मुख्य समाचार

डिपिएल २, आज अत्तरिया र रुपन्देही च्यालेन्जर्स बीच प्रतिस्पर्धा

पोखरा(खेलाडी न्युज)-धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत आज सिवाईसि अत्तरियाले रुपन्देही च्यालेन्जर्ससँग प्रतिस्पर्धा गर्ने छ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिताको उदघाटन खलमा काठमाडौं गोल्डेन्सले धगगढी चौराहालाई सात विकेटले पराजित गरेको थियो । गत वर्षको संस्करणलाई केलाउँदा अत्तरिया रुपन्देही च्यालेन्जर्ससँग पराजित भएको थियो । रुपन्देहीले १२६ रन बनाउँदा अत्तरियामा भने ८६ रनमा समेटिदैं पराजित भएको थियो । आज पराजयको बदला लिने अवसर पाएको छ । यद्यपी दिउँसो हुने खेलको नजिता भने कुर्नुपर्ने हुन्छ । नेपाली राष्र्टिय क्रिकेट टोलीका विकेट किपर… पुरा पढौ

युनाईटेड दोस्रो स्थानमा, सिटी उपाधि नजिक

एजेन्सी- रोमेलु लुकाकुले सयौं गोलको कोशे ढुंगा पुरा गर्दा म्यानचेष्टर युनाईटेडले स्वास्न्सी सिटीमाथि २(० गोलले पराजित गरेको छ । २४ वर्षिय लुकाकुले पाँचौ मिनेटमा गोल गर्दै अग्रता दिलाउँदा आफनो सय गोलको कोशेढुंगा पार गरेका थिए । अर्को गोल भने अलेक्स सान्चेजले २० औं मिनेटमा गरेका थिए । युनाईटेड जितसँगै प्रिमियर लिगको दोस्रो स्थानमा फेरी उक्लिएको छ । लिभरपुलले क्रिष्टियल प्यालेसलाई पराजित गर्दै केही घण्टाको लागि दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष चार भित्र रहने टोलीले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने… पुरा पढौ

सुजलकोह्याट्रिक, मनाङ मस्र्याङ्दी तेस्रो मदन भण्डारी गोल्डकपको फाईनलमा

बुटवल(खेलाडी न्युज)भर्खरै कतारबाट फर्किएका विङगर सुजल श्रेष्ठले ह्याट्रिक गरेपछि मनाङ मस्र्याङ्दी क्लब बुटवलमा सञ्चालित तेस्रो मदन भण्डारी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल–१० रामनगरस्थित मानवज्ञान माविको खेल मैदानमा शनिबार सम्पन्न सेमिफाइनलमा मनाङले साविक विजेता सुनौलो संगम युवा क्लबलाई ५–० ले हराउँदै उपाधि नजिक पुगेको हो । मनाङको जितमा सुजल श्रेष्ठले ह्याट्रिक गरे भने थप दुई गोल अर्का स्टार मिडफिल्डर अन्जन बिष्टले गरे । उनले खेलको २६ औं, ५८ र ८९ औं मिनेटमा गोल गरेका थिए… पुरा पढौ

डिपिएल २, काडमाडौं गोल्डेन्सले सात विजयीले विजयी

पोखरा(खेलाडी न्युज)अमित श्रेष्ठले उत्कृष्ठ पारी खेलेपछि दोस्रो संस्करणको धनगढी प्रिमियर लिगमा काठमाडौं गोल्डेन्सले धनगढी चौराहालाई सात विकेटले पराजित गरेको छ । श्रेष्ठले नटआउट ८१ रनको इनिङ खेलेपछि १४६ रनको लक्ष्य पछ्याएको काठमाडौंले ३ विकेटको क्षतिमा भेट्टायो । श्रेष्ठले ६५ बल खेल्ने क्रममा ९ चौका र ४ छक्का हिर्काउँदै उदघाटन खेलमा विष्फोटक व्याटिङ गरे । जे.ए कोल्सावालालाई १६ र कप्तान ज्ञानेन्द्र मल्ललाई १० रनमा गुमाएपछि श्रेष्ठले ओपनिङबाट अन्तिम इनिङसम्म सम्हाले । उनलाई नरेश बुढाएरले साथ दिएका थिए । नरेश बुढाएरले २४… पुरा पढौ

१४६ रनको लक्ष्य पछ्याउँदै काठमाडौं गोल्डेन्स, आलमको ह्याट्रिक

पोखरा(खेलाडी न्युज)( धनगढी प्रिमियर लिगमा काठमाडौं गोल्डेन्सका साहब आलमले पहिलो ह्याट्रिक लिएका छन् । १८ औं ओभरमा ह्याट्रिक विकेट लिदै धनगढी चौराहालाई १४५ रनमा समेटे । १८ औं ओभरमा सुजिन धमलालाई पवेलियन फर्काएपछि ह्याट्रिक गर्ने लक्ष्य देखियो । अर्को बलमा उनले चौराहाका कप्तान सोमपाल कामीलाई क्रिज बाहिर पठाउने क्रममा काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए । पाँचौ बल फ्याक्ने क्रममा उनले सोनु तामाङको विकेट लिदैं उदघाटन खेलमा ह्याट्रिक लिने खेलाडीको सूचीमा आफुलाई उभ्याए । उनी यु-१९ का खेलाडी… पुरा पढौ

