मुख्य समाचार

चीनिया कम्पनीले जोईन्ट भेन्चरमा पोखराको फुटबल स्टेडियम बनाउन देखायो चासो

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाको फुटबल स्टेडियम बनाउन दुई कम्पनीले चासो दिएका छन् । सोमबार राष्ट्रिय खेलकुद परिषदले टेण्डर खोलेपछि दुई कम्पनी जोईन्ट भेन्चरमा रहेर खरीद गरेको जनाएको छ । अब परिषदले प्राविधिक प्रस्ताव मूल्यांकन गर्ने छ । स्टेडियम बनाउन सिएमई कन्ट्रक्सन प्रोलेक्ट बेइजिङ कम्पनी लिमिटेड चीन तथा सि.ए. बी कन्ट्रक्सन एच.डी लिमिटेड जावलाखेल ललितपुरको संयुक्त र ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुरको संयुक्तले चासो दिएका हुन् । कम्पनी चार भएपनि जोईन्ट भेन्चरमा काम गर्ने गरी खरीद गरेका छन् । ‘टेण्डर… पुरा पढौ

एयरपोर्टको जग्गामा क्रिकेट स्टेडियम र गल्फ कोर्ष बनाउन सकिने खेलकुदकर्मीको सुझाव

पोखरा(खेलाडी न्युज)-तीन वर्षपछि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने आशा र विश्वास पोखरबासी छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पुरानो विमानस्थल प्रयोग विहीन हुने छ । तर खेलकुदकर्मीले भने प्रदेश सरकारको योजना अनुसारको अन्तर्राष्ट्रिय बहुउपयोगी खेल मैदान, गल्फ कोर्ष तथा एकिकृत खेलकुद एकेडेमी लगायतको खेलकुदको पुर्वाधार निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । सयौं रोपनी क्षेत्रफलमा रहेको पुरानो एयरपोर्टको धावनमार्ग भन्दा पुर्व तर्फको जग्गामा गल्फ कोर्ष बनाउन सकिने सामाजिक विकास मन्त्रालयद्वारा आयोजित छलफलमा सुझाव पेश गरेका थिए । छलफलमा नेपाल गल्फ संघका सदस्य एवं… पुरा पढौ

मुस्ताङमा हाईअल्टिच्युड खेलकुद तालिम केन्द्र बनाउने प्रदेश सरकारको योजना

पोखरा, (खेलाडी न्युज)-मुस्ताङ हाइअल्टिच्युड खेल मैदान निर्माण गर्ने योजनासहितको प्रतिवेदन गण्डकी प्रदेश सरकारलाई बुझाउने तयारी गरिएको छ । सामाजिक विकास मन्त्रालयद्वारा गठित खेलकुद विज्ञ टोलीले ै पोखरासँगै अन्य जिल्लामा पनि खेलकुदको पुर्वधार बनाउनुपर्ने जोड दिदैं निचोड निकालेका छन् । गण्डकी प्रदेश सरकारले खेलकुदको पुर्वाधारको लागि पाँचवटा बुदाँलाई प्राथमिकतामा दिएको छ । हाईअल्टिच्युड तालिम केन्द्र, सुविधा सम्पन्न अन्तर्राष्ट्रिय बहुउपयोगी खेलमैदान निर्माण, एक स्थानीय तह एक खेल मैदान, एकिकृत खेलकुद एकेडेमी र अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा गल्फ कोर्ष निर्माणलाई प्राथमिकता दिएको सामाजिक… पुरा पढौ

गल्फकोर्षमा मन्त्रीको पटिङ

पोखरा(खेलाडी न्युज)-प्रदेश सरकारले खेलकुद पुर्वाधारको लागि स्थानको खोजीकार्य गरिरहँदा प्रदेश आर्थिक मामिला मन्त्री किरण गुरुङ भने गल्फ प्रशिक्षणमा झुकाव देखाएका छन् । उनले शनिबार पोखराको हिमालयन गल्फ कोर्ष अवलोकन गरी ग्रिनमा पटिङ गर्दै आफनो गल्फ प्रतिको अभिरुची प्रष्टयाए । मन्त्री गुरुङलाई ग्रिनमा पटिङ गर्न भेट्रान एवं एमेच्योर गल्फर मेजर लक्ष्मीप्रसाद गुरुङले सिकाएका थिए । गल्फ कोर्षसँगै मन्त्री गुरुङले मुस्ताङचोकस्थित गल्फ स्कुल समेत अवलोकन गरी गल्फलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निजी क्षेत्रबाट सञ्चालित गल्फ स्कुलको जग्गा भाडा महंगो… पुरा पढौ

हिमालयन गल्फ कोर्ष मन्थ्ली मेडल हेमन्त गुरुङलाई

पोखरा(खेलाडी न्युज)-हिमालयन गल्फ कोर्षमा आयोजित मन्थ्ली मेडल गल्फको उपाधि हेमन्त गुरुङले जितेका छन् । ग्रोस डिभिजन तर्फको प्रतिस्पर्धामा भने मेजर लक्ष्मीप्रसाद गुरुङले जिते । हेमन्त गुरुङको गल्फ कोर्षमा जितेको यो दोस्रो हो । गुरुङले क्या.महेन्द्र फगामीलाई काउन्ट ब्याकमा पराजित गर्दै उपाधि जितेका हुन् । समान ३१ अंक जोडेपनि हेमन्तसँग काउन्ट ब्याकमा पछि परेका फगामी दोस्रोस्थानमा चिक्त बुझाए । ग्रोस तर्फ मेजर गुरुङले क्या. लालबहादुर गुरुङलाई १ अंकले पछि पार्दै उपाधि जितेका हुन् । क्या. लालबहादुर २० अंकसहित दोस्रोस्थानमा चित्त बुझाए… पुरा पढौ

