मुख्य समाचार

काठमाडौं फाइनलमा, उपाधिका लागि धनगढीसँग खेल्ने

काठमाडौं । ललितपुर सिटी फुटबल क्लबलाई पराजित गर्दै काठमाडौं रेजर्स फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं उपाधि नजिक पुगेको हो । अब काठमाडौंले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । मेसौके जारी प्रतियोगितामा सर्वाधिक ७ गोल गर्ने खेलाडी पनि भएका छन् । यस्तै स्टेफेन बिनोङले काठमाडौं रेजर्सका… पुरा पढौ

च्याम्पियन्स लिगको फाइनल खेल स्थल परिवर्तन

पेरिस, वैशाख ३० (एएफपी)– प्रिमियर लिगको विजेता म्यानचेस्टर सिटी र चेल्सीबीच हुने च्याम्प्यिन्स लिगको फाइनलको खेल स्थल इस्तानबुलबाट पोर्तोमा सरेको आयोजक युईएफएले बिहीबार बताएको छ । मे २९ तारिखका दिन तय भएको प्रतियोगितामा ब्रिटेन सरकार र टर्कीको सरकारले गरेको कोरोना भाइरसको कारण बन्द गरेको आवत जावत बन्दको कारण प्रतियोगिताको स्थल परिवर्तन भएको हो । जारी सिजन २०२०–२१ अन्तर्गत युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल खेल टर्कीको राजधानी इस्ताबुलबाट पोर्चगलको पोर्तोमा सारिएको आयोजकले जनाएको हो । ‘हामीले व्रिटेन सरकारको निर्णयलाई मानेका छौं… पुरा पढौ

रोनाल्डो र डिबालाको शतकीय गोलको कोशेढुंगा

एजेन्सी-पोर्चुगिज स्टार युभेण्ट्स फरवार्ड क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका युवा खेलाडी पावलो डिबालाले क्लबको लागि शतकीय गोलको आकँडा बुधबार इटालियन सिरी ए अन्तर्गतपुरा गर्दा सासौलो माथि ३-१ गोलको सुखद नजिता निकालेको छ । रोनाल्डो र डिबाला दुवै क्लबको लागि समान ९९ गोलमा थिए । डिबाला भन्दा अघि रोनाल्डोले शतकीय गोल(१००) पुरा गरे । त्यसको २० मिनेटपछि डिबालाले गोल गर्दै आफुलाई उत्कृष्ट युवा स्ट्राईकरको छनक दिदैं शतकीय गोल पुरा गरे । एड्रिन रावियोटले २८ औं मिनेटमा पहिलो गोल गरे । उनको गोलसँगै… पुरा पढौ

रोमाञ्चक जित निकाल्दै ललितपुर दोस्रो क्वालिफयारमा

काठमाडौं । अञ्जन विष्टको निर्णायक गोलको मद्दतमा ललितपुर सिटीले राजधानीमा जारी नेपाल सुपर लिग (एनएसल)को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा भएको खेलमा अञ्जनले ६२औं मिनेटमा गरेको गोल निर्णायक बन्दा ललितपुरले दोस्रो क्लालिफायरमा स्थान बनाउन सफल भएको हो । पराजित भएसँगै बुटवल लुम्बिनीको नेपाल सुपर लिगको यात्रा इलिमेनेटरमा समाप्त भएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोली सुरुआतबाट नै आक्रमक देखिएका थिए । जितले मात्र अघिल्लो चरण प्रवेशको ढोका खुल्ने अवस्थामा दुबै टोली जितको खोजीमा मैदान… पुरा पढौ

पक्का भयो म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि

एजेन्सी । तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड गएराति लेस्टरसँग २–१ पराजित भएपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको प्रिमियर लिग उपाधि पक्का भएको छ । तालिकाको तेस्रो स्थानमा उक्लिएको लेस्टरले म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेपछि सिटीले तीन वटा खेल बाँकी छदैं उपाधि पक्का गरेको हो । शीर्ष स्थानमा रहेको सिटीको ८० अंक रहेको छ भने पराजित भएको म्यानचेस्टर युनाइटेडको ७० अंक रहेको छ । अब बाँकी रहेका तीन खेलमा सिटी पराजित भए पनि र युनाइटेडले तीन वटै खेल जिते… पुरा पढौ

