मुख्य समाचार

बावरको अर्धशतकीय पारीमा विराटनगरको पहिलो जित

धनगढी(खेलाडी न्युज)हङकङी कप्तान बावर हायातको अर्धशतीय पारीमा विरानगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई . ४२ रनले पराजित गर्दैै पहिलो जित आत्मसात गरेको छ । धनगढी प्रिमियर लिग २, टी- २० मा आज भएको प्रतिस्पर्धामा टस जितेर व्याटिङ गरेको विराटनगरले ओपनर दिलिप नाथको उत्कृष्ठ शुरुवात रह्यो । उनले ३७ बलमा ४३ रन हिर्काउँदै मैदान छाड्दा छ चौका र एक छक्काको इनिङ्समा लेखियो । ए.के साह २५ बलमा ३६ रन बनाए । उनी सागर पुनको बलमा विदेशी खेलाडी राउटेलाको हातबाट क्याच भए । चार… पुरा पढौ

रोनाल्डोको उत्कृष्ठ प्रदर्शन, युभेण्ट्स ३-० ले पराजित

एजेन्सी – क्रिष्टियानो रोनाल्डो फेरी एकपटक उत्कृष्ठ लयमा देखिदाँ च्याम्पियन्स लिगको सेमिफाईनल पुग्ने सम्भावना बलियो बनाएको छ । गएराती क्र्वाटरफाईनलमा इटालियन सिरीको शीर्ष स्थानमा रहेको युभेण्ट्सलाई ३-० गोलले पराजित गर्दै रियल मड्रिडले क्लब फुटबलमा आफुलाई अब्बल दर्जामा उभ्याएको यो नजिताले प्रष्ट पारेको छ । घरेलु मैदानमा भएको खेलमा दश खेलाडीमा झरेको युभेन्टसलाई हराउन रियलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । खेलको तेस्रो मिनेटमा नै रोनाल्डोले इस्कोको पासमा गोल गरेपछि रियलले एक शुन्यको अग्रता लिएको थियो । ३५ औं मिनेटमा… पुरा पढौ

तनहुँको एसवाईसि बीरेन स्मृति कपको दोस्रो चरणमा

पोखरा(खेलाडी न्युज)—तनहुँबाट पोखराको टुडिखेलको धुलाम्मे मैदानमा सहभागिता जनाएको एसवाईसिले दोश्रो बिरेन स्मृती कप तथा १२ औ बिटी कपमा दोस्रो चरण यात्रा तय गर्यो । एस वाई सि तनहुले बिटी जुनियरलाई ४–१ गोल अन्तरले पराजित गरी दोश्रो चरणमा प्रवेश गर्न सफल बनाउँदै बलियो उपस्थिति जनाउने संकेत देखायो । भोलि बुधबारबाट दोस्रो चरणका खेलहरु खेलाईने छ । बुद्धटोल युवा क्लवको आयोजनामा सञ्चालन भइरहेको बिटी कपमा भिमकाली युवा क्लवले नदीपुर फुटवल क्लवलाई ४–० गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गर्न सफल भयो… पुरा पढौ

धनगढी टिम चौराहाको दोस्रो जितमा राजवंशी नायक

धनगढी(खेलाडी न्युज)—धनगढी प्रिमियर लिग २, टी-२० को आज तेस्रो दिन महेन्द्रनगर युनाईटेडलाई आठ विकेटले पराजित गर्दै धनगढी टिम चौराहाले दोस्रो जित निकालेको छ । असफाक अहेमदले उत्कृष्ठ शुरुवात गर्दै ३० रन जोड्दै आधार तयार पारिदिएपछि एस. धमलाले नटआउट ४० रनको महत्वपूर्ण पारीमा धनगढीले १३२ रनको लक्ष्यलाई दुई विकेटको क्षतिमा १२ बल बाँकी रहँदा पुरा गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । रोहन मुस्ताफाले पनि ३९ रनको महत्वपुर्ण इनिङ खेल्ने क्रममा ३० बलमा एक चौका र ३ छक्का हिर्काए ।… पुरा पढौ

छैटौं ह्वीलचियर बास्केटबल शुरु, पोखरा र जावलाखेलको विजयी शुरुवात

पोखरा(खेलाडी न्युज)—आजदेखि पोखरा रंगशाला बास्केटल कोर्टमा ह्वीलचियर बास्केटकल प्रतियोगिता शुरु भएको छ । उदघाटन खेलमा पोखराले नेपालगन्जलाई १८—० स्कोरमा पराजित गर्दै सेमिफाईनलको सम्भावना प्रबल बनाएको छ । यसैगरी दोस्रो खेलमा जावलाखेल ह्वीलचियर स्पोर्टस क्लबले स्पाईनल कर्ड इन्ज्युरी स्पोर्टस एशोसियसनलाई ३६—१९ को स्कोरमा पराजित गरेको छ । अपांग खेलकुद समिति कास्की र स्वाबलम्बन जीपनपद्धति केन्द्र पोखराको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा नेपाल आर्मी, जवलाखेल ह्वीलचियर स्पोर्टस क्लब, स्पाईनल कर्ड इन्ज्युरी स्पोर्टस एशोसियसन, ह्वलीचिर स्पोर्टस एशोसियसन, नेपालगन्ज ह्वीलचियर खेलकुद संघ र आयोजक पोखराको… पुरा पढौ

