मुख्य समाचार

माहुरु दाइलाई भाइ सन्दीपले गरे आउट

पोखरा(खेलाडी न्युज)—लेग स्पीनर सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिने क्रममा पाँच रनमा माहुुरु दाइलाई आउट गरे । दाइलाई क्रिजमा जम्न नपाउँदै सन्दीले सोमपाल कामीको हातबाट क्याच गराउँदै आराम गर्न पवेलियन फर्काए । नेपाल विरुद्ध व्याटिङ गरिरहेको पपुवा न्युगिनीको पाँचौ विकेट गिरेको छ । लेग स्पीनर सन्दीप लामिछानेले तेस्रो ओभर बलिङ गर्ने क्रममा उनले सेसे बाउलाई आउट गरे । दोस्रो ओभरमा उनले चाड सोपेरलाई एलबी डब्लुको शिकार बनाए । उनले ३५ बलमा १० रन बनाएका थिए । बसन्त रेग्मीले पहिलो ओभर… पुरा पढौ

सन्दीपले लिए व्यक्तिगत दोस्रो विकेट

पोखरा(खेलाडी न्युज)—नेपाल विरुद्ध व्याटिङ गरिरहेको पपुवा न्युगिनीको चौथा विकेट गिरेको छ । लेग स्पीनर सन्दीप लामिछानेले तेस्रो ओभर बलिङ गर्ने क्रममा उनले सेसे बाउलाई आउट गरे । दोस्रो ओभरमा उनले चाड सोपेरलाई एलबी डब्लुको शिकार बनाए । यो सँगै पपुवा न्युगिनी चार विकेटको क्षतिमा ५८ रनमा खेलिरहेको छ । उनले ३५ बलमा १० रन बनाएका थिए । बसन्त रेग्मीले पहिलो ओभर दुईरन मात्रै दिए । पाँच बल डट थियो । ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका व्याट्सम्यानले दुई रन जोडे ।… पुरा पढौ

सन्दीप लिए पपुवा न्युगिनीको तेस्रो विकेट

पोखरा(खेलाडी न्युज)—नेपाल विरुद्ध व्याटिङ गरिरहेको पपुवा न्युगिनीको तेस्रो विकेटको झरेको छ । लेग स्पीनर सन्दीप लामिछानेले दोस्रो ओभर बलिङ गर्ने क्रममा चाड सोपेरलाई एलबी डब्लुको शिकार बनाए । उनले ३५ बलमा १० रन बनाएका थिए । बसन्त रेग्मीले पहिलो ओभर दुईरन मात्रै दिए । पाँच बल डट थियो । ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका व्याट्सम्यानले दुई रन जोडे । सोमपाल कामीले पपुवा न्युगिनीका कप्तान असाद भालालाई १० रनमा एलबी डब्लुको धरापमा पार्दै दबाव सृजना गरेका छन् । हङकङ विरुद्ध दुई… पुरा पढौ

सोमपाल र करणले लिए एक—एक विकेट

पोखरा(खेलाडी न्युज)—नेपालले अहिले पपुवा न्युगिनी विरुद्ध बलिङ गरिरहेको छ । सोमपाल कामीले पपुवा न्युगिनीका कप्तान असाद भालालाई १० रनमा एलबी डब्लुको धरापमा पार्दै दबाव सृजना गरेका छन् । हङकङ विरुद्ध दुई विकेट लिएका करण केसीले चार ओभर बलिङमा १७ रन खचिई सकेका छन् । करणले चौथो ओभर बलिङ गर्ने क्रममा महत्वपुर्ण विकेट टोनी उरेको लिए । उरेलाई २३ बल खेल्ने क्रममा ११ रनममा अनिल साको हातबाट क्याच गराई पवेलियनको बाटो देखाए । अन्तराष्ट्रिय क्रिकेटमा दुई दशकको यात्रा गरेको नेपालले आज… पुरा पढौ

राष्ट्रिय खुल्ला पुरुष तथा महिला कराँतेमा सहभागि खेलाडीलाई बिदाई

पोखरा(खेलाडी न्युज)—नेपाल क्योकुशिन कराँते डो बज्रको आयोजनमा भोलिदेखि शुरु हुने १५ औं पुरुष तथा १४ औं महिला राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा सहभागि पोखराका खेलाडीलाई आज बिदाई गरिएको छ । प्रतियोगितामा चार पुरुष तथा एक महिला खेलाडीलाई बिदाई गरिएको हो । प्रतियोगितामा नेपाल क्योकुशिन बुदोकाई कराँतेका खेलाडीहरु ५५ केजी मुनि तौल समूहमा अजय राई, ६५ केजी तौल मुनिको समूहमा कपिलदेव पंगेनी पुरुष खुल्ला तर्फ गोविन्दा रोक्का र मदन क्षत्री तथा महिला खुल्ला तर्फ पवित्रा चौधरी र फिसियलमा सुष्मी श्रेष्ठको सहभागिता छ… पुरा पढौ

