मुख्य समाचार

चन्द्रपुरमाथि आर्मीको रवाफिलो जित

काठमाडौं- शर्मिला थापा र रश्मी गुरुङले चार-चार गोल गरेपछि महिला राष्ट्रिय लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मोफसलको टोली चन्द्रपुर नगरपालिका रौतहटमाथि रवाफिलो जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि १०–० को फराकिलो जित निकालेको हो । आर्मीले तेस्रो मिनेटमा विमला चौधरीको गोलबाट खाता खोलेको थियो । १५औं मिनेटमा शर्मिला थापाले पहिलो गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन । बलको लागि संघर्ष गर्दै आर्मी र रौतहटका खेलाडी । मोफसलको… पुरा पढौ

महताराले जिते व्यास अल्ट्रा दौडको उपाधि

पोखरा-त्रिभुवन आर्मी क्लबका धावक देवराज महताराले ८५ हजार नगद राशीको व्यास अल्ट्रा दौडको उपाधि जितेका छन् । उनले ४४ किलोमिटरको दौडलाई ३ घण्टा ३ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । साविक विजेता सोलुखुम्बुका सुमन कुलुङ राईलाई पछि पारे । व्यास–५ मानहुँकोटबाट व्यास–८ पुलिमराङमा पुगेर टुंगिएको दौडमा सोलुखुम्बुका सुमन कुलुङ राई दोस्रो स्थानमा रहे । सुमनले गत पुस २७ गते आयोजित ऋषिङ म्याराथनमा तेस्रो स्थानमा रहेका थिए । राईले ३ घण्टा ८ मिनेट १ सेकेण्डमा दौड पुरका गरेका… पुरा पढौ

शनिबार विभागीय डर्बीमा उपाधि प्रतिस्पर्धा

काठमाडौ- बागमती प्रदेशमाथि ९४ रनको शानदार जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आर्मीले राष्ट्रिय खेलाडीले भरिपूर्ण बगमती प्रदेशमाथि जित निकाल्दै विभागीय क्लब एपिएफसँगको भेट पक्का गरेको हो । उपाधिकालागि यी दुई टोली शनिबार प्रतिस्पर्धा गर्नेछन् । आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले ४०.२ ओभरमा सबै विकेट गुमाएर मात्र… पुरा पढौ

एपिएफ र वालिङ विजयी

काठमाडौं-सावित्राले जारी लिगमा तेस्रो ह्याट्रिक पूरा गर्दा दिन बिहीबार एपिएफले जित निकाल्दा अर्को खेलमा वालिङ नगरपालिका स्याङ्जाले चौदण्डीगढीमाथि फराकिलो जित दर्ता गरेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनेको दोस्रो खेलमा एपिएफलाई जित दिलाउँन सावित्रा एक्लैले तीन गोल गरेकी हुन् । पुलिसमाथि सुरुआतबाट नै दबाब सिर्जना गरेको एपिएफका लागि सावित्राले ३२औं, ५६औं र ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । यससँगै सावित्राको प्रतियोगितामा तेस्रो ह्याट्रिक गरिन् । लगातार चार खेलमा स्पष्ट जित निकालेको एपिएफको अंक… पुरा पढौ

प्रिमियर लिगः पुछारको शेफिल्डसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

एजेन्सी । शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड शेफिल्ड युनाइटेडसँग २–१ ले पराजित भएको हो । पुछारको टिम शेफिल्डका लागि २३ औँ मिनेटमा किन ब्रायन तथा ७४ औँ मिनेटमा ओलिभर बर्कले गोल गरेका हुन् । म्यानचेस्टर युनाइटेडका लागि ६४ औँ मिनेटमा ह्यारी मागुइरीले गोल गरे । हारपछि पनि दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २० खेलबाट ४० अंक भएको छ । शीर्ष… पुरा पढौ

मेस्सीको गोलमा बार्सिलोना क्वार्टरफाइनलमा

एजेन्सी, माघ १५ । लियोनल मेस्सीसहितको गोलको सहयोगमा जित निकाल्दै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ ले पराजित गरेको हो । घरेलु टोली भालेकानोका लागि ६३ औँ मिनेटमा गार्सिया टोरेसले गोल गरेर सुरुवाति अग्रता दिलाए । प्रतिबन्ध सकिएपछिको पहिलो खेलमा मेस्सीले ६९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको सहयोगमा बार्सिलोनाका लागि बराबरी गोल गरे । मेस्सीले क्लब खेल जीवनको इतिहासमा पहिलो रातो कार्डका कारण दुई खेलको प्रतिबन्ध भोगेका थिए… पुरा पढौ

एपिएफ उपाधि नजिक

काठमाडौं-साविक विजेता नेपाल पुलिसको चुनौतिलाई पन्छाउँदै एपीएफ क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थिति त्रिभुवन विश्व विद्यलायको मैदानमा बुधबारको पहिलो सेमिफाइनल खेलमा पुलिसलाई ३० रनले हराउँदै एपिएफ अन्तिम दुईमा प्रवेश गरेको हो । उपाधि प्रतिस्पर्धाका लागि अन्तिम दुईमा स्थान बनाएको एपिएफले बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ । एपीएफले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ४९.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ७३ रन जोड्न सक्यो… पुरा पढौ

महिला लिग फुटबलः विराटनगरको पहिलो जित

काठमाडौं, माघ १४ । कुशुम खतिवडाको ह्याट्रिकको मद्दतमा बुधबार विराटनर महानगरपालिका मोरङले राजधानीमा जारी राष्ट्रिय महिला लिगमा बुधबार सुखद नतिजा निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न खेलमा विराटनरले चन्द्रपुरमाथि ५–० को फराकिलो जित निकाल्दा कुशुमले ह्याट्रिक पूरा गर्दा जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । कुशुमको अलावा अनु राई र सरिता शेर्पाले एक÷एक गोल गरे । कुशुमको ह्याट्रिक सँगै जारी प्रतियोगितामा पाँचौ ह्याट्रिक भएको छ । एपिएफकी सावित्रा भण्डारीले दुई ह्याट्रिक गर्दा आर्मीकी विमला… पुरा पढौ

एनएनआइपिए स्पोर्टस अवार्ड फागुन ८ गते

काठमाडौं-नेपाल राष्ट्रिय तथाअन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले आगामी फागुन ८ गते एनएनआइपिए स्पोर्टस अवार्ड गर्ने जनाएको छ । मध्यपुर ठिमी नगरपालिकामा आयोजना गरिने छ । अवार्डमा यस पटकदेखि राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थपिएको छ । विधालाई स्काई ब्रान्ड नेपालले प्रायोजना गरेको छ । एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अवार्डबाट सम्मानित गरिने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ष्ठले जानकारी दिए । पुरस्कार राशी समान ५० हजार रुपैयाँ रहनेछ । एनएनआइपिएको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीका… पुरा पढौ

आर्मी एपीएफसँग पराजित

काठमाडौं-त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफले तेस्रो खेलमा स्पष्ट जित निकाल्दा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिका स्याङसँग बराबरीमा रोकिएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा भएको खेलमा एपिएफले लगातारका तीन खेलमा स्पष्ट जित निकालेको हो । यस्तै अर्को खेलमा पुलिसले मोफसलको वालिङसँग १–१ को बराबरी खेलेको हो ।- एपिएफले स्पष्ट तेस्रो खेलमा जित निकाल्दा पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । एपिएफका लागि अञ्जली योनजन र सरुलिम्बुले पहिलो हाफमा गोल गरेका… पुरा पढौ