मुख्य समाचार

गण्डकी प्रदेश महिला हक्की टिमको घोषणा

पोखरा-मनिता रानाको कप्तानीमा गण्डकी प्रदेश महिला हक्की टोलीको घोषणा गरिएको छ । सुदुर पश्चिम प्रदेशको कञ्चनपुमा आयोजना हुने तेस्रो सहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको लागि रानाको कप्तानीमा गण्डकी प्रदेश टोली छनोट गरिएको हो । टोलीमा नानु गुरुङ, सविना पुन, सोनु बराल, सुजाता तामाङ, प्रेमा परियार, अलिशा परियार, सृजना नेपाली, सन्ध्या नेपाली, अश्मिता बनित, दिक्षा गुरुङ, लक्ष्मी गुरुङ, तनुषा पुन, प्रिती मगर, कमला मगर र सुनिता गुरुङ रहेका छन् । यसैगरी बैकल्पिक खेलाडीमा पुजा पुन र मनिला मगर रहेका छन्… पुरा पढौ

बाह्रखरी कर्पोरेट गल्फ उपाधि कार्की र घिमिरेलाई

पोखरा-बाह्रखरी कर्पोरेट गल्फको उपाधि अर्जुन कार्काीले जितेका छन् । शनिबार पोखराको हिमालयन गल्फ कोर्षमा आयोजित कर्पोरेट गल्फमा कार्कीले एक ओभर ३५ को स्कोरसहित उपाधि जितेका हुन् । स्टेबल फोर्ड ३÷४ ह्याण्डीक्यापको आधारमा खेलाइएको खेलमा रविन्द्र सैनी तीन ओभर ३३ सहित उपविजेतामा बने । उनी काउन्ट व्याकमा ३३ स्कोरसहित उपविजेताको हकदार बनेका हुन् । पार ७० को हिमालयन गल्फ कोर्षमा बेष्ट ग्रस विजेताको पुरस्कार भने काठमाडौंका गल्फर सुरेन्द्र फुयाँलले पाए । उनले २८ स्कोर गरेका थिए । ६० वर्षमाथिको उमेर समूहको… पुरा पढौ

दुवाथोलनको सिरिज फाईनल पोखरामा

पोखरा-नेपाल ट्रायथोलन संघले क्रस दुवाथोलनको सिरिज पोखरा गर्ने निर्णय गरेको छ । तीन संस्करण काठमाडौंमा सम्पन्न भईसकेको छ । थप दुई संस्करण आयोजनापछिको अन्तिम संस्करण पोखरामा आयोजना गर्ने संघले निर्णय गरेको हो । क्रस दुवाथोलन सिरिज अन्तर्गत तेस्रो संस्करणको उपाधि धरानका किरण लिम्बुले जितेका छन् । २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.३ कि.मि. दौड ३५ मिनेट ३४.४१ सेकेन्डमा पुरा गर्दै लिम्बु च्याम्पियन भएका हुन् । लिम्बुले पुरा गरेको समय तेश्रो संस्करण सम्मको सबै भन्दा छोटो समय हो ।… पुरा पढौ

करणसहित आठ नेपाली आईपिएलको अक्सनमा

पोखरा-भारतीय फ्रेन्चाईच क्रिकेट लिग(इण्डियन प्रिमियर लिग) सिजन २०२१ मा आठ नेपाली क्रिकेटर अक्सनमा समावेश भएका छन् । नेपाली क्रिकेट संघले अक्सनमा पठाएको नाम सार्वजनिक गरेको हो । आईपिएलको लागि सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषवाकर, अविनाश बोहरा र दिपेन्द्र सिंघ ऐरीको नाम अक्सनमा पठाइएको नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै जनाएका छन् । लामिछाने तीन सिजन आईपिएल खेलिसकेका छन् । दिल्ली क्यापिटल्सबाट तीन सिजन विताईसकेका छन् । उनले गत सिजन भने… पुरा पढौ

पहिलो संस्करणको उपाधि आयोजक विजय युथलाई

हेटौंडा-आयोजक विजय युथ क्लबले पहिलो संस्करणको हेटौडा गोल्डकपको उपाधि उचालेको छ । शुक्रबार बनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा आयोजक विजय युथ क्लबले उत्कृष्ट पुनरागमन गदैै उपाधि लेखाउँदाँ सेन्ट्रल कलेज बिएफसी भरतपुर उपविजेतामा चित्त बुझायो । फाइनलमा भरतपुरलाई २–१ गोलअन्तरले स्तव्ध पार्दै आयोजकले उपाधि सिजनको पहिलो उपाधि आफनो पोल्टामा राख्दै प्रतियोगितालाई विट मार्यो । भरतपुरले रुपन्देहीमा सम्पन्न आठौं फर्साटिकर कपको फाइनल तथा चितवनको बसन्तपुरमा सम्पन्न दोस्रो माडी गोल्डकपको फाइनल खेलेको थियो । यद्यपि, दुवै फाइनलमा भरतपुर दुर्भाग्यपूर्णरुपमा उपविजेतामै सीमित बन्न पुगेको… पुरा पढौ

