मुख्य समाचार

अष्ट्रेलिया इग्ल्याण्डसँगको टी–२० मा पराजित

एजेन्सी-अष्ट्रेलियाँ विरुद्ध एकदिवसीय म्याच श्रृखंलामा ५-० ह्वाईटवास गरेको इग्ल्याण्डले टी–२० को पहिलो खेलमा २८ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको इग्ल्याण्डले ५ विकेटको क्षतिमा २२१ रनको फराकिलो योगफल तयार पार्यो । जे.सी बटलरको अर्धशतीक योगदानमा २२१ रन बनाउने क्रममा उनले ६ चोका र ५ छक्का हिर्काए । अर्धशतकबाट एक रनले चुक्दा ए.डी हलेस ४९ रनमा स्टोईनिसको हातबाट क्याच आउट हुन पुगे । त्यस्तै जे.जे रोयले पनि उत्कृष्ट शुरुवात गर्ने क्रममा ४४ रन बनाई पेभेलियन फर्किए । जे.इ… पुरा पढौ

प्रदेश सरकारको योजना- ‘बहुउपयोगी अन्तर्राष्ट्रियस्तरको रंगाशाला’

पोखरा(खेलाडी न्युज)-प्रदेश सरकारले प्रदेश भित्र खेलकुद एकेडेमी स्थापनाको लागि सम्भाव्य अध्ययन शुरु गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ को लागि प्रदेश सरकारले खेलकुद एकेडेमीको सम्भाव्य अध्ययनको लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ । ‘प्रदेशभित्र सबै खेललाई लक्षित गर्दै खेलकुद एकेडेमी स्थापना गर्ने लक्ष्य छ । त्यसको लागि अहिले सम्भाव्य अध्ययन भईरहेको छ ।’ सामाजिक विकास मन्त्रालयका सचिव कृष्णमुरारी न्यौपानले भने –‘सम्भाव्य अध्ययनपछि मात्रै कस्तो खालको बनाउने भन्ने निचोड निस्कन्छ ।’ नेपालमा विशेष गरी फुटबलको मात्रै आवाससहितको एकेडेमी सञ्चालित छन्… पुरा पढौ

कोरियाले टुग्यायो जर्मनीको रसिया विश्वकपको यात्रा

एजेन्सी-अतिरिक्त समयमा दुई गोल गरेपछि कोरियाले विश्वकप विजेता जर्मनीमाथि रवाफिलो जित मात्रै निकालेन् । रसिया विश्वकपबाट बाहिरिने टोलीमा जर्मनीको नाम समेत समावेश गरिदिएको छ । सन १९९८ मा विश्वकप उचालेको फ्रान्स सन २००२ मा पहिलो चरणबाटै बाहिरिएको इतिहासलाई जर्मनीले पनि उस्तै गरी दोहोर्यादाँ रसिया विश्वकपबाट दुखद विदाई लियो । उपाधि दाबेदारिको रुपमा हेरिएको जर्मनीको अप्रत्यासित हारले कोरिया विश्वकप फुटबलमा आफनो छविलाई उचाईमा पु्रयायो । उता जर्मनीसँग पराजय भएको स्वीडेनले मेक्सिको माथि महत्वपूर्ण जित निकाल्दै अन्तिम १६ को स्थान पक्का गर्यो… पुरा पढौ

व्याडमिन्टन हल र आर्चरीलाई १०/१० लाख बजेट

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाभित्र निर्माणाधिन व्याडमिन्टन कभर्ड हलको लागि १० लाख रुपैयाँ छुट्टाइएको छ । आर्थिक वर्ष ०७५/०७६ को लागि बजेट उपलब्ध गराईएको हो । हलको अहिले माथि छाउने काम अगाडि बढेको छ । साढे तीन करोडको चारवटा कोर्टसहित अन्य पुर्वाधार समेत रहने गरी हल निर्माण गरिएको हो । आर्चरी १० लाख रुपैयाँ आएको छ । गत वर्ष आर्चरीकै लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । आर्चंरी खेल मैदानमा अहिले जमिन सम्याई माटो भर्ने काम शुरु गरिएको छ । माटो… पुरा पढौ

बहुउद्देश्यीय कभर्डहल फिनिसिङ गर्न एक करोड विनियोजन

पोखरा(खेलाडी न्युज)-तीन वर्ष अघि निर्माण शुरु गरिएको पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हल फिनिसिङ गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद मार्फत १ करोड रुपैयाँ छुट्टाइएको छ । १४ करोड ३० लाखमा ठेक्का परेको थियो । समयमै निर्माण पुरा नहुदाँ पटक पटक म्याद थप गर्दै काम अन्तिम चरणमा पुर्याइएको छ । डाँफे मुन्ना एण्ड आचार्य(जोईन्ट भेन्चर)कम्पनीले ठेक्का लिएको थियो । एक करोड ९० लाख रुपैयाँ थप भईसकेको छ । फेरी एक करोड रुपैयाँ फिनिसिङको लागि आएको छ । हल भित्र… पुरा पढौ

