मुख्य समाचार

कुमुदिनी होम्स र सत्यवती एक्सपर्ट कलेज क्रिकेटको फाईनलमा

पोखरा, (खेलाडी न्युज)—स्याङजा बहुमुखी क्याम्पसलाई ३९ रनले पराजित गर्दै सत्यवती उच्चमावि दमौली तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार पहिलो सेमिफाईनल खेल्दै गत वर्षको विद्यालयस्तरीय एक्सपर्ट क्रिकेट लिगको विजेता समेत रहेको सत्यवतीले स्याङजालाई ६७ रनमै खुम्च्याएपछि फाईनल सुरक्षित गरेको हो । १०७ रनको लक्ष्य पछ्याएको स्याङजाका रामु थापाले ३५ रन बाहेक अन्य व्याट्सम्यान भने दोहोरो अंकको रन विहीन हुदैं पवेलियन फर्किएपछि सत्यवतीले फाईनल पुग्दै खुशीयाली बनायो । जितपछि सेल्फी लिदैं खुशीयाली मनाएको… पुरा पढौ

आर्मीलाई प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबलको उपाधि 

पोखरा (खेलाडी न्युज)—नेपाल आर्मीसँग चौथो सेटमा पराजित हुदैं पश्चिमाञ्चल टोली प्रधान सेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा उपाविजेतामा चिक्त बुझाएको छ । काठमाडौंमा आयोजित पुरुष भलिबलमा आर्मीसँग २५—१४, २५—१३, २१—२५, २५—१३ को सेटमा पराजित हुदैं उपविजेतामा चिक्त बुझायो । केही समय अघि पोखरामा आयोजित राष्ट्रिय खेलकुद परिषदद्वारा सञ्चालित प्रतियोगितामा समेत आर्मीसँग सेमिफाईनलमा पराजित हुदैं तेस्रो स्थानका लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल पुलिस क्लबलाई पराजित गर्दै पोखरामा पश्चिमाञ्चलको टोली तेस्रो स्थानमा थियो । आर्मीले लगातार दुई सेट… पुरा पढौ

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगदसहित सम्मान एवं विदाई

काठमाडौं (खेलाडी न्युज)- नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल सरकारले जनही ३ लाख रुपैयाँबाट सम्मानित गरेको छ । नगदसहित सम्मानसँगै जिम्बावेको यात्रामा निस्किएको टोलीलाई विदाई समेत गरिएको छ । क्यानडालाई पराजित गर्दै डिभिजन १ मा उक्लिदै विश्वकप छनोटमा सहभागिता जनाउने टोलीका सदस्यलाई सरकारले घोषणा गरेको पुरस्कार शुक्रबार हस्तान्तरण गरिएको हो । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । १४ सदस्यीय टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्त गोचन, बसन्त रेग्मी,… पुरा पढौ

कुमुदिनी होम्स र स्याङजा बहुमुखी क्याम्पस कलेज क्रिकेटको सेमिफाईनलमा

पोखरा, (खेलाडी न्युज)- कुमुदिनी होम्सले अमरसिंह माविलाई दोस्रो खेलमा पनि पराजित गर्दै तेस्रो एक्सपर्ट कलेज प्रिमियर क्रिकेट लिगको सेमिफाईनल सुरक्षित गर्दा वर्षाले रोकिएर अकं बाँडेको पृथ्वीनारायण क्याम्पसलाई राम्रो रनरेटमा पछि पार्दै स्याङजा बहुमुखी क्याम्पस सेमिफाईनल यात्रा तय गरेको छ । अघिल्लो दिन स्याङजा र पृथ्वीनारायण क्याम्पस बीचको खेल वर्षाले रोकिएपछि अंक बाड्न बाध्य भएका थिए । स्याङजा र पृथ्वीनारायण क्याम्पसको समान तीन तीन अंक भएपनि नेट रनरेटको आधारमा स्याङजा सेमिफाईनल प्रवेश गरेको प्रतियोगिताका संयोजक विधान श्रेष्ठले जानकारी दिए । स्याङजा बहुमुखी… पुरा पढौ

हेटौडा गोल्डकप, विभागिय डर्बीमा कसले जित्ला उपाधि ?

हेटौडा(खेलाडी न्युज)-विभागिय टोलीले उपाधि उचाल्दै शनिबार हेटौडा गोल्डकप टुंगिदैं छ । उपाधिको लागि नेपाल पुलिस क्लबले नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्दै छ । विभागिय डर्बीमा उपाधि कसले उचाल्छ भन्ने सबैको ध्यान त्यसैमा छ । यद्यपी आर्मी र पुलिसको नकाउट फुटबलमा यो पहिलो भेट हो भने राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको राखेप च्याम्पियनमा भने पुलिसले आर्मीलाई पराजित गर्दै स्वर्ण पदक जितेको थियो । घरेलु फुटबलमा आर्मी निकै लयमा छ । पछिल्लो समय नेपाल आर्मी एकपछि अर्को उपाधि उचाल्दै उत्कृष्ठ फर्ममा देखिदाँ नेपाल… पुरा पढौ

