मुख्य समाचार

दिल्लीलाई १५३ रनको चुनौति

अबुधावी, जायद(एजेन्सी)-जित्नै पर्ने दबावका बीच निकै महत्वपूर्ण खेलमा रोयल च्यालेन्ज बैंग्लोरले दिल्ली क्यापिटल्सलाई १५३ रनको लक्ष्य दिएको छ । आईपिएलको ५५ औं खेल अन्तर्गत सोमबार अबुधावीस्थित जायद क्रिकेट मैदनमा भएको खेलमा पहिलो विकेट सस्तैमा गुमाएको रोयलले दोस्रो विकेटको लागि कप्तान विराट कोहली र देवीदत्त पड्डीकल बीच ५७ रनको साझेदारी गर्दै उकास्ने प्रयास गरे । रविचन्द्र अश्विनले विराट कोहलीलाई २९ रनमा पभेलियन तर्फ पठाएपछि साझेदारी टुट्यो । पड्डीकलले अर्धशतक पुरा गरे । ४१ बल खेल्दै ५० रन बनाउँदै खेलिरहँदा उनी एनरिच… पुरा पढौ

युनाईटेड घरेलु मैदानमा पराजित

एजेन्सी-आर्सनलले म्यानचेष्टर युनाईटेडकै घरेलु मैदान ओल्ड ट्राफोर्डमा १४ वर्षपछि जित निकालेको छ । ईंग्लिस प्रिमियर लिगकोअवे खेलमा आसर्नलले युनाईटेडमाथि १-० गोलले पराजित गर्न झण्डै १४ वर्ष कुर्नुपरेको थियो । इतिहास कोर्ने क्रममा आर्सनलका पिएरे इमरिक औबुमेयांगले पेनाल्टी मार्फत गोल गर्दा फ्रान्सेली स्टार युनाईटेडमा मिडफिल्डर पाउल पोग्बा भने खेलमा खलनायक बनिदिए । उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफ गोल रहित टुग्याउँदा गोल गर्ने महत्वपूर्ण अवसर दुवैले गुमाउन पुगे । दोस्रो हाफ शुरु भएपछि पोग्बाले पेनाल्टी बक्सभित्र फउल गरेपछि खलनायकको रुपमा देखिए ।… पुरा पढौ

युभेन्टसको सानदार जित

एजेन्सी-कोरोनामुक्त भएपछि बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका क्रिष्टियानो रोनाल्डोले दई गोल गरेपछि युभेन्ट्सले स्पेजियामाथि ४-१ गोलको सानदार जित दर्ता गरेको छ । अल्भारो मोराटाको गोलबाट अग्रता लिएको युभेन्ट्सले ३२ औं मिनेटमा बराबरी गोल खाएपछि दोस्रो हाफ प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको थियो । रोनाल्डोको झण्डै तीनसातापछि मैदानमा कमब्याक भएपछि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने क्रममा बैकल्पिक रुपमा मैदान छिरेको तीन मिनेटमै गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । १४ औं मिनेटमा मोराटाले गोल गर्दा युभेन्ट्सले भने ३२ औं मिनेटमा बराबरी गोलसँगै पहिलो हाफ… पुरा पढौ

साउथह्यामटनको प्रतिस्पर्धात्मक जित

एजेन्सी-साउथह्यामटनले ईंग्लिस प्रिमियर लिग अन्तर्गत आईतबार साँझ एस्टन भिल्लामाथि प्रतिस्पर्धात्मक जित रच्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । टोटनह्यामसँगको खेलमा दोस्रो हाफमा कमब्याक गर्दै बराबरी गरेर अंक बाँडेको साउथह्यामटनले एस्टन भिल्लामाथि आईतबार ४-३ गोलको फराकिलो जित निकाल्दै अंंक तालिकामा फड्को मार्यो । पहिलो हाफमै एकपछि अर्को गोल थप्दै पहिलो हाफमै ३-० गोलको अग्रता लिएको थियो । २० औं मिनेटमा जेनिक भेष्टरगार्डले गोल गर्दै दिलाएको अग्रतामा जेम्स वार्ड प्रोसेले थप दुई गोल गर्दै फराकिलो अन्तर राखे । प्रोसेले व्यक्तिगत पहिलो गोल… पुरा पढौ

चेन्नईसँग किंग्स इलाभेन पन्जाबको नमिठो हार

एजेन्सी-प्ले अफको सम्भाबना बोकेको किग्स इलाभेन पन्जाब चेन्नई सुपरकिग्ससँग पराजयसँगै सिजनको आईपिएल टुंग्याएको छ । दुवैले समान १४ खेलमा १२ अंक जोड्दै प्ले अफबाट बाहिरिन पुग्दा दुबैको खेल प्रतिष्ठासँग मात्रै जोडिन पुग्यो । छैटौं नम्बरमा व्याटिंग गर्न आएको दिपक होडाले अर्धशतकीय पुरा गर्दै पन्जाबलाई ६ विकेटको क्षतिमा १५३ रनको योगफल पुरयाउने भूमिका खेले । होडाले अविजित ६२ रन बनाउने क्रममा ३० बल खेल्न पुगे । ३ चौका र ४ छक्का स्कोरकार्डमा लेखिदाँ ओपनर केएल राहुल र मायांक अग्रवालले पहिलो विकेटको… पुरा पढौ