प्रिमयर लिगमा चेल्सी र टोटनह्यामको खेल साताकै महत्वपूर्ण

एजेन्सी- इंिग्लस प्रिमियर लिगको निकै महत्वपूर्ण मानिएको चेल्सी र टोटनह्याम हट्सपर बीच्को खेल आईतबार बिहान हुदैं छ । यी दुई बीचको प्रतिस्पर्धा यो साताकै उत्कृष्ठ हुने प्रश्नमा कसैको दुईमत नै छैन् । आज चेल्सीले आफनो घरेलु मैदानमा टोटनह्यामलाई स्वागत गर्दै छ । भिडन्तमा निस्किएको नतिजाले प्रिमियर लिगको चौथो स्थानको सुरक्षा हुने सम्भावना बलियो बनाउन सक्छ । प्रिमियर लिगको शीर्षस्थानमा म्यानचेष्टर सिटी (८१) छ । दोस्रोमा म्यानचेष्टर युनाईटेड(६छ) छ । तेस्रो स्थानमा लिभरपुल(६३) छ । चौथो स्थानमा टोटनह्याम छ । पाँचौमा चेल्सी… पुरा पढौ

भदौ तेस्रो साता बुल्समेन ओपन बडिविल्डिङ च्याम्पियनसिप

पोखरा(खेलाडी न्युज) – बुल्समेन क्लब पोखराले भदौ तेस्रो साता तेस्रो सस्करण बुल्समेन शारीरिक सुगठन प्रतियोगिता गर्ने जनाएको छ । पत्रकार सम्मेलन मार्फत २०७५ भदौ १५ र १६ गते तेस्रो बुल्समेन खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता गर्ने मिति सार्वजनिक गरिएको हो । पुरुषसँगै महिलाको इभेण्टलाई पनि समावेश गरिएको छ । बुल्समेनको आह्वान युवाहरुको पहिचान भन्ने नारासहित स्थापित बुल्समेन क्लबले विशेष गरी युवा पुस्तालाई खेलकुदप्रति प्रेरित गर्ने उद्देश्यसहित प्रत्येक दुई वर्षमा शारीरिक सुगठन प्रतियोगिता गर्दै आएको छ । पहिलो सस्करणमा रामबहादुर दाहाल… पुरा पढौ

आजदेखि डिपिएल, काठमाडौंले चौराहासँग खेल्ने

पोखरा(खेलाडी न्युज) – घरेलु क्रिकेटलाई नयाँ उचाईमा पुर्याउने अभिायनका साथ आजदेखि धनगढी प्रिमियर लिग(डिपिएल) शुरु हुदैै छ । काठमाडौं गोल्डेन्सले धनगढी चौराहसँग उदघाटन खेल खेल्दै डिपिएल शुरु हुने छ । भर्खरै नेपालले एकदिवसीय मान्यता पाएको छ । मोसफबाटै क्रिकेटको माहौल सृजना गर्दै सानोस्तरबाट शुरु गरिएको प्रिमियर लिग नेपालकै प्रतिष्ठित क्रिकेट लिगको रुपमा परिणत भएको छ । क्रिकेटमा यो नै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको छ । आईसिसीले समेत यसलाई मान्यता दिएको छ । मान्यताले विदेशी खेलाडीलाई समेत टीममा समावेश गर्न… पुरा पढौ

आजदेखि विराट गोल्डकप, मोरङ ११ र थिम्पु फुटबल क्लब, भुटान खेल्दै

पोखरा(खेलाडी न्युज)-सिजनको अन्तिम गोल्डकप विराट गोल्डकप आजदेखि विराटनगरमा शुरु हुदैं छ । रात्रीकालिन फुटबलको स्वादसँग शुरु हुने गोल्डकपको उदघाटन खेल मोरङ ११ र थिम्पु फुटबल क्लब, भुटान बीच हुने छ । खेल भने साँझ छ बजेदेखि शुरु हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १० वटा टिम सहभागिता रहेको छ । नेपाल बाहिरका भूटानको थिम्पु फुटबल क्लब र भारतको मोहम्डन स्पोर्टिङ क्लब प्रतियोगितामा सहभागी छन् । भुटान र भारतको दुईवटा क्लबसहित मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, थ्री स्टार,… पुरा पढौ

तेस्रो मदन भण्डारी गोल्डकपको सेमिफाईनल खेल असिना पानीले स्थगित

बुटवल(खेलाडी न्युज)—खराब मौसमका कारण तेस्रो मदन भण्डारी गोल्डकपको पहिलो सेमिफाईनल खेल स्थगित भएको छ । हावाहुरीसहित असिना पानी परेपछि थ्री स्टार र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी बीचको खेल स्थगित भएको हो । वर्षको चौथो उपाधिको खोजीमा रहेको थ्रीस्टारले आज आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसँग सेमिफाईनल खेल्ने थिए । सेमिफाईनल जितले फाईनल सुरक्षित हुने छ भने उपाधिको संघारमा पुग्ने छ । पराजितले बाहिरिदैं उपाधि विहीन फर्किनुपर्छ । मलेसियाको टोलीलाई पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेको थ्रीस्टारले आयोजकसँग खेल्दै शतप्रतिशत नजिता निकाल्ने… पुरा पढौ