मुख्य समाचार

आर्मीको दोश्रो जित

काठमाडौ(खेलाडी न्युज)एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ए अन्तर्गत त्रिभुवन आर्मीले लगातार दोस्रो जित हासिल गरेको छ । टियू क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा आर्मीले प्रदेश नम्बर १ लाई १०६ रनले पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिताको खेल वर्षाले प्रधावित भएपछि ४५ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले आठौं नम्बरमा ब्याटिङमा आएका कप्तान बिनोद भण्डारीको विष्फोटक पारीको सहयोगमा निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर २२५… पुरा पढौ

विमला र कमल पोखरा वर्ष खेलाडी घोषित

पोखरा(खेलाडी न्युज)-सितेरियो कराँतेकी विमला नेपालीले वर्ष उत्कृष्ट खेलाडी महिलाको उपाधि जित्दा पुरुष वर्ष खेलाडीबाट शारीरिक सुगठन संघका खेलाडी कमलबहादुर भण्डारी घोषित भए । उनीहरु दुवैले तेस्रो संस्करणको उपाधिसँगै टिभिएसको विगो स्कुटर र अपाचे मोटरसाईकल पुरस्कार स्वरुप पाए । वर्ष उत्कृष्ट खेल पर्यटन पत्रकारिता पुरस्कारबाट भने नागरिककर्मी सन्तोष पोखरेल सम्मानित भएका छन् । पोखरेल नागरिक दैनिक पोखराका व्युरोप्रमुख हुन् । नागरिक दैनिकमा स्थापनाकालदेखि नै पोखरामा रहेर पर्यटन र खेलकुद क्षेत्रमा कलम चलाउँदै आएका छन् । खेलकुद पत्रकार मन्च कास्कीद्वारा आयोजित तेस्रो… पुरा पढौ

कास्की ११ नुवाकोट प्रस्थान, आज काठमाडौं ११ सँग खेल्ने

पोखरा(खेलाडी न्युज)-नुवाकोटमा भईरहेको नुवाकोट गोल्डकपको लागि कास्की जिल्ला फुटबल संघको टिम नुवाकोट प्रस्थान गरेको छ । कास्की ११ ले आज काठमाडौ ११ सित प्रतिस्पर्धा गर्ने छ । कास्की ११ टिमको नेतृत्व उत्तम गुरुङले गरेका छन् । उनीसँगै राजुबावु मगर, दिप कार्की, लक्ष्मण जिसी, विमल बस्नेत, मनबहादुर तामाङ, फ्लोरेन्ट, अब्बा, विमल राना, विश्व अधिकारी, अन्जन देवकोटा राहुल गुरुङ, हेमन्त गुरुङ, लक्ष्मण रुचाल, अजित गुरुङ त्रिदेव गुरुङ, विसन गुरुङ रहेका छन । प्रशिक्षकमा किरण श्रेष्ठ र व्यवस्थापकमा नर गुरुङ र सुवास गुरुङ… पुरा पढौ

आज तेस्रो पोखरा स्पोर्टस अवार्ड

पोखरा(खेलाडी न्युज)-आज स्पोर्टस अवार्ड । तीन खेलाडी र एक प्रशिक्षक पुरस्कृत हुने छन् । संघको पुरस्कार भने व्याडमिन्टन संघलाई प्रदान गर्ने यसअघि नै निर्णय भईसकेको छ । लाईफ टाईम अचिभमेन्ट अवार्ड भने कास्कीमा हकी र क्रिकेटको जग बसाल्ने प्रा. डा. विरेन्द्रसिंह गुरुङलाई प्रदान गर्ने खेलकुद पत्रकार मन्च कास्कीले निर्णय गरिसकेको छ । खेलकुद पत्रकार मन्च कास्कीद्वारा आयोजित अवार्ड तेस्रो सस्करण हो । पोखरा स्पोटर््स् अवार्डको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारिरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुन मगर… पुरा पढौ

तेस्रो पोखरा स्पोर्टस अवार्ड, उपाधिको पर्खाईमा

धन बस्नेत, पोखरा(खेलाडी न्युज)-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति बिस्तारै नजिकिदैं गएको छ । राष्ट्रिय प्रतियोगिताको लागि खेलाडीले पनि आन्तरिक तयारी गर्ने अभियानमा छन् । खेलाडीलाई अझ उर्जाशिल बनाउन खेलकुद पत्रकार मञ्च कास्की पुरस्कार थमाउने संघारमा छ । मञ्चले आगामि शुक्रबार तेस्रो संस्करणको पोखरा स्पोर्टस अवार्ड गर्दैछ । स्पोर्टस अवार्डलाई बतास ब्रदर्शले साथ दिदैं उत्कृष्ठ महिला तथा पुरुष खेलाडीलाई मोटरसाईकल प्रदान गरेर साथ दिएको छ । कास्कीका महिला खेलाडीले महिलाको विभिन्न विधामा स्वर्ण पदक जितिसकेको अवस्था छ । कास्की वर्ष महिला… पुरा पढौ

