मुख्य समाचार

रियलको आखाँ युनाईटेडका पोग्बामाथि

एजेन्सी—रियल मड्रिडले म्यानचेष्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बालाई भित्रयाउने चाहना राखेको छ । पाँच वर्षे सम्झौतामा रहेका पउल पोग्बाको अझै युनाईटेडसँग तीन वर्ष बाँकी छ । यद्यपी रियलले पोग्बालाई अर्को सिजनमा बर्नबेउ भित्रयाउन आन्तरिक गृहकार्य गरिरहेको छ । पोग्बालाई भित्रयाउन रियलले १२० मिलियन पाउण्डको प्रस्ताव गर्ने राख्ने जनाएको छ । युनाईटेड व्यवस्थापक जोसे मोरिन्होले पोग्बालाई युभेन्ट्सबाट युनाईटेड भित्र्याएका थिए । उनलाई युनाईटेडले ८९ मिलियन पाउण्ड खर्च गरेको थियो । पाँच वर्षको लागि भित्रिएको पोग्बाको अझै तीन वर्ष सम्झौता छ । युनाईटेडले… पुरा पढौ

विश्वकप छनोटमा नेपालले जिम्बावे, स्कटल्याण्ड,अफगानिस्तान र हङकङसँग प्रतिस्पर्धा गर्ने

धन बस्नेत (खेलाडी न्युज)—उत्कृष्ठ बलिङ प्रेरित नेपालले लिग डिभिजन १ मा उक्लिदैं आईसिसी विश्वकप क्रिकेट छनोटमा आफनो सहभागिता जनाएको छ । तर नेपालले विश्वकप छनोटको लागि प्रभावशाली प्रदर्शन गर्न निकै गहन प्रशिक्षणको खाँचो छ । त्यसको लागि टोली नेपाल फर्किने वित्तिकै आन्तरिक तयारीको लागि गृहकार्य थाल्नुपर्ने खाँचो क्रिकेट प्रेमीले देखेका छन् । कमजोर व्याटिङलाई माथि उठाउनुपर्ने अत्यावश्यक छ । नेपालले मार्चमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने छ । छनोटमा जिम्बावे, स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग प्रतिस्पर्धा गर्ने छ । अफगानिस्तान र… पुरा पढौ

सन्दीपको लिग डिभिजन २ को प्लेयर अफ दि टुर्नामेन्ट

पोखरा(खेलाडी न्युज)—आईपिएलको तयारीमा रहेको नेपाली बलर सन्दीप लामिछाने आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ को प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका छन् । प्रतियोगिता अवधिमा १७ विकेट लिएको उनलाई प्लेयर अफ दि टुर्नामेन्ट घोषित हुदैं ट्रफी पाए । लिग चरणमा १६ र फाईनलमा एक विकेट लिएका हुन् । आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा पाँच खेलमा उनले १ट विकेट लिएका थिए । आफनो बलिङ छवि देखाउँदै सर्वाधिक विकेट लिने खेलाडी घोषित भएका हुन् । दिल्ली डेयर डेभिल्सबाट भारतीय प्रिमियर… पुरा पढौ

फाईनलमा कप्तान खड्काको शतक, युएईसँग सात रनले पराजित

पोखरा(खेलाडी न्युज) नेपाल आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बन्दै टुग्याएको छ । कप्तान पारस खड्काले प्रतियोगितामा पहिलो शतक हानेपनि जित उन्मुख हुनबाट भने जोगिएन् । अन्तिम बलमा १४ रनको खाँचो थियो । तर उनले छक्का हिर्काउँदै नटआउट ११२ रन हिर्काए । निकै सुझबुझपूर्ण र धैर्यपूर्ण व्याटिङ गरेपनि उनको शतक भने ओझेलमा प¥यो । तर कप्तानी भूमिका भने अन्तिम खेलमा उनले देखाई छाडे । उपविजेता बन्दै जिम्बावेमा हुने विश्वकप क्रिकेट छनोट प्रतियोगितामा उपविजेताको हैसियतले सहभागिता जनाउने छ ।… पुरा पढौ

११ वर्षपछि मुरे टेनिस ¥याङकिङको २१ औं स्थानमा

एजेन्सी— तीन पटक ग्राण्डस्लाम च्याम्पियन बेलायती खेलाडी एण्डी मुरे टेनिस ¥याकिङको २१ औं स्थानमा पुगेका छन् । १२ वर्षपछि पहिलो पटक उनी टेनिसको शीर्ष २० बाट पछाडि परेका हुन् । सर्भियन खेलाडी नोभाक जोकोभिच भने अहिले १४ औं स्थानमा छन् । अष्ट्रेलियन ओपन २०१८ मा जोकोभिच कोरियन खेलाडी ह्युन चाङसँग पराजित भएका थिए । दुई पटक ओलम्पिक च्याम्पियन सन २००५को सेप्टेम्बरमा नम्बर एकमा थिए । उनको शीर्षस्थान २०१६ को नोभेम्बर र २००१७ को अगष्टमा फेरी शीर्षस्थानमा यथावत रहे । तर… पुरा पढौ

