मुख्य समाचार

स्पानियोलसँग रियलले नसोचेको नतिजा

एजेन्सी—फुटबलमा जित्नो लागि गोल नै चाहिन्छ । बलमाथिको नियन्त्रण राखेपनि रियल मड्रिडले अन्तमा इन्जुरी समयमा गोल खाँदै स्पानियोलसँग स्तब्ध बन्न पुग्यो । ९०+३ मिनेटमा गोल खाँदै रियल मड्रिडले स्पेनिस लिगको शीर्षस्थानको बार्सिलोनासँग्को अन्तर घटाउने अवसरलाई गुमाउन पुग्यो । अंक बाड्ने सम्भावना बढीरहदाँ अन्तिम समयमा गेरार्ड मोरेनोले सर्जियो ग्रासियाको पासमा गोल गर्दै मड्रिडको सपनालाई चकनाचुर बनाईदिए । ७५ औं मिनेटमा सर्जियो ग्रासियाले पाब्लो पियाट्टीले मिलाईदिएको पासलाई सदुपयोग गर्दै रियलको पोष्टमा प्रहार गरेका थिए । ९० औं मिनेटमा सर्जियो ग्रासियाले नै पोष्टमा… पुरा पढौ

नेपाली व्याट्सम्यानको प्रभावकारी प्रदर्शन, युएई पाँच विकेटले पराजित

एजेन्स—आईसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ को फाईनलमा भोगेको पराजयको बदला नेपालले विश्वकप छनोट अन्तर्गत मंगलबार वार्मअप खेलमा लिएको छ । युएईले दिएको १७२ रनको चुनौतिलाई नेपालले पाँच विकेटको क्षतिमा चार बल बाँकी रहदाँ पुरा ग¥यो । शरद भेषवाकर र दिपेन्द्रसिंह ऐरीले उत्कृष्ठ साझेदारी गर्दै टोलीको जित तर्फ लम्काए । भेषवाकरले ४१ रन बनाउन ५४ बल खर्चिए । खातामा एक छक्का रह्यो । उनी नटआउट रहे । उनलाई ऐरीले पनि साथ दिदैं ४१ रन बनाई आउट भए । ऐरीले ३२… पुरा पढौ

युएईसँग वार्मअप म्याच, नेपाललाई १७२ रनको चुनौति

एजेन्स—नेपालले विश्वकप छनोट अन्तर्गत आज मंगलबा संयुक्त अरब इमिरेट्स(युएई)सँग वार्म अप खेल्दै छ । टस हारेको नेपालले फिल्डिङ रोज्दै युएईले नेपाललाई जितको लागि १७२ रनको लक्ष्य दिएको छ । दोस्रो ओभरमै कप्तान रोहन मुस्तफालाई ४ रनमै ललितसिंह भण्डारीले पवेलियनको बाटो देखाउँदै दबाव सृजना गरे । तर आसफाक अहमेदले ललित राजबंवशीको बलमा आउट हुनु अघि ४२ रन बनए । उनको इनिङले पनि युएईलाई सम्मानजनक स्कोर बनाउन महत्वपूर्ण योगदान दियो । पारस खड्काले पनि गुलाम साब्बरलाई विकेट किपर दिलिपनाथको हातबाट क्याच गराए… पुरा पढौ

कलेज प्रिमियर क्रिकेट लिग जित्दै सत्यवतीले दोहोरयायो इतिहास

पोखरा, (खेलाडी न्युज)—गत वर्षको इतिहास दोहोरयाउँदै सत्यवती उच्चमावि दमौलीले तेस्रो एक्सपर्ट कलेज प्रिमियर क्रिकेट लिगको उपाधि रक्षा गरेको छ । मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा कुमुदिनी होम्सले दिएको ९९ रनको लक्ष्यलाई सत्यवतीले १६ ओभरमा सात विकेटको क्षतिमा पुरा गर्दै उपाधि रक्षा गरयो । एक समय निकै दवावमा रहेको सत्यवतीका मध्यक्रमका व्याट्सम्यानले सुझबुझ गर्दै साझेदारी गर्दै रन निकालेपछि झिनो स्कोरको लक्ष्य पुरा गर्दै तीन विकेटको जित आत्मसात गरयो । गत वर्ष नै पहिलो पटक आयोजित एक्सपर्ट विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि समेत… पुरा पढौ

युएईसँग आज वार्मअप खेल, नेपालको व्याटिङको परीक्षा

पोखरा(खेलाडी न्युज)—आज नेपालले संयुक्त अरब इमिरेट्स(युएई)सँग मैत्रीपूर्ण खेल खेल्दै छ । जुन विश्वकप छनोटको लागि वार्म अप खेल हुने छ । युएईसँग पराजित हुदैं विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाल समूह बीमा छ । युएईसँग नेपालले प्रतिस्पर्धा भने गर्दैन् । तर आज वार्म अप म्याच मार्फत आफनो क्रिकेटको स्तर भने पक्कै मापन गर्ने छ । लिग डिभिजन २ मा युएईसँग फाईनलमा जस्तै उत्कृष्ठ व्याटिङको अपेक्षा गरिएको छ । डिभिजनमा खेलिएका मध्ये फाईनलमा मात्रै नेपाली व्याट्सम्यान त्यसमा पनि कप्तान पारस खड्काले लोभलाग्दो… पुरा पढौ

