गण्डकी

फेन्सिङ टिम इभेण्टमा गण्डकीलाई बिहीबार दुई कास्य

पोखरा-गण्डकी प्रदेशले फेन्सिङमा बिहीबार टिम इभेण्टमा दुई पदक पक्का भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला टिम फोयल इभेण्ट र पुरुषको सबेर टिम इभेण्टमा गण्डकीले कास्य पदक पक्का गरेको हो । पोखरा रंगशाला व्याडमिन्टन कोर्टमा आयोजित प्रतिस्पर्धाको बिहीबारको सेमिफाईनलमा सशस्त्र प्रहरीले गण्डकी प्रदेशलाई (४५–१५ स्कोर)मा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । स्वर्ण पदकको लागि बागमतीले सशस्त्र प्रहरी बलसँग खेल्ने छ । नेपाली सेनाको त्रिभुवन आर्मीलाई (४५–४१ स्कोरमा) पराजित गर्दै बागमती फाईनल प्रवेश गरेको छ । गण्डकी र… पुरा पढौ

गण्डकी र त्रिभुवन आर्मी सेमिफाईलनमा

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार गण्डकी प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब बीचको प्रतिस्पर्धा बराबरीमा सकिएको छ । यद्यपी दुवै टोली सेमिफाईनल प्रवे गरेका छन् । पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धामा २७–२७ गोलको बराबरी खेल्दै अंक बाँडे । लिगको अन्तिम खेल खेलका दुवै टोलीले यस अघि समान ३÷३ खेलमा जित दर्ता गरेका थिए । गोलको आधारमा गण्डकी प्रदेश समूहको विजेता बन्दै सेमिफाईनल प्रवेश गर्दा आर्मी उपविजेता बन्दै सेमिफाईनल प्रवेश गरेको हो । पुरा पढौ

सेमिफाईनलमा प्रवेश गर्ने सशस्त्र दोस्रो टोली

पोखरा-सशस्त्र प्रहरीको महिला क्रिकेट टोलीले दोस्रो जित निकाल्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सशस्त्र अन्तिम चारमा प्रवेश गरेको हो । गण्डकीले तीन खेलमा पराजित हुदैं समूह एको अन्तिमस्थानमा छ । पोखरा रंगशाला क्रिकेट मैदानमा बिहीबारटस जितेर व्याटिङ रोजेको गण्डकी केवल २६ रनमा समेटियो । चार व्याटर शून्यमै आउट भए । पहिलो, दोस्रो र तेस्रो नम्बरमा आएका व्याटरले समान ३/३ रन जोडे । कप्तान श्रृष्टि जैसीले सर्वाधिक ५ रन बनाईन् ।… पुरा पढौ

उद्घाटनमा गण्डकी र सुदुरपश्चिम भिड्ने

म्याग्दी-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तरगत म्याग्दीको बेनीमा आज बिहिबारदेखि महिला भलिबल प्रतियोगिता सुरु हुदैछ । बेनीको खुल्ला मञ्चमा दिउँसो २ बजे उद्घाटन हुने प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेश भिड्दैछन् । जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीका अनुसार लिग कम नक आउटमा खेलाईने प्रतियोगिताका लागि सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । सात प्रदेशसहित नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए । समुह १ र… पुरा पढौ

एनआरएन विरुद्ध प्रदेश १ उदघाटन खेल

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबारदेखि फुटबल प्रतियोगिता शुरु हुदैं छ । पोखराको लामाचौरस्थित गोस्ते खेल मैदानमा पुरुष फुटबल शुरु हुदाँ महिला फुटबल प्रतियोगिता भने वालिङस्थित खेल मैदानमा सञ्चालन हुने छ । गैर आवासिय नेपाली(एनआरएन)ले प्रदेश १ सँग प्रतिस्पर्धा गर्दै उदघाटन शुरु हुने छ । गोस्ते खेल मैदानमा दिउँसो साढे १२ बजे उदघाटन खेल शुरु हुने छ । सोही दिनको दोस्रो खेल बागमती प्रदेशले मधेश प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो दिन लुम्बिनी प्रदेशले विभागीय क्लब नेपाली सेनासँग खेल्ने छ… पुरा पढौ

