मुख्य समाचार

कोलम्बिायको जितले पोल्याण्ड बाहिरियो

एजेन्सी-कोलम्बियाँसग ३-० गोलअन्तरले पराजयसँगै पोल्याण्ड रसिया विश्वकपबाट बाहिरएको छ । बाहिरिने पहिलो युरोपियन मुुलुक समेत बनेको छ । पहिलो हाफमा १-०ले पछि परेको पोल्याण्ड दोस्रो हाफमा थप दुई गोल खाएपछि अंक विहीन हुदैं एक खेल अगावै बाहिरन पुग्यो । यद्यपी पोल्याण्डले अब अन्तिम खेल जापानसँग खेल्ने छ । जापानसँग पहिलो खेलमा पराजित भएको कोलम्बियाले पोल्याण्डलाई हराउँदै अन्तिम १६ मा प्रवेश गर्ने सम्भावनालाई भने जिवितै राखेको छ । अब उसले सेनेगलसँग खेल्ने छ । ४० औं मिनेटमा यरी मिनाको गोलबाट अग्रता… पुरा पढौ

मैत्रीपूर्ण गल्फको उपाधि क्या. मिनजंग र क्या. महेन्द्र फगामीलाई

नवलपुर(खेलाडी न्युज)-चौधरी ग्रुप मैत्रीपूर्ण गल्फ प्रतियोगिताको उपाधिमा पोखरेली खेलाडीले बर्चस्व गरेका छन् । नवलपुरको रजहरस्थित चौधरी उद्योग ग्रामभित्रको नाईन होलको गल्फ कोर्षमा आईतबार भएको प्रतिस्पर्धामा स्टेबल फोर्ड तर्फको प्रतिस्पर्धामा क्या.मिनजंग गुरुङले उपाधि उचाल्दा स्ट्रोक प्ले तर्फको प्रतिस्पर्धाको ट्रफी भने क्या. महेन्द्र फगामीले कब्जा गरे । गुरुङले १८ होल पुरा गर्दा फ्रन्ट नाईनमा २२ र व्याक नाईनमा १९ हिर्काउँदै समग्रमा ४१ स्कोरसहित उपाधि आफनो नाममा लेखाउन सफल भएका हुन् । बसन्त गौचनले रनर अफमा चिक्त बुझाए । उनी ३८ स्कोरमा सीमित… पुरा पढौ

मेक्सिको नकाउटचरणमा प्रवेश गर्दा जर्मनीको आशा जिवितै

एजेन्सी-जर्मनी र दक्षिण कोरियालाई अन्ति खेल गर या मरको स्थितिमा पुगेको छ । दुवैले एक जित र एक हार व्यहोरेका छन् । समान ३–३ अंक छ । दुई पराजत व्यहोरेको स्वीडेन भने रसिया विश्वकपबाट बाहिरिने युरोपेली मुलुक बनेको छ । मेक्सिको ६ अंकसहित अन्तिम १६को स्थान सुरक्षित बनाउँदा जर्मनीले पनि स्वीडेनमाथि निर्विकल्प जित निकाल्दै अन्तिम १६ को लागि ढोका खुला राखेको छ । मेक्सिकोले कोरियालाई २–१ गोलले पराजित गर्दै नकाउट चरण प्रवेश गरेको हो । उता जर्मनीले पनि स्वीडेनलाई उस्तै… पुरा पढौ

मेयरकप नेपालगन्ज साइक्लोथनको उपाधि यादवलाई

नेपालगन्ज(खेलाडी न्युज) प्रथम मेयर कप साइकल दौड प्रतियोगिता -२०७५ नेपालगन्ज साइक्लोथनको उपाधि बिमलेश कुमार यादवले जितेका छन् । उनले निर्धारित ३७ किलोमिटर दुरी पुरा गर्ने क्रममा अन्य प्रतियोगीहरुलाई पछि पार्दै नगद रु १५ हजार पनि हात पारे । यसमा सञ्जय सोनकर दोस्रो तथा दीपक मल्ल तेस्रो भए । दुवैले क्रमशः १० हजार र पाँच हजार नगद प्राप्त गरे । प्रोफेसनल राइडर्सहरु मात्र सहभागी हुने प्रावधान रहेको ३७ किलोमिटर दुरी महिला तर्फ साया थापाले मात्र पुरा गरिन् । उनलाई प्रशंसापत्र प्रदान… पुरा पढौ

ट्युनिसिया बाहिरिदा बेल्जियमको यात्रा नकाउटचरणमा

एजेन्सी-बेल्जियमले रसिया विश्वकपमा नकाउट चरणको यात्रा तय गर्दा ट्युनिसिया भने विश्वकपको यात्राबाट विदाई लिएको छ । विश्वकपकै सर्वाधिक गोल हुने क्रममा सात गोल हुन पुग्यो । बेल्जियमले ट्युनिसियाको चुनौतिलाई ५–२ गोल अन्तरले पन्छाउँदै अन्तिम १६ को स्थान सुरक्षित बनायो । पहिलो हाफको छैटौ मिनेटमा कप्तान इडेन हजार्डले पेनाल्टी मार्फत गोल गर्दै दिलाएको अग्रतालाई स्ट्राईकर रोमेलु लुकाकुले १६ औं मिनेटमा अर्को गोल थप्दै बीसमिनेट भित्र बेल्जियमले अग्रता दोब्बर बनाउन पुग्यो । तर १८ औं मिनेटमा ट्युनिसियाले गोल फर्काउँदै लय समात्ने प्रयास… पुरा पढौ

