मुख्य समाचार

संगिताले तोडिन १२ बर्ष पुरानो किर्तिमान

काठमाडौ(खेलाडी न्युज) — संगिता राईले ४८ केजी तौल समूहमा १२ बर्ष पुरानो किर्तिमानलाई भंग गर्दै आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएकी छिन् । उनले काठमाण्डौ जिल्लाद्वारा आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान उक्त किर्तिमान भंग गरेकी हुन् । नेपाल पुलिस क्लबकी संगिताले सिनियर तर्फ स्नाच र कुलमा निता थापाले २०६२ सालमा काठमाण्डौमा भएको ३५ औं युवराज जन्मोत्सव कपमा राखेको ५३.५ र ११८.५ केजी तौल लाई भंग गर्दै ५४ र १२३ केजीको नयाँ किर्तिमान राखिन । यस्तै… पुरा पढौ

एन्फाको चुनाव गराउ, फिफाको कारवाहीबाट जोगाउ

काठमाडौं (खेलाडी न्युज) अखिल नेपाल फुटबल संघको टुंगो लागेको छैन् । ललितपुर उच्च अदालतमा उजुरी परेपछि चैत १४ गते हुने भनिएको अधिवेशन स्थगित हुन पुग्यो । मकवानपुर र भक्तपुर फुटबल संघको चुनाव टुंगिएको छ । तर पनि केन्द्रीय अधिवेशनको टुंगो लाग्न सकेको छैन् । केन्द्रीय अधिवशेनको टुंगो नलाग्दा फुटबल क्लबहरु चिन्तत बन्न थालेका छन् । फुटबल लिग नहुनेमा शंका व्यक्त गर्दै छिटो अधिवशेन टुग्याउँदै फुटबलको गतिलाई अगाडि बढाउनुपर्ने आवाज उठेको छ । अधिवशेन नहुदाँ फुटबलको सर्वोच्च निकाय फिफाले कारवाही गर्ने… पुरा पढौ

लेखनाथमा फुटबल व्युँतिने प्रयासमा

धन बस्नेत, पोखरा- भण्डारढीक खेलमैदानमा फुटबल नभएको सातवर्ष बित्यो । आदर्श क्लब भण्डारढीकले तीजको अवसरमा तीजेकप गर्दै आएको थियो । २०६७ सालयता प्रतियोगिता भएको छैन् । तीजेकपबाट शुरु भई आदर्श कप नामाकरण हुदैं व्यवसायिक फुटबल प्रतियोगितामा फड्को मार्यो । तर एकाएक स्थगित हुन पुग्यो । कारण आर्थिक अभाव र मैदान स्तरहीनले । आर्दश क्लब भण्डारढीक २०४४ सालमा स्थापना भएको थियो । विधिवत दर्ता भने २०५४ सालमा गरिएको थियो । स्थापनासँगै भण्डारढीकमा स्थानीयस्तरको फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । २०६६ र २०६७… पुरा पढौ

रोमाको दोस्रो लेगमा पुनरागमन, बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी—च्याम्पियन्स लिग जित्ने बार्सिलोनाको सपना इटालियन क्लब एएस रोमाले गएराती तुहाई दिएको छ । पहिलो लेगमा ४—१ को नजिता निकाल्दै च्याम्पियन्स लिगको सेमिफाईनल पुग्ने आशा जिवितै राखेको बार्सिलोना गएराती ३—० गोलले पराजित हुदा स्तब्ध बन्न पुग्यो । पहिलो लेगमा बार्सिलोनाले जित्दा एएस रोमाका प्रशिक्षकले रेफ्रीले गर्दा पराजित भएको आरोप लगाईरहँदा दोस्रो लेगमा भने रोमा बार्सिलोना विरुद्ध खरो उत्रिदैं पुनरागमन गर्यो । बार्सिलोनाकै घरेलु मैदानमा ३—० को नतिजा निकाल्दै उत्कृष्ठ लय समात्यो । समग्रमा ४—४ गोलको बराबरी रहेपनि अवे गोलको आधारमा… पुरा पढौ

एशियाकपको लागि नेपालले प्लेअफ खेल्नुपर्ने, प्रतियोगिता युएईमा

काठमाडौं(खेलाडी न्युज) नेपालले एशिया कपको लागि प्ले अफ खेल्दै स्थान बनाउनुपर्ने छ । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको पक्का हुदाँ नेपालले भने प्ले अफ खेल्दै छैटौं टोली बन्नुपर्ने खाँचो छ । प्ले अफमा नेपालले यूएई, हङकङ, र ओमानसँग खेल्ने छ । प्ले अफबाट छैटौं टीम भने तय हुनेछ । छैटौं टोलीले एशियाकप खेल्न पाउने छ । एशिया कप पनि अब भारतमा नभई संयुक्त अरब इमिरेट्स(युएई)मा हुने तय भएको छ । भारतमा हुने भनिएको एसिया कप २०१८ संयुक्त अरब इमिरेट्सले… पुरा पढौ

