मुख्य समाचार

विश्वकप क्र्वाटरफाईनल-ब्राजिल भर्सेज बेल्जियम

एजेन्सी-रसियामा आयोजित विश्वकपको सेमिफाईनलमा पुग्ने दुवै टोली आशावादी छन् । तर खेलले भने त्यसको निर्णय पक्कै गर्ने छ । एउटा बाहिरिदाँ अर्कोले अन्तिम चारको यात्रा तय गर्ने छ । पाँच पटकको विजेता ब्राजिलले निकै लयमा देखिएको बेल्जियमसँग खेल्दै छ । राती हुने दुवैको भिडन्तलाई विश्वकै नजर प्रत्यक्ष रुपमा हेर्न छन् । बेल्जियमले ब्राजिललाई हराउँदै फुटबलमा नयाँ इतिहास कोर्ने अभियानमा छ भने ब्राजिल भने बेल्जियमलाई पन्छाउँदै छैटौं पटक उपाधि उचाल्ने अभियानमा लम्कने दाउमा छ । दुवै टिम क्लब फुटबलका हस्तीहरुले भरिएका… पुरा पढौ

दुई पुर्व विश्वकप विजेताको क्र्वाटरफाईनल भिडन्त

एजेन्सी-विश्वकपको २१ औं सस्करण रसियामा चलिरहेको छ । अन्तिम आठको खेलहरु आज साँझदेखि शुरु हुदैै छ । सबैलाई चासो र चिन्ता एवं ढुकढुकी बढ्दै गएको छ । क्र्वाटरफाईनलमा विश्वकप पुर्व विजेता फ्रान्सले उरुग्वेसँग खेल्ने छ । त्यसपछि पाँच पटकको विजेता ब्राजिलले बेल्जियमसँग खेल्ने छ । उरुग्वेले दुई पटक आफनो नाममा विश्वकप लेखाईसकेको छ । फ्रान्सले पनि एक पटक उचालेर आफनो प्रभुत्वलाई कायमै गरेको छ । उरुग्वे र फ्रान्स दवै उत्कृष्ठ छन् । आफनो क्षमता दुवैले लिग र नकाउटचरणमा देखाईसकेका छन्… पुरा पढौ

वर्ष खेलाडी घोषित खेलाडीलाई मोटरसाईकल हस्तान्तरण

पोखरा(खेलाडी न्युज)-झण्डै एक महिनापछि बतास ब्रदर्श प्रालिले वर्ष खेलाडीबाट सम्मानित खेलाडीहरुलाई मोटरसाईकल हस्तान्तरण गरेको छ । गत जेठ १८ गते नेपाल खेलकुद पत्रकार मन्च कास्कीद्वारा आयोजित तेस्रो टिभिएस पोखरा स्पोर्टस अवार्डबाट विजेतालाई प्रालिले मोटरसाईकल हस्तान्तरण गरेको हो । पुरुष वर्ष खेलाडीबाट शारीरिक सुगठन संघका खेलाडी कमल भणडरी र महिला वर्ष खेलाडीबाट सितेरियो कराँतेकी खेलाडी बिमला नेपाली घोषित भएका थिए । बतास ब्रर्दशले सम्पूर्ण प्रक्रिया पुरा गरेपछि बाइक र स्कुटर खेलाडीलाई बिहीबार खेलाडीद्वयलाई हस्तान्तरण गरिएको हो । बतास ब्रर्दशका सहायक महाप्रवन्धक… पुरा पढौ

क्रिकेट स्टेडियम अन्यत्र बनाउन उपयुक्त नहुने खेलकुदकर्मीको सुझाव

पोखरा(खेलाडी न्युज)-पोखरा बाहेक अन्यत्र जिल्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र गल्फ कोर्षको पुर्वाधार निर्माणको सम्भावना नभएको पोखराका खेलकुदकर्मीले सुझाव दिएका छन् । भौतिक पुर्वाधार, सुरक्षा, आवास(होटल), स्वास्थ्य सेवाको आधारमा जिल्लामा आवश्यक जग्गा हेरिएपनि पोखरा भन्दा अन्य जिल्लामा उपयुक्त नहुने निष्कर्ष उनीहरुको थियो । सामाजिक विकास मन्त्रालयले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र गल्फ कोर्षको सम्भाव्य अध्ययनको लागि पाँच जिल्लाको २६ ठाँउ हेरिएको जनाएको छ । हेरिएको जग्गामध्ये दुई वटा गल्फ कोर्षका छन् । बाँकी २४ स्थान भने क्रिकेटको लागि अध्ययन गरिएको थियो ।… पुरा पढौ

पेनाल्टीको सहारामा इल्याण्ड विश्वकपको अन्तिम आठमा

एजेन्सी-स्वीटजरल्याण्डको चुनौतिलाई पन्छाएको स्वीडेन अन्तिम आठमा पुग्दा इग्ल्याण्डको भाग्य भने पेनाल्टी सुटआउटमा चम्कियो । पेनाल्टी सुटआउटमा इग्ल्याण्डले कोलम्बियालाई ४-३ गोलले पराजित गर्दै अन्तिम आठ पक्का गर्यो । पेनाल्टीगोलबाट अग्रता लिएको इग्ल्याण्ड अन्तिम एक मिनेट पनि बाँकी नरहदाँ सम्हालिन नसक्दा बराबरी गोल खाँदै खेल थप समयसम्म लम्बियो । ह्यारी केनले ५७ मिनेटमा पेनाल्टीमा गोल गर्दै अन्तिम आठको सुरक्षित बनाउने लक्ष्य तर्फ अग्रसर रह्यो । तर ९० प्लस ३ मिनेटमा यारी मिनाले कोलम्बियाको लागि गोल गर्दै बराबरी गरेपछि आधा घण्टाको समय लम्बिन… पुरा पढौ

