मुख्य समाचार

किरणको उत्कृष्ठ प्रदर्शनमा मिर्नेवा आईलिगको शीर्षस्थानमा

पोखरा(खेलाडी न्युज)—नेपाली फुटबलका राष्ट्रिय गोलकिपर किरण चेम्जोङको मिर्नेभा पन्जाब भारतीय प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । सोमबार एज्वाल एफसीलाई २—० गोलले पराजित गर्दै ३२ अंकसहित आईलिगको शीर्षस्थानमा उक्लिएको हो । पञ्जाबले खेलको ५१ औं मिनेटमा लिएको अग्रतालाई खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित बनायो । आकाश साङवानले गोल गर्दै मिर्नेभालाई अग्रता दिलाए । चेन्को ग्याल्थेनको पासमा डिबक्स लाईन नजिकैबाट हानेको सट पोष्टभित्र छिरेपछि शीर्षस्थान पक्का गर्ने तर्फ लम्किएको थियो । ९०+६ मिनेटमा बाजी अर्माण्डले विलियन ओपोकु एसाइडुको… पुरा पढौ

दृष्टिविहीन महिला क्रिकेटमा प्रदेश ४ लाई सिरिजमा अग्रता

पोखरा(खेलाडी न्युज)— पोखरा रंगशालामा आयोजित प्रदेशस्तरीय महिला दृष्टिविहीन क्रिकेट प्रतियोगिताको पहिलो दिन प्रदेश नं ४ ले सात विकेटले पराजित गर्दै टी—२० को सिरिज १—० अग्रता लिएको छ । टस जितेर व्याटिङ गरेको प्रदेश नं १ ले १०८ रन बनाएको थियो । २० ओभरमा वि३ दिपेश गुरागाँईले ४ चौका र विमलार राईको ३६ रनको महत्वपूर्ण योगदान रह्यो । प्रदेश नं ४ की बलर वि१ रिता थापाले २, बी३ बलर भगवती भट्टराईले २ र वि२ भगवती अम्गाई र सरिता घिमिरेले १—१ विकेट… पुरा पढौ

म्यानचेष्टर सिटीलाई काराबाओ कप

एजेन्सी—आर्सनललाई पराजित गर्दै इग्ंिलस प्रिमियर लिग लीडर म्यानचेष्टर सिटीले काराबाओ कप जितेको छ । आईतबार राती भएको फाईनलमा सिटीले आर्सनललाई ३—० गोलले पराजित गर्दै कप उचाल्यो । बलमाथिको नियन्त्रण सिटी भन्दा कमजोर देखिएको आर्सनलले सिटीको आक्रमण भने १८ औं मिनेटसम्म रोक्यो । सर्जियो अगुईरोको गोलमा सिटीले अग्रता लिदाँ पहिलो हाफ सोही अग्रताबाट टुंगिदैै दोस्रो हाफ शुरु भएको थियो । क्लाउडिओ ब्राभोले मिलाईदिएको पासमा अगुईरोले डिबक्स बाहिरबाट हानेको सट पोष्टको दायाँ कुनाबाट भित्र छिर्दै सिटीले पहिलो हाफमा आर्सनलमाथि गोलको दवाव कायम… पुरा पढौ

रस टेलरको वान डेमा १८ औं शतक, पुरा गरे ७ हजार रन

एजेन्सी—इग्ल्याण्ड विरुद्ध चार बल बाँकी रहदाँ जित निकालेको न्युजिल्याण्डका रस टेलरले शतक मात्रै पुरा गरेनन् । वान डेमा ७ हजार रन पुरा गर्ने तेस्रो न्युजिल्याण्डी क्रिकेटर समेत बने । उनले ११३ बलमा ११६ रन बनाउँदै २८५ रनको लक्ष्यलाई न्युजिल्याण्डले ४ बल बाँकी छदाँ सातको क्षतिमा पुरा गर्दै सिरिज १—०ले अग्रता लिएको छ । वान डेमा उनको १८ औं शतक पनि हो । रसिदको बलमा क्याच आउट हुनु अघि उनले १२ चौका हान्दै उत्कृष्ठ इनिङ खेल्दै ११६ रन बनाई जितको आधार… पुरा पढौ

युनाईटेडको उत्कृष्ठ पुनरागमन, चेल्सीमाथि प्रतिस्पर्धात्मक जित

एजेन्सी—म्यानचेष्टर युनाईटेडले उत्कृष्ठ कमब्याक गर्दै चेल्सीमाथि आईतबार राती २—१ को जित निकालेको छ । चेल्सीले ३२ औं मिनेटमा गोल गर्दै दिलाएको अग्रता केवल सातमिनेट कायम रह्यो । चेल्सीका विलियनले गोल गर्दै स्पष्ट अग्रता लियो । आउट गएको बललाई निकै छिटो थ्रो गरेर चलाउँदै इडेन हाजार्डले दिएको पासमा विलियनले दायाँ खुट्टाले पोष्टको दायाँ कुनाबाट भित्र छिरेपछि चेल्सीले खुशीयाली मनायो । तर खुशीयाली दीर्घकालिन भने बन्न सकेन् । चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका पुर्व प्रशिक्षक जोसे मोरिन्होको नेतृत्वमा रहेको युनाईटेडले ३९ औं मिनेटमा… पुरा पढौ

