मुख्य समाचार

सोमपालले लिए बावरको विकेट

पोखरा(खेलाडी न्युज)— पेस बलर करण केसीले दशौं ओभरमा दश रन दिएपछि हङकङले २ विकेटको क्षतिमा ५३ रन बनाई खेलिरहेको छ । बावर हायातले दशौं ओभरमा केसीको बलिङमा रन जोड्े । तर उनी सोमपाल कामीको हातबाट आउट भए । उनी २० रनमा आउट हुन पुगे । उनी हङकङका महत्वपूर्ण व्याट्सम्यान हुन् । बसन्त रेग्मीले हङकङको पहिलो विकेट लिएका छन् । उनले २१ बल खेल्दै ९ रन जोड्ने क्रममा क्रिष्टिफर कार्टरलाई पवेलियन फर्काए । नेपालका कप्तान पारस खड्काले रन रोक्ने रणनीति बनाईरहेका… पुरा पढौ

सुपरसिक्स पुग्ने बाटो खोज्दै नेपाल

पोखरा(खेलाडी न्युज)— बसन्त रेग्मीले पहिलो ओभर बलिङ गर्दै हङकङको पहिलो विकेट लिएका छन् । उनले २१ बल खेल्दै ९ रन जोड्ने क्रममा क्रिष्टिफर कार्टरलाई पवेलियन फर्काए । नेपालले टस हारेर बलिङ गर्दै छ । आज दुवैको लक्ष्य सुपरसिक्सको हुने छ । हङकङलाई जितमात्रै पुग्छ तर नेपाललाई जितपनि फराकिलो हुनुपर्छ । नेपाली बलरले निकै किफायति बलिङ गर्नुपर्ने खाँचो छ । सोमपाल कामीले पाँचौ ओभरमा वाईडमा चौका दिए । रन रोक्दै सस्तैमा समेट्नुपर्ने आवश्यकता छ । त्यसले गर्दा फराकिलो जित सम्भव हुने… पुरा पढौ

सुपरसिक्सको लागि फराकिलो जितको विकल्प छैन

पोखरा(खेलाडी न्युज)—नेपालले आज विश्वकप छनोट क्रिकेट अन्तर्गत हङकङसँग अन्तिम खेल खेल्दै छ । अन्तिम खेलले नेपाली क्रिकेटको भविष्य तय गर्ने छ । फराकिलो जितले सुपरसिक्सको सम्भावनालाई कायमै राख्छ । एकदिवसीय मान्यता समेत पाउँछ । पराजित भएको अवस्थामा सातौंको लागि खेल्दै जित निकाल्न सकेको अवस्थामा पनि एकदिवसीय खेलको मान्यता आत्मसात गर्दै नेपाल स्वदेश फर्किने छ । आज विश्वकप छनोट पूर्वको खेलमा क्यानडालाई पराजित गर्दाको अवस्था दोहोरिनेमा धेरैले आशा गरेका छन् । हङकङलाई न्युनतम रनमा रोक्दै राम्रो रनरेट बनाई जित्ने रणनीति आज… पुरा पढौ

ओजिलले बनाए प्रिमियर लिगमा गोलको एशिष्ट गर्ने खेलाडीको रकेर्ड

एजेन्सी—आर्सनलका प्लेमेकर मेसुट ओजिलले इंग्लिस प्रिमियर लिग सर्वाधिक गोलको लागि पास (एशिष्ट) दिने खेलाडीको रेकर्ड बनाएका छन् । आईतबार साँझ वाटफोर्ड विरुद्ध आर्सनलले शाखद्रान मुस्ताफीको गोलमा अग्रता लिएको थियो । जुन गोलको अवसर प्रिमियर लिगमा उनको ५० औं सहयोग(एशिष्ट) हो । जर्मनीका २९ वर्षिय ओजिलले १४१ औं खेलमै मुस्ताफीलाई प्राप्त त्यो महत्वपूर्ण अवसरले एरिक कान्टोनाको अहिले सम्मकै रेकर्ड ब्रेक हुन पुगेको हो । यसअघि म्यानचेष्टर युनाईटेडका फडवार्ड एरिक कान्टोनाले १४३ खेलमा किर्तिमान बनाएका थिए । गत बिहीबार एसी मिलानमा युरोपा… पुरा पढौ

शसस्त्र प्रहरीमाथि नेपाल पुलिस हावी

बुटवल(खेलाडी न्युज)—तेज तामाङको निर्णायक गोलमा नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकपको क्र्वाटरफाईनल समीकरण पुरा गर्दा शसस्त्र प्रहरी बल भने बाहिरिएको छ । २० औं सस्करणको गोल्डकपको आईतबार विभागीय डर्बीमा शसस्त्र प्रहरी बलमाथि नेपाल पुलिस क्लबको युवा जोश उपाधि उचाल्न योग्य देखियो । अन्तिम चारमा आफनो स्थान पक्का गर्न पुलिसले झण्डै सवा घण्टा कुर्नु पर्यो । तेज तामाङले ७२ औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाउँदा निर्धारित समय टुंगिदाँ निर्णायक हुन पुग्यो । देवीनगरस्थित एन्फा कम्प्लेक्समा आईतबार भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले… पुरा पढौ

अफगानिस्तानको भाग्य नेपालको हातमा, हङकङलाई जिते प्लेअफमा एकदिवसीय मान्यताको लागि खेल्न पाउने