कर्पोरेट गल्फमा १५ पोखरेली गल्फर सहभागि हुने

पोखरा-बाह्रखरी कर्पोरेट एमेच्योर गल्फमा पोखराबाट दुई महिलासहित १५ जना गल्फरले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । पार ७० को हिमालयन गल्फ कोर्ष छिनेडाडाँमा उपाधिको लागि नेपालका कर्पोरेट ७५ भन्दा बढी गल्फरले प्रतिस्पर्धा गर्ने छन् । कर्पोरेट गल्फमा पोखराका १५ जना गल्फरमा सबैभन्दा कम ह्याण्डीक्याप गल्फर इन्स्पेक्टर जीवाराम गुरुङसहित सहभागि हुने छन् । उनी ७ ह्याण्डीक्याप एमेच्योर गल्फर हुन् । शनिबार १८ होलको पार ७० को कोर्षमा पोखरा, काठमाडौं, धरान, चितवन लगायतका गल्फरहरुले प्रतिस्पर्धा गर्ने हिमालयन गल्फ कोर्ष पोखराका व्यवस्थापक एवं… पुरा पढौ

आयोजक विजय युथ क्लब गोल्डकपको फाइनलमा

हेटौंडा-आयोजक विजय युथ क्लब हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्बल सर्लाहीको चुनौती ५–१ गोलअन्तरले पन्छाउँदै विजय युथ फाइनल पुगेको हो । फाइनलमा विजय युथले भरतपुरको बीएफसीसँग ग प्रतिस्पर्धा गर्नेछ । फाइनल पुग्ने क्रममा विजय युथका तर्फबाट बिमल रानाले ५, र ४३ औं मिनेट, सन्त गुरुङले ३७, हिसब थपलियाले ५८, रुपेश केसीले ८८ औं मिनेटमा गोल गरेका थिए । सर्लाहीका लागि विदेशी खेलाडी फोफनाले ६७ औं मिनेटमा गोल गरे । खेलको… पुरा पढौ

पुलिसविरुद्ध विराटनगरको रोमाञ्चक जित

काठमाडौं-पार्वती घलेले नवौं मिनेटमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लब मोफसलको टोली विराटनगर महानगरपालिकासँग १–० ले स्तब्ध भएको छ ।ललितपुर स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा पुलिसमाथि रोमाञ्चक जित निकाल्दा विराटनगर तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ । विराटनगरले ६ खेलबाट १० अंक जोडेर तालिकामा स्थान सुधार गरेको हो । पराजित पुलिस भने दुई अंक पछि पर्दै चौंथो स्थानमा झरेको छ । निकै प्रतिस्पर्धात्मक भएको खेलमा विराटनगरले नवौं मिनेटमा पार्वतीको गोलबाट… पुरा पढौ

फाइनल पुग्यो बीएफसी

हेटौंडा- सेन्ट्रल कलेज बिएफसी भरतपुर हेटौडा गोल्डकपको फाईनल प्रवेश गरेको छ । मंगलबारको खेलमा हर्दी युवा समाज राप्तीलाई १–० गोलअन्तरले पराजित गर्दै भरतपुर फाइनल पुगेको हो । भरतपुरको जितमा विदेशी खेलाडी ग्लोरीले निर्णायक गोल गरेका थिए । उनले खेलको दशौं मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा उनी ५ गोल गर्दै हालसम्म सर्वाधिक गोलकर्ताको सूचीमा छन् । खेलमा राप्तीका गोलरक्षक प्रदीप भण्डारीले एक दर्जनभन्दा बढी प्रहार विफल बनाएपनि अन्तत हार टार्नबाट सकेनन् । खेलमा अधिकांश समय भरतपुरले आफ्नो नियन्त्रणमा राखेको थियो… पुरा पढौ

गण्डकी प्रदेशको टिम घोषणा

पोखरा- एकसातापछि पोखरा रंगशालामा हुने प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लबस्तरीय च्याम्पियनसिप भलिबल प्रतियोगिताको लागि घोषित गण्डकी प्रदेशको टिमको नेतृत्व हरि पाण्डेले गर्ने छन् । सोमबार घोषणा गरिएको टोलीमा स्पाइकरतर्फ घनश्याम चौधरी (नवलपुर), किरण गुराउ (नवलपुर), इश्वर थापा (स्याङजा) र सञ्जय परियार (पर्वत) रहेका छन । त्यसै गरि क्विक स्पाइकरतर्फ राजु विक (वागलुङ), याम क्षेत्री (कास्की) र रुपेन्द्र गैरे (पर्वत) रहेका छन् । अलराउण्डरतर्फ हरि पाण्डे (स्याङजा) र सन्तोष थापा (स्याङजा) सेटरतर्फ सूजन चोखाल (म्याग्दी) तथा ठग… पुरा पढौ