पोखरामा प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता

पोखरा (खेलाडी न्युज)—नेत्रहीन क्रिकेट संघ कास्कीको आयोजनामा सोमबारदेखि प्रदेशस्तरीय महिला टी—२० क्रिकेट प्रतियोगता हुदैै छ । प्रतियोगिता पोखरा रंगशालाको क्रिकेट मैदानमा हुने छ । प्रदेश नं १ र प्रदेश नं ४ बीच टी—२० को त्रिदिवसिय सिरिज खेल्नेछन् । विजेता प्रदेशले शिल्ड तथा पदक प्राप्त गर्ने नेत्रहीन क्रिकेट संघ कास्कीका अध्यक्ष निलकण्ठ तिम्सिनाले पत्रकार सम्मेलनमा जानकारी दिए । फागुन १४ र १५ गते र समापन १६ गते कास्की नेत्रहीन संघको तालिम केन्द्र बुढीबजारमा हुने छ । प्रतियोगिताको पुर्व सन्ध्यामा प्रदेश नं… पुरा पढौ

भारतलाई दक्षिण अफ्रिकामा एकदिवसिय र टी—२० सिरिज

एजेन्सी—भारतले विदेशी भूमिका एकदिवसिय तथा टी—२० सिरिजको दोहोरो उपाधि जित्दै क्रिकेटमा आफनो प्रभुत्व कायमै गरेको छ । दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतले दक्षिण अफ्रिकालाई ६ खेलको एकदिवसिय श्रृखंला कब्जा गरेपछि तीन टी—२० सिरिजमा पनि २—१ ले जित्दै कब्जा ग¥यो । भारतले टस जित्दै व्याटिङको शुरुवात ग¥यो । आफना भरपर्दा व्याट्सम्यान विराट कोहलीको अनुपस्थितिमा समेत दक्षिण अफ्रिकामाथि रोमाञ्चक ७ रनले जित्दै सिरिजमाथि कब्जा जमायो । म्यान अफ दि म्याच सुरेश रैनाले २७ बलमा ४३ रनको महत्वपूर्ण योगदान दिए । उनीभन्दा अघि… पुरा पढौ

मेस्सीले किर्तिमान बनाउँदा बार्सिलोनाको जिरोनामाथि फराकिलो जित

एजेन्सी—स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनामाथि फराकिलो गोल अन्तरले जित्दा लियोनेल मेस्सीले भने रेकर्ड कायम कायम गरेका छन् । उनले ला लिगमा बार्सिलोनाको लागि ३६ वटा फरक क्लबसँग खेल्दै स्कोरिङ गरी नयाँ रेकर्ड कायम गरेका हुन् । मेस्सीकै प्रेरणादायी खेलमा बार्सिलोनाले जिरोनामाथि ६—१ को गोल वर्षायो । तर गोलको अग्रता भने जिरोनाले ग¥यो । तेस्रो मिनेटमा पोर्टुले हानेको बल पोष्टभित्र छिरेपछि बार्सिलोना केहीबेर स्तब्ध हुन पुग्यो । तर त्यो अग्रता केवल दुई मिनेट मात्रै रह्यो । ५ औं मिनेटा लुईस स्वारेजले… पुरा पढौ

लिभरपुल जितसँगै प्रिमियर लिगको दोस्रो स्थान

एजेन्सी—इग्ंिलस प्रिमियर लिगमा शनिबार राती लिभरपुलले वेष्टह्याम युनाईटेडमाथि रवाफिलो जित निकालेको छ । कमजोर देखिएको बेष्टह्यामलाई लिभरपुलले ४—१ को नजिता निकाल्दै लिगको दोस्रो स्थानमा(५७ अक) उक्लिएको छ । २९ औं मिनेटमा इमरे कनको गोलबाट अग्रता लिएको लिभरपुलले सादियो मानेको अन्तिम गोलबाट खेललाई विट मा¥यो । कनले मोहम्मद सलाहको कर्नर साईडबाट दिएको पासलाई उपयोग गर्दै हानेको हेडिङ पोष्टको बायाँतर्फको कुनाबाट छिरेको थियो । पहिलो हाफसम्म एक गोलमै सीमित भएको लिभर पुललाई दोस्रो हाफमा भने रोक्न सकेन् । वेष्टह्यामले थप तीन गोलको… पुरा पढौ

आर्मीलाई सिजनको छैटौं उपाधि

हेटौंडा,(खेलाडी न्युज) —डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीले हेटौंडा गोल्डकपको उपाधि उचालेको छ । आर्मीको नकाउट फुटबलमा यो सिजनको छैटौं उपाधि हो । शनिबार हेटौंडामा पुलिस क्लबलाई हराउँदै आर्मी क्लबले गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको हो । निर्धारित समय गोलरहित भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा आर्मीले पुलिसलाई ४–३ ले हराउँदै नगद ५ लाखसहित उपाधि जित्न सफल भयो । टाइब्रेकरमा आर्मीका किपर बिकेश कुथु, सन्तोष तामाङ, दीप लामा र विवेक बस्नेतले गोल गर्दा नवयुग श्रेष्ठको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।… पुरा पढौ