मुख्य समाचार

लिर्बोन जेम्सको करियरको चौथो पटक ४० स्कोर गर्दै किर्तिमान

एजेन्सी अमेरिकन व्यवसायिक बास्केटबल खेलाडी लिर्बोन जेम्सले आफनो करियरको चौथो पटक ४० अंकको स्कोर बनाउँदै अर्को किर्तिमानी लेखाएका छन् । ४० अंकको स्कोरिंग गर्ने उनी एक्ला खेलाडी हुन् । गएको सिजनमा मात्रै उनले ४० स्कोर गर्दै १० स्कोरको लागि पास उपलब्ध गराएका थिए । जेम्सले नयाँ किर्तिमानी बनाउने क्रममा उनको क्लब क्लेभेल्याण्ड काभालियर्सले टोरोन्टो राप्टर्सलाई १२८-११० स्कोरले पराजित गरेको थियो । जेम्सले उक्त खेलमा ४३ अंकको बास्केट गर्दै किर्तिमानी बनाए । उनले त्यस खेलमा १४ अंकको लागि पास उपलब्ध गराएका… पुरा पढौ

पोखरामा दोश्रो दक्षिण एशियाली योग खेलकुद च्याम्पियनशिप

पोखरा(खेलाडी न्युज)—नेपाल योग खेलकुद संघको आयोजनामा “दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सव” शुक्रबारबाट पोखरामा शुरुभएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले योग खेलकुद सदियौं देखिनै नेपालको पहिचान भएको बताए । उनले योग खेलको बिकास र प्रवद्र्धनमा बिशेष जोड दिने बताउँदै हिमालको काखमा ऋषी महर्षीहरुले गरेको योग र ध्यानले नेपाल विश्वमा चिनिएको वताए । उनले नेपालमा योग खेलको महत्वबारे प्रकाश पार्दै भने— “मानवीय सेवाको निम्ती हाम्रा ऋषी महर्षीहरुले गरेको गौरवशाली इतिहास साक्षी… पुरा पढौ

दशौं राष्ट्रपति रनिङशिल्ड, खेलाडीको जन्म विद्यालय खेलकुदबाट शुरु हुन्छ—मन्त्री विश्वकर्मा

पोखरा, (खेलाडी न्युज)—जनप्रिय मावि सिमलचौरकी सुष्मिता भट्टराईले दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो स्वर्ण पदक लगाउने सौभाग्य पाईन् । १५ सय मिटर छात्रा दौडमा उनले गौरीशंकर मावि हेमजाकी ओममाया फगामीलाई केवल ३० नानो सेकेण्डले पछि पार्दै स्वर्ण पदक जितिन् । उनले ५ मिनेट ५८ दशमलव ५ सेकेण्डमा पुरा गर्दा फगामीले भने कडा टक्कर दिदैं ५ मिनेट ५८ दशमलव ८ सेकेण्डमा पुरा गर्दै रजत पदकमा चिक्त बुझाईन् । टप्सकी रेष्मा तिवारीले भने ६ मिनेट २७ दशमलव ५ सेकेण्ड लगाउँदै १५ सय… पुरा पढौ

मोयाथाई किक बक्सिङ खेल सामाग्री हस्तान्तरण

पोखरा(खेलाडी न्युज)—मिलन फाउण्डेशन नेपालले नेपाल मोयाथाई किक बक्सिङ कास्कीलाई नगदसहित खेल सामाग्री हस्तान्तरण गरेको छ । फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ(मिलन)ले नगद ५० हजारसहित मोयाथाई खेल सामाग्री मोयाथाई किक बक्सिङका प्रमुख प्रशिक्षक दिपकबहादुर गोदारलाई हस्तान्तरण गरेका हुन् । जिल्ला खेलकुद विकास समितिका कास्कीका अध्यक्ष यामबहादुर गुरुङको पहलमा फाउण्डेशनले उक्त सामान हस्तान्तरण गरेका हुन् । संरक्षक हाल हङकङ निवासी हुन् । मोयाथाईको किक बक्सिङ खेलमा आवश्यक पर्ने किक प्याड हस्तान्तरण गरिएको हो । नगद सहयोग भने किक बक्सिङ पोशाकमा खर्च गरिने प्रमुख… पुरा पढौ

पोखरा रंगशालामा स्वीमिङ पुल बनाउन निजी कम्पनीलाई आह्वान

पोखरा,(खेलाडी न्युज)- पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पोखरा रंगशालाभित्र स्वीमिङ पुल निर्माणको लागि निजी कम्पनीलाई आग्रह गरेको छ । सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडल अन्तर्गत समितिले कम्पनीसँग कर्मसियल प्रयोजनको लागि ३० रोपनी क्षेत्रफल उपलब्ध गराउने निर्णय क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड बैठकले गरेको छ । ‘सरकारी मात्रै नभई निजी कम्पनीलाई पनि खेलकुदको पुर्वाधार निर्माणमा ल्याउने योजना बनाएका हौं’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले भने—‘हामी आफैं डिपिआर तयार पार्ने छौ । त्यही डिपिआरमा रहेर कम्पनीसँग आशयपत्र माग्ने छौं… पुरा पढौ

