पोखरा, (खेलाडी न्युज)-एक वर्षभित्रमा पोखरामा सेभेन ए साईड फुटबल प्रतियोगिता दुईदर्जन भन्दा बढी हुन्छन् । वर्षेनी आयोजना हुने फुटबलले खेलाडीलाई व्यस्तता बनाईदिएको छ । प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउने धुनमा पुरस्कार राशीमा समेत बृद्धि हुदैं आएको छ । आगामी बैशाख पहिलो साता पोखराकै सर्वाधिक पुरस्कार राशीको सेभेन ए साईड फुटबल प्रतियोगिता हुदैं छ । बौद्ध शान्ति क्लव, पोेखरा–१०, रामघाटको आयोजनामा आगामी बैशाख ६ गतेदेखि अम्मरसिंह खेल मैदानमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता खेलाउने छ । ‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वास्थ्य र अनुशासित समाज…
पुरा पढौ