फेन्सिङ्गमा बागमतीलाई तेश्रो दिन दुई स्वर्ण

पोखरा- बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा आत तेश्रो दिन दुई स्वर्ण हात पारेको छ । यो सहित बागमतीको ४ स्वर्ण सहित पदक तालिकामा अग्रस्थानमा रहेको छ । बुधबार पुरुष टिम फोयल तर्फ बागमतीले सेनालाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण संख्यालाई तीनमा पु¥याएको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक प्राप्त गरे । यस्तै आजै सम्पन्न महिलाको सेवर टिम ईभेन्टस्मा पनि बागमतीले स्वर्ण हात पार्दै स्वर्ण संख्यालाई ४ पु¥याउँदै पदक तालिकामा आफुलाई अग्रस्थानमा पु¥याउन सफल भएको हो । बागमतीले… पुरा पढौ

मैदान अझै तयारी छैन्, मान्छे लगाएर घाँस काट्दै

पोखरा-बिहीबार विहानै हक्कीको उदघाटन हुदैं छ । तर खेलस्थल अझै तयारी भईसकेको छैन् । पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा पुरुष हक्की हुने छ । पोखरा–१९ लामाचौरस्थित गण्डकी बोर्डिङको खेल मैदानमा महिला हक्की शुरु गर्ने योजना नेपाल हक्की संघको छ । तयारीमा रहदाँ दुवै मैदान प्रतियोगिताको लागि योग्य नभएको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए । ‘राष्ट्रिय प्रतियोगिताको लागि जूनखालको मैदान हक्कीलाई चाहिने थियो । त्यो छैन् ।’ उनले भने–‘हक्कीलाई समथर(प्लेन) मैदान चाहिन्छ । दुवै मैदान राष्ट्रिय प्रतियोगिताको लागि योग्य… पुरा पढौ

सम्झना खड्काको अर्धशतक, पुलिसको फराकिलो जित

पोखरा-नेपाल पुलिस क्लबले पोखरा क्रिकेट मैदानमा दोस्रो जित निकाल्ने क्रममा प्रदेश नं १ लाई ११८ रनले पराजित गरेको छ । सम्झना खड्काले अर्धशतकीय पारी खेल्दै प्रदेश नं १ लाई १५९ रनको लक्ष्य नेपाल पुलिसले दिएको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो सहभागिता जनाएको पुलिसले बुधबार पोखरा रंगशाला क्रिकेट मैदानमा ३ विकेटको क्षतिमा विशाल लक्ष्य प्रस्तुत गरेको थियो । पहिलो विकेट काजल श्रेष्ठलाई ६ रनमा गुमाएको पुलिसले दोस्रो विकेटको लागि कविता कुँवर र सम्झना खड्काले ७७ रनको साझेदारी गरे ।… पुरा पढौ

फेन्सिङमा गण्डकीलाई पहिलो पदक

पोखरा-नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङमा छ स्वर्ण पदकको छिनोफानो भईसकेको छ । सोमबार तीन स्वर्ण पदकको छिनोफानो हुदाँ मंगलबार थप तीन स्वर्णको प्रतिस्पर्धा टुंगिएको छ । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको प्रतिस्पर्धामा मंगलबार फेन्सिङ पुरुष व्यक्तिगत साबर तर्फ सशस्त्र प्रहरी बलका राजेन्द्र गजुरेलले स्वर्ण पदक जितेका छन् । उनले सातौंमा टिम इभेन्टमा रजत, ८ औ राष्ट्रिय प्रतियोगितामा टिम र एकल दुईमा रजत पदक जितेका थिए । साबरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रजत पदकमा चित्त बुझाएका थिए । विभागीय प्रतिस्पर्धामा गजुरेलले… पुरा पढौ

सुदुरसँग गण्डकी प्रदेश ६ विकेटले पराजित

पोखरा-घरेलु मैदानमा गण्डकी प्रदेशले पहिलो जित निकाल्ने प्रयास फेरी असफल बनेको छ । राष्ट्रिय महिला क्रिकेटमा पहिलो खेल जित्दै खुशीयाली मनाउने चाहना फेरी एकपटक अधुरै रह्यो । महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा गण्डकीमाथि सुदुरपश्चिमले ६विकेटको जित निकाल्यो ।छैटौं ओभरमा १५ रन खर्चिएपछि गण्डकी हार नजिक पुगेको थियो । टस हारेर व्याटिङमा उत्रिएको गण्डकीले ५ विकेटको क्षतिमा ५९ रनमा समेटिएको थियो । चौथो नम्बरमा आएकी सृष्टि जैसीले २८ रनको महत्वपूर्ण इनिङ खेल्दै रन उकास्न प्रयास गरिन् । ४८ बल खेल्दै… पुरा पढौ