मुख्य समाचार

चौथो माछापुच्छे« प्रदेशस्तरीय बडिविल्डिङ च्याम्पियनसिप

पोखरा(खेलाडी न्युज)-कास्की बडिविल्डिङ तथा फिटनेस संघको आयोजनामा चौथो माछापुच्छ«े प्रदेशस्तरीय शारिरीक सुगठन प्रतियोगिता हुने भएको छ । संघले आगामी साउन २५ र २६ गते पोखराको सभागृह हलमा प्रतिस्पर्धा हुने छ । संघले यसअघि पश्चिमाञ्चलस्तरीय प्रतिस्पर्धा गर्दै आएको थियो । यसै वर्षदेखि भने प्रदेशस्तरीय गर्ने संघका सचिव उमेश सिकेले जानाकारी दिए । उनका अनुसार चौथो मिष्टर माछापुच्छ«ेसँगै पहिलो पटक महिला फिजिक फिटनेस प्रतियोगितामा समेत समावेश गरिएको छ । प्रदेशीस्तरीय प्रतिस्पर्धामा दुई प्रदेश (प्रदेश नं ४ र ५ ) का जिल्लाहरुबाट १… पुरा पढौ

जेशिकाद्वारा राष्ट्रिय च्याम्पियन नङ्गशल पराजित

काठमाडौं (खेलाडी न्युज)झापाकी जेशिका गुरुङ्ग राष्ट्रिय च्याम्पियन महिला नम्बर एक खेलाडी नङ्गशल देवी तामाङ्गलाई पराजित गर्दै सातौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी नजिक पुगेकी छिन् । यस्तै जेसिका महिला जोडी तथा महिला यु १९ मा पनि फाईनलको यात्रा तय गर्न सफल भएकिछिन् । खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा ईटहरीमा भएको प्रतियोगितामा नवौं स्थानमा रहेकी जेशिकाले सेनाकी नङ्गशललाई निकैनै प्रतिस्पर्धात्मक खेलमा १४-२१, २१-१५, २१-१६ ले पराजित गर्दै उपाधी भिडन्तका लागि सेनाकी रशिला महर्जनको सामना गर्ने भएकी छिन् । अर्को… पुरा पढौ

पोखरामा राष्ट्रिय टेबल टेनिस प्रतियोगिता’ , मिक्स डबल्स र गल्र्स डबल्सको उपाधि काठमाडौंलाई

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालामा बिहीबारदेखि शुरु भएको ‘दोश्रो आमन्त्रित राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता २०७५’ को मिक्स डबल्सको उपाधि काडमाडौंले जितेको छ । फाईनलमा ललितपुरलाई प्रतिस्पर्धात्मक ३—२ सेटमा पराजित गर्दै उपाधि रक्षा ग¥यो । काठमाडौंका मारिया थापामगर र आवास चौलागाँईको जोडीले संयोग कपाली र वियंका राईलाई पराजित गर्न निकै मेहनत गरे । पहिलो सेट ११—७ मा लिएको काठमाडौंले दोस्रो सेट ९—११ को गुमाउन पुग्यो । तेस्रो सेट ११—९ कै स्थितिमा लिदैं अग्रता बनाए । तर चौथो सेट फेरी ९—११ मै गुमाउँदा खेल… पुरा पढौ

वडास्तरीय मेयरकप भलिबल प्रतियोगिता शुरु, वडा नं १६ र १७ को विजयी शुरुवात

पोखरा(खेलाडी न्युज)-पोखरा लेखनाथ महानगरपालिका वडास्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगितामा वडा नं १६ ले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्र बिहीबारदेखि शुरु भएको प्रतिस्पर्धामा वडा नं १६ ले वडा नं २ लाई २५—१८, २५—२२ को सोझो सेटले पराजित गर्दै प्रिक्र्वाटरफाईनल प्रवेश गरेको छ । दोस्रो खेलमा वडा नं १७ ले वडा नं २२ लाई पराजित गर्दै प्रिक्र्वाटरफाईनलमा प्रवेश गरेको छ । १७ ले २२लाई २५—१४ र २५—१६ को सोझो सेटमा पराजित गरेको थियो । पोखरा लेखनाथ… पुरा पढौ

राष्ट्रिय लिग दशैं अगाडि सञ्चालन गर्ने -अध्यक्ष कर्माछिरिङ शेर्पा

पोखरा(खेलाडी न्युज)-अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले चार वर्षदेखि स्थगित लिग फुटबल प्रतियोगितालाई दशैं अगाडि नै सञ्चालन गर्ने योजना रहेको सुनाए । ‘चारवर्षदेखि फुटबलको लिग नै भएको छैन्’ उनले बिहीबार शितलज्योति क्लबद्वारा सम्मान कार्यक्रममा बोल्दै भने—‘अब नयाँ टिमले लिगलाई दशैं अगाडि नै सञ्चालन गर्ने योजनासहित अगाडि बढेको छ ।’ उनले फुटवलको शुद्दीकरण सफल भएको बताउदै अब फुटबल विकासको लागि ‘गो फुटबल’ नीति अघि सारिएको बताए । उनले फुटबल अगाडि बढ्छ भन्दै फुटबल विकासको लागि आवश्यक गतिविधिलाई नयाँ… पुरा पढौ

