मुख्य समाचार

पिएसजीको मैदानमा रियलको शान

एजेन्सी—पेरिस सेन्ट जर्मेनलाई उसैको घरेलु मैदानमा पराजित गर्दै रियल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम आठमा आफनो स्थान सुरक्षित गरेको छ । आफना महंगा स्ट्राइकर नेयमारको अनुपस्थिति र आधा घण्टा बढी दशजना खेलाडीमा सीमित पिएसजीलाई दोस्रो लेगमा २—१ गोलले पराजित गर्दै समग्रमा ५—२ ले जित्दै च्याम्पियन्स लिगको क्र्वाटरफाईनल निश्चित गर्यो । क्रिष्टियानो रोनाल्डोको गोलबाट लिएको अग्रता रियल मड्रिडले ८० औं मिनेटमा कासिमिरोले गरेको गोल निर्णायक बन्यो । ५१ औं मिनेटमा लुकास भाज्क्वेजले दिएको क्रसमा रोनाल्डोले हेडिङ गर्दै रियललाई अग्रता दिलाए । ६६… पुरा पढौ

सहाराको भाग्य टाइब्रेकरमा खोसियो, झापा ११ ले सात खेलाडी अनुबन्धन गर्ने

पोखरा(खेलाडी न्युज)—टाईब्रेकरमा सहाराको भाग्य खोसिदा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले झापा गोल्डकपको सेमिफाईनल पक्का गरेको छ । निर्धारित समयमा गोलरहित खेल्दै मोसफलको प्रतिष्ठान जोगाएको सहारा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँग टाईब्रेकरमा ४—३ गोल पराजित हुदैं पोखरा फर्किन बाध्य बन्यो । सहाराका कप्तान मानबहादुर तामाङले पेनाल्टीलाई मनाङका गोलकिपरले बचाएपछि दबावमा रहेको सहाराका अर्का खेलाडी भिषण गुरुङले पनि प्रहारले बाहिर फालेपछि पोखराको टोली मंगलबार साँझ फर्किनुपर्ने विडम्बना निम्तियो । अघिकांश समय बलमाथि नियन्त्रण राखेर केही राम्रा अवसर बनाएको राष्ट्रिय खेलाडीले सुसज्जित मनाङले एकपछि अर्को… पुरा पढौ

पोखरामा बैशाख तेस्रो साता राष्ट्रिय महिला कुस्ती प्रतियोगिता

पोखरा(खेलाडी न्युज)—पोखरामा आउँदो बैशाख तेस्रो साता राष्ट्रिय महिला कुस्ती प्रतियोगिता आयोजना हुदैं छ । नेपाल कुस्ती संघले पहिलो पटक पोखरामा राष्ट्रिय कुस्ती प्रतियोगिता गर्ने आवश्यक तयारी गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । प्रतियोगिता बैशाख २१ र २२ गते पोखरा रंगशालामा हुने छ । विभिन्न ८ तौल समूहमा प्रतिस्पर्धा गराईने छ । ५३, ५५, ५८, ६०, ६३, ६५, ६९ र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गराईन पत्रकार सम्मेलनमा जानकारी गराईयो । प्रतियोगितामा विभागीय र विभिन्न २० जिल्लाका ७०… पुरा पढौ

पूर्व बास्केटबल खेलाडी ब्रायन्टलाई बेष्ट ओस्कार एनिमेटेड अवार्ड

एजेन्सी—उनी बास्केटबल खेलाडी हुन् । बास्केटबलसँगै उनको रुची सर्ट मुभिजमा छ । जुन रुचीले उनलाई ओस्करसम्मको यात्रा तय गर्यो । र अन्त्यमा बेष्ट एनिमेटेडको पुरस्कार थापे । उनले बनाएका थिए—डियर बास्केटबल । ९०औं एकेडेमी अवार्ड अन्तर्गत बास्केटबल खेलाडी कोबे ब्रायन्टले बेष्ट एनिमेटेडको ओस्कार अवार्ड जित्दा जीवनकै खुशीको क्षण मिलेको बताए । नेशनल बास्केटल एशोसियनसनका शीर्षस्थ खेलाडी ब्रायन्टले सन २०१६ एप्रिल १३ मा अफिसियल रुपमा बास्केटबल छाडेका ब्रायन्टले व्यवसाकिय करियरको अन्त्य भने नोभेम्बर २०१५ मा गरेका थिए । बास्केटबलको करियर अन्त्य… पुरा पढौ

युनाईटेडको कमब्याकमा उल्ट्यायो नजिता, प्यालेस ३—२ ले पराजित

एजेन्सी—दुई गोलले पछि परेको म्यानचेष्टर युनाईटेड दोस्रो हाफमा उत्कृष्ठ कमव्याक गर्दै नजिता उल्ट्याउन सफल भएको छ । गएराती भएको खेलमा क्रिष्टियल प्यालेससँग दोस्रो हाफमा लय समाप्तै ३—२ को जित निकाल्दै इंग्लिस प्रिमियर लिगमा शीर्ष चारभित्र टुग्याउने योजना लगभग निश्चित जस्तै देखिएको छ । पहिलो हाफमै दुई गोलले पछि परेको युनाईटेडले दोस्रोहाफमा तीन गोल गरेको थियो । खेलको इन्जुरी समयमा नेमन्जा मटिचले हानेको गोल निर्णायक बन्दै युनाईटेडको जित सुनिश्चितासँगै तीनअंक बटुल्यो । ११ औं मिनेटमा एन्ड्रोस टाउनसेन्डले गोल गर्दै प्यालेसलाई अग्रता… पुरा पढौ

