मुख्य समाचार

बर्नलेमाथि म्यानचेष्टर युनाईटेडको साँघुरो जित

एजेन्सी(खेलाडी न्युज)- आर्सनलले क्रिष्टल प्यालेसलाई सानदार जित निकाल्दा इग्ंिलस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीले न्युकासल युनाईटेडलाई पराजित गरेको छ । सिटीले शीर्ष स्थानलाई बलियो बनाउने क्रममा अगुईरोले ह्याट्रिक गरेका थिए । शनिबार भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसलाई ४—१ गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा यथावत छ । निकै आक्रामक शैलीमा फुटबल खेलेको आर्सनलले क्रिष्टल प्यालेसमाथि नै पहिलो हाफमै चार गोलको अग्रता कायम गरेको थियो । चार गोल पनि आर्सनलले आधा घण्टामा गरेको थियो । आर्सनलका लागि नाचो… पुरा पढौ

आहा राराको १६ औं सस्करण पर्सीदेखि, सहाराले सुदुरपश्चिमसँग उदघाटन खेल खेल्ने

धन बस्नेत, पोखरा-   सहारा क्लबले सुदुर पश्चिम स्पोर्टिङ क्लब ११ सित उदघाटन खेल्दै आहा राराको १६ औं सस्करण पोखरा रंगशालामा पर्सी मंगलबारदेखि शुरु हुने छ । खप्तड गोल्डकपमा शसस्त्र प्रहरी बलसित टाइब्रेकरमा पराजित हुदैं फर्किएको सहाराले घरेलु मैदानमा सुदुर पश्चिमलाई न्यानो आतित्थ्यता गर्ने छ । उपविजेताको शाख पहिलो खेलबाट शुरु हुने छ । प्रतियोगिता माघ ९ गतेदेखि शुरु हुदैं छ । सिजनको चौथो उपाधि उचालेको नेपाल आर्मीले अर्को उपाधिको लागि पोखरा आउने छ । आर्मीसँगै पोखरामा गर्विलो छवि बनाएको टोलीद्वय… पुरा पढौ

जापानको लागि दोस्रो चरणमा २७ छनोट, अन्तिम १२ छनोट केहीदिनपछि

पोखरा(खेलाडी न्युज) -जापानमा हुने कोपा पुमा टोरेरोस अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको लागि २७ जना खेलाडी छनोट गरिएको छ । प्रशिक्षक राजेन्द्र तामाङले दोस्रो चरणमा २७ जना छनोट गरेका हुन् । आदेश श्रेष्ठ, साइमन गौचन, लोब्सन पुन, सुशान, छन्त्याल , मोहित श्रेष्ठ, समिर थापा, निङ्मा थापा, विशन कार्की, अनिष शर्मा, अजित गुरुङ, नविन थापा, श्रेष थापा, समीर गौतम, उत्सर्ग शर्मा, रितेश गुरुङ, अनिल शिखाकार, आशिष कुवँर, मनिष क्ष्ँत्री, आयुष गुरुङ, मनोज विक, आशकुमार गुरुङ, एलन गुरुङ, लक्की गुरुङ, अनुपम श्रेष्ठ, सबास गुरुङ,… पुरा पढौ

जर्भ अष्ट्रेलियन ओपनमा कोरियन खेलाडीसँग स्तब्ध

एजेन्सी(खेलाडी न्युज)— उत्कृष्ट कम व्याक गर्दै कोरियन खेलाडीले ह्युन चुङ अष्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् । चुङले जर्मनीका अलेक्जण्डर जर्भलाई पाँचौ सेटमा पराजित गर्दै अष्ट्रेलियन ओपनको चौथो चरण प्रवेश गरेका छन् । चेङले चौथो बरियताका खेलाडी जर्भलाई पाँचौ सेटमा पराजित गर्न निकै संघर्ष गरे । पहिलो सेट ५—७ को स्थितिमा गुमाएका चुङले दोस्रो सेट टाइब्रेकरमा ७—६ मा लिदैं सेट बराबरी गरे । त्यस्तै तेस्रो सेट चुङले फेरी गुमाए । उनले तेस्रो सेट २—६ मा गुमाए । एक सेटले… पुरा पढौ

बगर बन्यो फुटबल मैदान

पोखरा (खेलाडी न्युज)—पोखरा लेखनाथ महागनरपालिका १९ स्थित लामाचौरमा नवनिर्मित लामाचौर फुटबल खेल मैदान । नव आदर्श सामुदायिक विकास समाजको पहलमा गोस्तेघाटलाई खेल मैदानमा परिणत गरिएको हो । बगरको रुपमा रहेको ठाँउलाई झण्डै डेढकरोडको लागता निर्माण गरिएको निर्माण समिति सचिव बुद्धिखत्री क्षत्रीले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषदबाट मैदान निर्माण गर्न विभिन्न चरणमा गरी झण्डै एक करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । स्थानीय सहयोग र स्रोत परिचालन गरी ५० लाख तथा सांसद विकास कोष अन्तर्गत निर्वाचन क्षेत्र पुर्वाधार विकास… पुरा पढौ