भेट्रान्स बास्केटबलमा कास्की पराजित, तिलकको व्यक्तिगत ५० स्कोर

पोखरा(खेलाडी न्युज)—कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा बतास व्रदर्श द्वारा प्रायोजित टिभिएस आरटिआर दोश्रो राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिताको उदघाटन खेलमा कास्की जिल्ला बास्केटबल संघ किर्तिपुर भेट्रान्ससंग ४३–३२ को स्कोरमा पराजित भएको छ । यस्तै बिहिबार नै सम्पन्न अन्य खेलमा पुन समाज कास्कीले एक्स एबिसीलाई तिलक पुनको व्यक्तिगत ५० स्कोर गरेपछि ८०–६८ ले पराजित ग¥यो । ठमेलका कर्मा गुरुङ व्यक्तिगत ३५ स्कोरमा काठमाडौको ठमेल युनाइटेडले पर्वत जिल्ला बास्केटबल संघ ६३–४३ को स्कोरले पराजित भयो । त्यसै गरि एक्स आर्मीले तनहुँ बास्केटबल… पुरा पढौ

अन्तराष्ट्रिय साईकल रेसको उपाधि क्यानडाका वालेसलाई, महिला तर्फ लक्ष्मी च्याम्पियन

धन बस्नेत, पोखरा -क्यानडाका करी वालेस पोखरामा आयोजित ‘पोखरा चौथो स्टेज अन्तराष्ट्रिय साईकल रेस’ प्रतियोगिता उपाधि जितेका छन् । उनल तीन दिनको स्टेजमा प्रथम हुदैं उपाधि जितेका हुन् । महिला तर्फको उपाधि भने लक्ष्मी मगरले जितिन् । उनले चारै दिनको स्टेजमा प्रथम हुदैं उपाधि जोगाएकी हुन् । पोखरामा पहिलो पटक आयोजित अन्तराष्ट्रियस्तरको साईकल रेसको पुरुष तर्फ दोस्रो भने काठमाडौंका नारायण गोपाल महर्जन दोस्रो भए । ओकेश बज्रचार्य(ललितपुर) भने तेस्रो भएका छन् । महिला तर्फको प्रतिस्पर्धामा भने उषा खनाले दोस्रो हुदाँ… पुरा पढौ

पोखरामा भेट्रान्स बास्केटबल, ठमेलद्वारा पर्वत पराजित

पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला बास्केटबल संघको आयोजनामा आजदेखि ‘दोश्रो टिभिएस आरटिआर राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिता’ शुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा शुरुभएको खेलमा एक्स एबीसीलाई पुन समाज पोखराले ८०—६८ स्कोरले पराजित गरेको छ । त्यसैगरी अर्को खेलमा पर्वतलाई ठमेल काठमाडौंले ६३—४३ को स्कोरमा पराजित गरेको छ । बतास ब्रदर्श प्रालिको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिता लिगकम नकाउटको आधारमा खेलाईएको छ । पोखराका चार टिम सहभागि छन् । पश्चिमाञ्चल भुपु सैनिक, एक्स एबीसी, पुन समाज र कास्की जिल्ला बास्केटबल संघको टिम… पुरा पढौ

रोनाल्डोको दुईगोलमा पिएसजीमाथि रियलको सानदार जित

एजेन्सी—घरेलु मैदान बर्नबेउमा रियल मड्रिडले आतित्थताको लागि बोलाएको पेरिस सेन्ट जर्मेनलाई ३—१ ले पराजित गरेको छ । च्याम्पियन्स लिगको पहिलो लेगमा खराब लयमा देखिएका रोनाल्डोको पेनाल्टी गोलबाट कमब्याक गरेको रियलले अन्तत पिएसजीलाई पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गर्ने बाटो खुकुलो बनायो ।घरेलु मैदानमा रियलले गोल खाँदै दबावमा रह्यो । ३३ औं मिनेटमा एड्रिन रविओटलेले गोल गर्दै रियलमाथि दवाब सृजना ग¥यो । तर त्यो दबाव पहिलो हाफमा आएर टुंगियो । ४४ औं मिनेटमा डिबक्सभित्र टोनी क्रसलाई फउल हिर्काएपछि रियलले पेनाल्टीको अवसर पायो… पुरा पढौ

तीन वर्षे क्रिकेट करियरमा करणको अविस्मरणीय प्रदर्शन

पोखरा(खेलाडी न्युज)— बाग्लुङबाट परिवारै सहित भारत प्रवासमा गए । त्यही क्रिकेट सिके । लामो भारत बसाईपछि पोखरा फर्किए । पोखरा फर्किएसँगै उनको क्रिकेट लत पोखरा रंगशालाबाट खारिन शुरु ग¥यो । प्रसंग चार वर्षको अघिको हो । जतिबेला उनी भर्खरै भारतबाट पोखरा आएका थिए । संयोग नै मान्नुपर्छ, पोखरामा क्रिकेटको राष्ट्रिय टोलीको क्याम्प चलिरहेको थियो । सन २०१४ को अन्त्यतिर पोखरा रंगशालामा चलेको क्याम्पमा करणले पनि ट्रायल दिए । ट्रायलमा उनी प्रशिक्षक जगत टमटाको आखाँमा परे । त्यसपछि उनको क्रिकेटको करियरले… पुरा पढौ