मुख्य समाचार

क्रिकेट अष्ट्रेलियको निर्णय, स्मिथ र वार्नरलाई १२ महिना प्रतिबन्ध

एजेन्सी—बल टेम्परिङ गरेको आरोपमा अष्ट्रेलिया क्रिकेटले कप्तान स्टेभन स्मिथ र डेविड वार्नरलाई एक वर्ष प्रतिबन्ध लगाएको छ । आजिवन क्रिकेट प्रतिबन्ध लाग्ने सम्भावनाको चर्चा चलिरहँदा दुई खेलाडीलाई १२ महिना घरेलु तथा अन्तराष्ट्रिय क्रिकेट गतिविधिको लागि प्रतिबन्ध लगाएको हो । बल टेम्परिङ काण्डले दुई खेलाडीको विश्व क्रिकेट जगतमा निकै आलोचना भएको थियो । अष्ट्रेलिया क्रिकेटका मुख्य व्यवस्थापक जेम्स सथरल्याण्डले बुधबार विहान उनीलाई कारवाही गरिएको घोषणा गरेका थिए । मुख्य व्यवस्थापक सथरल्याण्ण्डका अनुसार अष्ट्रेलियाली क्रिकेटको आचारसंहिता विपरित भएको उल्लेख गर्दै कारवाही गरिएको… पुरा पढौ

एशियाडमा जाने प्याराग्लाइडिङ खेलाडी छनौट

पोखरा( खेलाडी न्युज) इण्डोनेशियाको जर्कातामा हुने १८ औं एशियाली प्याराग्लाइडिङ च्याम्पियनसिपको लागि विभिन्न इभेण्टमा पाईलट छनोट गरिएको छ । आज टिम क्रस कन्ट्री तर्फ बिशाल थापा, शुसिल भट्टराई, शेरबहादुर गुरुङ, बिमल अधिकारी, बिजय दाहाल, कृष्णबहादुर सुनुवार, आशिष थापा, निशिन थापा, सुरज थापा र अनिश भट्टराइ छनौट भएका छन । त्यसै गरी इन्डिभिजुअल एकुरेसी र टिम एकुरेसी तर्फ ऋषी पोडेल, युबराज सुनुवार, मदनकुमार सुनाुवार, सुवास थापा, अनिष भट्टराइ, युकेश गुरुङ, बिजय गौतम, सबिन राना मगर र बिशाल थापा छन । युकेश… पुरा पढौ

अर्जेन्टिनामाथि स्पेनको फराकिलो जित, ईश्कोले गरे ह्याट्रिक

एजेन्सी—रियल मड्रिडका स्ट्राईकर ईश्कोले ह्याट्रिक गरेपछि अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनामाथि ६—१ ले पराजित गरेको छ । आफना स्टार खेलाडी मेस्सी विना उत्रिएको अर्जेन्टिना निकै फिक्का देखियो । उनको अभाव अर्जेन्टिनालाई प्रष्ट देखिएको थियो । ह्यामस्ट्रिङको समस्याले बेन्चमा आराम गरेका मेस्सीले अर्जेन्टिनामाथि स्पेनको गोलको वर्षा टुलुटुली हेर्दै बसे । बार्सिलोनाका आफनो टिम मेटसँग खेल्ने अवसर गुमाएका मेस्सीले अघिल्लो दिन इटालीलाई २—०ले गोलले पराजित गर्दा भने मैदानमा उपस्थिति थिए । १२ औं मिनेटमा डियागो कोष्टाको गोलबाट अग्रता लिएको स्पेनले ७४ औं… पुरा पढौ

जर्मनीमाथि ब्राजिलको साँघुरो जित

एजेन्सी—चार वर्षअघि स्तब्ध हुने गरी पराजित भएको पीडालाई ब्राजिलले बुधबार विहान जर्मनीमाथि कठिन जित निकाल्दै बिर्सिएको छ । २०१४ मा विश्वकप दौरानमा ब्राजिलमाथि ७—१ को फराकिलो जित निकालेको डिफेण्डिङ च्याम्पियन जर्मनीले भने बिहान जादुमयी देखाउन सकेन् । नेयमार विना उत्रिएको ब्राजिलले जर्मनीमाथि जित निकाल्न ३७ औ मिनेटमा सम्भव बनायो । ग्रावियल जेससले ३७ औं मिनेटमा गरेको गोल निर्णायक हुदाँ जर्मनीले चार वर्ष अघि दिएको पीडालाई बिसाईदियो । जितसँगै ब्राजिलले विश्वकप उचाल्ने सम्भावनालाई विश्व फुटबल प्रेमीमाझ फेरी एकपटक सिद्ध गरेको छ… पुरा पढौ

नेपालले पेनाल्टीमा गुमायो यमनसँगको प्रतिष्ठाको खेल

पोखरा(खेलाडी न्युज) अन्तिम समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै यमनले एशियन कपमा छनोट हुदाँ नेपाल भने प्रतिष्ठाको खेल जोगाउन सकेन् । पहिलो हाफ बराबरीमा रोक्दै प्रतिष्ठा जोगाउन उद्दत नेपाली टोली ८४औं मिनेटमा गोल खाँदै २(१ गोलमा पराजित हुदैं अन्तिम खेल टुग्यायो । कप्तान विराज महर्जनले डिबक्स भित्र फउल हानेपछि यमनी खेलाडीले सदुपयोग गर्दै एशियन कपमा सहभागिता जनाउने अवसर जुराए । यमनलाई हिजोको खेलमा नेपालमाथि स्पष्ट जितको खाँचो थियो । हारले एशियन कपमा उपस्थिति हुने सम्भवाना थिएन् । उसका लागि गर या… पुरा पढौ