खेलकुदको पुर्वाधार बनाउने जिम्मा सरकारको–मुख्यमन्त्री

पोखरा(खेलाडी न्युज)-‘प्रदेश सरकारले पुर्वाधार बनाउँछ । कुन पुर्वाधारको आवश्यकता कहाँ हो । योजना बनाउने जिम्मेवारी तपाईहरुको हो ।’ गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार भने–‘अन्तराष्ट्रिय मापदण्डलाई मिट गर्ने पुर्वाधार हामीसँगै छैन् । त्यसैले योजना बनाउनोस , पुर्वाधार हामी बनाउँछौ ।’ अखिल नेपाल फुटबल संघ(एन्फा)को कार्यनीति, ग्रासरुट, विधान र नियमावलीको प्रदेशस्तरीय अन्तरक्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले पुर्वाधारको लागि सम्भाव्य अध्ययन भइरहेको समेत बताए । विधी विधान र पद्धति अनुसार निर्माण गर्नुपर्नेमा जोड दिदैं उनले पद्धति राम्रो भएपनि व्यक्ति हावी भएको… पुरा पढौ

मुवाथाई टोली थाईल्याण्ड प्रस्थान

पोखरा(खेलाडी न्युज)-थाइल्याण्डको राजधानी बैंककमा हुने ‘इन्टरनेशनल युनिर्भसिटी मुवाथाई च्यम्पियनसिप’मा सहभागिताका जनाउन नेपाली टोली शनिबार प्रस्थान गरेको छ । बिश्वविद्यालयस्तरिय प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउने टोली शुक्रबार पोखराबाट विदाई गरिएको थियो । मुवाथाई टोलीलाई कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, मुवाथाई कास्की जिल्लाका अध्यक्ष अब्राहम खान लगाएतले बिदाई गरेका थिए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितीका काबा अध्यक्ष एवम नेपाल मुवाथाईका कोषाध्यक्ष सम्पन्न श्रेष्ठको नेतृत्वमा टोली प्रस्थान गरेको हो । टोलीको प्रशिक्षकमा कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपकबहादुर… पुरा पढौ

पोखरा रंगशाला प्रवेश गर्न अब अनिवार्य परिचयपत्र

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशाला प्रवेश गर्न अब अनिवार्य पास देखाउनुपर्छ । पास विना सर्वसाधारणलाई रंगशाला परिसर भित्र प्रवेशमा रोक लगाउने निर्णय जिल्ला खेलकुद विकास समितिले गरेको छ । समितिले भदौ १ गतेदेखि लागु हुने गरी सर्वसाधारणलाई सूचीत समेत गरिसकेको छ । एक महिनाभित्रमा प्रवेश पास नलिएका सर्वसाधारण, खेलाडी, खेलसंघका पदाधिकारी, स्वयं सेवक प्रशिक्षक सबैलाई प्रवेश निषेध गरिने समितिले जनाएको छ । ‘बैशाख देखि नै परिचयपत्र(पास)को व्यवस्था गर्ने निर्णय गरेका थियौं । तर नयाँ आर्थिक वर्षदेखि शुरुगर्ने नीति अनुसार एकमहिनाको समय थप… पुरा पढौ

वैदेशिक प्रशिक्षण टुंगो नलागेसम्म प्रशिक्षण नगर्ने खेलाडीको घोषणा

पोखरा(खेलाडी न्युज)-दुई महिने पोखराको बन्द प्रशिक्षणपछि एशियाडमा जाने सितेरियो कराँतेको टोली काठमाडौं फर्किएको छ । पदकको आशा गरिएको खेललाई बैदेशिक प्रशिक्षणमा लैजान राष्ट्रिय खेलकुद परिषदले उदासिनता देखाएपछि बन्द प्रशिक्षण रहेको टोली सुटुक्कै काठमाडौं हिडेको छ । टोली काठमाडौं प्रस्थान गरेको बारे जिल्ला खेलकुद विकास समितिलाई कुनै जानकारी नै दिईएन् । प्रशिक्षणमा रहेका खेलाडीहरुले दुई महिना लामो पोखरा प्रशिक्षणपछि वैदेशिक प्रशिक्षणको टुंगो नलागेसम्म सम्पूर्ण खेलाडीले प्रशिक्षण नगर्ने जनाएका छन् । खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषद सदस्य सचिवलाई सम्बोधन गर्दै पत्र समेत लेखेका… पुरा पढौ

भारतसितको तीन खेलको एकदिवसिय सिरिज इग्ल्याण्डको कब्जामा

एजेन्सी- जोय रुटले शतकीय पारी खेलेपछि इग्ल्याण्डले भारतसँगको तेस्रो एकदिवसीय खेलमा ८ विकेटको जित निकाल्दै तीन खेलको सिरिज कब्जा गरेको छ । भारतले दिएको २५६ रनको लक्ष्यलाई इग्ल्याण्डले दुई विकेटको क्षतिमा जोय रुटको शतकीय पारीमा ३३ बल बाँकी रहदाँ जित निकाल्दै सिरिज कब्जा गरेको हो । २५७ रनको पछ्याएको इग्ल्याण्डले रुट र इयान मोर्गानको नटआउट १ सय ८८ रनको साझेदारी गरेपछि जित सहज बन्यो । मोर्गानले ८८ रनको नटआउट खेल्दै जितसम्म डोर्याउँदा जोय रुट भने प्लेयर अफ दि सिरिजबाट सम्मानित भए… पुरा पढौ