मुख्य समाचार

गौरिकाले जितिन ८ स्वर्ण

काठमााडौ¬ं(खेलाडी न्युज) गौरिका सिंहले २२ औं खुल्ला राष्टिय पौडी प्रतियोगितामा ८ स्वर्ण हात पार्न सफल भएकी छिन् । उनले महिला २०० मिटर फ्रिस्टायल, १०० मिटर बटरफ्लाई,१०० मिटर ब्याक, ५० मिटर फ्रि, २०० मिटर आईएम, १०० मिटर फ्रि, ५० मिटर बटरफ्लाई र ५० मिटर ब्याकस्टोकमा पदक हाता पार्न सफल भएकी हुन् । छोटो दूरी (सर्ट कोर्ष २५ मिटरको पुल) मा भएको प्रतियोगिताको २०० मि. फ्रिस्टायल सेनाकी गौरिकाले २ मि. ०९.१९ से.मा दूरी पुरा गरिन् । दोश्रो स्थानमा लिङकनकी टिशा शाक्य र… पुरा पढौ

नुवाकोट गोल्डकपमा पोखरा ११ सेमिफाईनलमा

नुवाकोट(खेलाडी न्युज) नुवाकोटमा सञ्चालित विशाल सिमेन्ट प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगितामा पोखरा ११ अन्तिम चारमा प्रवेश गरेको छ । बट्टारस्थित स्थानीय खेलमैदानमा सम्पन्न खेलमा पोखराले एपिएफ क्लबलाई १-० गोलले पराजित गर्दै सेमिफाईनल सुरक्षित बनायो । पोखराका लागि खेलको तेस्रो मिनटमै मान बहादुर तामाङले एक मात्र निर्णायक गोल गरे । खेलको निर्णायक गोलकर्ता तामाङ म्यान अफ द म्याच समेत घोषित भए । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख प्राप्त गर्नेछ… पुरा पढौ

आर्मीका रिमाललाई अन्नपुर्ण म्याराथनको उपाधि

पोखरा(खेलाडी न्युज)-अन्नपूर्ण म्याराथनको उपाधिमा नेपाल आर्मी क्लबका धावकले बर्चस्व कायम राखेका छन् । ४१३० मिटरको उचाई अन्नपूर्ण आधार शिविरबाट शुरु भएको म्याराथन घान्द्रुकमा आएर टुंगिदाँ नेपाली सेनाका हरिकुमार रिमालले उपाधि रक्षा गरे । उनले ४ घण्टा १६ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै उपाधिसहित नगद एक लाख रुपैयाँ पुरस्कार थापे । उनी गत फागुनमा पोखरा रंगशालामा आयोजित १२ औं सस्करणको सफल पोखरा म्याराथनका उपविजेता समेत हुन् । आर्मीकै पूर्ण तामाङ दोस्रो स्थानमा चिक्त बुझाए । केवल १ मिनेटको फरकले उनी उपविजेता… पुरा पढौ

बेगनासतालमा ‘फिसिङ कम्पिटिसन, जलारी प्रथम

पोखरा(खेलाडी न्युज)-पोखरा एन्ग्लर्स क्लबको आयोजनामा सञ्चालित बल्छी प्रतियोगिताको १६ औं सस्करणको उपाधि आईते जलारीको पोल्टामा प¥यो । प्रतियोगितामा किशोर थापा दोश्रो र सन्जीव थापा तेश्रो हुदै पुरस्कृत थापे । अतिथिको रुपमा सहभागिता जनाएका योगेन्द्र थापा चौथो स्थानमा रहे । जलारीले ५.५ केजी माछा मारे । किशोरले ४.३८ केजी तौल बल्छीमा पारेका थिए । सन्जीव ४.३२ केजी माछा मारे । योगेन्द्रले ४.१५ केजी माछा बल्छीमा पारे । प्रतियोगितामा १५ जनाको सहभागिता रहेको थियो । क्लवका सचिव सैलेस रायमाझीले बढी माछा बल्छीमा… पुरा पढौ

प्रदेश नं ४ राष्ट्रपति रनिङ शिल्ड शुरु, स्याङजाकी जमुनालाई दुई स्वर्ण

पोखरा(खेलाडी न्युज)-प्रदेश नं ४ स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता पोखरा रंगशालामा शुरु भएको छ । प्रतियोगितामा एथलेटिक्स तर्फ १५ सय मिटर छात्र तर्फको फाइनलमा कास्कीका स्माइल भण्डारीले स्वर्ण पदक जितेका छन् । उनले उक्त दुरी ४ मिनेट ३३.५ सेकेण्डमा पुरा गरेका हुन् । नवलपरासीका सुनिल बिनले रजत पदक जिते । दौड ४ मिनेट ३४.४ सेकेण्डमा पुरा गरेका थिए भने लमजुङ्गका अदित्य मगरले ४ मिनेट ३५.६ सेकेण्डमा दौड पुरा गर्दै काश्य पदकमा चिक्त बुझाए । छात्रा तर्फको १५ सय मिटर… पुरा पढौ