खेलकुदको पुर्वाधार विकासमा महानगर र प्रदेशको चासो, क्रिकेट मैदान बनाउन सुझाव

पोखरा(खेलाडी न्युज) -प्रदेश सरकारले एक नगरपालिका एक रंगशाला निर्माण गर्ने नीति बनाएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा रंगशाला निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न आवश्यक छलफल गरिरहेको छ । प्रदेश सरकारले पोखरा लेखनाथ महानगरपालिकासँग समेत आवश्यक सरसल्लाह गरेको छ । महानगरपालिकाले पनि जिल्ला खेलकुद विकास समितिलाई परिपत्र गर्दै भौतिक सरंचनाको अवस्था र आवश्यक पुर्वाधारको विषयमा जानकारी मागेको छ । पोखरा रंगशाला ४१७ रोपनी क्षेत्रफल छ । अन्तर्राष्ट्रियस्तरको पोखरा फुटबल स्टेडियम बनाउन युवा तथा खेलुकद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद… पुरा पढौ

बेल्जियमको उत्कृष्ट कमब्याक, जापान पराजित

एजेन्सी-उत्कृष्ठ कमव्याक गर्दै बेल्जियमले एशियन जायन्ट जापानलाई रोमाञ्चक खेलमा ३-२ गोलले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गरेको छ । ब्लु सामुरायले दुई गोलको अग्रतालाई जोगाउन नसक्दा अन्तत रसिया विश्वकपको यात्रा क्वाटरफाईनल पुग्नै बन्चित रह्यो । ४८ औं मिनेटमा जेन्की हारागुचीको गोलबाट अग्रता लिएको जापानले ५२ औं मिनेटमा ताकाशी इनुईको गोलसँगै अग्रता दोब्बर बनायो । तर ६९ औं मिनेटमा जान भेर्टोगेन्नको गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने प्रयास गरे । ७४ औं मिनेटमा अर्को गोल गरेपछि बेल्जियम लयमा फर्कियो । माउराने फेलानीको गोलसँगै… पुरा पढौ

ब्राजिल विश्वकपको अन्तिम आठमा

एजेन्सी-ब्राजिलले विश्वकपको उपाधि जित्ने लय देखाउँदै मेक्सिकोको चुनौतिलाई २-० गोलले पन्छाएको छ । विश्वकप साविक विजेता जर्मनीलाई पहिलो चरणको खेलमा पराजित गर्दै नकाउटचरण प्रवेश गरेको मेक्सिको भने ब्राजिललाई कडा चुनौति पेश गरेपनि अन्तत रसिया विश्वकपबाट भने विदाई लिन बाध्य भयो । पहिलो हाफ बराबरीको सकिएको थियो । ५१ औं मिनेटमा नेयमारको गोलसँगै दोस्रो हाफमा लय समात्यो । एक गोलको अग्रता लिएको ब्राजिलले खेल सकिन केही मिनेट बाँकी छदा लिभरपुलबाट व्यवसायिक फुटबल खेल्दै आएको रोबर्टो फिरमिनोले गोल गर्दै मेक्सिकोको आशालाई समाप्ता… पुरा पढौ

प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङमा कास्कीलाई दुई स्वर्ण

पोखरा(खेलाडी न्युज) प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा कास्कीका दुई बक्सरले स्वर्ण पदक जितेका छन् । कास्कीका बक्सर हेमरात राउतले ६९ केजी तौल समूहमा स्वर्ण जितेका छन् । प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा आर्मी रवि सुनारलाई पराजित गर्दै स्वर्ण हात पारे । पुरुषकै ८१ केजी तौलको फाइनल प्रतिस्पर्धामा कास्कीका दिपक सुनुवारले आर्मीका भुपेन्द्र सिंहलाई हराउँदै स्वर्ण पदक जित्न सफल भए । पुरुष ५६ केजीको स्वर्ण पदक एपीएफका पुरन राईले जिते । पुरनले फाइनलमा कास्कीका दिनेश बानियाँलाइ हराएका थिए ।… पुरा पढौ

लिर्बोन जेम्स चारवर्षको लागि लेकर्समा आबद्ध

एजेन्सी-अमेरिकन व्यवसायिक बास्केटबल खेलाडी लिर्बोन जेम्सले लस एन्जलस लेकर्ससँग चारवर्षे सम्झौता गरेका छन् । चार वर्षको लागि उनले १५३.३ मिलियन डलरमा सम्झौता गरेक हुन् । केही समय अघिमात्रै उनको सम्झौता सकिएको थियो । उनले लेकर्सभन्दा अघि मियामी हिटसँग आवद्ध थिए । मियामीपछि उनी काभालियर्सबाट दुई वर्ष व्यवसायिक बास्केटबल खेले । उनले बास्केटबलको करियरमा नयाँ रेकर्ड समेत आफनो नाममा लेखाएका थिए । लिर्बोन जेम्सले आफनो करियरको चौथो पटक ४० अंकको स्कोर बनाउँदै अर्को किर्तिमानी लेखाएका छन् । ४० अंकको स्कोरिंग गर्ने… पुरा पढौ