मेस्सीलाई ह्यामस्ट्रिङको समस्या, स्पेन विरुद्ध नउत्रिने

एजेन्सी—स्पेन विरुद्धको खेलमा अर्जेन्टियन स्ट्राईकर लिओनेल मेस्सी भने उपस्थिति नहुने भएका छन् । उनी आफनो मशल्समा देखिएको समस्याका कारण स्पेनसँगको विश्वकपको पुर्वसन्ध्यामा आयोजित मैत्रीपूर्ण खेलमा अनुपस्थिति रहने छन् । गत शुक्रबार इटालीसँगको मैत्रीपूर्ण खेलमा जित दिलाएका मेस्सी भने स्पेनसँग अनुपस्थितिले समर्थक निराश भएका छन् । गतसाता प्रशिक्षणको क्रममा ह्यामस्ट्रिङको समस्या देखिएपछि उनी स्पेनसँगको खेल बेन्चमै बसेर हेर्ने छन् । प्रशिक्षक जर्ज साम्पाओलीले सोमबार नै फिट हुने आशा राखेपनि सम्भव हुन सकेन् । गतसाता नै समस्या देखिएपछि आराम गरिरहेका छन् ।… पुरा पढौ

आर्मीपछि एपीएफ मदन भण्डारी गोल्डकपबाट बाहिरियो

बुटबल (खेलाडी न्युज)—मदन भण्डारी तेस्रो अन्तराष्ट्रिय गोल्डकपबाट विभागीय टोली बाहिरिने दोस्रो टोली शसस्त्र प्रहरी बल बनेको छ । आज भएको खेलमा सुुनौलो संगमसँग पराजित हुदैं बाहिरिएपछि अब नेपाल पुलिस क्लब मात्रै विभागीय टोली मात्रै प्रतियोगितामा छ । टाइब्रेकरमा एपीएफलाई ३-१पराजित गर्दै सुनौलो संगम अन्तिम चारको स्थान पक्का गर्यो । बुटवलको मानवज्ञान माध्यमिक बिद्यालयको खेल मैदानमा भएको प्रतिस्पर्धामा घरेलु क्लव सुनौलो संगमले पेनाल्टी मार्फत विभागीय एपिएफ क्वलको यात्रा रोकिदिएको हो । निर्धारित समयमा समान दुई गोलको बराबरी भएपछि थप गरिएको १५… पुरा पढौ

जिम्बावेका क्रिकेट अफिसियल राजन नायरलाई २० वर्ष प्रतिबन्ध

एजेन्सी—अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसी)ले जिम्बावे क्रिकेटका अफिसियल राजन नायरलाई २० वर्षको प्रतिबन्ध लगाएको छ । आईसिसीले उनलाई कुनैपनि क्रिकेट गतिविधिमा संलग्न नहुने गरी प्रतिबन्ध लगाएको हो । नायरले ३० हजार अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि उनलाई आईसिसीले कारवाही गर्दै क्रिकेट गतिविधिमा संलग्न नहुने गरी प्रतिबन्ध लगाएको हो । नायरले हरारे महानगरपालिका क्रिकेट एशोसियन(एएमसिए)को कोषाध्यक्ष एवं बजार निर्देशक हुदाँ उक्त रकम अपचलन गरेको थिए । जुन आरोपको विषयलाई आईसिसीले अनुसन्धान गर्दै आएको थियो । घटना गत अक्टोबरको हो । नायरले… पुरा पढौ

यमन विरुद्ध उत्रिदै नेपाल

पोखरा(खेलाडी न्युज)नेपालले आज यमन विरुद्ध एशियन कप छनोटको अन्तिम खेल खेल्दै छ । कतार स्पोर्टस क्लब सुहेन विन हमाद रंगाशालामा आज यमन विरुद्ध नेपालले प्रतिष्ठा जोगाउनको लागि खेल्ने छ । दुई दिन अघि मात्रै नेपाली टोली कतार पुगेको थियो । नेपाली टोलीको लागि नवयुग श्रेष्ठ र विमल घर्तीमगरलाई स्ट्राईकरको जिम्मेवारी छ । सुनिल बलले पनि यमन विरुद्धको खेलमा खेल्ने पाउने सम्भावना पनि प्रबल छ । नेपालले प्रतिष्ठाको लागि खेल्दा यमनले भने एसिया कप छनोटको लागि खेल्ने छ । नेपाललाई पराजित… पुरा पढौ

करणलाई पिस क्लबद्वारा सम्मान

पोखरा(खेलाडी न्युज)—भर्खरै अन्तराष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता प्राप्त गरेर फर्किएको नेपाली क्रिकेट टोलीका सदस्य करण केसीलाई आज पिस क्लब पोखराले नगदसहित सम्मानपत्रबाट सम्मानित गरेको छ । विश्वकप छनोटमा क्यानडा विरुद्ध अदभूत, अविस्वसनीय प्रदर्शन गरेका करणलाई पिस क्लबले नगद १० हजारसहित दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरेको हो । पोखरा लेखनाथ महानगरपालिकाका वडा नं ७ का अध्यक्ष रामचन्द्र बरालले सम्मानपत्रबाट सम्मानित गरेका थिए । क्यानडासँगको प्रदर्शनलाई क्रिकेट प्रेमीले भने भुल्नै छैनन् । क्यानडाले दिएको १९५ रनको लक्ष्य दिएको थियो । नेपालले आईसिसी विश्व… पुरा पढौ