मुख्य समाचार

दिप युनाईटेडलाई सर्वाधिक पुरस्कार राशीको सेभेन ए साईडको उपाधि

पोखरा(खेलाडी न्युज)- दिप युनाइटेड क्लवले पोखराको अम्मरसिंह खेल मैदानमा सम्पन्न प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी जितेको छ । बौद्ध शान्ति क्लव, पोेखरा रामघाटद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फाइनल खेलमा बि थर्टिन बाँझापाटनलाई १–० गोलले पराजित गर्दै दिप युनाइटेडले सो उपाधी आफ्नों नाम गराएको हो । दिपलाई उपाधि दिलाउन म्यान अफ द म्याच रुपेश क्षेत्रीले निर्णायक गोल गरे । उपाधी विजेता क्लवले नगद २ लाख २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त… पुरा पढौ

दश खेलाडीमा सिमित एथलेटिकोले आर्सनललाई बराबरीमा रोक्यो

एजेन्सी—८० मिनेट दशजनाम सिमित बन्दै कमब्याक गरेको एथलेटिको मड्रिडले आर्सनलसँग १—१ को बराबरी खेलेको छ । युईएफए युरोपा लिगको सेमिफाईनलको पहिलो लेग एथलेटिकोले आर्सनललाई बराबरीमा रोक्दै दोस्रो लेगलाई सम्भावनाको रुपमा हेरेको छ । खेलको १० मिनेटमै साईमे भर्सल्ज्कोलाई गुमाएको एथलेटिकोले खेलमा एक गोलले पछि परेको अवस्थामा पुनरागमन ग¥यो । पहिलो हाफ बराबरीमा टुंगिएको खेलमा दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । एलेक्सजेण्डर लाकाजेट्टीले ६१ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । निकै दबावमा रहेपनि गोल रोकिरहेको एथलेटिकोले बराबरी… पुरा पढौ

कार्कीद्वारा मोयाथाई खेलसामाग्री हस्तान्तरण

पोखरा(खेलाडी न्युज)- मोयाथाई खेलाडी विवेक कार्कीले नेपाल मोयाथाईका केन्द्रीय प्रशिक्षक दिपकबहादुर गोदार र जिल्ला प्रशिक्षक धन पुनलाई खेल सामाग्री हस्तान्तरण गरेका छन् । लामो समय मोयाथाई प्रशिक्षण गरेका कार्कीले ४० हजार बराबरको किकप्याड, पन्चिङ प्याड, नि बेल्ट(घुडाँमा लगाउने) लगायतका खेल सामाग्री हस्तान्तरण गरेका हुन् । प्रकाश पुञ्जका सञ्चालक समेत रहेका कार्कीले हस्तान्तरण गर्दै मोयाथाईको विकास र विस्तारको लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए । मोयाथाईमै केही महिना अघि मात्रै पोखरेली खेलाडी कुमार थापाले कोरियाको सिओलमा रजत पदक जितेका थिए । … पुरा पढौ

क्रिकेट टोलीको विदाई

पोखरा(खेलाडी न्युज)- मनमोहन स्मृति यु— १६ क्रिकेट प्रतियोगिताको लागि प्रदेश नं ४ को खेलाडीलाई बिहीबार पोखरा रंगशालाबाट विदाई गरिएको छ । प्रदेश नं ४ बाट प्रतियोगितामा सहभागि हुने १६ सदस्यीय टोलीलाई विदाई गरिएको हो । मेघबहादुर सेनको कप्तानीमा ईशान्त श्रेष्ठ, रहमद अन्सारी, अनित बराल, सोहल कुँवर, दिपेन्द्रसिंह मगर, सुजन गौतम, रोशन न्यौपाने, सचिन अधिकारी, प्रमोद बास्तोला, किरण पौडेल, कृष्ण पौडेल, प्रेम गुरुङ र आशिष सैंजु रहेका छन् । त्यसैगरी अमित सुवेदी र रोहन घिमिरे बैकल्पिकको रुपमा रहेका छन् । प्रशिक्षकमा रिजन… पुरा पढौ

मनाङको तिमाङमा ‘हाईअल्टिच्युड स्पोर्टस टे«निङ सेन्टर’

पोखरा, (खेलाडी न्युज)-खेलाडीले अब हाईअल्टिच्युडमा खेलुकद प्रशिक्षण लिने पाउने छन् । हिमालपारीको जिल्ला मनाङमा हाईअल्टिच्युड स्पोर्टस टे«निङ सेन्टर निर्माण गरिएको छ । नेपालको यो पहिलो हाईअल्टिच्युड स्पोर्टस टे«निङ सेन्टर हो । नेपाल सरकारको अभियान अन्तर्गत मनाङको तिमाङमा निर्माण गरिएको टे«निङ सेन्टरको विधिवत उदघाटन गरिएको छ । उदघाटनसँगै हाईअल्टिच्युट स्र्पोट्स टे«निङ सेन्टरमा चामे गाउँपालिकाको आयोजनामा गाँउपालिकास्तरीय फुटबल प्रतियोगिता समेत आयोजना गरिएको छ । टे«निङ सेन्टर २०६५ सालमा बनाउन शुरु गरिएको थियो । २०७४ को अन्तिममा निर्माण पुरा भएको हो । निर्माण पुरा… पुरा पढौ