नेपालको आज पपुवा न्युगिनीसँग निर्णायक खेल, जितले दिने छ एकदिवसीय मान्यता

पोखरा(खेलाडी न्युज)—अन्तराष्ट्रिय क्रिकेटमा दुई दशकको यात्रा गरेको नेपालले आज इतिहास लेख्ने अभियानमा छ । जिते इतिहास लेखिने छ । पराजित भए अर्को अवसर कुर्नुपर्छ । क्रिकेटको विश्वकप छनोटमा सहभाागिता जनाउँदै क्रिकेटमा इँटा थपेको नेपालले अर्को इतिहास लेख्ने मात्रै एक कदम बाँकी छ । जितले नेपाललाई क्रिकेटको एकदिवसीय मान्यता पाउँछ । विश्वकप छनोटमा सुपर सिक्समा प्रवेश गर्न असफल भएको नेपालको लागि आज पपुवा न्युगिनीसँगको भेट एकदिवसीय मान्यताको लागि अन्तिम अवसर पनि हो । त्यो अवसरलाई आज नेपाली क्रिकेटरले चुकाउनु हुदैन् ।… पुरा पढौ

मेस्सीको १०० औं गोल, बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम आठमा

एजेन्सी—चेल्सीलाई पराजित गर्दै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गर्दा लिओनेल मेस्सीले भने सयौं गोलको किर्तिमानी बनाएका छन् । च्याम्पियन्स लिगमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो पछि सय गोलको आँकडा पार गर्ने दोस्रो खेलाडी बने । तर मेस्सीले रोनाल्डोको भन्दा कम खेल खेल्दै सय गोलको आकडाँ पारे गरेका हुन् । घरेलु मैदानमा ३—०ले पराजित गरेको बार्सिलोना समग्रमा ४—१ ले लीड गर्दै क्र्वाटरफाईनल पुग्दा इग्लिस क्बल चेल्सीको सपना बिथोलिन पुग्यो । चेल्सीले आफनै मैदानमा १—१ को बराबरी खेल्नु नै घातक सावित भयो… पुरा पढौ

त्रिकोणात्मक टी—२० सिरिजमा बंगलादेश भारतसँग फेरी पराजित

एजेन्सी—निधास  ट्रफी टी—२० त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा बंगालदेशलाई भारतले १७ रनले पराजित गरेको छ । भारतसित अघिल्लो खेलमा पराजित भएको बंगलादेशल दोस्रो खेलमा फेरी भारतसित पराजित हुन पुग्यो । बदला लिने राम्रो अवसर भएपनि अन्तिम दुई ओभरमा ३३ रनको खाँचो थियो । मुस्फिकरले इनिङ्स सम्हाल्दै आठ चौका र एक छक्का हान्दै ५५ बलमा ७२ रनको पारी खेलेपनि जितको लक्ष्य भने पुरा गर्न सकेनन् ।अबु हैदरले भने बलको सामना गर्नै पाएनन् । बंगलादेशले ६ विकेटको क्षतिमा १५९ रनमा समेटिन पुग्यो ।… पुरा पढौ

नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकपको फाईनलमा

बुटवल(खेलाडी न्युज)—सिजनको दोस्रो उपाधि उचाल्ने दाउमा रहेको नेपाल पुलिस क्लबको भाग्य बुधबार सडन डेथमा लेखियो । आयोजक लाली ११ रुपन्देहीलाई सडन डेथमा ४—३ ले पन्छाउँदै २० औं तिलोत्तमा गोल्डकपको फाईनलमा प्रवेश गर्यो । निर्धारित समय गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटमा पुग्यो । पाँच पाँच पेनाल्टीमा दुवै तर्फबाट ३—३ गोलमा टुंगियो । निर्णय नभएपछि सडन डेथमा पेनाल्टी प्रहार गरियो । सडन डेथमा पुलिसका रिजन सुब्बाको प्रहार गोलमा परिणत हुदाँ लाली ११ रुपन्देहीका कर्ण लिम्बुको प्रहार गुमेपछि आयोजकले फाईनल खेल्ने सपनालाई एन्फा… पुरा पढौ

मेयरकप राष्ट्रिय पुरुष प्रदेशस्तरीय भलिबलमा प्रदेश ४ को विजयी शुरुवात

इहटरी(खेलाडी न्युज)—इटहरीमा आयोजित प्रथम इटहरी मेयरकप राष्ट्रिय पुरुष प्रदेशस्तरीय भलिबल प्रतियोगितामा प्रदेश नं ४ ले प्रदेश नं २ लाई सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको छ । सोझो सेटमा पराजित गर्ने क्रममा प्रदेश नं ४ ले २५—११, २५—११, २५—१२ को सेटले पन्छाउँदै सुखद शुरुवात गरेको हो । त्यसैगरी प्रदेश न. ५ ले प्रदेश ६ लाई २५—२०, २५—१८ र २५—१५ को सेटले पन्छाएको छ । त्यसैगरी अर्को खेलमा प्रदेश १ ले प्रदेश ३ लाई २५—२०, २५—१५, २५—२३ को सेटले पराजित… पुरा पढौ