हरिको अलराउण्डर प्रदर्र्शनमा प्रदेश १ माथि प्रभावशाली जित

काठमाडौं (खेलाडी न्युज) १०० रन । बलिङमा चार विकेट । ह्याट्रिक सहित । हरि चौहानले प्रतियोगिताकै पहिलो शतकीय पारी खेल्दै ह्याट्रिक समेत लिए । क्रिकेटमा विरलै देख्न पाईने लोभलाग्दो प्रदर्शन भने प्रधानमन्त्री कपमा प्रदेश न. ४ का खेलाडी हरि चौहानले देखाए । अघिल्ला दुई खेलमा पराजित भएको प्रदेश न. ४ ले आज भने प्रदेश नं १ लाई वर्षेनी सम्झने गरी १२९ रनको फराकिलो जित निकाल्यो । एक दिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश नं ४ ले टस जित्दै व्याटिङमा उत्रिदाँ ओपनर तथा… पुरा पढौ

ह्याण्डबल कोर्ट बनाउन ९० लाख सुनिश्चितताको बजेट

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाभित्र अर्को पुर्वाधारको काम शुरु गरिएको छ । रंगशालाभित्र छुट्टाइएको जग्गामा ह्याण्डबलको कोर्ट निर्माण शुरु गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले सुनिश्चितताको बजेट मार्फत ९० लाख रुपैयाँ उपलब्ध गराएपछि जिल्ला खेलकुद विकास समिति कास्कीले निर्माण शुरु गरेको हो । ‘सुनिश्चिततको बजेट आएको छ । जेठ २५ गतेभित्रमा रकम निकासाको लागि काम शुरु ग¥यौं’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने—‘उपभोक्ता समिति मार्फत काम गरिएको हो । तर उपभोक्ता समिति भने गठन गरिसकिएको छैन् ।’ उनका अनुसार… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेटमाप्रदेश १ र ३ को जित

काठमाडौं (खेलाडी न्युज) काठमाडौंमा जारी एक्सेल्सिया कलेज प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तेस्रो दिन मंगलबार प्रदेश १ र ३ विजयी भएका छन् । समूह बी अन्तर्गतको खेलमा प्रदेश ३ ले प्रदेश ६ माथि तीन विकेटको जित दर्ता ग¥यो । यस्तै समूह ए अन्तर्गत मंगलबारै भएको खेलमा प्रदेश १ ले प्रदेश ४ लाई ७६ रनले पराजित ग¥यो । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालयको व्यवस्थापनमा भइरहेको प्रतियोगिताअन्तर्गत कीर्तिपुरमा भएको खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश ६ ले ४७।४ ओभरमा अलआउट… पुरा पढौ

पोखरामा जिम्न्याष्टिक तालिम शुरु

पोखरा,(खेलाडी न्युज) जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीको अयोजनामा पोखरामा मंगलवार देखि जिम्न्याष्टिक्स तालिम शुरु भएको छ। कोरियोग्राफ्री वकर्सप, लेसन फर स्कूल एण्ड किन्डरगारेन्टस् टिचर, वल्ड एज्ड कार्यशाला गोष्ठि सहित तालिम शुरु भएको हो। तालिम बुधवार सम्म चल्ने छ। तालिममा जर्मनी प्रशिक्षक रिनीहेसिचर टर्नवण्ड(जिएफए,डिटिवी) डेटलेफ मनाको समूह र नेपाल जिम्न्याष्टिक्स महासंघका महासचिव प्रकाशलाल श्रेष्ठद्धारा प्रशिक्षण दिइएको छ। तालिममा प्रशिक्षण दिन जर्मनी प्रशिक्षक मना सहित १६ जना जर्मनी समूह रहेको छ। निजी तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, प्रिन्सीपल गरी १ सय जना सहभागिता… पुरा पढौ

८ किलोमिटर सडक दौडमा आर्मीका बस्नेत प्रथम

पोखरा(खेलाडी न्युज)- सृजना विकास केन्द्र, सिमलचौर पोखरा–८ को आयोजनामा ८ किलोमिटर खुल्ला दौड प्रतियोगितामा नेपाली सेनाका धावक रामजी बस्नेत प्रथम भएका छन् । ११ औं गणतन्त्र दिवस अवसर अवसरमा भएको दौड प्रतियोगितामा फूलबारी व्यारेकका बस्नेतले २४ मिनेट ५८ सेकेण्डमा पूरा गरी प्रथमभ भएका हुन् । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा नेपाल प्रहरीका भूमिराज राई दोस्रो र नेपाली सेनाका सुवास कार्की तेस्रो भए । उनीहरुले २५ मिनेट ३४ सेकेण्ड तथा २५ मिनेट ४३ सेकेण्डमा दूरी पूरा गर्दै क्रमशः ७… पुरा पढौ