शनिबार पोखरा ट्रेल रेसको दोस्रो संस्करण, डयामसाईड- पुम्दीकोट-डयामसाईड

पोखरा(खेलाडी न्युज)—पोखरा ट्रेल रेसको दोस्रो संस्करण चार दिनपछि शुरु हुदैं छ । २० किलोमिटर दौडको ट्रेल रेस आउँदो शनिबार पोखराको ड्यामसाईडबाट शुरु हुने छ । अन्तिम विन्दु कास्कीको पुम्दीकोटमा पुगेर फर्किएर ड्यामसाईड आएर रेस टुंगिने छ । दौडमा विजेताले नगद ५ हजार पाउने छ । ट्रेल रेस पुरा गरेवापत धावकले १ अंक समेत प्राप्त गर्नेछ । चार अंक प्राप्त गरेको अवस्थामा ट्रेल रेसको अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउने पाउने पोखरा ट्रेल रेस सिरिजका अध्यक्ष विकास गुरुङले जानकारी दिए । ट्रेल रेसका… पुरा पढौ

पोग्बा ओल्डट्राफोर्ड छोड्ने मनस्थितिमा

एजेन्सी—युभेन्ट्सबाट सर्वाधिक महंगामा ओल्डट्राफोर्डमा भित्रिएका पाउल पोग्बा यतिबेला म्यानचेष्टर युनाईटेड छोड्ने मनस्थितिमा छन् । पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्होको रोजाईमा युभेन्ट्सबाट युनाईटेडमा ८९ मिलियन पाउण्डमा भित्रिएका पोग्बा मोरिन्होले दोस्रो रोजाईमा राख्न थालेपछि क्लब छाडने मनस्थिति बनाएका हुन् । उनले आगामी समर सिजनमा नयाँ क्लबमा अनुबन्धन हुन सक्ने द सनले दावी गरेको छ । उनलाई स्पेनिस जायन्ट रियल मड्रिडले भित्रयाउने चाहना राख्दै आएको छ । यद्यपी चर्चा केही सेलाएको छ । युभेन्ट्सले पनि उनलाई क्लबमा फर्काउन खोजिरहेको छ । ५३ मिलियन पाउण्ड… पुरा पढौ

एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटको फाईनल मंगलबार

पोखरा(खेलाडी न्युज)—पोखरामा आयोजित तेस्रो एक्सपर्ट कलेज प्रिमियर क्रिकेट लिगको फाईनल खेल मंगलबार हुदैं छ । फाईनलले गत वर्षको स्कुलस्तरीय एक्सपर्ट क्रिकेटको झल्को दिने छ । किन की दुवै फाईनलिष्ट टोली पुरानै हुन् अर्थात स्कुलस्तरीय फाईनल खेलेका दुवै टोलीले कलेजस्तरमा पनि च्याम्पियनको लागि प्रतिस्पर्धा गर्दै छन् । फाईनलमा पोखराको कुमुदिनी होम्स र तनहुँ दमौलीको सत्यवती माविले प्रतिस्पर्धा गर्दै छन् । यी दुवै गत वर्ष स्कुलस्तरीय एक्सपर्ट क्रिकेट प्रतियोगितामा फाईनल भिडेका थिए । यिनै दुवै विद्यालयले एकवर्ष पछि पोखरा रंगशालाको उही क्रिकेट… पुरा पढौ

किरणको उत्कृष्ठ प्रदर्शनमा मिर्नेवा आईलिगको शीर्षस्थानमा

पोखरा(खेलाडी न्युज)—नेपाली फुटबलका राष्ट्रिय गोलकिपर किरण चेम्जोङको मिर्नेभा पन्जाब भारतीय प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । सोमबार एज्वाल एफसीलाई २—० गोलले पराजित गर्दै ३२ अंकसहित आईलिगको शीर्षस्थानमा उक्लिएको हो । पञ्जाबले खेलको ५१ औं मिनेटमा लिएको अग्रतालाई खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित बनायो । आकाश साङवानले गोल गर्दै मिर्नेभालाई अग्रता दिलाए । चेन्को ग्याल्थेनको पासमा डिबक्स लाईन नजिकैबाट हानेको सट पोष्टभित्र छिरेपछि शीर्षस्थान पक्का गर्ने तर्फ लम्किएको थियो । ९०+६ मिनेटमा बाजी अर्माण्डले विलियन ओपोकु एसाइडुको… पुरा पढौ

दृष्टिविहीन महिला क्रिकेटमा प्रदेश ४ लाई सिरिजमा अग्रता

पोखरा(खेलाडी न्युज)— पोखरा रंगशालामा आयोजित प्रदेशस्तरीय महिला दृष्टिविहीन क्रिकेट प्रतियोगिताको पहिलो दिन प्रदेश नं ४ ले सात विकेटले पराजित गर्दै टी—२० को सिरिज १—० अग्रता लिएको छ । टस जितेर व्याटिङ गरेको प्रदेश नं १ ले १०८ रन बनाएको थियो । २० ओभरमा वि३ दिपेश गुरागाँईले ४ चौका र विमलार राईको ३६ रनको महत्वपूर्ण योगदान रह्यो । प्रदेश नं ४ की बलर वि१ रिता थापाले २, बी३ बलर भगवती भट्टराईले २ र वि२ भगवती अम्गाई र सरिता घिमिरेले १—१ विकेट… पुरा पढौ