दिप युनाईटेडको गोलको वर्षा, स्टेफनको डबल ह्याट्रिक

पोखरा(खेलाडी न्युज)दोस्रो भीमकाली कप सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत दिप युनाईटडले डाडाँ फुटबल क्लबलाई १३–१को फराकिलो गोल अन्तरले पराजित ग¥यो । दिपयुनाईटडको जितमास्तेफेनले सर्बाधिक ७, होलयाण्डले ४ र पेम्बानर्बु लामातथाबिबेक गुरुङले समान १÷१ गोल गरे । प्रतियोगिताको अर्को खेलमा एलजिएसोशियसनले गगन ट्याटुलाई ३–० गोल अन्तरले पराजितगर्दै तेस्रो चरणमा स्थान बनायो । त्यसैगरी अन्तिम खेलमास्यानी पाटन फुटबल क्लबलाई तारा फुटबल क्लब टिम “ए” ले ४–१गोल अन्तरले हराउदै तेस्रो चरणको लागी छनौट भएको खेल संयोजकमनोज श्रेष्ठले बताए। आगामी २५ गते फाईनल… पुरा पढौ

क्रिकेटलाई पोखरा राईनोजको सह प्रायोजन, खेल तालिका सार्वजनिक

पोखरा(खेलाडी न्युज)—शनिबारदेखि शुरु हुने कास्की जिल्ला क्लबस्तरीय क्रिकेट प्रतियोगितालाई पोखरा राईनोजले सह प्रायोजन गरेको छ । ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगितालाई बिहीबार पोखरा राईनोजले सह प्रायोजन गर्ने सहमति जनाएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा क्लबस्तरीय राउण्ड रोबिन क्रिकेट लिग प्रतियोगिता हुदैै छ । ‘ओम डेभलपमेन्ट बैंक के.सि.एल’ प्रतियोगितामा पाँच क्लबले सहभागिता जनाउने छन् । ४० ओभरको खेल हुने छ । पोखरा क्रिकेट क्लब, अरण्यज्योति, माछापुच्छ«े, सांग्रिला र पोखरा क्रिकेट एकेडेमीले सहभागिता… पुरा पढौ

प्रदेश सरकारको बजेटले छोएन खेलकुद क्षेत्रलाई

पोखरा (खेलाडी न्यज)—प्रदेश नं ४ सरकारले ल्याएको बजेटले खेलकुदलाई भने समेटन् सकेन् । आगामी वर्ष साग गेम्सका केही खेल पोखरामा गर्ने केन्द्रीय निर्णय भएपनि प्रदेश सरकार भने त्यो विषयमा चुक्न पुगेको छ । सागको महिला फुटबलको लागि आवश्यक फुटबल स्टेडियम बनाउनुपर्ने खाँचो छ । तर प्रदेश सरकारले त्यसको लागि दबाव सृजना गर्न सकेन् । बजेट सार्वजनिक गरिएपनि खेलकुद क्षेत्रलाई भने कुनैपनि बजेट भने विनियोजन गरिएन् । यसले प्रदेश सरकारको ध्यान खेलकुद तर्फ नदेखिएको प्रष्ट भएको छ । आर्थिक मामिला तथा… पुरा पढौ

नेप्लिज इन्काउन्टर्स प्रालि र कास्की जिल्ला क्रिकेट संघ बीच सम्झौता

पोखरा(खेलाडी न्युज)-नेप्लिज इन्काउन्टर्स प्रालि र कास्की जिल्ला क्रिकेट संघ बीच सम्झौता गरिएको छ । आगामी जेठमा विद्यलायस्तरीय क्रिकेट प्रतियोगिताको लागि प्रालिले संघसँग सम्झौता गरेको हो । सम्झौता अनुसार संघलाई प्रालिले मुख्य प्रायोजन वापत नगद ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । प्रालिको मुख्य प्रायोजन रहने गरी ‘नेप्लिज इन्काउन्टर्स विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता २०७५’ नाम दिईने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । अहिले १२ कक्षाको परीक्षा चलिरहेको छ । १२ कक्षाको परीक्षा सकिएपछि कास्की जिल्ला क्रिकेट संघले आगामी जेठमा विद्यालयस्तरीय क्रिकेट… पुरा पढौ

दोस्रो भिमकाली कपमा आज दोस्रो चरणका खेलहरु

पोखरा(खेलाडी न्युज)-पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा आजदेखि दोस्रो चरणका खेलहरु सञ्चालन हुनेछन् । पहिलो चरणको ८ खेलबाट फेदि फुटबल क्लब, बि.वाई.सि बसपार्क, समर जुन, लेकसाईड फुटबल क्लब, शुक्ला गण्डकी फुटबल क्लब, टि नाईन स्पोर्टस् ,सँगम फुटबल क्लब र घैरी युनाईटेड बिजयी भएको छ । जे.वाई.सि क्लबलाई २–१ गोल अन्तरले हराउदै फेदि फुटबल क्लब अघिल्लो चरणमा प्रबेश ग¥यो । दोस्रो खेलमा बि.टि क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै के.बि बि.वाई.सि बसपार्कले दोस्रो चरणको लागी स्थान बनायो… पुरा पढौ