मुख्य समाचार

कास्की जिल्ला फुटबल संघको अध्यक्षमा मिलन गुरुङ निर्वाचित

धन बस्नेत, पोखरा, माघ २ गते - कास्की जिल्ला फुटबल संघको सातौ अधिवेशनबाट मिलन गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा मिलन गुरुङले शिव गुरुङ(माया)लाई १३—५ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनसँगै मिलन चार वर्ष कास्की जिल्लाको फुटबल संघलाई हाक्ने छन् । यसैगरी उपाध्यक्षमा सुरेन गुरुङ, विश्व तण्डुकार र ईश्वर गुरुङ(चन्द्रं) निर्वाचित भएका हुन् । त्यसैगरी सदस्यहरुमा पुष्प बराल, राधा गुरुङ(महिला), शुशिलकुमार श्रेष्ठ, मित्रबहादुर कुँवर, सचिनजंग थापा, बुद्धिबहादुर क्षत्री, हिटलर घले, रामकृष्ण बास्तोला र ईन्द्रबहादुर कुँवर छन्… पुरा पढौ

नेपाल दक्षिण एशियाली सेभेन ए साइडको फाईनलमा

पोखरा(खेलाडी न्युज)— १२ औं संस्करणको दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगितामा नेपाल फाईनल प्रवेश गरेको छ । मंगलबार पोखराको लेकसाईडस्थित बाराहीघाट खेल मैदानमा भएको पहिलो सेमिफाईनलमा पाकिस्तानलाई ४—१ गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । नेपालका लागि विनोद गुरुङले ह्याट्रिक पुरा गरे । म्यान अफ दि म्याचबाट पुरस्कृत गुरुङले १५, ४१ र ४३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । एक गोल भने बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका सुनिल विकको नाममा रह्यो । शुशिल लामाको स्थानमा… पुरा पढौ

डोपिङपछि कोर्टमा फर्किएकी सारापोभाको वर्षको पहिलो जित

एजेन्सी(खेलाडी न्युज)- शीर्ष बरियताका स्वीस खेलाडी रोजर फेडेररले अष्ट्रेलियन ओपनमा सहज जित निकालेका छन् । उनी दोस्रो चरणमा प्रवेश गर्ने क्रममा बेलायती खेलाडी ए बेड्नीलाई ६—३, ६—४, ६—३ को सेटले पराजित गरेका हुन् । ३६ वर्षिया फेडेररले वर्षको पहिलो ग्राण्डस्लाम जित्दै इतिहास कोर्ने लक्ष्यमा छन् । यद्यपी स्पेनिस राफाल नाडाल, सर्वियाका नोभाक जोकोभिच, हुवाँन मार्टिन डेल पोर्टो लगायतका शीर्ष खेलाडीको चुनौति पनि उत्तिकै छ । यसैगरी महिला तर्फको प्रतिस्पर्धामा अष्ट्रेलियन ओपनको पूर्व विजेता मारिया सारापोभाले पनि पहिलो जित निकाल्दै दोस्रो चरणमा… पुरा पढौ

कराँते प्रतियोगितामा पुरुष तर्फ धनुषा र महिला तर्फ कास्की च्याम्पियन

धन बस्नेत, पोखरा, २ माघ - १७ औं राष्ट्रिय माछापुच्छरे क्योकुशिन बुदोकाई कराँते प्रतियोगितामा खुल्ला तौल समूहमा पुरुष तर्फ नेपाली सेनाका शनिसिंह सुनार र महिला तर्फ कस्कीकी पवित्रा चौधरीले उपाधि जितेका छन् । माघे संक्रान्तिको अवसरमा ढुंगेसाँघुको मेलामा आयोजित प्रतियोगितामा गोविन्द रोका र गणेश अधिकारी क्रमश द्धितीय र तृतीय भए । महिला खुल्ला तौलमा काठमाडौंकी अन्जना ढुंगेल र कास्कीकी दिक्षा गुरुङले रजत र कास्यपदकमा चित्त बुझाए । ६०केजी तौल समूह पुरुष तर्फको प्रतिस्पर्धामा कास्कीका दिपक आचार्यले स्वर्ण, कास्कीकै सनम भुजेलले रजत… पुरा पढौ

नाडाल अष्ट्रेलियन ओपनको दोस्रो चरणमा

एजेन्सी(खेलाडी न्युज)- अष्ट्रेलियन ओपनमा महिला शीर्ष खेलाडी भेनस विलियम्स पराजित हुदाँ पुरुष तर्फको शीर्ष खेलाडी राफाल नाडालले भने उत्कृष्ठ शुरुवात गरेका छन् । नाडालले सन २००४ देखि यताको ग्राण्डस्लामको ओपनिङ गेम भने प्रभावशाली जित निकाल्दै आएका छन् । सन २०१८ को पहिलो ग्राण्डस्लाम अन्तर्गत अष्ट्रेलियन ओपनमा उनले ईष्ट्रेल्ला बर्गसलाई पराजित गरे । स्पेनिस टेनिस खेलाडी नाडालले उनलाई पराजित गर्न केवल ९० मिनेट मात्रै खर्चिए । उनले सन २००४ मा अष्ट्रेलियन ओपनमै माईकल टबारालाई पहिलो खेलमा ६—१, ६—२, ६—२ को सेटमा पराजित… पुरा पढौ

