मुख्य समाचार

वेष्ट इण्डिज विश्वकपमा, युएई र जिम्बावे भिड्दै

एजेन्सी—सन २०१९ मा आयोजना हुने क्रिकेट विश्वकपको लागि वेष्ट इण्डिज पानीले भाग्य लेखिदिदाँ स्कटल्याण्ड भने सुपरसिक्समै चिक्त बुझाउने सम्भावना बढेको छ । आज युएई र जिम्बावे बीचको विजेताले अंकको आधारमा उपविजेता बन्दै विश्वकप खेल्ने ढोका खोल्ने छ । वेष्ट इण्डिजले हिजो स्कटल्याण्डलाई पानी परेको खेलमा डकवर्थ लुईस नियमको आधारमा पाँचरन पराजित गर्दै विश्वकप खेल्न योग्य बन्यो । आठ अंकसहित विश्वकपमा पुग्दा अर्को टोली भने आज संघर्ष गरिरहेको छ । यद्यपी अफगानिस्तानले जितेको अवस्थामा आयरल्याण्डको खेल पर्खनुपर्ने हुन्छ । अफगानिस्तान र… पुरा पढौ

मेस्सी र रोनाल्डाको प्रतिस्पर्धा फुटबल जगतलाई फाईदा—रोनाल्डिन्हो

एजेन्सी—विश्व फुटलबल दुई खेलाडीमा घुमिरहेको छ । चर्चा पनि उनीहरुकै मात्रै हुदैं आएको छ । एकले अर्कोलाई पछि पार्ने रणनीतिमा मात्रै हुन्छन् । त्यसैले होला बार्सिलोनाका लिओनेल मेस्सी र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो बीच सर्वश्रेष्ठ को भन्ने प्रतिस्पर्धा चलिरहेकै छ । दुई बीचको प्रतिस्पर्धा फुटबलको लागि राम्रो भएको बार्सिलोनाका पूर्व खेलाडी एवं ब्राजिलियन प्लेमेकर रोनाल्डिन्होले बताएका छन् । एक दशकदेखि दुईखेलाडी बीच नै प्रतिस्पर्धा हुदैं आएको छ । पछिल्लो एक दशक अवधिमा दुवै बालोन डिओरको हकदार हुदैं आएका छन् ।… पुरा पढौ

नेपालगन्ज क्रिकेट कप बैशाख पहिलो साता, टिम अक्सनबाट तयार गरिने

नेपालगन्ज(खेलाडी न्युज)—क्रिकेटमा पृथक पहिचान बनाएको बाँके जिल्लामा पहिलोपटक फरक किसिमले क्रिकेट प्रतियोगिता हुने भएका छ । ग्रीन इभेन्टो प्रालिले पहिलो पटक अक्सनमार्फत क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । बैशाख ३ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमलाई सहभागि गराइने आयोजकले जनाएको छ । टिम खरिद बढाबढ मुल्यका आधारमा तय गरिने आयोजकले जनाएको छ । ‘स्वास्थ्य युवाका लागि, युवा राष्ट्रका लागि’ मुल नाराका साथ ‘नेपालगन्ज कप’ क्रिकेट प्रतियोगिता टी–२० फम्र्याटमा हुने ग्रीन इभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफीले बुधवार पत्रकार भेटघाटमा… पुरा पढौ

बाग्लुङ क्रिकेट क्लब निलो क्र्वाटरफाईनलमा, पोखराको राईजिङ बी बाहिरियो

बाग्लुङ(खेलाडी न्युज)—पाँचौ धौलागिरी ट—२० क्रिकेट प्रतियोगिताको आज बाग्लुङ क्रिकेट क्लब एले ईष्लामिक एक्टिभ स्टेट पाल्पालाई २०९ ले पराजित गर्दै अन्तिम आठको ढोका खोल्यो । टस हारेर व्याटिङको निम्तो पाएको बाग्लुङले २० ओभरमा २८० रनको फराकिलो स्कोर तयार पार्यो । प्रतिक थापाले ४१ रनको महत्वपूर्ण योगदान दिदाँ प्रकाश पुनले ३८ रन बनाए । प्रविन ढकालले पनि ३५ रनको इनिङ्स खेल्दै महत्वपूर्ण योगदान दिदाँ तेजेन्द्रले पनि ३५ रन बनाई क्याचआउटको शिकार भए । सन्देश चौधरी र राजु थापाले क्रमश २४ र २२… पुरा पढौ

बार्सिलोना, रियल र पिएसजीको आखाँ सलाहमाथि

पोखरा(खेलाडी न्युज)—युरोपियन गोल्डेन बुटको दौडमा शीर्षस्थानमा रहेको इजिप्टिन मोहम्मद सलाहलाई नयाँ सिजनमा तीन ठूला क्लबले आखाँ लगाएका छन् । लिभरपुलका स्ट्राइकर सलाह सबैभन्दा उत्कृष्ठ लयमा देखिएका छन् । लिभरपुलका लागि २८ गोल गरिसकेका सलाह मेस्सी र रोनाल्डोलाई उछिन्दै गोल्डेन बुटको हकदारमा ६ अंकले अगाडि छन् । ५६ अंक रहेका उनी मेस्सी (५०)भन्दा अघि छन् । उनी सलाहलाई नयाँ सिजनको लागि स्पेनिस जायन्ट रियल मड्रिड, बार्सिलोना र पेरिस सेन्ट जर्मेनले आखाँ लगाएको छ । लिभरपुलबाट यसै सिजन फिलिप कान्टिन्हो बार्सिलोना भित्रिए… पुरा पढौ

