प्रदेश

न्यु डायमन्ड र एपिएफको जित

काठमाडौं-विभागीय टोली एपिएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लबले राजधानीमा भईरहेको छैठौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा आज जित निकालेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दा न्यु डायमन्डले एभरेष्ट भलिबल ट्रेनिङ क्लबलाई पनि ३–० को सोझो सेटमा पराजित गरेको हो । न्यु डायमन्डसामु निकै निरिह बनेको एभरेटष्टले पहिलो सेट २५–६, दोस्रो सेट २५–५ र तेस्रो सेट २५–१३ ले गुमाएको थियो । यो जितसँगै… पुरा पढौ

विराजले च्यासलको कप्तानी गर्ने

काठमाडौं-अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् । च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै टिमलाई कप्तानी गर्न विराज महर्जनसँग एक वर्षे अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको हो । अघिल्लो सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका विराजको टोली विजेता भएको थियो । अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ बाट आयोजना हुँदै छ । अनुभवी… पुरा पढौ

भिन्तुना क्लबको हक्की टिम

पोखरा-पोखराको भिन्तुना क्लबले हक्की टिम तयार गरेको छ । पिताम्बर थापाको कप्तानीमा ८ सदस्यीय टोली गठन गरिएको छ । टिममा असिम ठकुरी,हेमन मगर, खेम थापा, कुन्जन थापा, सुजन विक, युनिस गुरुङ र सागर रहेका छन् । यसैगरी टिम व्यवस्थापकमा मनिष सुवाल रहेका छन् । भन्तिुना क्लबले हक्कीको लागि नियमित प्रशिक्षण गर्दै आएको छ । पोखरा रंगशालामा क्लबले हक्की प्रशिक्षण गर्दै आएको छ । प्रशिक्षणसँगै क्लबले हक्की टिम तयार गरेको हो । पुरा पढौ

कास्की जिल्ला भलिबल संघद्वारा महतोलाई सहयोग

पोखरा-कास्की जिल्ला भलिबल संघले पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक जीवनप्रसाद महतोलाई आर्थिक सहयोग गरेको छ । भलिबल प्रशिक्षक महतोलाई उनकै निवास चितवनमा पुगेर कास्की जिल्ला भलिबल संघको टोलीले आर्थिक सहयोग हस्तान्तरण गरेको हो । भलिबल संघ ५० हजार र पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी मन्जु गुरुङ, कास्की जिल्ला भलिबल संघका सदस्य सन्जीव जिसीले ५ हजार तथा भलिबल खेलाडी दिनेश चौधरीले २ हजार गरी ६२ हजार रुपैयाँ हस्तान्तरण गरेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । महतोलाई राष्ट्रिय… पुरा पढौ

उद्घाटन खेलमा आर्मी र कर्णाली प्रदेश भिड्दै

काठमाडौं । एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा आज पुरुषतर्फ विभागीय टिम त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । समूह सी मा रहेको आर्मी र कर्णालीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा समूह डीको एपीएफ क्लब र ढोरपाटन स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान ११ बजे सुरु हुनेछ । पुरुषतर्फको तेस्रो खेलमा समूह एको बागमती प्रदेश र गल्कोट स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजे… पुरा पढौ

क्यासल शीर्षमा उक्लियो

पोखरा-भेट्रान खेलाडी विजय गुरुङको ह्याट्रिक प्रेरित घरेलु टोली स्पोर्टस क्यासलले लुम्बिनी फुटसललाई फराकिलो जित निकाल्दै राष्ट्रिय ए डिभिजन फुटसल लिगको शीर्षस्थानमा उक्लिएको छ । विजयसँगै क्यासलको जितमा सुमित श्रेष्ठको समेत ह्याट्रिक रह्यो । किशोर गुरुङले २ तथा कप्तान क्षितिज गुरुङ, सुरेन बुढामगर र विशोन गुरुङले समान १÷१ गोल गरे । १ गोल भने स्पोट्र्स क्यासलले उपहार पाएको हो । लुम्बिनीका लागि रुपेन बराइलीले १ गोल गरे । क्यासल शीर्षस्थानमा उक्लिदा अर्को घरेलुटोली सविन मेमोरियल भने दोस्रो स्थानमा झरेको छ ।… पुरा पढौ

ईपीएल ट्वान्टी-20 आजबाट

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा काठमाडौं किङ्स–११, विराटनगर वारियर्स, ललितपुर प्याट्रिओट्स, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी ६ टिम सहभागी हुने छन् । यसपालीको संस्करणमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त थुप्रै विदेशी क्रिकेटर सहभागि हुँदैछन् । पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदीले काठमाडौं किङ्स–११ बाट ईपीएल… पुरा पढौ

सविनको फराकिलो जित, राइजिङको पहिलो हार

पोखरा- राष्ट्रिय ए डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरानले पहिलो हार व्यहोर्दा सविन मेमोरियलले भने फराकिलो जित निकालेको छ । शुक्रवार पोखरा रंगशाल स्थित बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा सविन मेमोरियलले झरना स्पोट्र्स क्लबलाई ७–१ को फराकिलो गोल अन्तरले पाखा लगायो । सविनको जितमा अभिनाष तामाङले ह्याट्रिक गरे । यस्तै मनिष सेडाईले २ तथा मनोज गुरुङले १ गोल गरे । झरनाका लागि जितेश गुरुङले एक गोल गरे । खेलको म्यान अफ दि म्याच सविनका अभिनाष तामाङ घोषित भए । धरानको… पुरा पढौ

घरेलु टोलीको प्रभावशाली जित

पोखरा-राष्ट्रिय ए डिभिजन फुटसल लिगमा बिहीबार दुई घरेलु टोलीले जित निकाल्दै आफुलाई उपाधि यात्रामा बलियो देखाएका छन् । तीन गोलले पछि परेको अवस्थालाई दोस्रो हाफमा उल्ट्याउँदै स्पोर्टस क्यासलले ढुकु फुटसल हबलाई निकै प्रतिस्पर्धात्मक रुपमा पराजित गर्दै जित निकाल्यो । उपाधिको दाबेदार मानिएको ढुकु फुटसल हबलाई पन्छाउन स्पोर्टस क्लासलले दोस्रो हाफसम्म धेर्यता देखायो । २० औं मिनेटमा विक्रान्तले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै टोलीलाई ३–० को अग्रता दिलाए । निकै दबाबमा परेको क्यासलले दोस्रो हाफमा भने उत्कृष्ट खेल पस्किदैं जितको… पुरा पढौ

सुष्मीको विदाई

पोखरा-नेपाल क्योकुशिन कराँतेको आयोजनामा काठमाडौंमा हुने कराँते च्याम्पियनसिपको लागि नेपाल क्योकुशिनकान कराँतेकी सुष्मी श्रेष्ठले सहभागिता जनाउने छिन् । उनी महिला तर्फ खुल्ला तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । उनलाई बिहीबार राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार तथा नेपाल क्योकुशिन कान कराँते संघ कास्कीका अध्यक्ष लक्ष्मण कुँवर तथा संघका सचिव निर्मल केसी लगायत विदाई गर्दै सफलताको शुभकामना व्यक्त गरे । सुष्मी कराँतेकी खुल्ला तर्फ राष्ट्रिय च्याम्पियन भईसकेकी छन् । पुरा पढौ