पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला फुटबल संघले एकेडेमीमा आवद्ध बाल खेलाडीको स्वास्थ्य परीक्षण शुरु गरेको छ । विभिन्न उमेर समूहका खेलाडीहरुको पहिलो चरणमा हाईट, प्रेसर, पल्स, बीएमआई तथा डाईटको बारेमा जानकारी दिदैं परीक्षण गरिएको थियो । नेशनल एकेडेमी अफ स्पोर्टस मेडिसिनका सदस्यद्वय विजय काफ्ले तथा सुष्मा क्षत्रीले खेलाडीको स्वास्थ्य परीक्षण गराएका थिए । स्पोर्टस मेडिसिनका सदस्य विजय काफ्लेले एकेडेमीका बच्चाहरुको पहिलो चरणमा सामान्य स्वास्थ्य परीक्षण गराई आवश्यक डाईटको बारेमा प्रशिक्षक तथा स्वय एकेडेमीका आवद्ध बाल खेलाडीलाई जानकारी दिईएको बताए । दोस्रो चरणमा…
पुरा पढौ