मुख्य समाचार

म्यानयुले उपाधिका लागि भिल्लारियलसँग खेल्ने

एजेन्सी । इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपको दोस्रो ठूलो क्लब फूटबल प्रतियोगिता युरोपा लिगको फाइनल प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनल अन्तर्गतको दोस्रो लेगमा इटालियन क्लब रोमासँगको ३–२ गोलले पराजित भएपनि समग्रमा ५–८ को नतिजासहित युनाइटेड फाइनल प्रवेश गरेको हो । गए राति रोमाको मैदानमा घरेलु टिमलाई जिताउन इडिन डजेको, ब्रयान क्रिस्टेनले समान एक गोल गरे भने रोमाले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । युनाइटेडका लागि भने इडिन्सन काभानीले दुई गोल गरेका थिए । खेलको ३९औँ मिनेटमा काभानीले… पुरा पढौ

नाटकीय जित निकाल्दै काठमाडौं प्लेअफमा, चितवनको पहिलो जित

काठमाडौं । ललितपुर सिटी एफसीले राजधानीमा जारी नेपाल सुपर लिगमा पहिलो जित निकाल्दा दिनको दोस्रो खेलमा काडमाडौं रेजर्स विराटनगर सिटी फुटबल क्लबविरुद्ध नाटकीय जित हात निकालेर प्लेअफमा पुग्ने दोस्रो टोली भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा लुम्बिनी फुटबल क्लबलाई पराजित गर्ने क्रममा ललितपुरले १–० को रोमाञ्चक जित निकालेको हो । दोस्रो खेलमा नाटकीय जित हात पार्दा काठमाडौं रेजर्सले विराटनगर सिटीलाई ५–४ ले हराउँदै प्लेअफमा स्थान बनाएको हो । नाटकीय जितमा काठमाडौं रेजर्सले २–० ले पछि परेको अवस्थामा… पुरा पढौ

दुई ईंग्लिस क्लब बीच उपाधि प्रतिस्पर्धा

एजेन्सी-च्याम्पियन्स लिगको उपाधिको लागि दुई ईग्लिस प्रिमियर क्लब भिड्ने निश्चित भएको छ । म्यानचेष्टर सिटीले फ्रान्सेली क्लब पिएसजीलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा अर्का ईग्लिस क्लब चेल्सीले पनि स्पेनिस जायन्ट रियल मड्रिडलाई पराजित गर्दै उपाधि निकट पुगेका हुन् । सिटी प्रिमियर लिगको उपाधिको संघारमा छ । गएराती भएको रियल मड्रिड विरुद्धको घरेलु मैदानमा चेल्सीले २-० गोलले पराजित गर्दै उपाधिको दावेदारिता प्रस्तुत गरेको हो हा । फ्रायंक लाम्पार्डलाई बर्खास्त गरेपछि चेल्सीले प्रिमियर लिग र च्याम्पियन्स लिगमा प्रभावशाली खेल देखाउँदै आएका छ… पुरा पढौ

पोखरामाथि रोमाञ्चक जित निकाल्दै धनगढी प्लेअफमा

काठमाडौं- पोखरा थन्डर्समाथि १–० को रोमाञ्चक जित निकाल्दै धनगढी फुटबल क्लब पहिलो संस्करणको फ्रोन्चाईज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा स्थान बनाएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले पोखरा थन्डर्समाथि संघर्षपूर्ण जित निकाल्दै प्लेअफमा स्थान बनाएको हो । जितको खोजीमा रहेका दुबै टोली सुरुआतबाट नै आक्रमक देखिएका थिए । पहिलो हाफमा दुबै टोली राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुके । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा धनगढीले दोस्रो हाफमा अग्रता लिएको… पुरा पढौ

काठमाडौं रेजर्सको रोमाञ्चक जित

काठमाडौं- बुटवल लुम्बिनी क्लबलाई हराउँदै काठमाडौं रेजर्स राजधानीमा जारी खुकुरी नेपाल सुपर लिग (एनएसएल) तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न प्रतिस्पर्धाबाट काठमाडौंले बुटवललाई १–० ले स्तब्ध बनाउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । पाँचौं मिनेटमा नै विदेशी खेलाडी स्टेफेन बिनोङले गरेको गोल निर्णायक बन्दा काठमाडौंले तालिकामा स्थान सुधार गर्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ । महत्वपूर्ण तीन अंक जोड्दा सुदिल राईको लामो पासमा गोलरक्षक विशाल श्रेष्ठ अगाडि बढेको मौकालाई विट गर्दै स्टेफेनले सहज… पुरा पढौ