दोस्रो भिमकाली कपको उपाधी संगमलाई

पोखरा(खेलाडी न्युज)-दोस्रो भिमकाली सेभेन ए साईड कपको उपाधी संगम फुटबल क्लबले जितेको छ । बुधबार पोखराको पुरानो टुडिखेलमा सम्पन्न फाईनल खेलमा तारा फुटबल क्लबलाई १—० गोलले पराजित गर्दै सँगमले उपाधी जित्यो । उपाधीसँगै सिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त ग¥यो । उपबिजेता टिम तारा फुटबल क्लबले नगद ७५ हजारमा चित्त बुझायो । खेलमा निर्णायक गोल गर्न सफल संगम फुटबल क्लबका टंक गुरुङ म्यानअफ द म्याच घोषित भए । गुरुङले नगद रु ५ हजारको साथमा… पुरा पढौ

पोखरा क्रिकेट क्लबको महत्वपूर्ण जित

पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला क्रिकेट लिग चौथो दिनमा आईपुग्दा रोमाञ्चक मोडमा पुगेको छ । चार क्लब समान २—२ अंकमा छन् । तीन क्लबले दुई— दुई खेल खेलिसकेका छन् । अरण्यज्योति क्रिकेट क्लब भने एक खेल कम खेलेको छ । दोस्रो खेलमा पहिलो जित दर्ता गर्दै पोखरा क्रिकेट क्लबले ओम डेभलपमेन्ट बैंक के.सि.एलको फाईनल पुग्ने सम्भावनालाई भने जिवितै राखेको छ । दुई अंक जोड्ने क्रममा पोखरा क्रिकेट क्लबले बुधबार पोखरा रंगशाला क्रिकेट मैदानमा सांग्रिला क्रिकेट क्लबलाई ५० रनले पराजित गरेको हो ।… पुरा पढौ

गौरीशंकर दशौं राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन

पोखरा(खेलाडी न्युज)-एथलेटिक्समा एकलौटी कब्जा गर्दै गौरीशंकर मावि हेमजाले दोस्रो पटक राष्ट्रपति रनिङसिल्ड उचालेको छ । गौरी शंकरले ८ स्वर्ण ७ रजत र एक कास्य जित्दै दशौं सस्करणको राष्ट्रपति रनिङसिल्ड च्याम्पियन बन्यो । गौरी शंकरले एथलेटिक्समा ८ स्वर्ण र एक कास्य तथा कबड्डीमा दुई रजत पदक जितेको छ । गौरी शंकरका विवेक अधिकारीले एथलेटिक्समा एक्लैले पाँच स्वर्ण पदक जिते । जुन अहिलेसम्मकै सर्वाधिक स्वर्ण समेत हो । उनले रिलेमा दुई स्वण जिते । ४ गुणा ४ सय र ४ गुणा १… पुरा पढौ

माछापुच्छ«ेमाथि अरण्यज्योतिको रोमाञ्चक जित

पोखरा(खेलाडी न्युज)-७ ओभर, ५ मेडन २ रन ५ विकेट । राजु गुरुङले करियरकै उत्कृष्ठ बलिङ गरे । तर खेल भने जिताउन उनले सकेनन् । अरण्यज्योतिले ६५ रनको झिनो स्कोर पछ्याईरहँदा राजुले उत्कृष्ठ बलिङ गरे । आफनै क्लब माछापुच्छ«े क्रिकेट क्लबलाई जिताउनबाट उनी चुके । अन्तत दुई विकेटको हार व्यहोर्दै माछापच्छ«े क्रिकेट क्लब कास्की जिल्ला क्रिकेट लिगको तेस्रो स्थानमा यथावत छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन, पोखरा राईनोजको सह प्रायोजनमा पोखरा रंगशालामा भईरहेको क्लबस्तरीय… पुरा पढौ

भिमकाली कपको उपाधीका लागी तारा र सँगम भिड्ने

पोखरा(खेलाडी न्युज)-पुरानो टुडिखेल मैदानमा जारी दोस्रो भिमकाली कपको उपाधीका लागी तारा फुटबल क्लब र सँगम फुटबल क्लब भिड्ने भएका छन । मंगलबार सम्पन्न सेमिफाईनलमा लेकसाईड फुटबल क्लबलाई ट्राईबेकर मार्फत २–० को गोल अन्तरले पराजित गर्दै सँगम फुटबल क्लब फाईनल प्रबेश गरेको हो । खेलको निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा पुगेको थियो । सँगमका गोल रक्षक राजन गुरुङले आकर्षक बचाउ गर्दै म्यान अफ द म्याच बन्न सफल भए । म्यान अफ द म्याच बन्न सफल उनले ट्रफि… पुरा पढौ