अर्जेन्टिना अन्तिम १६ मा

एजेन्सी-अर्जेन्टिना रसिया विश्वकपको नकाउटचरणमा प्रवेश गर्दा क्रोएसियाले भने आईसल्याण्डको चुनौतिलाई पन्छाएको छ । सधैं दर्शकको आलोचना खेप्दै आएका लिओनेल मेस्सीको प्रेरणादायी खेलमाा अर्जेन्टिनाले रसिया विश्वकपमा अन्तिम १६ भित्र छिर्न नाईजेरियाको चुनौतिलाई २-१ गोलले पन्छायो । शुरुवाती गोलको खाता भने मेस्सीले हिर्काए । अघिल्ला दुई खेलमा खासै जम्न नसकेका मेस्सीले नाईजेरिया विरुद्ध गोल गर्दै आफनो क्षमता प्रदर्शन गरे । १४ औं मिनेटमा दायाँ खुट्टाले हिर्काएको बल सिधै पोष्टको जाली चुम्न पुगेपछि अजेन्टिनियन फ्यानले रंगशाला एक पटक जरुक्कै उठेर मेस्सीप्रति हौसला र… पुरा पढौ

बक्सिङ च्याम्पियनसिपको लागि पोखरेली टोली प्रस्थान

पोखरा(खेलाडी न्युज)-काठमाडौंमा बुधबारदेखि शुरु हुने प्रकाश दाहाल स्मृति दिवसको अवसरमा आयोजित बक्सिङ । च्याम्पियनसिपको लागि पोखराबाट ९ खेलाडीसहितको टोली प्रस्थान गरेको छ । टोलीमा दुई जना अफिसियल छन् । नेपाल बक्सिङ संघ तथा अखिल नेपाल खेलकुद संघको संयुक्त आयोजनामा आयोजित प्रतियोगिताको लागि ४९ केजी तौल समूहमा विष्णु गौतमको सहभागिता रहने छ । केशरबहादुर नेपालीले ५२ केजी, दिनेश गुरुङले पनि ५२ केजी तौलमै प्रतिस्पर्धा गर्ने छन् । दिनेश बानियाले ५६ केजी, रेखसुब्बा गुरुङले ६० केजी तौलमा भिड्ने छन् । अनिल थापामगर… पुरा पढौ

कान्तिपुरमाथि स्नोभ्युको सानदार जित

पोखरा(खेलाडी न्युज)-कान्तिपुरमाथि स्नोभ्यू ४–० ले सानदार जित निकाल्दै विद्यालयस्तरीय फुटबल प्रतियोगिताको दोस्रो चरणको यात्रा तय गरेको छ । स्नोभ्यूलाई जिताउन अमन पुन र क्षितिज कार्कीले एक एक गोल गरे भने ज्याङ्गबो शेर्पाले दुई गोल हिर्काएका थिए । कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की) द्वारा पोखरा रंगशालामा आयोजित छात्र तर्फको खेलमा मंगलबार अमरसिंह माबी, कास्की मोर्डनाइज्ड्, टप्स माबी र स्नोभ्यू बिजयी भएका छन ।अमरसिंह माबी बाल प्रभातसंग २–१ गोल अन्तरले बिजयी भएको छ । अमरसिंहलाई जिताउन मनोज नेपालीले दुई गोल गरेका… पुरा पढौ

समूह बिजेतासँगै स्पेन अन्तिम १६ मा

एजेन्सी -समूह विजेता बन्दै पुर्व विश्वकप विजेता स्पेन रसिया विश्वकपको नकाउटचरणमा प्रवेश गर्दा अतिरिक्त समयमा भाग्य लेखियो । दुई पटक पछाडि परेको अवस्थालाई उल्ट्याउँदै स्पेनले अन्तत मोरक्कोसँग बराबरी खेल्दै एक अंक जोडेर अन्तिम १६ भित्र प्रवेश गर्यो । दबाव विहीन मोरक्कोले १४ औं मिनेटमा खालिद बाउटायबले गोल गर्दै अग्रता दिलाउँदा स्पेन केही क्षण निराशको स्थितिमा पुग्यो । तर स्पेनका ईश्कोले १९ औं मिनेटमा बराबरी गोल फर्काएपछि पहिलो हाफ १-१ को स्थितिमा टुंगियो । खेल सकिन ९ मिनेट अघि युसेफ इएन… पुरा पढौ

इरानसँग बराबरी खेल्दै पोर्चुगल नकाउटचरणमा

एजेन्सी- समूह बिजेता बन्ने सम्भावनालाई अन्तिम क्षणमा गुमाउँदा पोर्चुगलले इरानसँग १-१ गोलको बराबरी खेल्दैं अकं बाडयो् । यद्यपी समुह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश पाएको छ । इरानलाई स्पष्ट जितको खाँचो थियो । त्यतिले मात्रै नभई फराकिलो गोल अन्तर पनि चाहिन्थ्यो । पहिलो हाफको ४५ औं मिनेटमा पोर्चुगलका रिकार्डो क्वारेष्माले गोल गर्दै दिलाएको अग्रताले रेफ्रीले खेल सकिन सिटी फुक्नु अघि पेनाल्टी पाउँदा एशियन मुलुक इरानले बराबरी गोल फर्कायो । करिम अन्सारीफर्डले ९० प्लस ३ मिनेटमा पेनाल्टीमा गोल गर्दै सम्भावित… पुरा पढौ