मुख्य समाचार

रिद्धिसिद्धी सिमेन्ट २४ औं आदर्श कप, बाग्लुङलाई पराजित गर्दै जावलाखेल अन्तिम चारमा

पोखरा(खेलाडी न्युज)-आत्मघाती गोल फुटबलको लागि क्षम्य हुदैन् । भईदियो त्यस्तै । आत्मघाती गोलको उपहारले लिएको अग्रतालाई जावलाखेल युथ क्लबले बाग्लुङ फुटबल संघलाई २–० गोलअन्तरले पराजित गर्यो । लेखनाथको भण्डारढीकस्थित लेखनाथ रंगशालामा शनिबार रिद्धिसिद्धी सिमेन्ट २४ औं आदर्श कपको अन्तिम क्र्वाटरफाईनल प्रतिस्पर्धामा काठमाडौं टोली जावलाखेलले अन्तिम चारमा आफनो स्थान सुरक्षित बनाउँदा अभागी बाग्लुङ भने फर्किन बाध्य भयो । १४ औं मिनेटमा बाग्लुङ आत्मघाती गोलबाट पछि पर्यो । जावलाखेलका विरबहादुर आले मगरले गोलकिपरलाई विट गर्दै पेनाल्टी बक्सबाट हानेको बल गोललाईनबाट क्यिलर गर्न… पुरा पढौ

रिद्धिसिद्धी सिमेन्ट २४ औं आदर्श कप, व्रिगेडको चुनौतिलाई एपीएफले पन्छायो

पोखरा(खेलाडी न्युज)-शसस्त्र प्रहरीबल एपीएफ क्लब लेखनाथमा आयोजित रिद्धिसिद्धी सिमेन्ट २४ औ आदर्श कपको सेमिफाईनल सुरक्षित गर्दा ब्रिगेड ब्वाईज क्लब भने काठमाडौं फर्किएको छ । लेखनाथको भण्डारढीकस्थि खेल मैदानमा दुवैको भेट भने पहिलो थियो । एपीएफले व्रिगेड ब्वाईजलाई शुक्रबार प्रतिस्पर्धात्मक रुपमा ५–४ ले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको हो । असोजदेखि ए डिभिजन लिग सञ्चालन हुदै छ । लिगको तयारीमा छ एपीएफ । तर सिनियर खेलाडी एवं लिग खेल्ने सेट टिम भने लेखनाथमा उपस्थित जनाएन् । यद्यपी शसस्त्र प्रहरी बलले… पुरा पढौ

प्रदीप खाती र लक्ष्मण योगी उत्कृष्ट कर्मचारी घोषित

पोखरा(खेलाडी न्युज)- प्राविधिक तर्फ सुटिङ्गका प्रशिक्षक प्रदीप खाती र प्रशासन तर्फ पश्चिमाञ्चल खेलकुद बिकास समितिका प्रशासकिय अधिकृत लक्ष्मण योगी उत्कृष्ट कर्मचारी घोषित भएका छन् । राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सवको अवसरमा उनीहरुलाई उत्कृष्ट घोषण सहित नगद २५ हजार र सम्मान पत्रले सदस्य सचिव केशव कुमार बिष्टले सम्मान गरे । यस्तै उत्कृष्ट कर्मचारीमा प्राविधिक तर्फ तेक्वान्दो सहायक प्रशिक्षक नोर्वु लामा र प्रशासन तर्फ प्रशासकिय अधिकृत कमल दाहाल रहे । उनीहरुले सम्मान पत्रका साथै नगद १५ हजार प्राप्त गरे । यसै गरि… पुरा पढौ

स्याङजा फुटबल संघ २४ औं आदर्श कपको सेमिफाईनलमा

पोखरा(खेलाडी न्युज)-पोखरा ११ माथि इज्जतिलो नजिता निकाल्दै स्याङजा फुटबल संघ रिद्धिसिद्धी सिमेन्ट २४ औ आदर्श कपको सेमिफाईनल सुरक्षित गरेको छ । बिहीबार लेखनाथ रंगशालामा भएको फुटबल प्रतियोगिताको दोस्रो दिन स्याङजाले पोखरा ११ माथि ३–० गोलको फराकिलो जितको खुशी आत्मसात गर्यो । २५ औं मिनेटमा पोखरा ११ अभागी बन्यो । आफनै पोष्टमा लक्ष्मण जिसीले गोल गरेपछि स्याङजा उपहार गोलसँगै लिएको अग्रता पहिलो हाफको अन्त्यसम्म फराकिलो बन्न पुग्यो । ३३ औं मिनेटमा स्याङजाका कप्तान लक्ष्मण रुचालले गोल गर्दै दोब्बर बनाउँदा पहिलो हाफको… पुरा पढौ

नेपालको साफ सेमिफाईनल आशा जिवितै

पोखरा(खेलाडी न्युज)-नेपालले भुटानमाथि रवाफिलो जित निकाल्दै साफ च्याम्पियनसिपमा सेमिफाईनको सम्भावनालाई जिवितै राखेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजितसँगै निकै दाबावमा भुटान विरुद्ध मैदानमा उत्रिएको थियो । पहिलो हाफमा एक गोलले लिएको अग्रता दोस्रो हाफमा भने फराकिलो बन्न पुग्यो । कर्नरमा सुनिल बलले दिएको पासलाई अनन्त तामाङले हानेको हेड बल ड्रप हुदैं पोष्टभित्र छिरेपछि नेपालले अग्रता लिएको थियो । तर दोस्रोृ हाफमा केही अवसरलाई गुमाउँदा अन्तर अझ फराकिलो बन्नबाट चुक्न पुग्यो । बंगलादेशमा जारी साफ च्याम्पियन सिप २०१८ अन्तर्गेत ढाकाको बंगबन्धु… पुरा पढौ