नेपाल सेमिफाइनलमा पराजित

पोखरा(खेलाडी न्युज) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले तेस्रो स्थानको लागि खेल्ने छ । बंगलादेश र किर्गिस्तान बीचको खेलमा पराजित टोलीसँग नेपालले तेस्रो स्थानको लागि खेल्ने छ । बुधबार पहिलो सेमिफाईनल खेल्दै नेपाल तुर्किमिस्तानसँग सोझो सेटमा पराजित भएपछि तेस्रो स्थानको लागि खेल्ने पक्का गर्यो । नेपाली राष्ट्रिय भलिबल टोली बंगलादेशमा जारी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा बलियो तुर्केमिनिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको छ। समूह ‘ए’को उपविजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको नेपालले समूह ‘बी’ मा अपराजित… पुरा पढौ

सलाहको प्रेरणादायी खेलमा लिभरपुलद्वारा एएस रोमाको फराकिलो हार

एजेन्सी—एनफिल्डमा लिभरपुलले एएस रोमालाई फराकिलो गोलले पराजित गर्दै च्याम्पियन्स लिगको फाईनल पुग्ने सम्भावनालाई बलियो बनाउँदा रोमा भने निकै कमजोर देखिएकोछ । बार्सिलोना विरुद्ध दोस्रो लेगमा उत्कृष्ठ पुनरागमन गरेको एएस रोमा भने इग्ल्याण्डमा आतित्थ्यता गरिरहँदा गोलको भारी लिभरपुलले बोकाईदिएको छ । खेल सकिन दशमिनेट बाँकी दुई गोल गर्दै गोल अन्तर केही कम गर्ने प्रयास भने रोमाले ग¥यो । च्याम्पियन्स लिगमा सबैभन्दा गोल अन्तर नै यो नै हो । यसअघि इटालियन क्लब एएस रोमा बार्सिलोनासँग क्र्वाटरफाईनलमा ४—१ गोल अन्तरले पराजित भएको थियो… पुरा पढौ

बजेट विनियोजन, पुर्वाधार धमाधम

पोखरा, (खेलाडी न्युज)-राष्ट्रिय खेलकुद परिषदले युवा तथा खेलकुद मन्त्रालय समक्ष आगामी साग गेम्स सम्बन्धी प्रतिवेदन बुझाईसकेको छ । बुझाईसकेको प्रतिवेदनमा पोखरामा पाँच खेल खेलाउने निर्णय उल्लेख छ । पाँच खेल पोखरामा खेलाउन आवश्यक पुर्वाधार तयारी अगाडि बढाईएको छ । पोखरामा महिला फुटबल, आर्चरी, लन टेनिस र दुई मार्शल आर्ट खेल गर्ने निर्णय गरिएको छ । निर्णयसँगै युवा तथा खेलकुद मन्त्रालयबाट पुर्वाधारको लागि आवश्यक रकम समेत विनियोजन हुदैं आएको छ । विनियोजित रकमबाट आर्चरीको खेल मैदान तयारी हुदैं छ । लन… पुरा पढौ

चारदिनपछि पोखरामा ट्रायथोलन च्याम्पियनसिप, ट्रायथोलन एकेडेमीको लागि २५ लाख बजेट

पोखरा(खेलाडी न्युज)- चारदिनपछि पोखरामा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुदैं छ । च्याम्पियनसिपमा सहभागि हुने नेपाली खेलाडीको उत्कृष्ठ टाईमिङको आधारमा १८ औं एशियाली खेलकुद प्रतियोगिताको लागि छनोट हुने छन् । इण्डोनेशियाका जकार्तामा हुने १८ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता हुदैं छ । वैशाख १५ गते पोखराको फेवातालमा ट्रायथोलन च्याम्पियनसिप गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पत्रकार सम्मेलनमा जानकारी दिदैं कास्की ट्रायथोलन संघका अध्यक्ष सुमन देवकोटाले ट्रायथोलनको स्प्रिन्ट तर्फ प्रतिस्पर्धा गराईने बताए । स्प्रिन्ट अन्तर्गत ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ… पुरा पढौ

नेपालले सोझो सेटमा हरायो माल्दिभ्सलाई

पोखरा(खेलाडी न्युज) सेन्ट्रल जोन प्रतियोगिताको चौथो संस्करणमा आईतबार नेपालले माल्दिभ्सलाई सोझो सेटले पराजित गरेको छ । अघिल्लो खेल भने नेपाल बंगलादेशसँग पराजित भएको थियो । मिरपुरस्थित इन्डोर स्टेडियममा नेपालले माल्दिभ्सलाई २५–२१, २५–१८ र २५–१५ ले सहजै हरायो । माल्दिभ्समाथिको सहज जितसँगै नेपालले च्याम्पियनसिपमा सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । अब सोमबार बंगलादेश र माल्दिभ्सबीचको खेलले नेपालको सेमिफाइनल नतिजा तय हुने छ । बंगलादेशसँग माल्दिभ्स पराजित भएमा नेपाल उपविजेता र बंगलादेश समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ । मध्य एसियाका दोस्रो… पुरा पढौ