मुख्य समाचार

पहिलो पटक कास्कीमा क्लबस्तरीय राउण्डरोविन क्रिकेट लिग

पोखरा(खेलाडी न्युज)-कास्कीको क्रिकेट इतिहासमा पहिलो पटक राउण्ड रोबिनमा क्लबस्तरीय लिग क्रिकेट प्रतियोगिता हुदैं छ । कास्की जिल्ला क्रिकेट संघले यही बैशाख २२ गतेदेखि क्लबस्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । लिगको लागि ओम डेभलपमेन्ट बैंकले मुख्य प्रायोजन गरेको छ । अन्तराष्ट्रिय क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाईसकेको छ । एकदिवसीय मान्यता पाईसकेको अवस्थामा कास्कीको क्रिकेट विकास गर्ने उद्देश्य र लक्ष्यसहित पहिलो पटक वान डे फर्म्याटमा राउण्ड रोविन लिग आयोजना गरिएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले… पुरा पढौ

पोखरा-एडभेन्चर स्पोर्टस- डेष्टिनेसन

धन बस्नेत, पोखरा -शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुद शहरको रुपमा परिचित हुदैं गएको छ पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीयस्थल हो । समुद्रीसतहदेखि ८ सयमिटरमा उचाईमा रहेको पोखराको विशेषता सहासिक पर्यटन हो । साहसिक खेल पर्यटनको लागि पोखरा गन्तव्यस्थ नै मानिन्छ । ८ सय मिटरदेखि ६ हजार ९ सय ९१ मिटर अग्लो कुमारी माछापुच्छ्रे हिमालले पोखराको सौन्दर्यलाई झल्काई दिएको छ । सहासिक पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, वाल क्लाइम्बिङले पोखरालाई साहसिक खेलकुद ‘एडभेन्चर स्पोर्टस’ को गन्तव्य समेत बनाएको छ । पोखरा विशेषत… पुरा पढौ

बेन्जेमा चम्किदा रियल च्याम्पियन्स लिगको फाईनलमा

एजेन्सी-दोस्रो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा बराबरी खेलेपनि रियल मड्रिड च्याम्पियन्स लिगको फाईनलमा पुगेको छ । घरेलु मैदानमा कम ब्याक गर्दै बराबरीमा ल्याएको रियलले दोस्रो हाफमा लिएको अग्रतलाई जोगाउन सकेन् । खेल २-२ गोलको बराबरीमा रहँदा रियलले च्याम्पियन्स लिगको अन्तिम दुईमा प्रवेश गरेको हो । समग्रमा ४-३ गोलको नतिजा निस्कियो । सधै फ्लप हुदै आएको करीम बेन्जेमाले वार्यनसितको दोस्रो लेगमा भने चम्किए । उनैले दुई गोल गरेपछि रियलले बराबरी खेल्दै फाईनल सम्भव बनाए । दुई गोल गरेपछि स्पेनिस क्लब रियल… पुरा पढौ

च्याम्पियन्स लिगमा रियल र वार्यनको फाईनल प्रवेशको प्रतिक्षा

एजेन्सी- आज च्याम्पियन्स लिग फुटबलको महत्वपूर्ण प्रतिस्पर्धा हुदैं छ । रियल मड्रिडलाई उसैको घरमा पराजित गर्दै फाईनल पुग्ने रणनीति जर्मन बुन्डेसा लिग च्याम्पियन वार्यन म्युनिखले बुन्दै छ । घरेलु मैदानमा हारको पीडालाई विर्सन वार्यनले रियललाई पनि घरेलु मैदानमै पन्छाई फाईनल पुग्ने लक्ष्य लिएको छ । दुवैको परीक्षा आज हुने छ । पहिलो लेगमा रियलले वार्यनलाई उसैको मैदानमा २-१ गोलले पराजित गरेको थियो । स्पेनिस जायन्ट रियल च्याम्पियन्स लिगको सर्वाधिक विजेता पनि हो । रियलले १२ पटक लिगको उपाधि उचालिसकेको छ ।… पुरा पढौ

वर्षको पहिलो उपाधि माईभ्याली गोल्डकप थी स्टारलाई

इलाम (खेलाडी न्युज) वर्षको पहिलो उपाधि रुस्लान थ्री स्टारले उचालेको छ । हिजो फाईनलमा अघिल्लो वर्षमा हरेक फाईनलमा नतमष्तक बनाएको लक्ष्मी हुन्डाई मनामनाङ–मस्र्याङ्दीलाई पराजित गर्दै थ्री स्टाले ईलाममा आयोजित माई भ्याली गोल्डकपको चौथो सस्कणको उपाधिसँगै वर्षको शुरुवात राम्रो गरेको छ । थ्री स्टारले उपाधि उचाल्ने मनाङ–मस्र्याङ्दीको चुनौतिलाई अतिरिक्त समयमा १-० गोलले पन्छाएको थियो । अघिल्लो सिजनको दोस्रो सर्वाधिक सफल टोली रुस्लान थ्री स्टार क्लबले बर्षको पहिलो उपाधिको रुपमा माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्दै घरेलु फुटबलमा आफनो उपस्थितिलाई दरिलो र… पुरा पढौ

