मुख्य समाचार

च्याम्पियन्स लिग, उत्कृष्ठताको भिडन्तमा पिएसजी र रियल मड्रिड

एजेन्सी—बुधबार भ्यालेन्टाईन डे । सबैलाई प्रेमिल दिवस मनाउने धुनमा छन् । तर फुटबल प्रेमी भने बर्नबेउ स्टेडियममा पुग्ने छन् । भ्यालेन्टाईन डे मनाएर बिहीबार राती च्याम्पियन्स लिगको प्रतिष्ठित खेल स्पेनिस जायन्ट रियल मड्रिडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनलाई स्वागत गर्दै छ । क्र्वाटरफाईनल प्रवेशको लागि पहिलो लगेको भिडन्त भने रियलको मैदानमा हुने छ भने दोस्रो लेग भने पिएसजीको मैदानमा रियल खेल्न जाने छ । रियल र पिएसजीको खेलले सबैको ध्यान खिचिएको छ । प्रसिद्ध मात्रै नभई सर्वाधिक महंगा खेलाडीको रुपमा… पुरा पढौ

आरिफ र रोहितको उत्कृष्ठ साझेदारी, केन्यामाथि ३ विकेटको जित

पोखरा(खेलाडी न्युज)—मध्यक्रमका व्याट्सम्यान आरिफ शेख र रोहितकुमार पौडेलले छैटौं विकेटको लागि ८७ रनको उत्कृष्ठ साझेदारी गरेपछि नेपालले केन्यामाथि ३ विकेटको जित दर्ता गरेको छ । जितसँगै नेपाल डिभिजन १ मा उक्लिने सम्भावनालाई बलियो बनायो । चार खेलमा एक हार र तीन जितसँगै नेपाल अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । छैैटौं विकेटको लागि महत्वपूर्ण साझेदारी गरेपछि जितको आधारशिला तयार भएको थियो । आरिफ शेख ४२ रन बनाउँदै पवेलियन फर्किदाँ रोहितले इनिङ सम्हाले । अन्य दिनमा सस्तैमा आउट भएका रोहितले जितको… पुरा पढौ

सन्दीपको उत्कृष्ठ फर्म, चार खेल, १४ विकेट, प्रति ओभर औसत रन २.४७१

पोखरा(खेलाडी न्युज)—आईपिएलको तयारीमा रहेको नेपाली बलर सन्दीप लामिछाने यतिबेला उत्कृष्ठ फर्ममा छन् । आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा चार खेलमा उनले १४ विकेट लिदैं आफनो बलिङ छवि देखाईसकेको छ । दिल्ली डेयर डेभिल्सबाट भारतीय प्रिमियर लिग(आईपिएल) खेल्ने तयारीमा रहेको उनले लिग डिभिजनमा जादुमयी बलिङलाई कायमै राखेका छन् । चार खेलमा उनले २१२ बल (३५.२ ओभर) फ्याँके । ८७ रन दिए । ८ मेडन राखे । १४ विकेट लिए । उनले प्रतिओभर २.४७१ को औसातले रन दिएका छन् ।… पुरा पढौ

पोखरामा चारदिने अन्तराष्ट्रिय साईकल रेस शुरु, फष्ट स्टेजमा नेपालीको बर्चस्व

धन बस्नेत(खेलाडी न्युज)—पोखरामा आज सोमबारदेखि ‘पोखरा चौथो स्टेज अन्तराष्ट्रिय साईकल रेस’ प्रतियोगिता शुरु भएको छ । पहिलो दिनको रेसमा नेपाली साइक्लिष्टले महिला तथा पुरुष दुवै विधामा बर्चस्व जमाएका छन् । यद्यपी अझै तीन दिनको टास्क भने बाँकी नै छ । अन्तराष्ट्रिय साईकल रेसको पहिलो दिन सोमबार कास्कीको पामेबाट शुरु भई चापाकोट, तारेभिर, भुम्दी, पुम्दी, विश्वशान्ति स्तुपा, छोरेपाटान, स्तुपा सानो ताल हुदैं पामेमै पुगेर टुंगिएको थियो । उकाली ओरालीहुदैं ग्रामीण बाटो ५० किलोमिटरको दुरी तय गर्न काठमाडौंका नारायण गोपाल महर्जनले २… पुरा पढौ

गेटाफेसँग बार्सिलोना गोलरहित बराबरी

एजेन्सी—पहिलो हाफसम्म गोलरहित रोकेको गेटाफेले बार्सिलोनासँग अन्तत गोलले पराजित भएको छ । आईतबार राती भएको खेलमा पहिलो हाफमा निकै उत्कृष्ठ प्रदर्शन गरेको बार्सिलोनामाथि आक्रमणको राम्रो अवसर भने गेटाफे जुरायो । तर प्रयासलाई गोलमा परिणत गर्न भने गेटाफे सकेन् । गेटाफेका फ्रान्सिस्को पोर्टिलोले दिएको पासमा ३७ औं मिनेटमा डिजेन डाकोनामले हानेको हेडिङ दायाँ कर्नरबाट बाहिरियो । दोस्रो हाफमा बार्सिलोनाले गेटाफेलाई केही दवावमा राख्यो । एकपछि अर्को अवसर सृजना गर्ने तर्फ जुटेको बार्सिलोनाले प्रयासलाई सार्थक बनाउन सकेको छैन् । ५६ औं मिनेटमा… पुरा पढौ

