गण्डकी

गण्डकी विजयी

स्याङ्जा-गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ ।वालिङमा जारी प्रतियोगिता अन्र्तगत दोसो खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको ३३ औ मिनेटमा गण्डकीकी शान्ती नेपालीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन् ।त्यस्तै खेलको ५८ औँ र ६६ औँ मिनेटमा उदया थापाले दोस्रो र तेस्रो गोल गरिन । पुरा पढौ

पुरुषमा गण्डकी र आर्मी भिड्ने, महिलामा आर्मी र एपीएफ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत घरेलु गण्डकी प्रदेश पुरुष ह्याण्डबलको फाइनलमा स्थान बनाएको छ। गण्डकीले लुम्बिनीलाई ५४–२१ गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको हो। गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे। अब, गण्डकीले विभागीय आर्मी र सशस्त्रबीचको सेमिफाइनल विजेतासँग स्वर्ण पदकका लागि शनिबार फाइनल खेल्नेछ। त्यस्तै, पुरुष ह्याण्डबल फाइनलमा विभागीय आर्मीले स्थान बनाएको छ। शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा आर्मीले अर्को विभागीय एपीएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। उक्त खेलमा एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल गरे।घरेलु गण्डकी… पुरा पढौ

लुम्बिनीमाथि आर्मीको सजिलो जित

पोखरा -नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । शुक्रबार लामाचौरस्थित लामाचौर खेल मैदान गोस्तेघाटमा भएको प्रतिस्पर्धमा आर्मीले ४–१ गोल अन्तरले पराजित गरेको छ । आर्मीका लागि पहिलो गोल दिनेश हेमजनले पहिलो गोल गरे । उनले खेलको १५ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए ।दोस्रो गोल भने आर्मीले उपहार प्राप्त गर्यो । दिपसन ठकरीको अत्मघाती गोलबाट आर्मीले अग्रता दोब्बर बनायो । जर्र्जप्रिन्स कार्कीले आर्मीका लागि अर्को गोल थप्दै लुम्बिनीमाथि दबाव बनाए… पुरा पढौ

गण्डकी र पुलिसको विजयी शुरुवात

पोखरा-प्रतियोगिता अन्र्तगत पुरुष भलिबलमा विभागीय टिम पुलिसले विजयी सुरुवात गरेको छ । साविक विजेता पुलिसले शुक्रबार पोखरा रंगशालास्थित कोर्टमा भएको उद्घाटन खेलमा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–११ मा सहज जित निकाल्यो । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा पुलिसले जितसँगै ३ अंक जोडेको छ । शुक्रबारको दोस्रो खेल गण्डकी प्रदेश र वाग्मतीबीच हुने छ । दोस्रो खेलमा गण्डकीले बागमतीलाई पराजित… पुरा पढौ

गण्डकी फाइनलमा

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत घरेलु गण्डकी प्रदेश पुरुष ह्याण्डबलको फाइनलमा स्थान बनाएको छ। गण्डकीले लुम्बिनीलाई ५४–२१ गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको हो। गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे। अब, गण्डकीले विभागीय आर्मी र सशस्त्रबीचको सेमिफाइनल विजेतासँग स्वर्ण पदकका लागि शनिबार फाइनल खेल्नेछ। पुरा पढौ

फेन्सिङमा आर्मी टिम च्याम्पियन

पोखरा-फेन्सिङको पुरुष ईपी टिम इभेण्टमा सशस्त्र प्रहरीलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको छ । शुक्रबार व्याडमिन्टन कोर्टमा भएको ईपी फाईनलमा विभागीय प्रतिस्पर्धामा आर्मीले सशसस्त्रलाई ४५–२८ स्कोरमा पराजित गर्दै स्वर्ण जितेको हो । बागमती र गण्डकीले कास्य पदकमा चित्त बुझाएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतफेन्सिङमा आर्मीले ५ स्वर्णसहित टिम च्याम्पियन बन्यो । बागमतीले ४ स्वर्णसहित दोस्रो स्थानमा, सशस्त्र प्रहरीबल दुई स्वर्ण सहित तेस्रो र एक स्वर्णसहित सुदुरपश्चिम चौथो स्थानमा रहेको छ । पुरा पढौ

सुदुरमाथि गण्डकीको सोझो सेटमा जित

पोखरा- म्याग्दीको बेनीमा आयोजित महिला राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले सुदुर पश्चिम प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीस्थित खेल मैदानमा आयोजित प्रतियोगितामा गण्डकीले सुदुर पश्चिमलाई २५–१८, २५–८ र २५–२२ को सेटमा पराजित गरेको थियो । बिहीबार उदघाटनसँगै एक खेल मात्रै आयोजना गरिएको थियो । प्रतियोगिताको उदघाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले गरेका थिए ।शुक्रबार तीन खेल हुने छ । पुरा पढौ

प्रदेश १ माथि गण्डकीको फराकिलो जित

पोखरा-ढिलो गरी शुरु भएको महिला हक्कीमा गण्डकी प्रदेशले प्रदेश नं १ लाई ७–० गोल अन्तरले पराजित गरेको छ । कमला पुनको ह्याट्रिक प्रेरिक गण्डकीले उदघाटन खेलमा सहज जित दर्ता गर्यो ।पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको खेल मैदानमा शुरु भएको प्रतिस्पर्धामा सोनु बरालको गोलबाट अग्रता लिएको थियो । उनले १३ औं मिनेटमा पहिलो गोल गरिन् । सविना पुन राना मगरले १५ मिनेटमा , १७ औं मिनेटमा कमला पुनले गरिन् । कमलाले २६ र ४२ औं मा गोल गर्दै ह्याट्रिक गरिन् ।… पुरा पढौ

एनआरएनको विजयी शुरुवात

पोखरा–१९ लामाचौरस्थित गोस्ते खेलमैदानमा बिहीबारदेखि फुटबल प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उदघाटन गरेको प्रतियोगितामा गैर आवासिय नेपाली(एनआरएन)ले प्रदेश नं १लाई पराजित गर्दै सुखद शुरुवात गरेको छ । एनआरएनले प्रदेश १ लाई २–० को कठिन जित निकाल्यो । एनआरएनका लागि सन्जोग राईले खेलको ९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । निकै प्रतिस्पर्धात्मक खेलमा एनआरएनले दोस्रो हाफमा दोस्रो गोल गर्दै जित पक्का बनायो । खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले गोल गर्दै जित सुनिश्चित… पुरा पढौ

उदघाटन खेलमा गण्डकी आर्मीसँग पराजित

पोखरा-नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा ढिलो गरी पुरुष हक्कीको खेल शुरु भएको छ । गण्डकी प्रदेशले उदघाटन खेल त्रिभुवन आमीलाई ४–० गोल अन्तरले पराजित भएको छ । ९ औं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । दोस्रो गोल पनि उनलै गरे । २८ औं मिनेटमा कार्कीले दोस्रो थप्दै अग्रता दोब्बर बनाए । ३७ औं मिनेटमा प्रदीप राजवंशीले गोल गरेपछि आर्मी ३–०ले अगाडि बढ्यो । अन्तिम गोल भने खेलको ४२ औं मिनेटमा रोमन… पुरा पढौ