पोखरा(खेलाडी न्युज)—नेपालले विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत भोलि अन्तिम खेल हङकङसँग खेल्दै छ । हङकङसँगको खेलले नेपालको भविष्य नेपालसँग मात्रै नगाँसिएर अफगानिस्तानसँग समेत गाँसिएको छ । नेपालले झिनो अन्तरले जितेको अवस्थामा त्यसको प्रत्यक्ष फाईदा अफगानिस्तानलाई पुग्ने छ । किन कि अफगानिस्तानको नेट रनरेट राम्रो छ । नेपालले हङकङलाई जितेको अवस्थामा एकदिवसिय मान्यता पाउने सम्भावना भने जिवितै रहन्छ । समूह बी बाट स्कटल्याण्डजस्तै समूह एबाट युएई र बीबाट हङकङले सुपरसिक्समा स्थान बनाएको अवस्थामा नेपालले एकदिवसीय मान्यता पाउने बाटो रोकिन्छ । जसमा… पुरा पढौ

मुवाँथाइ टोली थाइल्यान्ड प्रस्थान

पोखरा(खेलाडी न्युज)-पन्ध्रौं विश्व मुवाँथाई च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली आइतबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । मार्च ११ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा विगेन दराईं, राहुल ठोकर लामा, गुणराज रुचाल, सलोम सादा लेप्चा जैसी, धनकृष्ण श्रेष्ठ र सुरेश टकोले प्रतिस्पर्धा गर्ने छन् । प्रमुख प्रशिक्षकमा राष्ट्रिय मुवाँथाई संघ नेपालका अध्यक्ष गणेश कक्षपति, सहायक प्रशिक्षकमा वज्र लामा, व्यवस्थापकमा उमेशकुमार खड्का तथा अफिसियलमा निलम अधिकारी रहेका छन् । टोलीलाई गृह मन्त्री रामबहादुर थापाले एक कार्यक्रमबीच बिदाइ गरे । पुरा पढौ

मेस्सी तेस्रो सन्तानका पिता, मालागा विरुद्धको खेलमा अनुपस्थित

एजेन्सी—अर्जेन्टियन प्लेमेकर एवं बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेस्सी तेस्रो सन्तानका बावु बनेका छन् । तेस्रो सन्तान भएपछि उनी गएराती मालागा विरुद्धको खेलमा अनुपस्थिति देखिए । उनले व्यक्तिगत कारण देखाउँदै अनुपस्थित भएका थिए । उनका यसअघि नै दुई सन्तान छन् । गतवर्ष २०१७को अक्टोबरमा मेस्सीको श्रीमती गर्भवती भएको संकेत उनले दिएका थिए । उनले आफनो तेस्रो बच्चाले औंला समातेको फोटो इन्टाग्राममा हालेका छन् । तेस्रो बच्चाको नाम सायरो राखेका छन् । उनले इन्टाग्राममा लेखेका छन—‘लिटिल सायरो वील जोईन ब्रदर्श, थियागो (५… पुरा पढौ

टी २० क्रिकेट बंगलादेशले श्रीलंकालाई ५ विकेटले हरायो

पोखरा(खेलाडी न्युज)—श्रीलंकामा चलिरहेको निधास कप टी—२०त्रिकोणात्मक सिरिजमा बंगलादेशले श्रींलकामाथि जित दर्ता गर्दै समान हैसियतमा पुगेको छ । भारतसित पराजित भएको बंगलादेशले श्रीलंकामाथि ५ विकेटको जित निकाल्यो । श्रीलंकाले भारतलाई पराजित गरेको थियो । भारतले बंगलादेशलाई पराजित गरेको थियो । कोलम्बोमा हिजोराती भएको खेलमा श्रीलंकाले दिएको २१४ रनको लक्ष्यलाई बंगलदादेशले ५ विकेटको क्षतिमा पुरा गर्दा कुशल परेरा र कुशल मण्डिसले अर्धशतकीय पारी खेले । कुशल परेराले ७४ तथा कुशल मण्डिसले ५७ र उपल थरङगाले ३२ रनको योगदान गरेपछि श्रीलंकामाथि सहज जित… पुरा पढौ

आर्मी सिजनको सातौं उपाधि नजिक

विर्तामोड(खेलाडी न्युज)—लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीको चुनौतिलाई १—० गोलले पन्छाउँदै नेपाल आर्मीले सिजनको सातौ उपाधि नजिक पुगेको छ । झापा गोल्डकपको अन्तिम सेमिफाईनलमा शनिबार मनाङलाई पन्छाउन आर्मीका नवयुग श्रेष्ठले निर्णायक गोल गरे । डोमालाल राजवंशी रंगशालामा उपाधिको लागि आर्मीले आयोजक झापासँग खेल्ने छ । विजेताले १२ लाख ५१हजार नगदसहितको ट्रफी पाउँदा उपविजेताले ६ लाख नगद पुरस्कार पाउने छ । खेलको दोस्रो मिनेटमा नवयुग श्रेष्ठले प्रहार गरेको बल पोष्टको दायाँतर्फबाट छिरेपछि आर्मीले जितको खुशीयाली मनाउदाँ मनाङ मस्र्याङ्दी भने निराश हुन पुग्यो ।… पुरा पढौ