मुख्य समाचार

अष्ट्रेलियाले पछ्यायो सर्वाधिक रनको लक्ष्य, गुप्टिलको शतक ओझेलमा

एजेन्सी—न्युजिल्याण्डले शुक्रबार त्रिदिवसिय टी—२० सिरिजमा रेकर्ड बनायो । टी—२० मा छ विकेटको क्षतिमा २४३ रन बनायो । जुन टी—२०को इतिहासमा सर्वाधिक रन पनि हो । न्युजिल्याण्डले दिएको रेकर्ड रनको चुनौतिलाई अष्ट्रेलियाले सात बल बाँकी छदाँ पुरा गर्दै इतिहास लेखायो । त्रिदिवसिय टी—२० सिरिजमा शुक्रबार न्युजिल्याण्डले छाडेको २४४ रनको लक्ष्यलाई अष्ट्रेलियाले ७ बल बाँकी छदाँ पुरा गर्दै जित निकाल्दा मार्टिन गुप्टिलको शतक छायाँमा प¥यो । गुप्टिलले विष्फोटक व्याटिङ गर्दै ५४ बलमा १०५ रन बनाए । उनले इनिङ्समा ६ चौका र ९… पुरा पढौ

चार वर्षे एन्फा नेतृत्वको लागि शेर्पा र कुँवर बीच प्रतिस्पर्धा

काठमाडौं (खेलाडी न्युज)- एक महिनापछि नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ(एन्फा)को नयाँ नेतृत्वको लागि अधिवेशन हुदैं छ । एकवर्षपछि अधिवेशन गर्ने जिम्मेवारी लिदैं विशेष अधिवेशनबाट अध्यक्ष बनेका नरेन्द्र श्रेष्ठले भने आफनो उम्मेदवारी प्रस्तुत नगर्ने जनाएका छन् । पोखराबाट एन्फामा अध्यक्षको लागि पत्रकार सम्मेलन गर्दै उदघोष गरेका कृष्ण थापा भने उपाध्यक्षमा झर्दै अध्यक्षमा कर्मा छिरिङ शेर्पालाई समर्थन गरेका छन् । अध्यक्षको लागि बर्तमान उपाध्यक्ष मणि कुवँर र शेर्पा बीच प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । अधिवेशनसँगै चार वर्षे नेतृत्वको… पुरा पढौ

रियलको आखाँ युनाईटेडका पोग्बामाथि

एजेन्सी—रियल मड्रिडले म्यानचेष्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बालाई भित्रयाउने चाहना राखेको छ । पाँच वर्षे सम्झौतामा रहेका पउल पोग्बाको अझै युनाईटेडसँग तीन वर्ष बाँकी छ । यद्यपी रियलले पोग्बालाई अर्को सिजनमा बर्नबेउ भित्रयाउन आन्तरिक गृहकार्य गरिरहेको छ । पोग्बालाई भित्रयाउन रियलले १२० मिलियन पाउण्डको प्रस्ताव गर्ने राख्ने जनाएको छ । युनाईटेड व्यवस्थापक जोसे मोरिन्होले पोग्बालाई युभेन्ट्सबाट युनाईटेड भित्र्याएका थिए । उनलाई युनाईटेडले ८९ मिलियन पाउण्ड खर्च गरेको थियो । पाँच वर्षको लागि भित्रिएको पोग्बाको अझै तीन वर्ष सम्झौता छ । युनाईटेडले… पुरा पढौ

विश्वकप छनोटमा नेपालले जिम्बावे, स्कटल्याण्ड,अफगानिस्तान र हङकङसँग प्रतिस्पर्धा गर्ने

धन बस्नेत (खेलाडी न्युज)—उत्कृष्ठ बलिङ प्रेरित नेपालले लिग डिभिजन १ मा उक्लिदैं आईसिसी विश्वकप क्रिकेट छनोटमा आफनो सहभागिता जनाएको छ । तर नेपालले विश्वकप छनोटको लागि प्रभावशाली प्रदर्शन गर्न निकै गहन प्रशिक्षणको खाँचो छ । त्यसको लागि टोली नेपाल फर्किने वित्तिकै आन्तरिक तयारीको लागि गृहकार्य थाल्नुपर्ने खाँचो क्रिकेट प्रेमीले देखेका छन् । कमजोर व्याटिङलाई माथि उठाउनुपर्ने अत्यावश्यक छ । नेपालले मार्चमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने छ । छनोटमा जिम्बावे, स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग प्रतिस्पर्धा गर्ने छ । अफगानिस्तान र… पुरा पढौ

सन्दीपको लिग डिभिजन २ को प्लेयर अफ दि टुर्नामेन्ट

पोखरा(खेलाडी न्युज)—आईपिएलको तयारीमा रहेको नेपाली बलर सन्दीप लामिछाने आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ को प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका छन् । प्रतियोगिता अवधिमा १७ विकेट लिएको उनलाई प्लेयर अफ दि टुर्नामेन्ट घोषित हुदैं ट्रफी पाए । लिग चरणमा १६ र फाईनलमा एक विकेट लिएका हुन् । आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा पाँच खेलमा उनले १ट विकेट लिएका थिए । आफनो बलिङ छवि देखाउँदै सर्वाधिक विकेट लिने खेलाडी घोषित भएका हुन् । दिल्ली डेयर डेभिल्सबाट भारतीय प्रिमियर… पुरा पढौ