आज अन्नपूर्ण म्याराथन

पोखरा(खेलाडी न्युज)-जून ३ । आजअन्नपुर्ण दिवस । यही दिवसको अवसरमा अन्नपुर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथन गर्दै छ । ७० जना धावक अन्नपुर्ण आधार शिविर पुगिसकेका छन् । आधारशिविर ४१३०मिटरको उचाईबाट धावकहरु दौडेर घान्द्रुकमा आईपुग्ने छन् । घान्द्रुकमा पुगेर ४१.१९५ किलोमिटरको दुरी पुरा गर्ने छन् । विजेता धावकले १ लाख र उपविजेताले ७० हजार पाउने छन् । तेस्रोले ५० हजार पाउने छन् । अन्तिम दशस्थानसम्म आउने धावकलाई नगदबाट सम्मानित गरिने अन्नपुर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ । सहभागि मध्ये पाँच… पुरा पढौ

वर्ष खेलाडी भण्डारी र प्रशिक्षक घिमिरेलाई सम्मान

पोखरा(खेलाडी न्युज)-तेस्रो पोखरा स्र्पोट्स अवार्ड २०७४ का वर्ष पुरुष उत्कृष्ट खेलाडी शारीरिक सुगठनका खेलाडी कमल भण्डारी र प्रशिक्षक जीवन घिमिरेलाई शनिबार दुई छुट्टा–छुट्टै कार्यक्रममा सम्मान गरिएको छ । बुल्स म्यान क्लबले भण्डारी र घिमिरेलाई सम्मान गर्दै अवार्डले सम्पूर्ण खेलाडीलाई उत्साहित र उर्जावान भएको जनाएको छ । संस्थाका अध्यक्ष नुना गुरुङले खेल पत्रकारहरुले आयोजना गरेको कार्यक्रममा आफ्ना खेलाडी र प्रशिक्षक सम्मानित हुन पाउँदा उर्जा मिलेको बताए । क्लबका संरक्षक एवम पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका उपाध्यक्ष सुनिल गुरुङ लगाएतका पदाधिकारी, सदस्य… पुरा पढौ

आर्मीको दोश्रो जित

काठमाडौ(खेलाडी न्युज)एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ए अन्तर्गत त्रिभुवन आर्मीले लगातार दोस्रो जित हासिल गरेको छ । टियू क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा आर्मीले प्रदेश नम्बर १ लाई १०६ रनले पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिताको खेल वर्षाले प्रधावित भएपछि ४५ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले आठौं नम्बरमा ब्याटिङमा आएका कप्तान बिनोद भण्डारीको विष्फोटक पारीको सहयोगमा निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर २२५… पुरा पढौ

विमला र कमल पोखरा वर्ष खेलाडी घोषित

पोखरा(खेलाडी न्युज)-सितेरियो कराँतेकी विमला नेपालीले वर्ष उत्कृष्ट खेलाडी महिलाको उपाधि जित्दा पुरुष वर्ष खेलाडीबाट शारीरिक सुगठन संघका खेलाडी कमलबहादुर भण्डारी घोषित भए । उनीहरु दुवैले तेस्रो संस्करणको उपाधिसँगै टिभिएसको विगो स्कुटर र अपाचे मोटरसाईकल पुरस्कार स्वरुप पाए । वर्ष उत्कृष्ट खेल पर्यटन पत्रकारिता पुरस्कारबाट भने नागरिककर्मी सन्तोष पोखरेल सम्मानित भएका छन् । पोखरेल नागरिक दैनिक पोखराका व्युरोप्रमुख हुन् । नागरिक दैनिकमा स्थापनाकालदेखि नै पोखरामा रहेर पर्यटन र खेलकुद क्षेत्रमा कलम चलाउँदै आएका छन् । खेलकुद पत्रकार मन्च कास्कीद्वारा आयोजित तेस्रो… पुरा पढौ

कास्की ११ नुवाकोट प्रस्थान, आज काठमाडौं ११ सँग खेल्ने

पोखरा(खेलाडी न्युज)-नुवाकोटमा भईरहेको नुवाकोट गोल्डकपको लागि कास्की जिल्ला फुटबल संघको टिम नुवाकोट प्रस्थान गरेको छ । कास्की ११ ले आज काठमाडौ ११ सित प्रतिस्पर्धा गर्ने छ । कास्की ११ टिमको नेतृत्व उत्तम गुरुङले गरेका छन् । उनीसँगै राजुबावु मगर, दिप कार्की, लक्ष्मण जिसी, विमल बस्नेत, मनबहादुर तामाङ, फ्लोरेन्ट, अब्बा, विमल राना, विश्व अधिकारी, अन्जन देवकोटा राहुल गुरुङ, हेमन्त गुरुङ, लक्ष्मण रुचाल, अजित गुरुङ त्रिदेव गुरुङ, विसन गुरुङ रहेका छन । प्रशिक्षकमा किरण श्रेष्ठ र व्यवस्थापकमा नर गुरुङ र सुवास गुरुङ… पुरा पढौ