काठमाडौंलाई हराउँदै धनगढी फाइनलमा

काठमाडौं । काठमाडाैं रेजर्समाथि अतिरक्ति समयमा रोमाञ्चक जित निकाल्दै धनगढी फुटबल क्लब राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ ले स्तब्ध बनाउँदै अन्तिम दुई स्थान बनाएको हो । पहिलो पटक नेपाल आयोजना भएको फ्रेन्चाईज प्रतियोगितामा धनगढीले काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै इतिहास रच्ने संघारमा पुगेको हो । निर्धारित ९० मिनेट दुबै टोलीले १–१ गोलको बराबरी खेले पछि खेल अतिरिक्त समय तिर धकेलिएको थियो ।… पुरा पढौ

खेल मैदान निर्माणको काम धमाधम

पोखरा-आर्थिक वर्ष सकिनै लाग्दा महानगरपालिकाको खेलकुद पूर्वाधार काम धमाधम गरिएको छ । कोरोनाको दोस्रो लहरले बजार क्षेत्र लपेटिएको अवस्थामा गाउँमा भने काम धमाधम गरिएको छ । पोखरा–२० आँटीघर मौजामा पोखरा महानगरपालिकाले उचाईको खेल मैदान निर्माण शुरु गरेको छ । फुटबल मैदान सहितको अन्य पूर्वाधार बनाईने छ । त्यसको आवश्यक विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गरिसकिएको छ । डिपिआर अन्तर्गत नै महानगरपालिकाले बजेट विनियोजन गरेर काम अघि बढाएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा खेल मैदानको लागि ५० लाख रुपैयाँ उपलब्ध गराइएको… पुरा पढौ

सेभियासँग रियाल बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस ला लिगामा रियाल मड्रिडले आइतबार अस्थायी मैदानमा सेभियासँग बराबरी खेल्दै अंक बाँडेको छ । आइतबार राति भएको खेलमा रियल सेभियासँग २–२ गोलको बराबरीमा खेल्दै अंक बाँडेको हो । भ्रमणकारी टोली सेभियाका लागि फेर्नान्डोको गोलबाट २२ औं मिनेटमा सेभियाले अग्रता बनाएको थियो । यस अघि १२औं मिनेटमा रियाल मड्रिडले गोल गरे पनि भिएआरी मान्यता दिएको थिएन । करिम बेन्जिमाले गरेको गोल रद्द भएको थियो । तर, खेलको ६७ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा… पुरा पढौ

चितवनमाथि काठमाडौंको स्ष्ट जित

काठमाडौं । चितवन एफसीमाथि जित निकाल्दै काठमाडौं रेजर्स तालिकाको शर्षि स्थानमा रहँदै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं प्ले अफमा प्रवेश गरेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले एक एक गोल गरे भने चितवनका राजिब लोप्चनले सान्तोवना गोल फर्काएका थिए । पराजय सँगै चितवन जारी प्रतियोगितामा जित विहिन हुँदै बाहिरिएको छ । ६ खेलबाट २ खेलमा… पुरा पढौ

मनाङ्गेको मन्त्री पद गुम्यो

पोखरा-मन्त्रीको सपथ खाँदै यो सरकार १०/१२ दिन टिक्ने अभिव्यक्ति दिएको गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनाङ्गे)को मन्त्री पद गुमेको छ । केवल दश दिने मन्त्री बनेका उनको १० दिने कार्यकाल मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आईतबार राजीनामा दिएसँगै उनी कामचलाउ हुन पुगे । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आफु विरुद्धको अविश्वासको प्रस्ताव पारित हुने छनक पाएपछि आईतबार मुख्यन्त्रीबाट राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुख सीता पौडेलले स्वीकृत गर्दै तीन दिनभित्रमा नयाँ सरकार गठनको आह्वान समेत… पुरा पढौ