म्यानचेष्टर युनाईटेड र आर्सनल भिड्दै

एजेन्सी-आज राती म्यानचेष्टर युनाईटेड युनाईटेडले ईग्लिस प्रिमियर लिगमा आर्सनलसँग भिड्दै छ । दुवैको सिजन खासै प्रभावशाली देखिएको छैन् । युनाईटेड लिगको १५ औं स्थानमा छ । आर्सनल भने १२ औं स्थानमा । दुई बीच केवल २ अंकको मात्रै फरक छ । आर्सनल ९ अंक लिएर बसेको छ भने युनाईटेड ७ अंकमा छ । प्रिमियर लिगमा बलियो क्लबको रुपमा अनुमानित गरिएपनि खेल भने उस्तै बलियो भने देख्न पाईएको छैन् । आर्सनल भन्दा युनाईटेडले एक खेल कम खेलेको अवस्था छ । पछिल्लो… पुरा पढौ

बार्सिलोना अल्भाससँग बराबरी

एजेन्सी-दश खेलाडीमा सीमित अल्भाससँग बार्सिलोनाले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेको छ । बार्सिलोनालाई जोगाउन भने एन्टोनोई ग्रिजमनले पुनरागमन गोल गरेका थिए । स्पेनिस ला लिगा अन्तर्गत आईतबार विहान भएको खेलको पहिलो हाफमै बार्सिलोना पछि परेको थियो । गोल फर्काउँदै खेलमा फर्किने निकै कोशिस गरेको बार्सिलोनाको लागि ग्रिजमनले बराबरी गोल गर्दै बार्सिलोनाको इज्जत जोगाए । ३१ औं मिनेटमा अल्भासका लागि लुईस रिओजाले गोल गर्दै बार्सिलोना विरुद्ध अग्रता बढाए । तर दोस्रो हाफमा दश खेलाडीमा सीमित हुन पुगेपछि बार्सिलोनाल आक्रमणको… पुरा पढौ

रियल मड्रिडको जितमा बेन्जेमाको दुई गोल

एजेन्सी-रियल मड्रिडले स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुएस्कामाथि सहज जित निकाल्ने क्रममा ४-१ गोलले पराजित गरेको छ । पहिलो हाफ हुनु अघि दुई गोल गरेको रियलले दोस्रो हाफमा दुई गोल गर्दा अर्को गोल सामना गर्न पुग्यो । रियलको लागि लामो समयपछि टोलीमा फर्किएका इडेन हाजार्डले पहिलो गोल गरे । ४० औं मिनेटमा डिबक्स लाईन नजिकैबाट हानेको लेफ्ट फुटेट सट कर्भ हुदैं फष्टबार च्याप्दै जाली चुम्न पुगेपछि रियलले स्पष्ट अग्रता लिएको थियो । हाजार्डलाई फेडरिको भल्भेर्डेले सट पास दिएका थिए ।… पुरा पढौ

सिटीको जितमा वाकेरको निर्णायक गोल

एजेन्सी-कायली वाकरको निर्णायक गोलमा ईंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले सेफिल्ड युनाईडलाई शनिबार राती १- ० गोलले पराजित गरेको छ । सिटीका भरपर्दा मिडफिल्ड केभिन डी ब्रुनेको पासमा वाकरले निर्णायक गोल गरेका हुन् । उनले खेलको २८ औं मिनेटमा दायाँ खुट्टाले हानेको बल पोष्टभित्र छिरेपछि सिटीले अग्रता लिएको थियो । ३९ औं मिनेटमा सेफिल्डका रियान बे्रष्टरले हानेको हेडिङ खेर गएको थियो । उनलाई सान्डर बर्गेले मिलाईदिएको पासलाई सदुपयोग गर्न सकेनन् । ४९ औं मिनेटमा सिटीले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।… पुरा पढौ

दिल्लीमाथि मुम्बईको सानदार जित

दुबाई(एजेन्सी)-दिल्ली क्यापिटल्सलाई आईपिएलको अर्को खेलको नजिताले प्ले अफको सम्भावना देखिएको छ । त्यसपनि अझ स्पष्ट रन रेटमा भर पर्ने देखिएको छ । मुम्बई इण्यिन्ससँग शनिबार साँझ पराजित भएसँगै दिल्लीको प्ले अफको सम्भावना अर्काको खेलको नजितामा भर पर्नुपर्ने अवस्था सृजना भएको छ । १११ रनको लक्ष्य पछ्याएको मुम्बईले ओपनर ईशान किसनको अर्धशतकीय पारीको महत्वपूर्ण इनिङमा मुम्बईले १ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । ओपनर क्विन डिककलाई २६ रनमा गुमाएको मुम्बईको इनिङ ्सलाई किसनले सम्हाल्दै जितसम्म डोहोर्याए । उनले अविजित ७२ रन… पुरा पढौ