ओल्ड टार्फोर्डमा खुशी छु. पोग्बा

एजेन्सी-महत्वपूर्ण खेलमा दोस्रो रोजाईमा पर्दैआएका फ्रेन्च स्टार पाउल पोग्बाले म्यानचेष्टर युनाईटेडका प्रशिक्षक जोसे मोरिन्होसँग कुनै समस्या नरहेको बताएका छन् । २५ वर्षिय पोग्बाले ओल्ड टर्फोर्डमा पहिलो रोजाईको लाईनमा निकै कम खेलमा मात्रै देखिदैं आएका छन् । प्रशिक्षक मोरिन्होले पनि उनलाई यो सिजन मैदानमा उतार्न भने चासो खासै दिएका छैनन् । यद्यपी म्यानचेष्टर सिटीसँगको खेलमा भने उनकै नायकत्वमा युनाईटेडले जित निकालेको थियो । तर मारिन्होले उत्कृष्ठ प्रदर्शनको अपेक्षा गर्दै आएका छन् । गत सातामात्रै एफए कपको सेमिफाईनलमा युनाईटेडले टोटनह्याम हट्सपरमाथि जित… पुरा पढौ

एकमहिनापछि हाईअल्टिच्युड अन्नपूर्ण म्याराथन

पोखरा(खेलाडी न्युज)-जुन ३ अर्थात अन्नपुर्ण दिवस । अन्नपुर्ण हिमाल आरोहण गरेको दिन । त्यही आरोहणको दिनमा अन्नपुर्ण सेन्चुरी पर्यटन महोत्सव मुल आयोजक समितिले ‘अन्नपुर्ण म्याराथन’ प्रतियिोगिता गर्ने तयारी गरेको छ । एक महिनापछि हुने म्याराथनको लागि ट्रयाक सरसफाई अभियान थालिएको छ । पुर्वमा एभरेष्ट म्याराथन हुदैं आएको छ । त्यसैको सिको गर्दै अन्नपुर्ण संरक्षण क्षेत्रको अन्नपुर्ण आधार शिविरदेखि घान्द्रुकसम्म ‘अन्नपुर्ण म्याराथन’ गरिने समितिका अध्यक्ष एवं संयोजक ललित गुरुङले जानकारी दिए । ‘दौड ४१३० मिटर उचाईको आधार शिविरबाट शुरु हुन्छ’ उनले… पुरा पढौ

पोखरामा दक्षिण एशियाली योग खेलकुद

पोखरा(खेलाडी न्युज)-पोखरामा दक्षिण एशियालीस्तरीय योग खेलकुद प्रतियोगिता हुदैै छ । नेपाल योग खेलकुद संघको आयोजनामा बैशाख २१, २२, र २३ गते दोस्रो सस्करणको प्रतियोगिता आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो । राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा कास्की जिल्ला योग खेलकुद संघको व्यवस्थापनमा हुने प्रतियोगिता ७ मुलुकका करिब ३ सय महिला तथा पुरुष खेलाडीको सहभागिता रहने छ । संघका महासचिब चुडामणि खरेलले प्रतियोगितामा प्रतिष्पर्धाका लागि भारतबाट ९० जना खेलाडी र १० जना अफिसियल गरि १ सय जना, अफगानिस्तानबाट ६, पाकिस्तानबाट ४,… पुरा पढौ

राष्ट्रिय ट्रायथोलनमा आर्मीको एकलौटी, साउथ एशियनमा भारतीयको बर्चस्व

पोखरा,(खेलाडी न्युज)- छैटौं राष्ट्रिय ट्रायथोलन च्याम्पियनमा नेपाल आर्मीले बर्चस्व जमाउँदा साउथ एशियन र अन्तराष्ट्रिय पुरुष खुल्ला प्रतिस्पर्धामा भने भारतीय खेलाडीले प्रभुत्व कायम गरेका छन् । नेपाल ट्रायथोलन संघको आयोजना तथा कास्की जिल्ला ट्रायथोलन संघको व्यवस्थापनमा पोखराको लेकसाईडमा आयोजित च्याम्पियनसिपमा महिला तर्फ पनि भारतीय खेलाडीले उपाधि कब्जा गरेका छन् । राष्ट्रिय ट्रायथोलन च्याम्पियनसिपमा पुरुष तर्फ नेपाल आर्मीका बसन्त चौधरीले १ घण्टा १ मिनेट २ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जिते । आर्मीकै दिपेश चौधरीले १ घण्टा १ मिनेट र १८ सेकेण्ड लगाउँदै… पुरा पढौ

रुस्लान थ्री स्टार माईभ्यालीको फाईनलमा

इलाम(खेलाडी न्युज) सिजनको पहिलो माईभ्याली गोल्डकपको उपाधिको लागि थ्रीस्टारले चिरपरिचित प्रतिस्पर्धी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग खेल्ने छ । थ्री स्टारले दोस्रो सेमिफाईनलमा शसस्त्र प्रहरी बल एपीएफलाई २-० गोलले पराजित गर्दै उपाधि यात्रा निकट पुगेको हो । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले गतवर्षको सर्वाधिक उपाधि विजेता आर्मीलाई पन्छाउँदै फाईनल यात्रा तय गरेको थियो । विमल घर्तीमगरको उच्च प्रदर्शनबाट प्रेरित भएपछि नेपाल एपिएफ क्लबलाई शनिबार २–० ले हराएँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । विमल र र मार्टिन्सकोे गोलमा थ्री स्टारले… पुरा पढौ