बास्केटबलमा ३० हजार प्वाईन्टको कोशेढुंगा पुरा गर्दै जेम्स

एजेन्सी (खेलाडी न्युज)- अमेरिकन बास्केटबल प्लेयर लेब्रोन रेमोन जेम्सले नेशनल बास्केटबल एशोसियसनको ३० हजार प्वाईन्ट पुर्याउन ४१ अकं कम छ । ३३ वर्षिय जेम्सले करियरमा ३० हजार प्वाइन्ट पुर्याउँदै एनबीएको एउटा कोशेढुंगा पार गर्ने लक्ष्यमा छन् । एनबीएको तथ्यांक अनुसार करिम अब्दुल जाबरको बास्केटल करियरमा ३८३८७ प्वाईन्टको इतिहास छ । त्यस्तै कार्ल मालोनेको ३६९२८, कोब ब्रयान्ट ३३,६४३, माईकल जोर्डन ३२,२९२ वाईल्ट च्याम्बरलिन ३१,४१९ र डिर्क नोईट्स्कीले ३०, ८०८ अंक जोडेका थिए । सन १९८४ मा जन्मिएका जेम्सले क्याविलियर्सबाट व्यवसायिक रुपमा… पुरा पढौ

प्यारापिट भात्काउने काम रोकियो, गोल्डकप प्रचारप्रसार गर्न साईकल रर्याली

धन बस्नेत,(खेलाडी न्युज)— माघ ९ गतेदेखि १६ औं सस्करणको आहा रारा गोल्डकप शुरु हुदैै छ । गोल्डकपको पूर्वसन्ध्यामा भत्काउने कामलाई स्थगित गरिएको छ । भत्काएर थुप्रिएको ढुंगा र अन्य सामानलाई सरसफाई गरिएको छ । गोल्डकप शुरु हुन अगावैदेखि पोखरा रंगशालाको दुई प्यारापिट भत्काउन थालिएको हो । गोल्डकपै समयमा भत्काउँदा आहा रारा गोल्डकपमा उपस्थित हुने दर्शक प्रभावित हुने छन् । ३५ वर्षे पुरानो र भूकम्पले जीर्ण प्यारापिटलाई रातो स्टिकर समेत टाँस गरिएको थियो । रातो स्टिकर टाँस गरिएपनि दुई ठूला प्रतियोगिता… पुरा पढौ

पोखरा ११ टाइब्रेकरको शिकार, राजदल गण भीमाद कपको सेमिफाईनलमा

पोखरा(खेलाडी न्युज) - कर्ण लिम्बुको ह्याट्रिकमा जलजला झापा तेस्रो भीमाद कपको सेमिफाईनलमा प्रवेश गर्दा विष्णुपादुका क्लब हेमजा पोखरा फर्किएको छ । युवा क्लब भीमादको आयोजनामा स्थानीय खेल मैदानमा आयोजित क्वार्टरफाईनल खेलमा झापाले विष्णुपादुकालाई ३—१ गोलले पराजित गर्दा लिम्बुले ह्याट्रिक गरेका हुन् । प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने क्रममा लिम्बुले १८, ३५ र ४४ औं मिनेटमा गोल गरेका थिए । एकपछि अर्को गोल खेप्दै दवाबमा रहेको विष्णु पादुकाले ५७ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्किने संकेत देखायो । तर ढिला भईसकेको थियो… पुरा पढौ

इंग्ल्याण्डद्वारा अष्ट्रेलिया चार विकेटले पराजित

एजेन्सी(खेलाडी न्युज)- इंग्ल्याण्डले त्रिकोणत्मक एकदिवसिय खेल अन्तर्गत शुक्रबार दोस्रो वान डे इन्टरनेशनलमा अष्ट्रेलियालाई ४ विकेटले पराजित गरेको छ । अष्ट्रेलियाले दिएको २७० रनको लक्ष्यलाई इंग्ल्याण्डले ३४ बल बाँकी छदाँ केवल ६ विकेट गुमाउँदै लक्ष्य हासिल गर्यो । टस जितेर व्याटिङ गरेको अष्ट्रेलियाले आरोन फिन्चको शतकीय पारी खेल्दै नौ विकेट २७० रनको योगफल तयार पारेको थियो । फिन्चले ११४ बल खेल्दै नौ चौका र एक छक्काको सहयोगमा १०६ रन बनाए । एमआर मार्सले ३६ रन र डेविड वार्नरले ३५ रन बनाएर पवेलियन… पुरा पढौ

भारत १० विकेटले विजयी, श्रीलंकामाथि पाकिस्तानको जित

पोखरा(खेलाडी न्युज)-यु—१९ विश्वकपम क्रिकेट अन्तर्गत भारतले जिम्बावेलाई १० विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको जिम्बावेले ४८ ओभर एक बलमा १५४ रनमा समेटिएको थियो । एम सुबानेले सर्वाधिक ३६ रनको योगदान दिए । बेस्लेले ३०, लियाम रोचेले ३१ रन बनाए । अन्य खेलाडीको प्रदर्शन लोभलाग्दो देखिएन् । अनुकुल रायले सात ओभर बलिङ गर्दै २० रन खर्चिएर चार विकेट लिएपछि जिम्बावे सस्तैमा समेटिएको थियो । अभिषेक शर्मा र अर्शदिपले दुई दुई विकेट लिए । हार्दिक देसाईले नटआउट ६५ र… पुरा पढौ