दोस्रो लेगमा पराजित आर्सनल युरोपा लिगका अन्तिम १६ मा

एजेन्सी—इग्ंिलस क्लब आर्सनल युरोपा लिगाको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राती अष्टरसण्ड एफ के सँग दोस्रो लगेमा पराजित भएपनि समग्रमा ४—२ को नतिजाँसगै अन्तिम १६ को स्थान पक्का गरेको हो । पहिलो लेगमा ३—०को नजिता निकालेका आर्सनल दोस्रो लेगमा भने २—१ ले पराजित हुन पुग्यो । दुवै गोल पहिलो हाफको दुई मिनेटभित्र सम्भव भएपछि पराजित भएपनि अघिल्लो खेलको नजिताले आर्सनललाई १६ को यात्रा तय गरायो । खेलको २२ औं मिनेटमा गोल खाएको आर्सनलले दोस्रो गोल भने २३… पुरा पढौ

गोल्डकप फाइनलमा दुई विभागीय टोली

हेटौंडा,(खेलाडी न्युज)—हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा सीएमजी संकटालाई २–० ले संकटग्रस्त पार्दै विभागीय टोली नेपाल पुलिस क्लबले शनिबार हुने फाइनलमा अर्को विभागीय टोली आर्मीसँगको उपाधि भेट पक्का गरेको छ । बुधबारको पहिलो सेमिफाइनलमा मनाङ मस्र्याङ्दीलाई १–० ले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरिसकेको छ । पुलिसले विहीबार सेमिफाइनलमा संकटा क्लबको चुनौती पन्छाउँदै उपाधिका लागि आर्मीसँगको भेट पक्का गरेको हो । हेटौंडा–१० स्थित बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा जारी प्रतियोगितामा पुलिसले संकटालाई सहज पराजित ग¥यो । पुलिसका लागि दिनेश राजवंशीले १९… पुरा पढौ

सत्यवती र पोखरा विश्वविद्यालय सेमीफाईनलमा

पोखरा, (खेलाडी न्युज)—अघिल्लो दिन १९ रनले पराजित गरेको सत्यवतीले बिहीबार न्यु ग्यालेक्सीलाई लिगको दोस्रो खेलमा रोमाञ्चक दुई रनले पराजित गर्दै तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटको सेमीमफाईनल प्रवेश गरेको छ । न्यु ग्यालेक्सीले सेमीफाईनल प्रवेशको लागि १७ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने थियो । १२९ रनको लक्ष्यलाई न्यु ग्यालेक्सीले उत्कृष्ठ शुरुवात गरेपनि अन्तिम समयमा व्याट्सम्यानले डटबल खेलेपछि नतिजा पाहुना टोली सत्यवतीको पक्षमा गयो । अन्तिम ओभरमा जितको लागि ८ रन खाँचो थियो । दुई विकेट बाँकी थियो । त्यही ओभरमा दुई… पुरा पढौ

च्याम्पियन्स लिगमा युनाईटेड सेभिल्लासँग गोलरहित बराबरी

एजेन्सी—स्पेनिस क्लब सेभिल्लासँग गोलरहित बराबरीमा रोक्दै बेलायती क्लब म्यानचेष्टर युनाईटेडले च्याम्पियन्स लिगमा आफनो सम्भावनलाई जिवितै राखेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको पहिलो लेगमा युनाईटेड गोल रहितमा टुग्याउँदै दोस्रो लेगको प्रतिक्षामा छ । म्यान अफ दि म्याच समेत बनेका गोलकिपर डि गियाको उत्कृष्ठ प्रदर्शनमा युनाईटेडले गोलरहित खेल्यो । २७ वर्षिय उनले सेभिल्लाको २४ प्रहारको सामना गर्दै बचाउमै जुटेका थिए । युनाईटेडले पहिलो हाफको एक सट मात्रै प्रहार गरेको थियो । २५ यार्डबाट स्कट म्याक टोमिनेले हानेका थिए । युनाईटेड… पुरा पढौ

दोस्रो रोजाईका खेलाडीबाट लेगानेस विरुद्ध रियललाई शतिप्रतिशत नजिता

एजेन्सी—स्पेनिस ला लिगामा रियल मड्रिडले कम महत्व दिएको लेगानेस विरुद्धको खेल भने दोस्रो रोजाईका खेलाडीले पनि शतप्रतिशत नजिता निकाल्दै ३ अंक जोडेको छ । तीन खेलाडी चोटग्रस्त तथा रोनाल्डोलाई आराम दिईएको खेलमा रियलले लेगानेस विरुद्ध कम ब्याक गर्दै ३—१ गोलले पराजित गरेको छ । बुधबार राती भएको खेलमा पहिलो हाफको ६ छैटौं मिनेटमा लेगानेसले गोल गर्दै रियल मड्रिडलाई दबाव सृजना गर्यो । युनाई बस्टिन्जाले पोष्टको नजिकैबाट हानेको हेडिङ गोल भएपछि रियल केहीछिन स्तब्ध बन्यो । ग्रावियल पेरिसले दिएको हेड पासलाई… पुरा पढौ