मुख्य समाचार

एकमहिनापछि हाईअल्टिच्युड अन्नपूर्ण म्याराथन

पोखरा(खेलाडी न्युज)-जुन ३ अर्थात अन्नपुर्ण दिवस । अन्नपुर्ण हिमाल आरोहण गरेको दिन । त्यही आरोहणको दिनमा अन्नपुर्ण सेन्चुरी पर्यटन महोत्सव मुल आयोजक समितिले ‘अन्नपुर्ण म्याराथन’ प्रतियिोगिता गर्ने तयारी गरेको छ । एक महिनापछि हुने म्याराथनको लागि ट्रयाक सरसफाई अभियान थालिएको छ । पुर्वमा एभरेष्ट म्याराथन हुदैं आएको छ । त्यसैको सिको गर्दै अन्नपुर्ण संरक्षण क्षेत्रको अन्नपुर्ण आधार शिविरदेखि घान्द्रुकसम्म ‘अन्नपुर्ण म्याराथन’ गरिने समितिका अध्यक्ष एवं संयोजक ललित गुरुङले जानकारी दिए । ‘दौड ४१३० मिटर उचाईको आधार शिविरबाट शुरु हुन्छ’ उनले… पुरा पढौ

पोखरामा दक्षिण एशियाली योग खेलकुद

पोखरा(खेलाडी न्युज)-पोखरामा दक्षिण एशियालीस्तरीय योग खेलकुद प्रतियोगिता हुदैै छ । नेपाल योग खेलकुद संघको आयोजनामा बैशाख २१, २२, र २३ गते दोस्रो सस्करणको प्रतियोगिता आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो । राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा कास्की जिल्ला योग खेलकुद संघको व्यवस्थापनमा हुने प्रतियोगिता ७ मुलुकका करिब ३ सय महिला तथा पुरुष खेलाडीको सहभागिता रहने छ । संघका महासचिब चुडामणि खरेलले प्रतियोगितामा प्रतिष्पर्धाका लागि भारतबाट ९० जना खेलाडी र १० जना अफिसियल गरि १ सय जना, अफगानिस्तानबाट ६, पाकिस्तानबाट ४,… पुरा पढौ

राष्ट्रिय ट्रायथोलनमा आर्मीको एकलौटी, साउथ एशियनमा भारतीयको बर्चस्व

पोखरा,(खेलाडी न्युज)- छैटौं राष्ट्रिय ट्रायथोलन च्याम्पियनमा नेपाल आर्मीले बर्चस्व जमाउँदा साउथ एशियन र अन्तराष्ट्रिय पुरुष खुल्ला प्रतिस्पर्धामा भने भारतीय खेलाडीले प्रभुत्व कायम गरेका छन् । नेपाल ट्रायथोलन संघको आयोजना तथा कास्की जिल्ला ट्रायथोलन संघको व्यवस्थापनमा पोखराको लेकसाईडमा आयोजित च्याम्पियनसिपमा महिला तर्फ पनि भारतीय खेलाडीले उपाधि कब्जा गरेका छन् । राष्ट्रिय ट्रायथोलन च्याम्पियनसिपमा पुरुष तर्फ नेपाल आर्मीका बसन्त चौधरीले १ घण्टा १ मिनेट २ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जिते । आर्मीकै दिपेश चौधरीले १ घण्टा १ मिनेट र १८ सेकेण्ड लगाउँदै… पुरा पढौ

रुस्लान थ्री स्टार माईभ्यालीको फाईनलमा

इलाम(खेलाडी न्युज) सिजनको पहिलो माईभ्याली गोल्डकपको उपाधिको लागि थ्रीस्टारले चिरपरिचित प्रतिस्पर्धी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग खेल्ने छ । थ्री स्टारले दोस्रो सेमिफाईनलमा शसस्त्र प्रहरी बल एपीएफलाई २-० गोलले पराजित गर्दै उपाधि यात्रा निकट पुगेको हो । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले गतवर्षको सर्वाधिक उपाधि विजेता आर्मीलाई पन्छाउँदै फाईनल यात्रा तय गरेको थियो । विमल घर्तीमगरको उच्च प्रदर्शनबाट प्रेरित भएपछि नेपाल एपिएफ क्लबलाई शनिबार २–० ले हराएँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । विमल र र मार्टिन्सकोे गोलमा थ्री स्टारले… पुरा पढौ

दिप युनाईटेडलाई सर्वाधिक पुरस्कार राशीको सेभेन ए साईडको उपाधि

पोखरा(खेलाडी न्युज)- दिप युनाइटेड क्लवले पोखराको अम्मरसिंह खेल मैदानमा सम्पन्न प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी जितेको छ । बौद्ध शान्ति क्लव, पोेखरा रामघाटद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फाइनल खेलमा बि थर्टिन बाँझापाटनलाई १–० गोलले पराजित गर्दै दिप युनाइटेडले सो उपाधी आफ्नों नाम गराएको हो । दिपलाई उपाधि दिलाउन म्यान अफ द म्याच रुपेश क्षेत्रीले निर्णायक गोल गरे । उपाधी विजेता क्लवले नगद २ लाख २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त… पुरा पढौ