फाईनलमा कप्तान खड्काको शतक, युएईसँग सात रनले पराजित

पोखरा(खेलाडी न्युज) नेपाल आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बन्दै टुग्याएको छ । कप्तान पारस खड्काले प्रतियोगितामा पहिलो शतक हानेपनि जित उन्मुख हुनबाट भने जोगिएन् । अन्तिम बलमा १४ रनको खाँचो थियो । तर उनले छक्का हिर्काउँदै नटआउट ११२ रन हिर्काए । निकै सुझबुझपूर्ण र धैर्यपूर्ण व्याटिङ गरेपनि उनको शतक भने ओझेलमा प¥यो । तर कप्तानी भूमिका भने अन्तिम खेलमा उनले देखाई छाडे । उपविजेता बन्दै जिम्बावेमा हुने विश्वकप क्रिकेट छनोट प्रतियोगितामा उपविजेताको हैसियतले सहभागिता जनाउने छ ।… पुरा पढौ

११ वर्षपछि मुरे टेनिस ¥याङकिङको २१ औं स्थानमा

एजेन्सी— तीन पटक ग्राण्डस्लाम च्याम्पियन बेलायती खेलाडी एण्डी मुरे टेनिस ¥याकिङको २१ औं स्थानमा पुगेका छन् । १२ वर्षपछि पहिलो पटक उनी टेनिसको शीर्ष २० बाट पछाडि परेका हुन् । सर्भियन खेलाडी नोभाक जोकोभिच भने अहिले १४ औं स्थानमा छन् । अष्ट्रेलियन ओपन २०१८ मा जोकोभिच कोरियन खेलाडी ह्युन चाङसँग पराजित भएका थिए । दुई पटक ओलम्पिक च्याम्पियन सन २००५को सेप्टेम्बरमा नम्बर एकमा थिए । उनको शीर्षस्थान २०१६ को नोभेम्बर र २००१७ को अगष्टमा फेरी शीर्षस्थानमा यथावत रहे । तर… पुरा पढौ

भेट्रान्स बास्केटबलमा कास्की पराजित, तिलकको व्यक्तिगत ५० स्कोर

पोखरा(खेलाडी न्युज)—कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा बतास व्रदर्श द्वारा प्रायोजित टिभिएस आरटिआर दोश्रो राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिताको उदघाटन खेलमा कास्की जिल्ला बास्केटबल संघ किर्तिपुर भेट्रान्ससंग ४३–३२ को स्कोरमा पराजित भएको छ । यस्तै बिहिबार नै सम्पन्न अन्य खेलमा पुन समाज कास्कीले एक्स एबिसीलाई तिलक पुनको व्यक्तिगत ५० स्कोर गरेपछि ८०–६८ ले पराजित ग¥यो । ठमेलका कर्मा गुरुङ व्यक्तिगत ३५ स्कोरमा काठमाडौको ठमेल युनाइटेडले पर्वत जिल्ला बास्केटबल संघ ६३–४३ को स्कोरले पराजित भयो । त्यसै गरि एक्स आर्मीले तनहुँ बास्केटबल… पुरा पढौ

अन्तराष्ट्रिय साईकल रेसको उपाधि क्यानडाका वालेसलाई, महिला तर्फ लक्ष्मी च्याम्पियन

धन बस्नेत, पोखरा -क्यानडाका करी वालेस पोखरामा आयोजित ‘पोखरा चौथो स्टेज अन्तराष्ट्रिय साईकल रेस’ प्रतियोगिता उपाधि जितेका छन् । उनल तीन दिनको स्टेजमा प्रथम हुदैं उपाधि जितेका हुन् । महिला तर्फको उपाधि भने लक्ष्मी मगरले जितिन् । उनले चारै दिनको स्टेजमा प्रथम हुदैं उपाधि जोगाएकी हुन् । पोखरामा पहिलो पटक आयोजित अन्तराष्ट्रियस्तरको साईकल रेसको पुरुष तर्फ दोस्रो भने काठमाडौंका नारायण गोपाल महर्जन दोस्रो भए । ओकेश बज्रचार्य(ललितपुर) भने तेस्रो भएका छन् । महिला तर्फको प्रतिस्पर्धामा भने उषा खनाले दोस्रो हुदाँ… पुरा पढौ

पोखरामा भेट्रान्स बास्केटबल, ठमेलद्वारा पर्वत पराजित

पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला बास्केटबल संघको आयोजनामा आजदेखि ‘दोश्रो टिभिएस आरटिआर राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिता’ शुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा शुरुभएको खेलमा एक्स एबीसीलाई पुन समाज पोखराले ८०—६८ स्कोरले पराजित गरेको छ । त्यसैगरी अर्को खेलमा पर्वतलाई ठमेल काठमाडौंले ६३—४३ को स्कोरमा पराजित गरेको छ । बतास ब्रदर्श प्रालिको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिता लिगकम नकाउटको आधारमा खेलाईएको छ । पोखराका चार टिम सहभागि छन् । पश्चिमाञ्चल भुपु सैनिक, एक्स एबीसी, पुन समाज र कास्की जिल्ला बास्केटबल संघको टिम… पुरा पढौ