चैत अन्तिम साता बिरेठाँटीमा क्यानोनिङ प्रतियोगिता

पोखरा(खेलाडी न्युज)—साहसिक खेल क्यानोनिङको प्रवद्र्धन गर्न यही चैत अन्तिमदेखि बैशाख १ सम्म क्यानोनिङ प्रतियोगिता गरिने भएको छ । पोखरा क्यानोनिङ र विरेठाँटी क्यानोनिङ प्रालिको आयोजनामा चैत २९ गतेदेखि क्यानोनिङ प्रतियोगिता हुने छ । प्रतियोगितामा ५० क्यानोनिङ खेलाडीको सहभागिता रहने पोखरा क्यानोनिङ प्रा.लिका निर्देशक राम गुरुङले जानकारी दिए । चीनबहादुर प्यारी प्रतिष्ठानको मुख्य प्रायोजनामा हुने प्रतियोगितामा विशेष गरी कास्की, भोटेकोशी, ककनी, सुन्दरी जल, लम्जुङ, बाग्लुङ(हटिया), पर्वत(दुर्लुङ)का रहेको क्यानोनिङका गाईडहरुको सहभागिता रहने उनले बताए । तीन चरणमा गरी फाईनल निकालिने छ ।… पुरा पढौ

स्मृति क्लबलाई गोलको वर्षा, चैट चैट चैटले बनायो एलपाटनलाई चैट

पोखरा (खेलाडी न्युज)— दोश्रो बिरेन स्मृती कप तथा १२ औ बिटी कपमा आदर्श युथ क्लव बी ले स्मृती क्लवलाई १०–१ गोल अन्तरले पराजित गर्न सफल भयो । आठौ खेलमा चैट चैट चैट बीले एल पाटन एफ सीलाई ३–० गोल अन्तरले पराजित ग¥योभने अन्तिम खेलमा सराङकोटले भलामलाई २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । पोखराको पुरानो टुडिखेलमा सोमबार सम्पन्न पहिलो खेलमा लेकसाइड ब्वाइजले टुडिखेल एफ सीलाईा ३–१ गोल अन्तरले पराजित गर्न सफल भयो । दोश्रो खेलमा… पुरा पढौ

थ्री स्टार मदन भण्डारी गोल्डकप च्याम्पियन

बुटवल(खेलाडी न्युज) – रुस्लान थ्री स्टारले मोसफसकै सर्वाधिक पुरस्कार राशीको तेस्रो मदन भण्डारी गोल्डकपको उपाधि जितेको छ । आराम नभएको भन्दै फाईनल खेल्न अस्वीकार गरिरहेको थ्री स्टारले आज सोमबार चिर प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो । आयोजकले माफी मागेपछि फाईनल खेल्दै विदेशी खेलाडीको गोलमा उपाधि उचाल्दैं घरेलु फुटबलमा आफुलाई अब्बल प्रमाणित गरेको छ । विदेशी खेलाडी अजयी मार्टिनको गोलमा रुस्लान थ्री स्टार क्लबले मोसफलको सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी गोल्ड कपसँगै थ्रीस्टारले सिजनको तेस्रो… पुरा पढौ

रुपन्देहीको दोस्रो हार,,ऐरीको अर्धशतक ओझेलमा

धनगढी (खेलाडी न्युज)प्रदीपसिंह ऐरीले अर्धशतकीय पुरा गर्दै सानदार शुरुवात गरेपछि पछिल्ला व्याट्सम्यानले उत्कृष्ठ प्रदर्शन दोहोर्याउन नसक्दा रुपन्देहीले च्यालेन्जर्सले दोस्रो हार व्यहोरेको छ । काठमाडौं गोल्डेन्सले दिएको १८९ रनको लक्ष्य पछ्याएको रुपन्देही १२३ रनमै अलआउट हुन पुग्यो । ऐरीले ५७ रन हिर्काउँदै गतिलो शुरुवात गरे । उनलाई ओपनिगं सागर पुनसँग पहिलो विकेटको लागि ७५ रनको साझेदारी गरेका थिए । यद्यपी पुन १८ रनमा पवेलियन फर्किए । दिपक प्रसादले केवल १० रनमात्रै जोडे । अन्य व्याट्सम्यानको दोहोरो अंकको रन बन्न सकेन् ।… पुरा पढौ

रुपन्देहीलाई काठमाडौं गोल्डेन्सको १८७ रन जितको लक्ष्य

धनगढी (खेलाडी न्युज)-ओपनर सुशान्त भारी र ए.श्रेष्ठले पहिलो विकेटको लागि ७२ रनको महत्वपूर्ण साझेदारी गर्दै उत्कृष्ठ शुरुवात गरेको काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई १८७ रनको लक्ष्य दिएको छ । धनगढी प्रिमियर लिग क्रिकेट सिजन २ अन्तर्गत आज भएको प्रतिस्पर्धामा कप्तान ज्ञानेन्द्र मल्ललाई २० रनमा खेलिरहँदा पि.एस ऐरीले रनआउट गर्दै पवेलियन तर्फको संकेत गरेपछि इनिंग सन्नी पटेल र नरेश बुढाएरले सम्हालेका थिए । पी थापालाई १४ रनमा मल्ल भन्दा अघि नै गुमाईसकेको थियो । पटेलले ४८ रनको नटआउट खेल्दा बुढाएरले ३० रनमा… पुरा पढौ