दश खेलाडीमा सिमित एथलेटिकोले आर्सनललाई बराबरीमा रोक्यो

एजेन्सी—८० मिनेट दशजनाम सिमित बन्दै कमब्याक गरेको एथलेटिको मड्रिडले आर्सनलसँग १—१ को बराबरी खेलेको छ । युईएफए युरोपा लिगको सेमिफाईनलको पहिलो लेग एथलेटिकोले आर्सनललाई बराबरीमा रोक्दै दोस्रो लेगलाई सम्भावनाको रुपमा हेरेको छ । खेलको १० मिनेटमै साईमे भर्सल्ज्कोलाई गुमाएको एथलेटिकोले खेलमा एक गोलले पछि परेको अवस्थामा पुनरागमन ग¥यो । पहिलो हाफ बराबरीमा टुंगिएको खेलमा दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । एलेक्सजेण्डर लाकाजेट्टीले ६१ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । निकै दबावमा रहेपनि गोल रोकिरहेको एथलेटिकोले बराबरी… पुरा पढौ

कार्कीद्वारा मोयाथाई खेलसामाग्री हस्तान्तरण

पोखरा(खेलाडी न्युज)- मोयाथाई खेलाडी विवेक कार्कीले नेपाल मोयाथाईका केन्द्रीय प्रशिक्षक दिपकबहादुर गोदार र जिल्ला प्रशिक्षक धन पुनलाई खेल सामाग्री हस्तान्तरण गरेका छन् । लामो समय मोयाथाई प्रशिक्षण गरेका कार्कीले ४० हजार बराबरको किकप्याड, पन्चिङ प्याड, नि बेल्ट(घुडाँमा लगाउने) लगायतका खेल सामाग्री हस्तान्तरण गरेका हुन् । प्रकाश पुञ्जका सञ्चालक समेत रहेका कार्कीले हस्तान्तरण गर्दै मोयाथाईको विकास र विस्तारको लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए । मोयाथाईमै केही महिना अघि मात्रै पोखरेली खेलाडी कुमार थापाले कोरियाको सिओलमा रजत पदक जितेका थिए । … पुरा पढौ

क्रिकेट टोलीको विदाई

पोखरा(खेलाडी न्युज)- मनमोहन स्मृति यु— १६ क्रिकेट प्रतियोगिताको लागि प्रदेश नं ४ को खेलाडीलाई बिहीबार पोखरा रंगशालाबाट विदाई गरिएको छ । प्रदेश नं ४ बाट प्रतियोगितामा सहभागि हुने १६ सदस्यीय टोलीलाई विदाई गरिएको हो । मेघबहादुर सेनको कप्तानीमा ईशान्त श्रेष्ठ, रहमद अन्सारी, अनित बराल, सोहल कुँवर, दिपेन्द्रसिंह मगर, सुजन गौतम, रोशन न्यौपाने, सचिन अधिकारी, प्रमोद बास्तोला, किरण पौडेल, कृष्ण पौडेल, प्रेम गुरुङ र आशिष सैंजु रहेका छन् । त्यसैगरी अमित सुवेदी र रोहन घिमिरे बैकल्पिकको रुपमा रहेका छन् । प्रशिक्षकमा रिजन… पुरा पढौ

मनाङको तिमाङमा ‘हाईअल्टिच्युड स्पोर्टस टे«निङ सेन्टर’

पोखरा, (खेलाडी न्युज)-खेलाडीले अब हाईअल्टिच्युडमा खेलुकद प्रशिक्षण लिने पाउने छन् । हिमालपारीको जिल्ला मनाङमा हाईअल्टिच्युड स्पोर्टस टे«निङ सेन्टर निर्माण गरिएको छ । नेपालको यो पहिलो हाईअल्टिच्युड स्पोर्टस टे«निङ सेन्टर हो । नेपाल सरकारको अभियान अन्तर्गत मनाङको तिमाङमा निर्माण गरिएको टे«निङ सेन्टरको विधिवत उदघाटन गरिएको छ । उदघाटनसँगै हाईअल्टिच्युट स्र्पोट्स टे«निङ सेन्टरमा चामे गाउँपालिकाको आयोजनामा गाँउपालिकास्तरीय फुटबल प्रतियोगिता समेत आयोजना गरिएको छ । टे«निङ सेन्टर २०६५ सालमा बनाउन शुरु गरिएको थियो । २०७४ को अन्तिममा निर्माण पुरा भएको हो । निर्माण पुरा… पुरा पढौ

नेपाल सेमिफाइनलमा पराजित

पोखरा(खेलाडी न्युज) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले तेस्रो स्थानको लागि खेल्ने छ । बंगलादेश र किर्गिस्तान बीचको खेलमा पराजित टोलीसँग नेपालले तेस्रो स्थानको लागि खेल्ने छ । बुधबार पहिलो सेमिफाईनल खेल्दै नेपाल तुर्किमिस्तानसँग सोझो सेटमा पराजित भएपछि तेस्रो स्थानको लागि खेल्ने पक्का गर्यो । नेपाली राष्ट्रिय भलिबल टोली बंगलादेशमा जारी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा बलियो तुर्केमिनिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको छ। समूह ‘ए’को उपविजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको नेपालले समूह ‘बी’ मा अपराजित… पुरा पढौ