थ्री स्टार सेमिफाईनलमा, भोलि सहाराले मनाङ मस्र्याङ्दीको सामना गर्दै

झापा(खेलाडी न्युज)—एपीएफलाई पराजित गर्दै रुस्लान थ्री स्टारले झापा गोल्डकपमा केही दिन अघि विकास रनिङशिल्डमा भोगेको हारको पीडालाई शक्तिमा बदलेको छ । उस्तै नजितामा एपीएफसँग पराजित हुदैं उपविजेता चिक्त बुझाएको रुस्लान थ्री स्टारले एपीएफलाई १—०कै नजितमा हराउँदै अन्तिम चारमा आफनो स्थान सुरक्षित गर्यो । थ्री स्टारको जितमा अजायी मार्टिन्सको गोल निर्णायक भएको थियो । मार्टिन्सले दोस्रो हाफको १२ औं मिनेट(खेलको ५७ औं मिनेट)मा गोल गर्दै दिलाएको अग्रता सेमिफाईनल पुग्ने ढोका उघारियो । गोलकिपरले बचाउ क्रममा लडेपछि भलि हिर्काउँदै बललाई पोष्टभित्र छिराउँदै… पुरा पढौ

बीस वर्षपछि जिदान फ्रान्स फर्किदैं

पोखरा(खेलाडी न्युज)—सन १९९८ मा फ्रान्सले विश्वकप(फुटबल) जित्यो । विश्वकप जिताउने १० नम्बर जर्सीमा उत्रिने जिनेदिनको महत्वपूर्ण भूमिका रह्यो । हेडिङ मार्फत गरेको दुई गोलले विश्वकप जिताउने उनलाई फ्रान्समा मात्रै चर्चित खेलाडीको रुपमा विश्व फुटबलले चिन्यो । फ्रान्स छोडेको पनि २० वर्ष वित्यो । २० वर्षपछि जिदान फ्रान्स फर्किदैं छन् । तर उनी फ्रान्समा आफैले प्रशिक्षकत्व गराएको स्पेनिस टोली रियल मड्रिडलाई लिएर जादै छन् । उनले मार्च ६ मा च्याम्पियन लिग अन्तर्गतको दोस्रो लेग पेरिस सेन्ट जर्मेनसँग खेल्ने छन् । पहिलो… पुरा पढौ

अन्तराष्ट्रिय क्रिकेटमा खानले बनाए सबैभन्दा कम उमेरको कप्तानको किर्तिमान

पोखरा(खेलाडी न्युज)—मोहम्मद रसिद खानले विश्वकप छनोट अन्तर्गत सबैभन्दा कान्छो कप्तान बन्ने सौभाग्य पाउँदा अन्तराष्ट्रिय क्रिकेटको एक दिवसियमा किर्तिमान उनको नाममा लेखिएको छ । १९ वर्ष १६५ दिनका खान वान डे इन्टरनेशनलमा सबैभन्दा कम उमेरमा कप्तानी सम्हाल्ने सूचीमा किर्तिमान बनेको हो । उनले १४ वर्षपछि सबैभन्दा कम उमेरको कप्तान बन्ने सौभाग्य पाएका हुन् । १४ वर्ष अघि सबैभन्दा कम उमेरमा कप्तानी सम्हाल्ने किर्तिमान भने बंगलादेशी खेलाडी रजिन सलाहको नाममा थियो । खान वान डे इन्टरनेशनल र टी-२० मा शीर्षस्थानका बलर समेत… पुरा पढौ

मेस्सीको करियरको ६०० औं गोल

एजेन्सी—लियोनेल मेस्सीले करियरको ६०० औं गोल गर्दा स्पेनिस ला लिगामा ८ अंकको अग्रता लिएको छ । एथलेटिको मड्रिडलाई १—०ले पराजित गर्दै ला लिगमा शीर्षस्थानमा यथावत रहदै उपाधि निकट पुगेको छ । मेस्सीले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै गोल गरेपछि बार्साले गोलको खुशीयालीसँगै ८ अंकको अग्रतालाई जोगाई राख्यो । बार्सा ६९ अंकसहित शीर्ष स्थानमा छ । एथलेटिको मड्रिड भने ६१ अंकसहित दोस्रो र रियल मड्रिड भने ५४ अंकसहित तेस्रो स्थानमा छ । २६ औं मिनेटमा थोमस पार्टेले फउल हानेपछि पाएको फ्रिकिको अवसरलाई… पुरा पढौ

जिम्बावे विरुद्ध भेषवाकर र शेखको अर्धशतक, ११६ रनले पराजित

पोखरा(खेलाडी न्युज)—टेष्ट राष्ट्र जिम्बावे विरुद्ध दुई नेपाली व्याट्सम्यानले अर्धशतक पुरा गरेका छन् । आईतबार विश्वकप छनोट अन्तर्गत नेपाली व्याट्सम्यानले सन्तुलित व्याटिङ गरेका छन् । पुरै ५० ओभर खेल्दै दुई व्याट्सम्यानले अर्धशतक पुरा गरेको लिग डिभिजन २ यता यो पहिलो हो । नेपालले आठ विकेटको क्षतिमा २६४ रनमा समेटिदैं ११६ रनले पराजय व्यहोर्यो । शरद भेषवाकरले जिम्बावे विरुद्ध अर्धशतक पुरा गरेका छन् । उनले ४८ बल खेल्दै ६ चौकाको योगदानमा ५२ रन बनाए । आरिफ शेखले पनि ५८ बलमा पाँच चौका… पुरा पढौ