कोरोनाले थलियो खेलकुद पूर्वाधारको काम

पोखरा-कोरोनाले पोखरा रंगशालास्थित फुटबल मैदान तथा प्यारापिट निर्माण कार्य एकवर्षदेखि थलिएको छ । काम फत्ते भएर राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरण गरिनुपर्ने समयमा एकवर्षदेखि कामको प्रगति हुनै सकेको छैन् । पछिल्लो समय कोरोनाको महामारी बढ्दै गएपछि भारतबाट आउनुपर्ने प्राविधिकहरु आउन सकेका छैनन् । यस अघि पनि विभिन्न समयमा भारतमा भएको लकडाउनकै कारण प्राविधिकहरु पोखरा आउन नसक्दा काम अघि बढ्न सकेन् । कोरोनाकालमै भौतिक पूर्वाधार निर्माणको प्रगति बढीमा ३÷४ प्रतिशत मात्रै भएको ठेकेदार कम्पनीले जनाएको छ । फुटबल मैदान र प्यारापिट निर्माणको… पुरा पढौ

आईपिएल अनिश्चितकालका लागि स्थगित, खेलाडीमा संक्रमण ह्वात्तै बढ्याे

एजेन्सी । खेलाडीहरुमा कोरोना भाइरसकाे संक्रमण बढे्सँगै भारतमा जारी इन्यिन प्रिमियर लिग अनिश्चित कालका लागि स्थगित भएको छ । कोरोना भाईरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको हो । जारी आईपिएलका केही टोलीका खेलाडी र अफिसियललाई कोरोना संक्रमण पुष्टि भएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले प्रतियोगिता अनिश्चित समयका लागि स्थगित गर्ने जनाएको हो । पछिल्लो पटक कोलकत्ता नाइट राईडर्सका दुई खेलाडी, चेन्नई सुपर किङ्सका तीन अफिसियल र सनराइजर्स हैदरावादका एक खेलाडीमा कोरोना देखिएको छ । हालसम्म आईपीएलका सात खेलाडीमा… पुरा पढौ

चितवनमाथि विराटनगरको रोमाञ्चक जित

काठमाडौं, वैशाख २० । एफसी चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनर सिटी फुटबल क्लब राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगर सिटीले चितवनमाथि २–० को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलेको विराटनगरले दोस्रो हाफमा आक्राम खेल पस्किएको थियो । काउन्टर गर्दै चितवनलाई दबाब दिएको विराटनगरका लागि पेड्रो मान्जी क्रुजले ७३ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता निकालेका थियो । त्यसपछि ८९ औं… पुरा पढौ

कोरोनाले रोकियो प्रदेशस्तरीय आर्चरी च्याम्पियनसिप

पोखरा-कोरोनाको दोस्रो लहरसँगै आयोजनाको तयारीमा रहेको खेलकुदका प्रतियोगिता रोकिएको छन् । कास्की जिल्ला आर्चरी संघले गण्डकी प्रदेशस्तरीय पहिलो पटक आर्चरी च्याम्पियनसिपको तयारी गरेपनि कोरोनाकै कारण स्थगित गरिएको छ । संघले बैशाख १८ र १९ गते दुई दिन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेपनि कोरोनाको संक्रमण बढ्दै गएपछि स्थगित गरिएको संघका अध्यक्ष योगेन्द्र शेरचनले सुनाए । ‘प्रदेशस्तरीय र्आचरी च्याम्पियनसिप गर्ने तयारीमा थियौं । कोरोनाको संक्रमणको दोस्रो लहरले रोकिन पुग्यो ।’ उनले भने–‘दर्शक विहीन प्रतियोगिता आयोजना गर्ने योजना बनाएपनि खेलकुद समितिले स्वीकृति दिएन्… पुरा पढौ

स्पष्ट जित निकाल्न ललितपुर अझै असफल

काठमाडौं-पोखरा थन्डर्स र ललितपुर सिटीले राजधानीमा जारी खुकुरी नेपाल सुपर लिगमा आज गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरीमा रोकिएको ललितपुर सिटीले आज पनि स्पष्ट अंक जोड्न असफल रहयो । आफ्नो चौथो खेलमा पनि जित निकाल्न असफल ललितपुर सिटीले खेल अवधिभर पाएका केही सुन्दर मौकालाई सदुपयोग गर्न नसक्दा जित आत्मसात गर्न चुकेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुबै टोलीले आक्रामक सुरुआत गरेका थिए । यद्यपि केही मिनेटको खेलपछि… पुरा पढौ