एलजी कपमा पृतनाको टिम टाइब्रेकरमा पराजित

पोखरा(खेलाडी न्युज)- लालिगुरास य्ुबा क्लब पोखरा द्वारा पोखराको अमरसिंह खेल मैदानमा दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा नेपाली सेनाको पश्चिम पृतनाको टोली भीमकालिन पाटन युवा क्लबसँग टाइब्रेकरमा पराजित हुन पुग्यो । टाईब्रकेरमा आर्मी ५—४ गोलमा पराजित हुदैं सेभेन ए साईड फुटबल प्रतियोगिताबाट बिदा लियो । प्रतियोगितामा आदर्श युबा क्लबले टाउन फुटबल क्लबलाई ५–० गोल अन्तरले पराजित गरेको छ । कमलपोखरीले काजिपोखरी युबा क्लब ए टिमलाई पेनाल्टी सुटमै ५–४ गोल अन्तरमा मा पाखा लगायो । लेकसाइड युबा क्लबले भद्रकालीलाई २–०… पुरा पढौ

महेन्द्रनगरले फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्ने

धनगढी(खेलाडी न्युज) – सिवाईसि अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगर युनाइटेड धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग ९डिपिएल० –२ को क्वालिफायरमा प्रवेश गरेको छ । इलिमेटर अन्तर्गत मंगलबार भएको खेलमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगर क्वालिफायर दुईमा प्रवेश गरेको हो । महेन्द्रनगरले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको अत्तरियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १५ रनमात्र बनाउन सक्यो । अत्तरियाका सुवास खकुरेलले ३० रन बनाएपनि टिमलाई जिताउन सकेन । विपीन चन्द्रा २८ रनमा अविजित… पुरा पढौ

काठमाडौंको अपराजित यात्रा रोकियो, धनगढी टिम चौराहा डिपिएलको फाईनलमा

धनगढी(खेलाडी न्युज)—काठमाडौं गोल्डेन्सलाई एक विकेटले पराजित गर्दै घरेलु टोली धनगढी टिम चौराहा डिपिएल सिजन २ को फाईनल सुरक्षित गरेको छ । अन्तिम दुई बलमा जितको लागि छ रनको खाँचो भएको अवस्थामा सामसद शेखले छक्का प्रहार गर्दै जित सुनिश्चत बनाए । १२८ रनको लक्ष्यलाई टिम चौराहाले ९ विकेट गुमाउँदै काठमाडौमाथि एक बल बाँकी छदाँ रोमाञ्चक जित हासिल गर्यो । लिग चरणमा टिम चौराहा काठमाडौं गोल्डेन्सँग सात विकेटले पराजित भएको थियो । रोहन मुस्तफाले ३३ रनको महत्वपूर्ण योगदानमा टिम चौराहाले जितको आधार तयार… पुरा पढौ

बोरिङ छ, पानी छैन् , बजेट नहुदाँ थन्कियो

पोखरा(खेलाडी न्युज)—पोखरा रंगशालाभित्र खानेपानीको लागि बोरिङ खनिएको पनि आठ महिना वित्यो । लामो समय वित्दा पनि पानी भने जमिन मुनी नै छ । जमिनमुनिका पानी बाहिर ल्याउने काम अझै भएको छैन् । बोरिङ खनेर पाईप जडान गरेपनि थ्री फेजको लाईनसँगै पाईप विस्तारको योजना नहुदाँ बोरिङ प्रयोग विहीन अवस्थामा छ । भुतपुर्व खेलाडी मन्च कास्कीले पर्खाल घेराबन्दीसँगै खानेपानीको लागि बोरिङ गरेको थियो । खनिएको बोरिङ पनि लामो समय अलपत्र परेपछि पुन नयाँ जिल्ला तथा क्षेत्रीय खेलकुदमा कार्यसमिति आएपछि फेरी बोरिङबाट पानी… पुरा पढौ

विराट गोल्डकप रुस्लान थ्री स्टारलाई

विराटनगर(खेलाडी न्युज)– विराट गोल्डकपको उपाधि रुस्लान थ्री स्टार क्लबले जितेको छ । यो सँगै थ्री स्टारले सिजनको पाँचौ उपाधि उचाल्यो । नेपाल आर्मीमाथि सोमबार साँझ इज्जतिलो नजितासँगै उपाधि जित्दा पुरानो छविलाई उज्याल्याउने काम गरेको छ । आर्मी ३–० ले हराउँदै थ्री स्टार च्याम्प्यिन बन्दै मोसफलकै सर्वाधिक पुरस्कार राशी जित्ने टोली बनेको छ । पुसको अन्तिमबाट घरेलु फुटबलमा फर्केयता थ्री स्टारको यो पाँचौं नकआउट उपाधि हो । आर्मीले ७ वटा उपाधि जितेको छ । थ्री स्टारको जितमा विमल घर्ती मगरले २… पुरा पढौ