मुख्य समाचार

नेपाल आज जिम्बावेसँग भिड्दै

पोखरा (खेलाडी न्युज)—नेपालले आईसिसीको ओडिआई(वान डे इन्टरनेशनल) को स्टाटस पाईसकेको छैन् । स्टाटस पाउन सुपरसिक्स भित्र आउनुपर्छ । सुपर सिक्ससँगै विश्वकपमा आफनो दरिलो उपस्थिति जनाउन आज नेपालले जिम्बावेसँग विश्वकप छनोटमा पहिलो खेल खेल्दै छ । नेपाली समय अनुसार १ बजेर १५ मिनेटमा शुरु हुने छ । सन १९८३ मा जिम्बावेले पहिलो पटक विश्वकप खेलेको थियो । वल्र्डकप क्वालिफायरमा तीन पटक च्याम्पियन बनेको छ । सन १९८२ मा पहिलो, १९८६ र १९९० मा तीन पटक क्वालिफायर च्याम्पियन बनेको इतिहास छ ।… पुरा पढौ

रोनाल्डो र बेलको गोलमा रियल विजयी

एजेन्सी—चार दिन अघि स्पानियोलसँग पराजित हुदैं स्तब्ध बनेको रियल मड्रिडले रोनाल्डोको प्रेरणादायी खेलमा गेटाफेलाई ३—१ गोलले पराजित गर्दै स्पेनिस ला लिगामा एथलेटिको मड्रिडको पछि पछि लागेको छ । रोनाल्डो विना मैदानमा उत्रिएको खेलमा स्पानियोलसँग रियल १—०ले पराजित भएको थियो । जुन पराजयले प्रशिक्षक जिनेदिन जिदानलाई समेत पीडित बनाएको थियो । शनिबार राती गेटाफेलाई पराजित गर्न रोनाल्डो र गारेथ बेलले नायकत्व भूमिका निभाए । गारेथ बेलले खेलको २४ औं मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई रोनाल्डो पहिलो हाफको इन्जुरी समयमा गोल थप्दै… पुरा पढौ

लिभरपुल जितसँगै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

एजेन्सी—दोस्रो हाफमा दुई गोल गरेपछि लिभरपुलले न्युकासल युनाईटेडलाई पराजित गर्दै प्रिमियर लिगमा शीर्ष चारभित्र रहने सम्भवानालाई जिवितै राखेको छ । उता टोटेनह्यामले पनि हडर्सफिल्डलाई उस्तै नजितामा पराजित गरेपछि दोस्रो स्थानको म्यानचेष्टर युनाईटेडमाथि दबाव सृजना गदैै दोस्रो स्थानमा उक्लिएको छ । दक्षिण कोरियन खेलाडी सन ह्युङ मिनले आफनो उत्कृष्ठ खेल पस्किएपछि हडर्सफिल्डमाथि टोटेटह्यामले स्पष्ट तीन लिदैं प्रिमियर लिगको शीर्ष चारभित्र आफुलाई उभ्याउन सम्भावना बढ्दै गएको छ । बलमािथ आफनो पूर्ण नियन्त्रण राखेको टोटेनह्यामका लागि सनले २७ औं र ५४ औं मिनेटमा… पुरा पढौ

एनएसटी एनभिए कपको उपाधि एपीएफ र आर्मीलाई

काठमाडौं(खेलाडी न्युज)—नेपाल सेटलाईट टेलिकम एनभिए कप—२०७४ महिला तर्फका उपाधि शसस्त्र प्रहरी बलले जित्दा पुरुष तर्फको उपाधि भने नेपाल आर्मीले रक्षा ग¥यो । शनिबार काठमाडौंमा सम्पन्न महिला तर्फको फाईनलमा एपीएफले शिवम न्यु डायण्डलाई कठिन पाँचै सेट खेल्दै जित आत्मसात ग¥यो । २—२ सेट बराबरी खेल्दै निकै रोचक र प्रतिस्पर्धात्मक बनेको खेलमा अन्तिम सेट एपीएफले लिदैं उपाधि हत्यायो । पहिलो सेट २५—१६ को अवस्थामा लिएको एपीएफले दोस्रो सेट पनि २५—१६ मै लिएर अग्रता लियो । तर तेस्रो र चौथो सेट भने गुमाएपछि… पुरा पढौ

च्यारिटी फुटबल ट्रफी युकेलाई, एकेडेमीलाई सवा दुईलाख हस्तान्तरण

पोखरा(खेलाडी न्युज)—शनिबार पोखरा रंगशालामा पोखरा ११ ले एफसी केन्ट गोर्खा(युके)सँग च्यारिटी फुटबल खेल्यो । च्यारिटी फुटबलमा पोखरा ११ लाई ५—२ गोलले पराजित गर्दै एफसी केन्ट गोर्खा युकेले ट्रफी बेलायत पु¥यायो । विशाल राईले दुई, हेमकर्ण राई, पदम थोङहाङ र मोहन राईले एफसी केन्ट गोर्खा(युके)का लागि गोल गरेका थिए । पोखार ११ भेट्रान्सको तर्फबाट धन गुरुङ र मनकाजी गुरुङले गोल गरेका थिए । युकेको जर्सीमा नेपालका पुर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक राजुकाजी शाक्य समेत पोखराको मैदानमा सहभागि थिए । च्यारिटी फुटबल… पुरा पढौ