खेलाडीको स्वास्थ्य र जीवन विमा, स्वर्ण पदक विजेता खेलाडीले पाएनन रोजगारी

पोखरा (खेलाडी न्युज)-खेलाडीहरुको स्वास्थ्य तथा दुर्घटना विमा शुरु गरिएको छ । लामो समयदेखि खेलाडीको विमा बारे आबाज उठिरहे पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले यसलाई नेपालमा नै पहिलो पटक सुरुवात गरेको हो । भलिबल र क्रिकेटका राष्ट्रिय खेलाडीद्वय मञ्जु गुरुङ र करण केसीलाई एक कार्यक्रमका विच पोलेसी हस्तान्तरण गर्दै पहिलो पटक खेलाडीको स्वास्थ्य जीवन विमा सुरुवात गरिएको छ । विमा अन्र्तगत खेलाडीलाई स्वास्थ्य विमा वापत २५ हजार र दुर्घटना विमा वापत २ लाखको प्रिमियम वापतको रकम क्षेत्रिय खेलकुदले प्रदान गर्नेछ… पुरा पढौ

ब्राजिलले पन्छायो कोष्टारिकाको चुनौति

एजेन्सी-अतिरिक्त समयमा दुई गोल गरेपछि ब्राजिलले कोष्टारिकालाई पराजित गर्दै रसिया विश्वकपको नकाउट चरण प्रवेशको लागि सहज बनाएको छ । ९० मिनेटको खेलपछि थपिएको ९ मिनेट अतिरिक्त समय थपियो । गोलरहित बराबरीमा टुंगिने तर्फ अग्रसर हुदाँ थपिएको सात मिनेटमा ब्राजिलले दुई गोल गर्दै तीन अंक जोड्दै नकाउटचरणको सम्भावनालाई जिवित राख्यो । ९० प्लस १ मिनेटमा फिलिप कौटिन्होले ब्राजिलका लागि पहिलो गोल गरे । उनलाई ग्रावियल जेससले पास उपलब्ध गराएका थिए । पहिलो गोलसँगै हौसिएको ब्राजिलले अर्को गोल भने नेयमारको खातामा लेखियो… पुरा पढौ

गोस्ते र गौरीशंकर खेल मैदानलाई एक करोड बजेट

पोखरा(खेलाडी न्युज)-लामाचौर खेल मैदान(गोस्ते) र गौरीशंकर खेलमैदान हेमजालाई युवा तथा खेलकुद मन्त्रालयले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ५० लाखसहित मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद मार्फत १ करोड ८० लाख बजेट पठाईसकेको छ । विनियोजित बजेटबाट गोस्तेघाटलाई स्थानीय लामाचौर खेलमैदान विकास समितिले अन्तराष्ट्रिय मापदण्डको फुटबल मैदानसहित प्यारापिट निर्माण गरेको छ । ‘लामाचौर(गोस्ते) खेलमैदान ५० लाख विनियोजन भएर आएको छ ।’ जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘हेमजास्थित गौरीशंकर खेलमैदानको लागि पनि ५० लाख नै बजेट छुट्टिएको… पुरा पढौ

इन्टरनेश्नल र्याफ्टिङ इलाइट च्यालेन्जको लागि नेपाली टोली चीन जाँदै

पोखरा(खेलाडी न्युज)- चीनको जीउयान गुलिन शहरको गौवाग्जी जुुवाङमा हुने इन्टरनेश्नल ¥याफ्टिङ इलाइट च्यालेन्जमा सहभागी हुनका लागि नेपाल एशोसियसन अफ ¥याफ्टिङ एजेन्सीज (नारा) को टोली चीन जाने भएको छ । ग्वान्जी झुवाङ स्थित औपाइ नदीमा आगामी २७ जुन देखी जुलाइ १ सम्म हुने इन्टरनेश्नल ¥याफ्टिङ इलाइट च्यालेन्जमा सहभागी हुनका लागी नाराको टोली आगामी शनिवार चीन जाने भएको हो । नाराका अध्यक्ष निमबहादुर मगरको संयोजकत्वमा सुनिल गुरुङको कप्तानीमा टोली प्रस्थान गर्ने छ । टोलीमा लिलबहादुर गुरुङ, जीवन मगर, प्रदिप मगर, र शिव अधिकारी… पुरा पढौ

क्रोएसियासँग अर्जेन्टिना स्तब्ध

एजेन्सी-फुटबल टिममेट गेम हो । एक्लो खेलाडीले खेलमा प्रभावकारीता देखाउन सक्छ । तर प्रभाव देखाउन खेलाडी विपक्षीले चल्नै नसक्ने गरी रोकिदिए औचित्यहीन हुन्छ । त्यस्तै भएको छ अर्जेन्टिनालाई । विश्वकपमा निकै मुश्किलले छनोट हुदैं क्वाईलिफाईड भएको अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना क्षीण हुदैं गएको छ । अब अन्तिम खेल बाँकी छ । खातामा एक अंक मात्रै छ । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका लिओनेल मेस्सीलाई फेरी सन्यास फिर्ता गराई टोलीको लागि मैदानमा उतारियो । मैदानमा उनको उपस्थितिले विश्वकप… पुरा पढौ