कास्की जिल्ला फुटबल संघमा सर्वसम्मत गर्ने प्रयास असफल

धन बस्नेत, पोखरा १ माघ - कास्की जिल्ला फुटबल संघको अधिवेशनको पुर्व सन्ध्यामा सर्वसम्मत रुपमा कार्यसमिति बनाउने प्रयास असफल भएको छ । अखिल नेपाल फुटबल संघका केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराईको पहलमा गरेको प्रयास अन्तत असफल भएको छ । संघका आवद्ध फुटबल क्लबका अध्यक्ष तथा प्रतिनिधिको उपस्थितिमा गरिएको प्रयास विफल हुदैं निर्वाचन मै जाने निर्णयमा पुगेको छ । कास्की जिल्ला फुटबल संघ ऋणमा चुर्लुम्म परेको छ । अधिवेशन पुर्व सन्धयमा ऋण नयाँ कार्यसमितिले सकार्ने वा पुरानै समितिले तिर्ने भन्ने विषयमा चर्को बहस चल्यो… पुरा पढौ

आर्मीलाई खप्तड गोल्डकपको उपाधि

पोखरा (खेलाडी न्युज) -पेनाल्टीमा पराजित गर्दै नेपाल आर्मीले सर्वाधिक राशीको खप्तड गोल्डकपको उपाधि उचाल्दा शसस्त्र प्रहरी बल उपविजेतामा सीमित हुन पुग्यो । माघे संक्रान्तिको दिन सोमबार आर्मीले पेनाल्टीमा शसस्त्रलाई ५—४ गोलमा पराजित गर्दै ११ लाख ११ हजार १११ रुपैयाँको उपाधि रक्षा गर्यो । आर्मीको यो वर्षको चौथो उपाधि पनि हो । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीलाई पराजित गर्दै स्वर्ण पदक जितेको शसस्त्र प्रहरी बलले आफनो छविलाई वर्षदिनपछि दोहोर्याउन सकेन् । गोलरहित बराबरी खेलेपछि निर्णय पेनाल्टीमा पुगेको थियो । निर्धारित समय… पुरा पढौ

आयोजक बी टीमको विजयीसँगै भीमाद कप शुरु

धन बस्नेत, पोखरा, १ माघ- एक गोलले पछि परेको अवस्थालाई उल्टयाउँदै आयोजक युवा क्लब भीमादको दोस्रो रोजाईको टिमले तेस्रो भीमाद कपको उदघाटनलाई सुखद शुरुवात गरेको छ । कवासे युनाईटेड क्लब दुलेगौडाले लिएको अग्रतालाई आयोजक टोलीले दोस्रो हाफमा उल्ट्याउँदै नजिता २—१ ले आफनो पार्दै क्र्वाटरफाईनल यात्रा तय गर्यो । अनिल भण्डारीले ३५ औं मिनेटमा गोल गर्दै छिमेकी क्लब विरुद्ध अग्रता कायम गरेको थियो । तर दोस्रो हाफमा आकाश थापाले आयोजककलाई दुई गोलगरेपछि नजिता उल्टिएको थियो । थापाले बराबरी गोल ५३ औं मिनेटमा गरे… पुरा पढौ

अष्ट्रेलियन ओपनमा महिला शीर्ष खेलाडीलाई झट्का

एजेन्जी(खेलाडी न्युज)-अष्ट्रेलियको मेलबर्नमा आजबाट शुरुभएको टेनिसको ग्राण्डस्लाम मध्यको एक तथा २०१८ को पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको शुरुकै दिनमा महिला तर्फ शीर्ष खेलाडीलाई झट्का लागेको छ । महिला तर्फ टेनिसकी शीर्ष बरियताकी खेलाडी अमेरिकाकी भेनस विलियम्स अष्ट्रेलियन ओपनको पहिलो खेलबाटै बाहिरिएकी छिन् । उनी स्वीस खेलाडी बेलिण्डा बेन्सिकसँग पराजित हुन पुगिन् । मेलबर्न स्थित रोड लाभेर एरिनामा भएको खेलमा बेन्सिकले विलियम्सलाई ६—३, ७—५ को सेट निकाल्दै दोस्रो चरणमा प्रवेश गरिन । टेनिस करियरमा पाँचौ भेटमा विलियम्समाथि सनसनीपूर्ण जित निकालिन् । यसैगरी… पुरा पढौ

कोहलीले सम्हाल्दै इनिङ्स, भारत १८३ रन, पाँच विकेटको क्षतिमा खेल्दै

एजेन्सी(खेलाडी न्युज)-भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दोस्रो टेष्टमा दिएको पछ्याउने क्रममा भारत अहिले व्याटिङ गरिरहेको छ । हारबाट जोगाउन भारतीय कप्तान विराट कोहलीले इनिङ सम्हालिरहेका छन् । उनलाई हार्दिक पाण्ड्याले सहयोग गरिरहेका छन् । दक्षिण अफ्रिकाले ३३५ रनको योगफल तयार पारेर भारतलाई व्याटिङको निम्तो दिएको थियो । निम्तोलाई भारतले अहिले पाँच विकेटको क्षतिमा १८३ रनमा खेलिरहेको छ । भारतका लागि एम विजय अर्धशतक पुरा गर्न चारबाट चुकेका छन् । उनी ४६ रनमा आउट भए । केएल राहुल केवल १० रनमा… पुरा पढौ