कप्तान पारसको अर्धशतक, युएईमाथि चार विकेटको जित

पोखरा (खेलाडी न्युज)—आईसिसी क्रिकेटको तीन सस्करणमा युएईसँग पराजित भएको नेपालले विश्व क्रिकेट लिग डिभिजन २ को भेटमा भने नेपालले चार विकेटले पराजित गर्दै डिभिजन १ मा उक्लिने सम्भावनालाई प्रबल बनाएको छ । दुई खेलमा खासै जम्न नसकेका कप्तान पारस खड्काको ५१ रनको प्रेरणामा पानीले मैदान भिजेपछि ढिलो गरी ओभर घटाइएको खेलमा नेपालले युएईले दिएको लक्ष्यलाई छ विकेटको क्षतिमा २८ ओभर ५ बलमा पुरा ग¥यो । कप्तान खड्काले पाँच छक्का र दुई चौका हिर्काउदाँ केवल ४८ बल खेले । खड्का अमिर… पुरा पढौ

भोलिदेखि पोखरामा चारदिने अन्तराष्ट्रिय साईकल दौड

पोखरा(खेलाडी न्युज)— पोखरामा भोलि सोमबारदेखि ‘पोखरा चौथो स्टेज साईकल रेस’ प्रतियोगिता हुदैै छ । कास्की जिल्ला साईक्लिङ संघको आयोजनामा पोखराको विभिन्न चार ठाँउमा प्रतियोगिता गरिने जनाएको छ । पहिलो दिनमा ४० किलोमिटर, दोस्रो, तेस्रो र चौथो दिनमा ४५देखि ५० किलोमिटरको दुरीमा रेस हुने संघका अध्यक्ष दिलिपराज श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए । सोमबारदेखि शुरु हुने प्रतियोगितामा नेपालसहित ९ देशका ३० जना साईक्लिष्टको सहभागिता रहने छ । अन्तराष्ट्रिय साईकल दौडको पहिलो दिन सोमबार कास्कीको पामेबाट शुरु भई चापाकोट, तारेभिर, भुम्दी, पुम्दी,… पुरा पढौ

नेपाललाई युएईको ११५ रनको चुनौति

पोखरा (खेलाडी न्युज)—पानीले प्रभावित बनाएको खेलमा युएईले नेपाललाई ११५ रनको चुनौति दिएको छ । ३४ ओभरमा छोट्टाइएएको खेलमा नेपालले टस जित्दै बलिङ गर्ने निधो ग¥यो । व्याटिङको लागि क्रिजमा उत्रिएको युएईले साईमन अन्वारको ३० रनको योगदानमा ११५ रनको लक्ष्य तयार गरेको थियो । अदन मुफ्तीले १८ रन जोडे । गुलाम शाब्बरले १६, मोहम्मद बोटाले १५ रन बनाइ पवेलियन फर्किए । युएई ३१ ओभर खेल्दै ११४ रनमा अलआउट हुन पुग्यो । नेपाल बलर हावी हुने क्रममा सन्दीप लामिछानेले ७ ओभरमा एक… पुरा पढौ

बजेट सकियो, कभर्ड हलको काम रोकियो

पोखरा (खेलाडी न्युज)—बजेट आउँदा निकै उत्साह थियो । बजेट सकियो, काम पनि रोकियो । रोकिएको पनि आधा वर्ष वित्यो । पोखरा लेखनाथ महानगरपालिकाको भण्डारढीक रंगशालामा निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल अहिले अलपत्र परेको छ । काम अगाडि बढाउन थप बजेटको अभाव छ । अभावकै कारण जति बनेको छ त्यो पनि जीर्ण बन्ने सम्भावना छ । जेठमा काम गरियो । असारमा बजेट सकियो । त्यसपछि काम रोकिएकै रोकिएै हुन पुग्यो । राष्ट्रिय खेलकुद परिषदले हल निर्माणको लागि गत वर्ष ५० लाख… पुरा पढौ

ओमानसँगको हारले नेपाललाई युएईमाथि जित्नै पर्ने दबाव

पोखरा(खेलाडी न्युज)—विश्व विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आज नेपालले संयुक्त अरब ईमिरेट्स(युएई)सँग प्रतिस्पर्धा गर्दै छ । नेपालले गत वर्ष अबुधावीमा सम्पन्न आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएईसँग हारको बदला लिने अवसर पाएको छ । अबुधामीमा भएको पहिलो खेलमा ६३ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो । हारको पीडालाई विर्सदैं नेपालले आज युएईसँग डिभिजन टुमै प्रतिस्पर्धा गर्दै छ । नामिवियामा भईरहेको खेलमा नेपालले तेस्रो खेल खेल्दै छ । डिभिजन टुको पहिलो खेल नामिवियालाई एक विकेटले… पुरा पढौ