडमिन्टन संघले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ । पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तराष्ट्रिय सहभागिता हो । ब्याडमिन्टन संघको पहलमा नेपालमा पारा ब्याडमिन्टन प्रतियोगिताहरु आयोजना नभईरहेको अवस्थामा पारा खेलाडी प्रकाश अधिकारी नेपालमा आयोजना हुने विभिन्न सवल… पुरा पढौ

लाइफ टाइम अचिभमेन्ट अवार्डलाई प्रायोजन

पोखरा-पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखरा लेकसिटी हस्पिटलले प्रायोजन गरेको छ । लेकसिटीका निर्देशक डा. विष्णु नेपाली र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीबीच सहमतिपत्रमा सम्झौता भएस्रँगै लाईफ टाईम अचिभमेन्ट अवार्डको प्रायोजन गरेको हो । खेल गतिविधिले मानव स्वास्थ्यमा सहयोग पुग्ने उल्लेख गर्दै डा. नेपालीले मञ्चले आयोजना गरेको स्पोर्टस् अवार्ड सबैको लागि महत्वपूर्ण रहेको बताए । मञ्च अध्यक्ष गिरीले स्पोर्टस् अवार्डमा सहयोगदाता रुपमा जोडिएकोमा आभार व्यक्त गर्दै सम्पूर्णको सहयोगबाट अवार्ड सभ्य र… पुरा पढौ