पदकविजेता खेलाडी र अफिसियललाई नगद पुरस्कार

पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेशले इण्डानेशियामा सम्पन्न १८ औं एशिलायी खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ तर्फ पुरुष क्रसकन्ट्री विधामा नेपाललाई रजत पदक दिलाउने पोखराका पाँचजना खेलाडी सहित तीन प्रशिक्षकलाई नगद पुरस्कार ले सम्मान गर्ने भएको छ । गण्डकी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक खेलाडीलाई एक–एक लाख रुपैयाँ र प्रशिक्षकलाई २५–२५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कृत हुने खेलाडीमा बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा छन् भने प्रशिक्षक योगश भट्टराई, सानोबाबु सुनुवार र सहप्रशिक्षक शैलेन्द्र राउत… पुरा पढौ

२४ औं आदर्श कपमा आज पोखरा ११ र स्याङजा भिड्दै

पोखरा(खेलाडी न्युज)-रिद्धिसिद्धी सिमेन्टले शीर्षक प्रायोजन गरेको २४ औं सस्करणको आदर्श कपको आज दोस्रो दिन कास्की जिल्ला फुटबल संघको पोखरा ११ ले स्याङजा फुटबल संघसँग खेल्ने छ । यी दुई बीचको भेट सम्भवत छ महिनापछि फेरी हुदैं छ । बाग्लुङमा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाईनलमा उपाधि लागि भिडेका थिए । बाजी भने स्याङजाले मार्दै गण्डकी प्रदेशको प्रथम मेयर कपको उपाधि स्याङजाल उचालेको थियो । फाईनलमा १–० गोल अन्तरले पराजित गर्दैै उपाधि उचालेको स्याङजाले लेखनाथ रंगशालामा सेमिफाईनल प्रवेशको लागि पोखराको… पुरा पढौ

रंगशालामा प्याराग्लाइडिङको पहिलो ‘इन्ट्री’

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाबाट प्याराग्ग्लाइडिङ उडान हुने सराङकोट डाँडा करिब १० किलोमिटर मात्रै टाढा हो । फेवाताल किनारको अवतरणस्थल त झनै नजिक पर्छ । दुरीका हिसाबले प्याराग्लाइडिङ उडान–अवतरण हुने सराङकोट चुचुरो र खेलकुदका नियमित गतिविधि हुने रंगशाला खासै टाढा होईनन् । दुरीका हिसाबले नजिक रहेका यी दुई क्षेत्र (रंगशाला र प्याराग्लाइडिङ) एकअर्काको सामीप्य हुन भने झन्डै दुइदशक लाग्यो । त्यसको अर्थ खेलकुदको मान्यता पाएर दिनहुँ दृष्टि पर्ने नजिकैको डाँडामा उडान भईरहने प्याराग्लाइडिङले पोखरा रंगशालामा इन्ट्री पाउन झन्डै दुईदशक कुर्नुप¥यो । यस… पुरा पढौ

आयोजकको जितसँगै २४ औं आदर्श कपको शुरुवात, बेलको ह्याट्रिक

पोखरा(खेलाडी न्युज)-आयोजक आदर्श क्लबको जितसँगै शुरुवात भएको २४ औं सस्करणको आदर्श कप फुटबल प्रतियोगितामा बेलप्रसाद गुरुङले प्रतियोगिताको पहिलो ह्याट्रिक गरेका छन् । एक गोलले पछि परेको आदर्श क्लबले घरेलु मैदान लेखनाथ रंगशालामा बुधबार तनहुँ फुटबल संघलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दा गुरुङले पहिलो ह्याट्रिककर्ताका सूचीमा आफनो नाम लेखाए । खेलको ११ मिनेटमा गोल खाँदै दबावमा रहेको आदर्श क्लबले कमव्याक गर्ने क्रममा पहिलो हाफ टुंगिनु अघि २–१ को अग्रता लिएको थियो । बेलप्रसाद गुरुङले २५ औं मिनेटमा गोल गर्दै… पुरा पढौ

लामाचौर तीज महोत्सवमा गण्डकी प्रदेशस्तरिय कंराते प्रतियोगिता

पोखरा(खेलाडी न्युज)- नवआदर्श सामुदायिक विकास समाज लामाचौरको २२ औ वार्षिकोत्सवको अवसरमा आयोजना हुने तीज महोत्सवमा गण्डकी प्रदेशस्तरिय कराते प्रतियोगिता हुने भएको छ । लामाचौरमा रहेको इन्द्रराज्य लक्ष्मी माविको प्राङगणमा भदौ २३ देखी २६ गते सम्म सञ्चालन हुने तीज महोत्सवमा भदौको भदौको २३ र २४ गते दोश्रो गण्डकी प्रदेश स्तरीय नर बहादुर बानिया स्मृती कराते प्रतियोगिता हुने भएको हो । सितेरियो कराते संघ कास्कीको ब्यवस्थापनमा सम्पन्न हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाबाट १ सय २६ प्रतियोगीले सहभागीता जनाउनेछन । प्रतियोगितामा… पुरा पढौ