सोलुका कुलुङ र डेनमार्ककी लीन बने ट्रेल रेस च्याम्पियन

पोखरा(खेलाडी न्युज)—पोखरा ट्रेल रेस सिरिजको दोस्रो संस्करणको रानीबन रनको उपाधि सोलुखुम्बुका धावक सुमन कुलुङले जितेका छन् । उनले २० किलोमिटरको दुरीलाई १ घण्टा ३५ मिनेटमा पुरा गर्दै नगद १० हजारसहित पदक प्राप्त गरे । मोरङका याङदेव राई दोस्रो भए । उनले १ घण्टा ३५ मिनेट ५६ सेकेण्डमा दौड पुरा गरेका थिए । प्युठानका रुपलाल बुढामगरले भने १ घण्टा ४० मिनेट २५ सेकेण्ड लगाउँदै तेस्रो स्थानमा चिक्त बुझाए । राईले नगद ५ हजार र तेस्रो भएका बुढामगरले नगद १ हजा ५… पुरा पढौ

जिम्बावेको ध्यान पारस र सन्दिपमाथि

पोखरा(खेलाडी न्युज)—यतिबेला जिम्बावेको गर्मीमा दश देश विश्वकप क्रिकेट छनोट प्रतिस्पर्धामा छन् । नियमित रुपमा परेको पानीले प्रभावित बनाएको छ । सबै देश विश्वकप छनोटको यात्रा पार गर्ने अन्तिम लक्ष्यमा छन् । त्यही लक्ष्यमा नेपालले भोलि आईतबार आयोजक जिम्बावेसँग खेल खेल्दै छ । विश्वकप छनोटमा नेपाली कप्तान पारस खड्का र स्पीनर सन्दिप लामिछानेमाथि धेरैको आखाँ रहने छ । कप्तान खड्काले युएई विरुद्ध शतक पुरा गरे । नेपालका अनुभवी व्याट्स म्यान हुन्। सन्दीप लामिछनो भने विश्वकप क्रिकेट लिग डिभिजन २ का उत्कृष्ठ खेलाडी… पुरा पढौ

एशिया इमर्जिङ नेन्सन कपमा जान भारतीय टोली अस्वीकार

एजेन्सी—पाकिस्तानमा हुने एशिया इमर्जिङ नेन्सन कपमा सहभागिताको लागि भारतीय क्रिकेट टोली पठाउन अस्वीकार गरेको छ । यसले गर्दा प्रतियोगिता आयोजनामा गम्भीर प्रश्न उठेको छ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इण्डिया(बिसिसिआई)ले पाकिस्तानमा भारतीय टिम पठाउन अस्वीकार गरेको हो । भारतीय टीम पाकिस्तानमा आउन अस्वीकार गरेपछि पाकिस्तान क्रिकेट बोर्डले एशिया इमर्जिङ नेन्सन कपको आयोजना श्रींलका अथवा बंगलादेशमा आयोजना गर्ने तर्क अघि सारेको छ । आगामी अप्रिलमा हुने प्रतियोगिताको लागि सबै देशको सहमति जुटेपनि पछिल्लो समय आएर भारतले अस्वीकार गरेको थियो… पुरा पढौ

न्यु डायमण्ड र एपीएफ, आर्मी र हेल्प नेपाल भलिबलको उपाधिका लागि भिड्ने

काठमाडौं(खेलाडी न्युज)—काठमाडौंमा जारी नेपाल सेटलाईट टेलिकम एनभिए कप महिला तफ पुरुष भलिबलको शुक्रबार फाईनल समीकरण पुरा भएको छ । महिला तर्फ उपाधिको लागि शिवम न्यु डायमण्डले शसस्त्र प्रहरी बलसँग प्रतिस्पर्धा गर्ने छ भने पुरुष तर्फ उपाधि भिडन्त भने हेल्प नेपाल र नेपाल आर्मी बीच हुने छ । महिला तर्फको पहिलो सेमिफाईनल खेलमा शिवम न्यु डायमण्ड २५—२३, २१—२५, २५—१६, २८—२६ सेटमा नेपाल प्रहरीलाई पराजित गर्दै फाईनलमा स्थान पक्का बनाएको थियो । अर्को सेमिफाईनल प्रतिस्पर्धामा भने शसस्त्र प्रहरी बलले नेपाल आर्मीलाई सोझो… पुरा पढौ

एकसातापछि पोखरामा सुर्य नेपाल वेष्टर्न ओपन गल्फ

पोखरा(खेलाडी न्युज)—एकसाता पछि पोखरामा सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता हुदैं छ । नेपालका व्यवसायिक गल्फरले १८ औं सस्करणको वेष्टर्न ओपनको लागि प्रतिस्पर्धा गर्ने छन् । सन १९९९ बाट शुरु भएको प्रतियोगिताको १८ औं सस्करण आउँदो मार्च ७ तारिख अर्थात फागुन २३ गतेदेखि हुने छ । तीन दिन प्रो को प्रतिस्पर्धा हुने छ भने शनिबार प्रो—एमको प्रतिस्पर्धा हुने हिमालयन गल्फ कोर्षका व्यवस्थापक भुवन गुरुङले जानकारी दिए । गत वर्षको संस्करण शिवराम श्रेष्ठले जितेका थिए । उनले वेष्टर्न ओपनमा उत्कृष्ठ प्रदर्शन… पुरा पढौ