फ्रेन्च ओपनको पुरस्कार राशीमा बृद्धि

एजेन्सी—फ्रेन्च ओपन टेनिसको पुरस्कार राशी बृद्धि गरिएको छ । आठ प्रतिशतले बृद्धि गर्दै पुरस्कार राशी ४८ मिलियन डलर पुगेको निर्देशक रोनाल्ड गेरोसले जनाएका छन् । महिला तथा पुरुष टेनिस विजेताले २.७ मिलियन डलर पाउने छन् । यो सिजनको प्रतियोगिताको तालिका भने मे २७ देखि जुन १० सम्म हुने एशोसियट प्रेसले जनाएको छ । पुरा पढौ

रिक्त प्रशिक्षक नियुक्त गर्न खेलकुद मन्त्रीसँग मदन भण्डारी स्पोर्टस एकेडेमीको आग्रह

पोखरा(खेलाडी न्युज)— युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई स्वागत तथा सम्मान गर्दै मदन भण्डारी स्पोर्टस एकेडेमी पोखराले रिक्त रहेको विभिन्न खेलको प्रशिक्षक नियुक्त गर्न आग्रह गरेको छ । आज साँझ स्वागत तथा सम्मान गरेको स्पोर्टस एकेडेमी प्रदेश नं ४ का इन्चार्ज एवं पुर्व राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले रिक्त रहेका प्रशिक्षकमा प्रशिक्षक नियुक्त गर्दै प्रशिक्षण गराउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । ‘भर्खरै नेपालले अन्तराष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता पाएको छ । तर पोखरामा क्रिकेटको प्रशिक्षक नै छैन् । मन्त्री… पुरा पढौ

यमन विरुद्ध नेपाली टोलीको घोषणा, भरत र विक्रम टिम बाहिर

काठमाडौ(खेलाडी न्युज)— नेपालले यमन विरुद्ध हुने एएफसी एसियन कप छनोटचरणको खेलको लागि २० सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्योतोकी कोजुले राष्ट्रिय टोलीको अन्तिम नामावली सार्वजनिक गरेका हुन् । टोली अहिले प्रशिक्षणमा व्यस्त छ । नेपाली टोलीमा भरत खवास टोलीमा परेका छैनन् । राष्ट्रिय टोलीका उपकप्तान विक्रम लामा पनि चोटको करण टिमबाहिर छन् । गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपानेले छनोटमा छन् । न्यौपानेले पहिलो पटक स्थान बनाएका हुन् । दिनेश राजवंशी, अनन्त तामाङ,… पुरा पढौ

पोखराका दुई टोली धौलागिरी टी—२० क्रिकेटको क्र्वाटरफाईनलमा

बाग्लुङ(खेलाडी न्युज)—धौलागिरी क्रिकेट क्लब बी टोलीलाई सात विकेटले पराजित गर्दै पोखराको राईजिङ क्रिकेट एकेडेमी आज बाग्लुङमा आयोजित पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको क्र्वाटरफाईनलमा प्रवेश गरेको छ । ३४ रनको झिनो लक्ष्य पाएको राईजिङले ५ ओभर २ बल खेल्दै पुरा गर्ने क्रममा तीन विकेट गुमायो । मनोज कोईरालाले १९ र अमृत गुरुङले ७ रन नटआउट खेल्दै जित दर्ता गर्दा बाँकी रन भने अतिरिक्त मार्फत उपहारको रुपमा आएको थियो । टस जितेर व्याटिङ गरेको धौलागिरी क्रिकेट क्लब बी टोलीले ३३ रनमै समेटिने क्रममा… पुरा पढौ

पोखरामा क्रिकेट मैदान बन्छ ढुक्क हुनुहोस—मन्त्री विश्वकर्मा

पोखरा(खेलाडी न्युज)— युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने बताएका छन् । उनले नेपालले क्रिकेटमा पाएको ऐतिहासिक उपलब्धी बीरताको विरासतलाई क्रिकेटले जोगाएको भन्दै अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने स्पष्ट पारे । ‘पोखरामा क्रिकेट मैदान बन्छ । ढुक्क हुनुहोस ।’ मन्त्री विश्वकर्माले आज मंगलबार खेलकुद पत्रकार मन्च कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने—‘क्रिकेटसँगै साग खेलकुद पनि समयमै गर्नुपर्छ । राष्ट्रिय प्रतिष्ठासँग जोडिएको छ ।’ पोखरा रंगशालाभित्रको क्रिकेट मैदानसहित आवश्यक पुर्वाधार निर्माणको लागि निजी क्षेत्र चौधरी ग्रुपले डिपिआरको लागि… पुरा पढौ